Showing posts with label ratan jha. Show all posts
Showing posts with label ratan jha. Show all posts

Monday, May 30, 2022

Ratan, Lee, Deng




अमेरिका को मधेसी संगठन एण्टा का संस्थापक अध्यक्ष रतन झा को अहिले सम्म को सबैभन्दा मैले सम्झिने कुरा फेसबुक मार्फ़त मलाई यो पुस्तक सम्म पुर्याइदिएको। एउटा स्टेटस थियो यो पुस्तक दुई वर्ष अगाडि। मैले पुस्तक देखें, किनें, पढ़ें। रतन जी भन्दा पहिला पढ़ि सकाएं। दफा दफा मा लाइन मुनि धर्को कोरी कोरी। 

राष्ट्रनिर्माण मा ली गोल्ड स्टैण्डर्ड नै हो। र आर्थिक प्रगति मात्र होइन। बिभिन्न। जस्तो कि दंगा रोकथाम। थुप्रै। लगभग प्रत्येक पक्ष। स्वास्थ्य बीमा। होम ओनरशीप (Home Ownership)। 




मैले हीरो मानेको ली। ली ले हीरो मानेको डेंग। डेंग बारे को किताब पनि पढ़ें। चिनिया राजनीतिक प्रणाली बारे धेरै कुरा थाहा भो। ली ले हीरो किन मानेको भन्ने पनि देखें। आर्थिक नेपोलियन नै हो डेंग। सांस्कृतिक क्रांति का दौरान डेंग को छोरा लाई प्यारलाइज हुने गरी पिटपाट गरिएको। डेंग आफै हाउस अरेस्ट मा। 

चीन लाई एउटा अर्को डेंग चाहिएको हो। सी ले चीन लाई मिडल इनकम ट्रैप मा लगेर थन्क्याएको अवस्था छ। डेंग ले आर्थिक सुधार गरे। राजनीतिक सुधार पछि गर्ने भनेका। त्यो समय त अब आइसक्यो।