Showing posts with label jet engine. Show all posts
Showing posts with label jet engine. Show all posts

Thursday, June 11, 2015

स्याउ किन खानु हुन्न?

English: Diagram of principle of operation of ...
English: Diagram of principle of operation of a scramjet engine. Polski: Schemat silnika typu scramjet. (Photo credit: Wikipedia)
संघीयता स्याउ हो। स्याउ किन खानु हुन्न भन्दा तर्क दिने हरुले तर्क दिएका छन --- स्याउ खायो भने फोक्सोमा कैंसर लाग्छ। त्यो त चुरोट हो, स्याउ होइन। चुरोट भनेको राजतन्त्र, चुरोट भनेको एकात्मक व्यवस्था। एकात्मक व्यवस्था को उपलब्धि: संसारको सबै भन्दा गरीब देश। चुरोट भनेको निष्पक्ष चुनाव नहुनु। चुरोट भनेको पार्टी हरु भित्र आतंरिक लोकतंत्र नहुनु। चुरोट भनेको पार्टी हरुको आय व्यय पुर्ण पारदर्शी नहुनु। चुरोट भनेको भ्रष्टाचार। एकात्मक व्यवस्था steam engine, संघीय व्यवस्था jet engine. तपाइँ लाई dial up internet चाहियो कि broadband? संघीय व्यवस्था ब्रॉडबैंड।


भर्खर हिजो अस्ति रामचन्द्र पौडेल ले भनेको ---- ६ बढ़ी प्रदेश भयो भने खर्च मात्र बढ्छ।  सिंह दरबार त मर्मत गर्न सक्या छैन। बाहुनले च्याउ खाओस न स्वाद पाओस्। हो त्यो सिंह दरबार मर्मत गर्न नसकेको एकात्मक व्यवस्था ले देश लाई गरीब बनाएकोले हो। Federalism is a more efficient form of government, and hence cheaper, and so more states will be cheaper, because it will be more efficient. If there are more states, state capitals will be closer to the people. And local governments will get stronger. संघीयतामा केंद्र को bureaucracy को साइज ह्वात्त घट्ने हो। संघीय देशमा केंद्र स्तरको कुनै पनि सरकारी कार्यालय मा आम नागरिक जानै पर्दैन। आम नागरिक ले सरकारी कार्यालय धाउनु पर्ने अधिकांश काम स्थानीय सरकार स्तरमा हुन्छ। राजधानी जाने MP हरु मात्र हो।

Saturday, January 31, 2015

एकात्मक व्यवस्था, संघीय व्यवस्था, Steam Engine, जेट इंजिन

English: Turbofan Engine simulation from http:...
English: Turbofan Engine simulation from http://www.hpcc.gov/pubs/blue94/case3.3.3.gif (Photo credit: Wikipedia)
English: Steam engine in action animation Espa...
English: Steam engine in action animation Español: Máquina de vapor. Gaeilge: Máquina de vapor. (Photo credit: Wikipedia)
Schematic animation of a uniflow steam engine....
Schematic animation of a uniflow steam engine. The poppet valves are controlled by the rotating camshaft at the top. High pressure steam enters, red, and exhausts, yellow. (Photo credit: Wikipedia)
एकात्मक व्यवस्था Steam Engine जस्तो, संघीय व्यवस्था जेट इंजिन जस्तो। केपी ओली र सुशील कोइरालाले जेसुकै भने पनि एकात्मक  व्यवस्था महँगो, संघीय व्यवस्था सस्तो। एकात्मक व्यवस्थाभन्दा संघीय व्यवस्था बढ़ी efficient हो। एकात्मत व्यवस्था पुरानो, संघीय व्यवस्था आधुनिक।

एकात्मक व्यवस्था भनेको पृथ्वी नारायण शाहले अमेज़न को जंगल सखाप पारेर सबै ठाउँमा एक नासले धान रोपिदिएको। संघीय व्यवस्था भनेको नेपालको सांस्कृतिक विविधतालाई भोलिको बायोटेक इंडस्ट्रीको जड़ अर्थात धन मानने व्यवस्था। अमेज़न जंगलको जैविक विविधता संरक्षण गर्ने व्यवस्था। राजा जनकको व्यवस्था।

एकात्मक व्यवस्था काठमाण्डुको हितमा छैन। एकात्मक व्यवस्था बाहुन क्षेत्रीको हितमा छैन। मधेसी, जनजाति,  दलित, महिला त परको कुरा। संघीय व्यवस्था भनेको सरकारलाई सार्वभौमसत्ता जनतामा निहित देशमा त्यो सरकारलाई जनताको सकेसम्म नजिक लाने व्यवस्था हो। त्यो जनतामा बाहुन क्षेत्री पनि पर्छ। बाहुन क्षेत्री झन बढ़ी पर्छ किनभने सरकारको नजिक भएका समुदाय तिनै हुन अहिले।

यदि संघीयता काठमाण्डुलाई पनि चाहिएको हो र बाहुन क्षेत्रीलाई पनि चाहिएको हो भने त्यस संघीयताको विरोध गर्नेहरुले कसको पक्षमा वकालत गरेका हुन? काँग्रेस एमालेका टाउके बाहुनहरुले संघीयताको विरोध गरेको केही सम्झे बुझेर होइन, कुनै तर्कको आधारमा होइन, कुनै समुदाय विशेषको लागि होइन, कुनै समुदायको शक्ति संचय गर्ने मनसायले होइन। किनभने एकात्मक व्यवस्थाले हित गरेको समुदाय एउटा पनि छैन। भने पछि संघीयताको विरोध गर्नेहरुले किन विरोध गरेका हुन? उत्तर हो: historic inertia --- त्यो एउटा unthinking force हो। एकात्मक व्यवस्था पहिले देखि चलि आएको व्यवस्था, अनि त्यो पुरानो व्यवस्थाले create गरेको जुन historic inertia छ, त्यस unthinking force को चपेटामा परेर संघीयताको विरोध गर्नेले संघीयताको विरोध गरेका हुन।

संघीयताको पक्षमा उभिन तर्क दिनुपर्ने हुन्छ। संघर्ष गर्नु पर्ने हुन्छ। बलिदान दिनुपर्ने हुन्छ। एकात्मक व्यवस्थाको पक्षमा उभिन अल्छी भए पुग्छ। केही खासै गर्ने नपर्ने। स्थिर बसेको चट्टान लाई स्थिर राख्न के को गार्हो? त्यसलाई सार्नु पो गार्हो।

नेपाललाई संघीय नबनाएसम्म नेपाललाई आधुनिक बनाउन सकिँदैन। एकात्मक व्यवस्था Steam Engine जस्तो, संघीय व्यवस्था जेट इंजिन जस्तो। 

Sunday, November 23, 2014

Steam Engine भन्दा Jet Engine बढ़ी efficient

Steam Engine भनेको एकात्मक व्यवस्था। Jet Engine भनेको संघीय व्यवस्था।

Steam Engine भन्दा Jet Engine बढ़ी efficient हुन्छ। संघीय व्यवस्था बिनाको नेपालमा आर्थिक क्रान्तिको कल्पना पनि गर्न सकिन्न।