Showing posts with label bahunbad. Show all posts
Showing posts with label bahunbad. Show all posts

Tuesday, August 11, 2015

Ethnic Composition In The Six Proposed States: A Bahun Conspiracy

Gopal Tamang

६ प्रदेश एकल बाहुन राज्यको निरन्तरता हो ।
६ प्रदेशको संघीयताको मोडेल फेरि पनि नेपाललाई खसआर्य जाति (बाहुन क्षेत्री शासक) ले एकल जातिय रुपमा आफ्नै मात्र बर्चस्व र हालिमुहालिका साथ शासन गरिरहने षड्यन्त्र हो । यो मैले कल्पना गरेर बोलेको कुरा हैन तथ्यांकले चिच्याइ चिच्याइ बोलिरहेको सत्य हो । एकछिन ठन्डा दिमाग लगाएर ६ प्रदेश भित्रको जातिगत जनसंख्याको तथ्यांक हेर्नुहोस अनि आफैं पनि बिचार गर्नुहोस् र मैले प्रकाश पारेको कुरा पनि मनन गरेर हेर्नुहोस ।
बि.सं २०६८ (सन २०११) को तथ्यांक अनुसार प्रदेशगत जातिय जनसंख्या निम्नानुसार हेर्नुहोस ।

प्रदेश नं १
क्षेत्रि बाहुन 26.85%
राई 11.32
लिम्बू 8.04
तामाङ 4.66
मगर 4.17
थारु 4.15
नेवार 3.72
मुसलमान 3.59
कामी 3.28
प्रदेश नं २
यादव 14.78
मुसलमान 11.58
थारु 5.27
प्रदेश नं ३
बाहुन क्षेत्रि 35.56
तामाङ 20.42
नेवार 16.92
मगर 4.89
प्रदेश नं ४
बाहुन क्षेत्रि 32.61
मगर 17.43
गुरुङ 10.27
कामी 8
प्रदेश नं ५
बाहुन क्षेत्रि 28.2
मगर 15.77
थारु 14.43
मुसलमान 6.71
कामी 6.61
प्रदेश नं ६
बाहुन क्षेत्रि 52.72
थारु 11.27
कामी 10.98
ठकुरी 6.74
मगर 5.1

माथिको तथ्यांक अनुसार प्रदेश नम्बर २ बाहेक अन्य ५ वटा प्रदेशमा बाहुन र क्षेत्रीको जोडेर जनसंख्या बाहुल्य छ । ताराईको आदिवासी थारु जातीलाई ५ वटा प्रदेशमा छरेर कतै पनि बाहुल्य नहुने षड्यन्त्र गरेको छ । त्यस्तै मगरलाई पनि त्यसरी नै ५ वटै प्रदेशमा तितरबितर पारेर सवैतिर अल्पसंख्यक हुने गरि डिजाइन गरिएको छ । दलित समुदायको हकमा वर्तमान एकात्मक राज्यमा कुनै जिल्लामा सघन बस्ती छैन त्यसैले अब बन्ने प्रदेशहरुमा दलितहरू स्वत: टुक्रिएको छ ! ५ प्रदेशमा आफ्नो बाहुल्य कायम हुने डिजाइन कोरेर शासक जातिको पहिलो षड्यन्त्र सफल भइसक्यो । अब ती ५ प्रदेश भित्र निर्वाचन क्षेत्र निर्धारण गर्ने बेला प्रत्यक प्रदेशको तामाङ नेवार राई गुरुङ र लिम्बूलाई प्रत्येक निर्वाचन क्षेत्रमा फेरि तितरबितर पार्नेछ ।
यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा सम्भव भए सम्म सबै निर्वाचन क्षेत्र खसआर्य बाहुल्य बनाउनेछ अथवा सबैमा बाहुल्य नहुने देखिएमा केहीमा बाहुल्य हुने गरि डिजाइन गर्नेछ । यसरी भोलि चुनाव हुँदा आफ्नो धेरै जनसंख्या रहेको सवै निर्वाचन क्षेत्रमा हरेक पार्टीले बाहुन क्षेत्री उम्मेदवार खडा गर्नेछ र जित पनि उनिहरुकै हुन्छ किनकि बाहुन क्षेत्रीको सबै भोट स्वत: उनिहरुकै मान्छेलाई जानेछ । बाकी केहि आदिवासी जनजाती धेरै रहेको क्षेत्रमा चाहि सुभाष नेम्बाङ , पृथ्वीसुब्बा गुरुङ , कृपाशुर शेर्पा , धनराज गुरुङ , सेरधन राई जस्ता उनिहरुको हलि नेतालाई टिकट दिनेछ । यो प्रक्रियाले यी हलिहरु पनि २/३ जना प्रादेशिक सरकारमा सहभागी गराउनेछन् टाउको देखाउनको लागि अनि बाहुनले अहिले जस्तै भन्नेछ -' हाम्रो सरकार समाबेशी छ ।'
यहि ६ प्रदेशको खाका हुबहु लागू भयो भने अब हुने प्रदेश सभाको चुनावमा प्रदेश नम्बर २ बाहेक प्रदेश १,३,४,५ र ६ गरि जम्मा ५ वटा प्रदेशको प्रादेशिक सरकार बाहुन क्षेत्रीको मुठ्ठीमा हुनेछ । प्रदेशसभाको बहुमतले प्रदेशको नाम राख्ने भनेर अस्ति नै पन्डितहरुले सल्लाह गरिसकेको छ त्यसैले अब प्रदेशहरुको नाम पनि पहिचानमा आधारित नहुने करिब निस्चित भइसक्यो । प्रादेशिक सरकार उनीहरुको मुठ्ठीमा भए पछि लाटोले पनि बुझ्ने कुरा हो कि केन्द्रीय सरकारमा पनि स्वत: उनिहरु नै पुग्छन् । घुमाइ फिराई रुम्जाटार भने झै ६/७ बर्ष झुलाउदा झुलाउदा अन्ततः पन्डितहरुले नेपाललाई फेरि पनि बाहुन राज्या र हिन्दु राज्य नै कायम राख्ने देखियो ।



Thursday, October 09, 2014

न्यु यर्क शहरका ठगिएका बाहुनहरु

न्यु यर्क शहरको नेपाली समुदायमा शायद ८०% बाहुनहरु नै होलान। यदि न्यु यर्क आई पुग्नु प्रगति हो भने यी बाहुणहरुलाई नेपालको बाहुनबादको फाइदा भएकै हो। तर म इनलाई ठगिएका बाहुनहरु भन्छु।

  • यिन मध्येका नेपाली नागरिकलाई नेपाली चुनावमा वोट खसाल्न दिएको छैन। 
  • यिन मध्येका अमेरिकी नागरिकलाई दोस्रो दर्जाको द्वैध नागरिकता दिने षड्यंत्र वामदेवले गर्दैछ। त्यो बाहुनले यी बाहुनलाई गनेको छैन। 
  • आजभन्दा २०० वर्ष अगाडि बोस्टनमा आयरिशहरु नागरिक भए पनि, नभए पनि, ग्रीन कार्ड भए पनि नभए पनि शहरको चुनावमा वोट खसाल्थे, र त्यस कारणले त्यहाँ उनीहरुको पुछारथ हुन्थ्यो। यी बाहुनहरुको न्यु यर्क शहरमा कुनै पुछारथ छैन। धोबीका कुत्ता न घरका न घाटका भने जस्तो। 
  • उसै पनि न्यु यर्कको सबैभन्दा पिछडिएको जात नै शायद यो नेपाली बाहुन समुदाय हो। भले इनले घरमा फर्केर इंडियनलाई जति गाली गरुन, आखिर ९५% को रोजीरोटी त्यही इंडियनले चलाई दिएको छ। कालेलाई गाली गरुन, एउटा काले राष्ट्रपति भएको देश। 
प्रवासी नेपालीलाई नेपालमा द्वैध नागरिकता दिने तर दोस्रो दर्जाको, राजनीतिक अधिकार नभएको। बाहुनहरु फुरुङ्ग छन। २०० वर्ष अगाडिको कालो स्लेवहरुले पार्टी गरे जस्तो। Partying like there is no tomorrow. 

एउटा छ नेपालमा आइन्स्टाइन, बाबा वामदेव। राजनीतिक अधिकार बिनाको नागरिकता र आत्म अधिकार बिनाको संघीयता ल्याउन मरि मेटेर लागेको छ। त्यस पछि ल्याउने भनेको निर्दलीय प्रजातन्त्र नै हो। त्यो आइन्स्टाइनले प्रयास छोड्दैन। 

न्यु यर्क शहरको बाहुनलाई म मधेसी बाहुन भन्छु। जसरी नेपालमा मधेसीलाई समानता र अधिकार छैन, न्यु यर्कका बाहुनहरु त्यस्तै हो।