Sunday, February 19, 2023

19: Russia

सत्ता गठबन्धन टुट्न सक्छ : माधव नेपाल अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे । के–के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको उनले आरोप लगाए ।

एमालेलाई राष्ट्रपति दिने सहमति भएको छैन : जनार्दन शर्मा अहिले गठबन्धन परिवर्तनको सम्भावना छैन संविधानले भनेको समाजवाद कस्तो हो त ? त्यसको ठोस परिभाषा गरेर नेपालको मौलिक समाजवादको मोडल हुन्छ । अहिले विकास निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा हाम्रो ब्युरोक्रेसीको पुनः संरचनाको विषय हुन्छ । नागरिकता विधेयकको कुरा हुन्छ । ........ ९९ प्रतिशत मत प्राप्त गरेको छ सरकारले । सङ्ख्याले सरकार राष्ट्रिय सहमतिको बन्यो तर एजेन्डामा राष्ट्रिय सहमति नभएका कारण त्यसअनुसार राष्ट्रिय सहमतिको सरकार होइन कि भन्ने भइरहेको छ । एजेन्डामा पनि राष्ट्रिय सहमति गरियो भने सरकारले त्यो कार्यान्वयन गर्छ । राष्ट्रपति पनि त्यहीअन्तर्गत सहमति गर्ने विषय हो । त्यसो गर्दा देशको विकास र प्रगतिमा जुन समस्या छ, त्यो समस्याको समाधान पनि हुन्छ । सुशासनका लागि, भ्रष्टाचार निवारणका लागि पनि राष्ट्रिय सहमति हुनुपर्यो नि । ...... अहिले पनि राष्ट्रिय सहमतिमा कुनै पनि पार्टीको पात्र पनि त हुनसक्छ नि ? स्वतन्त्र पात्र पनि हुनसक्छ । अहिले पनि नदिने भनेर कहाँ भनेको छ र ? ...... गठबन्धन नै फेरि नयाँ भएर फेरि पुरानो ठाउँमा गइहाल्ने मलाई लाग्दैन । ....... निर्वाचन परिणामको दृष्टिकोणले माओवादी कमजोर भएको अवस्था छँदैछ । माओवादी पार्टीले अगाडि बढाएका मुख्य एजेन्डा संविधानमा स्थापित छन् । ....... माओवादीमा ठूलो सङ्ख्यामा नेताकार्यकर्ताको जमात छ । त्यसलाई उत्साहित गरेर जनताका बीचमा जानेवित्तिकै माओवादी पार्टी सशक्त भएर सुदृढ भएर आउने प्रबल सम्भावना छ । ........ मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, सहकार्य गर्दै जाने भन्ने सामान्य नीति हो । ...... नेपालका राजनीतिक दलहरूले नेपालको अर्थतन्त्र अब सकियो भनेर पहिल्यै घोषणा गरेका थिए । आज मात्रै होइन डेढ वर्षअगाडि नै देश श्रीलङ्का भयो भनेर घोषणा गरेका थिए । ........ नेपालको अर्थतन्त्रमा आएको यो समस्या हो, सङ्कट होइन । केही समस्या र चुनौती हुन् । ती चुनौती आन्तरिक कारणले भन्दा बढी बाह्य विश्वको अर्थतन्त्र कमजोर हुँदा बढी देखिएको छ ।

जनमत परित्याग गरी राष्ट्रिय स्वराज पार्टीमा प्रवेश हुने होडबाजी
राष्ट्रपतिका लागि महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको साझा उम्मेद्वार बनाइनुपर्छ एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड सबै मिलेर महन्थ ठाकुरलाई एउटा साझा उम्मेद्वारको रुपमा अगाडि सानुपर्छ ...... राष्ट्रपति भनेको गरिमामय सम्मानार्थ पद हो । त्यसैले एउटा त्यस्तो नेता जसले आठ वर्षभन्दा बढी जेलनेलको इतिहास, त्यो बेलामा डबल मास्टर्स एलएलबी गरेको एउटा बौद्धिक व्यक्तित्व, अनुशासित जीवनशैली बाँचेको पात्र खोज्नुप¥यो भने उहाँजस्तो उपयुक्त पात्र त देखिँदैन । साझा पात्र खोज्नुप¥यो भने मधेश, पहाड, हिमाल सबैको मन छुने, एउटा इमान्दार व्यक्तिको रुपमा उहाँको भूमिका हुनसक्छ । उहाँले त्यो अभिभावकत्व सफलताका साथ निर्वाह गर्न सक्नुहुन्छ । यसले राष्ट्रिय/अन्तर्राष्ट्रिय जगत्मा पनि राम्रो सन्देश जान्छ । छिमेकी तथा अन्य मित्रराष्ट्रहरुसँग पनि उहाँको बडो सन्तुलित सम्बन्ध छ । त्यसैले, सबै दलहरु मिलेर उहाँलाई साझा पात्रको रुपमा अगाडि बढाइनुपर्छ ।

मधेश मात्र होइन, देशको नेतृत्व डा.सीके राउतको हातमा जानुपर्छ यदि जनमत पार्टी सरकारमा जाने मतादेश पाएको छैन भने ३२ सिटे पार्टी पनि सरकारको नेतृत्व गर्ने भन्ने मतादेश पनि होइन । यसपालिको चुनावबाट जनताले सबैलाई मिलेर सरकार चलाउने आदेश दिएको हो । मधेश प्रदेशकै कुरा गर्ने हो भने जनमत पार्टीले कृषि मन्त्रालयबाट किसानका लागि निःशुल्क कृषि मिटर दिने पहल गरिरहेको छ । मधेश प्रदेशमा रहेका अन्य पार्टीका मन्त्रीहरुको कुनै गतिविधि देखिएको छैन । जुन मुद्दा उठाएर जनमत पार्टीले यस्तो मत पायो, ती मागहरुमध्ये सबभन्दा प्रमुख किसानका मुद्दाहरु नै थियो । तदनुरुप नै जनमत पार्टीले संघमा खानेपानी मन्त्रालय पाएको छ । ....... जनसरोकारसँग जोडिएको खानेपानी मन्त्रालय पनि भएकोले जनमत पार्टीले स्वीकार ग¥यो । अहिले द्रूतगतिमा हाम्रा मन्त्री अब्दुल खानजीले एकदमै राम्रो काम गरिरहनुभएको छ । ........ डा.जयकान्त राउत जनमत पार्टीको स्थापनाकालदेखि नै लाग्नुभएको छ । उहाँ एउटा विज्ञ पनि हुनुहुन्छ र नास्टमा धेरै वर्ष काम गरिसक्नुभएको छ । यो देशमा ठूलो योगदान पु¥याएको व्यक्तिको रुपमा पनि हुनुहुन्छ । उहाँमा विज्ञता छ भने कसैको दाई वा भाई हुँदैमा कुनै पदमा जानु हुँदैन भन्ने कुरा छैन । ........ मधेश प्रदेशलाई एउटा मोडेलको रुपमा प्रस्तुत गर्न जनमत पार्टीसँग मार्गचित्र छ । हामीले जनजीविकासँग जोडिएका मुद्दाहरु उठाएर मधेश प्रदेशमा लोकप्रिय मत पाएका छौं । ठूला–ठूला गठबन्धनका बाबजुद पनि मधेश प्रदेशका जनताले जनमतलाई लोकप्रिय मत दिएको हो । त्यसै कारण जनमतले नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको थियो । सिट संख्याको हिसावले जुन किसिमको भद्र सहमति भएको छ, त्यो पालना गर्दै हामी सरकारमा सहभागी भएका छौं । जनमतले पाएको मन्त्रालयबाट जनताको पक्षमा उत्कृष्ट काम गरेर देखाउन लागेका छौं ।

'अहिले जितेर आउने नयाँ दल पुराना जस्तै भए' [भिडियो] अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना सर्वसम्मत रुपमा चयन भए ......... २०७४ मा उदायो, राम्रो मत पायो, वाग्मती प्रदेशमा पाँचौं दल बन्यौं । २ लाख १२ हजार मत पाइयो, समानुपातिकतर्फ ३ जनाले सांसद जित्नुभयो । तर छोटो समयमै पार्टीभित्र फुट देखियो र विभाजन भयो । .

No comments: