Thursday, February 23, 2023

Presidential Election Soap Opera


राष्ट्रपतिका उम्मेदवार बढाउँदै दलहरु, अहिलेसम्म नाघिसके १ दर्जन एसडी मुनीका ४,

ओलीका ९ उम्मेदवार

. ..... नयाँ राष्ट्रपतिको लागि सबैभन्दा बढी उम्मेदवार खडा गर्ने व्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् । ......... एमालेबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा चर्चा भएका एमाले नेताहरुमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, सचिव छविलाल विश्वकर्मा, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, उपाध्यक्ष सुवाशचन्द नेम्बाङ, शिवमाया तुम्बाहम्फे, उपमहासचिव विष्णु रिमाल छन् । पछिल्लो समय एमाले अध्यक्ष ओली नै राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना रहेको हल्ला पनि चल्न थालेको छ । ........ यस्तै पछिल्लो समय काँग्रेस सभापति शेरबहादुर देउवा पनि नयाँ राष्ट्रपतिको उम्मेदवार बन्नसक्ने हल्ला चलेको छ । ...... नेपाल सम्बन्धी जानकार भारतीय बुद्धीजिवी एसडी मुनीले नयाँ राष्ट्रपतिको लागि ४ जनाको नाम सिफारिस गरेका छन् । उनले सिफारिस गरेका उम्मेदवारहरुमा अनुराधा कोइराला, प्राडा लोकराज बराल, दमननाथ ढुंगाना र डा. देवेन्द्रराज पाण्डे हुन् । कोइराला समाजसेवी तथा महिला अधिकारकर्मी हुन् भने प्राध्यापक बराल भारतका लागि पूर्व नेपाली राजदुत पनि हुन् । यस्तै, ढुंगाना पूर्व सभामुख हुन भने डा. पाण्डे पूर्वमन्त्री हुन् । ...... आफ्नो हात माथि पर्ने गरी नयाँ राष्ट्रपति बनाउने अभियानमा लागेका दलहरुबीच नयाँ राष्ट्रपति चयनको लागि सहमतीको प्रष्ट खाका अझै देखिएको छैन । नयाँ राष्ट्रपतिको लागि शनिवार मात्रै मनोनय हुने भएकोले योबीचमा दलहरुले अझै धेरै उम्मेदवार बनाउन सक्ने सम्भावना पनि देखिएको छ ।

राष्ट्रपतिमा कांग्रेस रणनीति : सके आफ्नै उम्मेदवार, नसके एमालेलाई राेक्ने प्रचण्डकाे 'लाइन'मा छलफल गर्दै दलहरू

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवार खडा गरेर जिताउन सकिने अवस्था नभएमा एमाले अध्यक्ष ओलीको विश्वास पात्र रोक्ने दोस्रो विकल्पमा गृहकार्य भइरहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

........ कांग्रेसको उम्मेदवारलाई जिताउन नसकिने तर एमालेको उम्मेदवारले जित्ने अवस्था देखियो भने अर्काे रणनीतिमा जानुपर्ने हुन्छ भनेर गृहकार्य गरिरहेका छौँ । अर्काे रणनीति भनेको एमाले अध्यक्ष ओलीको विश्वास पात्रलाई राष्ट्रपति हुनबाट रोक्ने भन्ने नै हो ...... पहिलो विकल्प भनेको कांग्रेसको उम्मेदवारलाई भोट दिनुस् भन्ने हो भने

दोस्रो विकल्प भनेको एमालेबाहेकको साझा उम्मेदवार तय गरौँ र त्यसलाई जिताऔँ भन्ने हो ।

...... राष्ट्रपतिका लागि माओवादी केन्द्रको सहयोग प्राप्त हुने आशा कांग्रेसको थियो । तर, माओवादीबाट सहयोग प्राप्त हुनेमा कांग्रेस कम विश्वास गर्न थालेको छ । .... कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर सार्वजनिक जीवनमा महत्वपूर्ण योगदान गरेको व्यक्तिमा सहमति गरे एमालेलाई पनि त्यसमै सहमत गराउन सकिने आशा प्रधानमन्त्री प्रचण्डको छ ।


प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिने गरी राष्ट्रपतिमा साथ खोज्दै कांग्रेस प्रवक्ता महतले सबैभन्दा ठुलो दल बनेर सत्ताबाहिर बस्नु कांग्रेसका लागि बिडम्वनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको उल्लेख गरे ।

मदन भण्डारी राजमार्गको ३५ पुलमध्ये ४ को निर्माण सकियो १० अर्ब १३ करोड रुपैयाँको लागतमा १३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको

माओवादीको विश्लेषणः माधव नेपाल राष्ट्रपति भए प्रचण्ड सरकारको आयु जेठसम्म

प्रचण्ड चाहन्छन्– सके देउवा, नसके ओली राष्ट्रपति बनून्

....... माओवादी भने काँग्रेस र एमालेबीचको यही रस्साकस्सीमा आफूले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने अवसर निर्माणको पहलमा छ । ...... अध्यक्ष ओलीले नेपाललाई ‘पार्टी विलय गरे सोच्न सकिने’ बताएका थिए । ...... नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्दा नेपाली काँग्रेस र माओवादी केन्द्र समस्यामा पर्न सक्ने ओलीको विश्लेषण थियो । ...... ‘नेकपा एसलाई एमालेमा विलय गराउने शर्तमा माधव नेपाललाई राष्ट्रपति बनाउने ओलीको प्रस्ताव देखिन्छ, यसको अन्तर्य के हो भने नेकपा एस मिलेपछि एमाले सबैभन्दा ठूलो दल बन्ने र अहिलेको सरकारलाई जेठभरमा विदा गरेर ओली प्रधानमन्त्री बनिहाल्ने रणनीति हो’ ........ अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार निर्माण भएको हो । सो धारा अनुसारका प्रधानमन्त्री पदबाट हटेपछि र सो धारा अनुसार नयाँ सरकार बन्न नसक्ने अवस्था आएपछि संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ । ........ ‘काँग्रेसले राष्ट्रपति पाउने आशमा पुस २६ गते विश्वासको मत दिएको हो, राष्ट्रपति पनि नपाउने, सभामुख पनि नपाउने, प्रधानमन्त्री पनि नपाउने, प्रदेशमा पनि केही नपाउने भएपछि काँग्रेसले यो सरकारलाई किन बोकिरहन्छ ? त्यो बेलामा (बजेट पारित गर्ने बेलामा) काँग्रेस विपक्षमा बस्छ, एमालेले भोट दिदैन अनि हाम्रो सरकार ढल्छ’ .......... यस्तै, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका युवा नेताहरु पनि देउवालाई राष्ट्रपति बनाउने गृहकार्यमा जुटेका छन् । रामचन्द्र पौडेलभन्दा पनि देउवालाई नै राष्ट्रपति बनाउन सके राजनीतिमा पुस्तान्तरण सहज हुने युवा नेताहरुको विश्लेषण छ । ....... यस्तै, माओवादीले एमालेबाट ओली नै राष्ट्रपतिको उम्मेदवार बनेर आए सोच्न सकिने सन्देश प्रचण्ड निकट नेताहरुले ओली निवास बालकोट पुर्याएका स्रोतको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने
पुरानो गठबन्धन ब्युँताउने कांग्रेस र माओवादीबीच सहमति, बिहीबार साँझसम्म सम्झौताको तयारी चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो। अब यसमा जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि सामेल गराइने छ । ...... आगामी पाँच वर्षभित्र नेपाललाई प्रधानमन्त्री बनाउने गरी सहमतिको खाका तयार पारिने ती नेताको भनाइ छ । ..... फागुन १० मा आएर सात दलीय गठबन्धन विसर्जन गर्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । सत्ता गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।



सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन


प्रचण्डलाई रोक्न एकपछि अर्का नेतालाई ओलीको राष्ट्रपति प्रस्ताव जवाफमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन जोगाउन राष्ट्रपतिका लागि एकपछि अर्को नेतालाई प्रस्ताव गरिरहेका छन् । एमालेका एक पदाधिकारी, गठबन्धन जोगाउन अनेक विकल्पमा प्रयत्न भइरहेको स्वीकार्छन् । ‘राजनीतिक स्थिरताका लागि पनि यो गठबन्धन जोगिनुपर्छ भनेर अनेक विकल्पमा अध्यक्ष कमरेडले प्रयत्न गरिरहनुभएको छ’, ती पदाधिकारी भन्छन् । ...... आइतबार साँझ बालुवाटारमा भएको छलफलमा कांग्रेसलाई राष्ट्रपतिमा सघाउने बचन प्रचण्डले दिइसकेका स्रोतहरु बताउँछन् । ...... प्रचण्डको त्यही बचनपछि नै एमालेले पनि दल बाहिरबाट एकपछि अर्का नेतालाई राष्ट्रपति प्रस्ताव गर्न थालेको हो । एमालेसम्वद्ध स्रोतका अनुसार माधव नेपाल, झलनाथ खनाल र अमिक शेरचनलाई राष्ट्रपतिमा प्रस्ताव गरिएको छ । ...... माओवादी केन्द्रबाट लुम्बिनीको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई एमाले नेताहरुले राष्ट्रपति स्वीकार गर्न सक्ने सन्देश पठाएका थिए । लगत्तै, शेरचनले प्रधानमन्त्री प्रचण्डका साथै कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका थिए । तर देउवाले ‘ढिला भयो’ भन्ने जवाफ दिएपछि उनी रोकिए । ...... एमाले नेताहरुले भट्टराईलाई स्वीकार गर्छौं पनि भनेनन्, अस्वीकार पनि गरेनन् । ...... प्रचण्डले आफूलाई अघि सार्ने सम्भावना नदेखेपछि भट्टराईले एमाले र माओवादी दुबैले स्वीकार गर्ने वामपन्थी पृष्ठभूमिका व्यक्ति खोज्न आग्रह गरेका थिए । ....... एमाले नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि राष्ट्रपतिको प्रस्ताव राखेका छन् । अध्यक्ष नेपालसँग त ओली आफैंले सांसद किसान श्रेष्ठको निवासमा भेटवार्ता गरेका थिए । ........ कांग्रेस र माओवादीका नेताहरु भने नेपाललाई राष्ट्रपति बनाउने पक्षमा देखिएका छैनन् । दुबै दलका नेताहरु ओलीको प्रस्तावलाई बन्न लागेको सहमति भाँड्ने प्रयासका रुपमा अथ्र्याउँछन् । माओवादीका एक पदाधिकारी भन्छन्, ‘यदि माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको हो भने एमालेले औपचारिक रुपमा निर्णय गर्नुपर्‍यो । ...... कांग्रेस नेताहरु पनि प्रचण्डलाई आफूहरुसँग सहमति गर्न गाह्रो होस् भनेर मात्र एमाले अध्यक्ष ओलीले नेताहरुलाई राष्ट्रपतिको प्रस्ताव राख्दै हिँडेको बताउँछन् । ........ ‘प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिन्छु भन्छन्, माधव नेपाल र झलनाथ खनाललाई पालापालो राष्ट्रपतिको प्रस्ताव गर्छन् । भएन भने कांग्रेसलाई राष्ट्रपति दिन्छौं, दुबै दल मिलेर सरकार चलाउँ भन्न सक्छन्,’ कांग्रेसका एक नेता भन्छन् । ...... ओलीसँग बसेर सरकार सञ्चालन गर्न सकिन्न भन्ने निष्कर्षमा उनी पुगिसकेका छन् । स्रोतका अनुसार

बन्द कोठामा हुने छलफलहरुमा प्रचण्डले सरकार बनेको ‘४८ घण्टामै ओलीसँग आजित भएँ’ भनेर सुनाउने गरेका छन् ।

....... ओलीले संसदको पहिलो बैठकमै संविधानसभा विघटनको वकालत गरेपछि त आफ्नो राजनीतिक लाइन पनि नमिलेको प्रचण्डको भनाइ छ । ‘विकल्प नभएको भए दबिएर भए पनि बस्थे होलान, तर कांग्रेसले विकल्प दिएपछि उनी एमालेसँग नबस्ने मुडूमा छन्’ एक नेता भन्छन् । ........ एक नेताका अनुसार प्रचण्ड, माधव नेपाललाई छाड्न चाहन्नन् । किनकी एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई साथमा राखेर समाजवादी मोर्चा बनाउने योजनामा प्रचण्ड छन् । यसका लागि उनले मिल्नेहरुसँग पार्टी एकता नै गर्ने भनेर माओवादीको नाम र चुनाव चिह्न नै फेर्ने प्रस्ताव अघि बढाएका छन् ।


प्रचण्डसँग सहमति गरिहाल्ने हतारोमा कांग्रेस ओलीले १० पुसको सहमति सम्झाउने गरेका छन् भने प्रचण्डले २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको तर्क गर्ने गरेका छन् । ....... ओलीको आशंका छ, पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार अघि सार्ने हो भने प्रचण्ड कांग्रेसतिर जान्छन् । त्यसैले अन्तिमसम्म इन्गेज गरिराख्न चाहन्छन् उनी । ........ प्रधानमन्त्री प्रचण्डलाई भने यसले थप शशंकीत बनाएको छ । सभामुखमा जस्तै ओलीले अन्तिम समयमा आफ्नो विश्वास पात्रलाई अघि सार्ने र अर्को विकल्पबारे छलफल नै गर्ने अवसर समेत नपाउने उनको चिन्ता छ । नेताहरुका अनुसार अहिलेको अवस्था भनेको ओलीप्रति प्रचण्डको अविश्वास बढ्दो छ, तर सहकार्य पनि टुटिसकेको छैन । ...... कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड सहमत देखिएका छन् । तर उनका केही आशंका छ । राष्ट्रपति लिएपछि कांग्रेसले फेरि दुई ठूला दल मिल्नुपर्छ भनेर एमालेसँग सहकार्य त थाल्ने होइन भन्ने उनको आशंका छ । ...... प्रचण्डलाई आशंका नहोस् भनेर कांग्रेस शीर्ष नेताहरुले एमाले नेतृत्वसँग भेटवार्ता गरेका छैनन् । ....... ३ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी २ वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी जस्तै छ । यदि प्रचण्डले चाहने हो भने ५ वर्ष सरकारको नेतृत्व दिन समेत पार्टी तयार हुनुपर्ने मत कांग्रेसमा बलियो बनेको छ । ....... नेपालका लागि राजदूत रहिसकेका क्वात्रा कांग्रेस–माओवादी गठबन्धनका पक्षपाती मानिन्छन् । भ्रमणका क्रममा उनले आफूहरु कांग्रेस–माओवादी गठबन्धनकै पक्षमा रहेको सन्देश दिएको स्रोतको दाबी छ । १ फागुनमा काठमाडौं आएका उनले दुई दिने बसाईमा गरेको राजनीतिक भेटघाटले पनि त्यही संकेत गर्छ । उनले कांग्रेसका बालकृष्ण खाँणदेखि मधेस केन्द्रित दलका सबै नेताहरुलाई प्राथमिकताका साथ भेटे । तर संसदमा भएको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौं दल राप्रपाका नेतृत्वलाई भेटेनन् । ...... तर कांग्रेससँग दिर्घकालीन सहकार्य हुन नसक्ने भएकाले वामपन्थी आन्दोलनसँग जोडिएको व्यक्तिलाई राष्ट्रपति बनाएर एमाले र माओवादी गठबन्धन जोगाउनुपर्ने दबाव माओवादीमा छ ।

The race for Shital Nibas Major parties discuss presidential nominees ahead of date for filing candidacies on Saturday and election on 9 March ..... And while the prime minister has maintained that his coalition will remain intact beyond 9 March, he has refused to guarantee a UML candidate for head of state. ....... The NC’s Deuba, Paudel, Sitaula, Gagan Thapa, and Bimalendra Nidhi have visited Dahal many times, apparently to assure him that he will get to be prime minister for five years if the NC gets the presidency. ...... This a lollipop for Dahal, who would otherwise have to rotate prime ministership with Oli. And the UML would get to be all-powerful if it also gets to have a president as well as speaker, prime minister, and other heads of constitutional bodies. ........ The Maoists have maintained that it will seek a ‘national consensus’ in appointing the next head of state, which is another way of saying ‘anyone but a UML candidate’. ...... Dahal has concerns that NC may pull the rug before his tenure runs out. ....... Multiple high-ranking Indian and US officials have made visits to Nepal in the days leading up to the presidential election, and Dahal suspects that they do not like Communists in general. ....... If no party gets a simple majority in the votes on 9 March, a re-election will be held on 10 March. The election for vice president will be held on 17 March.

माओवादी र जसपा नेताहरुको छलफल सुरु साँझ ६ बजे माओवादी, जसपा, एकीकृत समाजवादीले कांग्रेससँग छलफल गर्नेछन् ।

शीर्ष नेताहरु बीचको बैठक रोकियो संयुक्त बैठक रोकिए पनि एकल रुपमा पुराना गठबन्धनका शीर्ष नेताहरुलाई भेट्ने तयारी गरिएको माओवादी केन्द्रका एक नेताले बताए । ....... ‘राष्ट्रपतिका विषयमा समझदरी भैहसकेको छैन, छलफल जारी छ, एमालेसँग पनि राष्ट्रपतिका विषयमा छलफल हुन्छ’ माओवादीका नेताहरुले राष्ट्रपतिका विषयलाई लिएर सत्ता बाहिर नजाने दाबी गरिरहेका छन् ।

जन्मदिनमा ओलीलाई ‘सर्प्राइज’ दिने प्रचण्डको तयारी जन्मदिनकै दिन आयोजित केपी ओली कप हेर्न उनी च्यासलस्थित खेल मैदानमा पुगेका छन् । ........ आफू सहभागी सरकारले मनाएको जनयुद्ध दिवस (फागुन १)लाई उनले ‘हिंसा दिवस’ भनिदिए । आफूसँगको सम्बन्ध प्रचण्डले तोड्न लागेको बुझेका ओलीले मनको तुस पोखे, ‘हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍यो ? त्यो हिंसाको धङधङी । अहिलेकै सरकारले पनि हिंसादिवसलाई राष्ट्रिय दिवस मनायो, जुन सही होइन ।’ ...... पछिल्ला वर्ष प्रमुख राजनीतिक दलका शीर्ष नेताका जन्मदिनमा केही न केही ‘सर्प्राइज’का घटना हुने गरेका छन् । ...... जतिबेला ओलीले सोही वर्षको फागुन ११ गते ७०औँ जन्मदिन मनाइरहेका थिए, त्यहीबेला ओलीको आशाविपरीत सर्वोच्चले संसद् विघटनको निर्णय उल्टाइदिँदा सो दिन ओलीका लागि ‘सर्प्राइज’ बन्न पुगेको थियो । ....... २०७७ मा ओलीले मनाएको जन्मदिन पनि विवादरहित हुन सकेको थिएन । जतिबेला ओली जन्मदिन मनाउन हेलिकोप्टरमार्फत जन्मस्थान तेह्रथुम पुगेका थिए । ओलीको जन्मोत्सवमा आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो । यतिसम्म कि बिदा पाएका कर्मचारी र मातहतका विद्यालयका शिक्षकलाई उनको जन्मोत्सव समारोहमा अनिवार्य उपस्थिति जनाउन फर्मान जारी गरिएको थियो । जन्मदिन मनाउन राज्यसंयन्त्रकै दुरुपयोग गरिएको र नेपालको नक्सा आकारको केक काटिएको भन्दै सामाजिक सञ्जालमा ओलीको चर्को आलोचना भएको थियो । त्यतिबेला देशको नक्सा आकारको केक काटेकोप्रति धेरैले आक्रोश पोखेका थिए । ...... एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालको जन्म दिन १२ दिनको अन्तरमा पर्छ– ओलीको ११ फागुनमा र नेपालको २३ फागुनमा । ....... एकअर्कालाई सिध्याउन प्रचण्डले कांग्रेससँग गठनबन्धन गरेका थिए भने, एमालेले राजावादी लगायतसँग । ..... आजसम्म आइपुग्दा (६० दिन पुग्दानपुग्दै) यी दुईको सम्बन्धमा दरार उत्पन्न भएको छ । ....... यहीबीच माधवलाई राष्ट्रपतिमा उभ्याएर ओलीले प्रचण्डसँग नयाँ ढोक्सा थापेर आफूतिर तान्न खोजे पनि त्यसमा प्रचण्ड–माधव विश्वस्त देखिँदैनन् ।

राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई समर्थन गर्नै मिल्दैन : अध्यक्ष ओली कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’ तर चुनावअघिको गठबन्धन ब्युँताउन कांग्रेस र माओवादीबीच सहमति भइसकेको छ । एकीकृत समाजवादी र जसपालाई साथमा राखेर कांग्रेस र माओवादीबीच आजै साझ पाँच बजे छलफल हुँदैछ ।

कांग्रेससहितको गठबन्धन ब्युँताउने विषय टुंगोमा पुगेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको पनि स्पष्ट पारे । ...... यसैबीच, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आजै अपराह्न ५ बजे बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागिएको उपप्रधानमन्त्री श्रेष्ठले पुष्टि गरे ।

सहमति बने महन्थलाई राष्ट्रपतिमा मेरो सहयोग रहन्छ : उपेन्द्र यादव जसपा अध्यक्ष यादवलाई भेट्न गएका नेताहरूलाई यादवलाई भनेका थिए, ‘मैले त महन्थजीलाई प्रधानमन्त्री नै बनाउन खोजेको थिएँ । तर उहाँ अर्कैतिर लाग्नुभयो अहिले पनि उहाँलाई राष्ट्रपति बनाउने सहमति बन्यो भने मेरो सहयोग रहन्छ ।’

No comments: