Tuesday, February 21, 2023

राष्ट्रपति पद का लागि राष्ट्रिय सहमति का एक मात्र उम्मेदवार: महन्थ ठाकुर

प्रधान मंत्री पद अंक गणित को पद हो। तर त्यसमा त राष्ट्रिय सहमति खोज्ने काम भयो। प्रचण्ड राष्ट्रिय सहमति को प्रधान मंत्री बनेका हुन। राष्ट्रपति पद पनि अंक गणित मा जान सक्ने पद हो। र त्यस अंक गणित मा माओवादी कॉंग्रेस सँग जान्छ कि एमाले सँग त्यस कुरा ले निर्णय गर्छ। तर माओवादी ले अंक गणित को कुरा गरिरहेको छैन। राष्ट्रिय सहमति को कुरा गरिरहेको छ। र अहिले राष्ट्रपति मा राष्ट्रिय सहमति हुँदैमा माओवादी का लागि कॉंग्रेस सँग अहिले अथवा दुई वर्ष पछि नया गठबन्धन बनाउने बाटो बन्द हुँदैन। प्रधान मंत्री को चुनाव र राष्ट्रपति को चुनाव फरक फरक कुरा हो। 

राष्ट्रिय सहमति खोजिएको हो भने स्वाभाविक छ एमाले को उम्मेदवार कॉंग्रेस लाई स्वीकार्य छैन र कॉंग्रेस को उम्मेदवार एमाले लाई स्वीकार्य छैन। प्रधान मंत्री पनि, राष्ट्रपति पनि, सभामुख पनि, सेना प्रमुख पनि सबै एउटै जात, एउटै समुदाय को मान्छे बन्दै जाने हो भने त्यसले पश्चगामी सन्देश दिन्छ। 

माधव नेपाल को पार्टी एमाले मा समाहित हुने शर्त मा माधव भन्ने सोंच बहुत गलत हो। राष्ट्रपति पद का लागि त्यस्तो मोलमोल्है गर्नु अत्यंत अनुचित हुन्छ। प्रधान मंत्री पद मा हुन सक्छ। राष्ट्रपति पद मा हुँदैन। 

महन्थ ठाकुर प्रचंड जन्मिनु अगाडि राणा शाह का विरुद्ध संघर्ष छेड़ेको मान्छे। त्यस्तो अर्को उदाहरण राष्ट्रिय राजनीति मा बाँकी छैन। बहुदल आए पछि कॉंग्रेस पार्टी भित्र देउबा भन्दा सीनियर थिए महन्थ। देउबा लाई हेक्का हुनुपर्छ यो कुरा। ओली सँग पनि राजनीतिक सहकार्य गरेका महन्थ। बाबुराम भट्टराई को पार्टी अध्यक्ष भइसकेका महन्थ। 

प्रधान मंत्री पहाड़ी भए पछि राष्ट्रपति मधेसी। त्यो कुरा पनि छ। बरु उप राष्ट्रपति कोही महिला जनजाति अथवा दलित, शायद माधव नेपाल को पार्टी को। 

राष्ट्रपति पद कुनै आलंकारिक पद होइन। नया लोकतंत्र मा राष्ट्रपति ले आफ्नो रोल राम्रो सँग नखेले व्यवस्था र संविधान नै धराप मा पर्ने हुन सक्छ। भारत का प्रणव मुखर्जी बारे भनिन्थ्यो, गांधी नभएकोले मात्र होइन भने उहिले प्रधान मंत्री बनिसकने। नेपाल मा त्यो सक्षम व्यक्ति महन्थ ठाकुर हुन। प्रखर ज्ञान भएका मानिस। राष्ट्रपति पद का लागि लोक सेवा आयोग को जाँच हुँदो हो त सबैभन्दा अब्बल महन्थ नै हुन्थे। 

नेपालको विगत ७० वर्ष को राजनीतिक इन्द्रेणी को प्रत्येक रंगमा भिजेका व्यक्तित्व महंथ ठाकुर। मधेसी दल हरुको जोडेर भोट त १२ लाख हो। माओवादी को हाराहारी हो। मिलेर बस्न आएन त्यो अर्कै कुरा हो। 

माओवादी लाई पनि ठीक्क। एमाले लाई पनि ठीक्क। कॉंग्रेस लाई पनि ठीक्क। पहिचानवादी लाई त अझ ठीक्क। राष्ट्रपति पद का लागि राष्ट्रिय सहमति का एक मात्र उम्मेदवार: महन्थ ठाकुर। 





महन्थलाई राष्ट्रपति बनाउन लोसपा नेताको दौडधुप : प्रचण्डपछि ओली र देउवासँग भेट्दै प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन राखेको प्रस्तावमा प्रचण्डले सकारात्मक रूपमा लिँदै आफ्नोतर्फबाट पहल गर्ने बचन दिएको नेता राजेन्द्र महतोले जानकारी दिए । ...... उहाँले महन्थजी पनि राष्ट्यि सहमतिको उम्मेदवार हुनसक्ने व्यक्ति र पात्र हो, तर मसहित तपाईँहरू पनि अन्य दलसँग त्यसका लागि पहल गर्नुस भन्नुभयो ।’

मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु
मधेसलाई मरुभूमिकरण हुनबाट बचाउन पाँच बुँदे मागसहित आन्दोलन घोषणा
ओलीको ‘ट्रयाक टु’ योजना : माधवलाई देखाएर प्रचण्डमाथि दबाब माधव उत्साहित, प्रचण्ड सशंकित माधव नेपाल निकट स्रोतका अनुसार अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न गरेको प्रस्तावमा नेता नेपाल सकारात्मक छन् । ओलीसँगको भेटमा पनि उनले सहमति जुटाउने सवालमा आफु पछि नहट्ने बताएका छन् । ........ अध्यक्ष ओलीले पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन गरेको प्रस्तावप्रति एकीकृत समाजवादीका नेताहरु नै विश्वस्त हुन सकेका छैनन् । समाजवादीका एक पदाधिकारीका अनुसार ओलीले पार्टी एकता र राष्ट्रपतिबारे गरेको प्रस्ताव गोलमटोल किसिमको छ । ‘ओलीजीको प्रस्ताव नै गोलमटोल किसिमको छ । विश्वास गरिहाल्न सक्ने अवस्था छैन’, ती पदाधिकारी भन्छन्, ‘केही नलाग्ने भएपछि ओलीजी हामीतिर आउनुभएको हो । हामीलाई देखाएर माओवादी र कांग्रेसलाई साइजमा ल्याउने उहाँको योजना सामान्य राजनीति गर्ने मान्छेले पनि नबुझ्ने कुरै छैन ।’ ........ ‘ओलीजीको कुटिल चाल बुझ्न जरुरी छ ।’ ....... ‘ओलीजी राष्ट्रपतिमा पहिला झलनाथ खनाल र अहिले माधव नेपालको नाम लिन थालेका छन् । यो उहाँहरुलाई (झलनाथ–माधव) लाई दिन होइन, हामीलाई कमजोर बनाउन र सबै पद आफूले नै कब्जा गर्न खेलिएको योजना हुनसक्छ ।’ ....... ‘ट्रयाक टु’ योजनामा अघि बढ्दा माओवादी र कांग्रेस दुवै लत्रिएर आफूले अघि सार्ने उम्मेदवारमा सहमति गर्न बाध्य हुने ओलीको बुझाई रहेको हुनसक्ने प्रचण्डले बताए । ........ प्रचण्डले ओलीले नेकपा एकीकृत समाजवादीसँग समेत एकीकरण गर्ने, रास्वपा विभाजन गर्ने र सवैभन्दा ठुलो दल बन्ने योजनाअनुसार राष्ट्रपतिमा नेता नेपाललाई अघि सार्न लागेको हुनसक्ने बताएका थिए । ........ ओलीले राखेको प्रस्तावमा अध्यक्ष माधव नेपाल भने उत्साहित देखिएका छन् । ....... ‘सहमति हुनसक्छ भने म तयारै छु । तर त्यसका लागि तपाई र प्रचण्डले पहल गर्नुपर्छ’, नेपालले ओलीलाई भनेका छन् । सोही अनुसार अध्यक्ष नेपालले सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई सिंहदरवारमा भेटेर कांग्रेसको उम्मेदवारमा एमाले सहमत नहुने र कांग्रेस–माओवादी एमालेको उम्मेदवारमा सहमति नजनाउने अडानमा भएकाले आफूमा सहमति खोज्ने प्रयास गर्न र त्यो पहल लिन पनि प्रचण्डलाई आग्रह गरेका छन् । ......... माधवका नाममा आफूहरु लचिलो भएपछि अर्कै उम्मेदवार अघि सार्ने र राष्ट्रपति बनाउनुका साथै कांग्रेससँगको सम्बन्ध समेत टुटाउने ओलीको भित्री उद्देश्य हुनसक्ने प्रचण्डको बुझाई छ । ........ माओवादी र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसापा) बीच पार्टी एकीकरण गर्ने अन्तिम तयारी छ । ........ ओलीले ‘ट्रयाक थ्री’ अन्तर्गत कांग्रेसलाई साथ लिने प्रयास गर्नेछन् । त्यसका लागि ‘यी खुद्रे पार्टीले सारै दुःख दिए, तपाई हामी मिलेर अघि बढांै, अहिले तपाईहरुका तर्फबाट राष्ट्रपतिमा सहमति गरौं’ भनेर ओलीले कांग्रेसलाई प्रस्ताव गर्न सक्छन्’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘तर अहिलेसम्मको अवस्थामा कांग्रेस त्यसका लागि तयार भइसकेको देखिँदैन ।’ .......... ओली कुनै हालतमा पनि सत्ताबाट बाहिर निस्कन र प्रदेश सरकारहरु पनि गुमाउन चाहदैनन् ।

ओलीको प्रस्तावपछि देउवा र नेपालबीच वार्ताको तयारी भ्रम सिर्जना गर्न खोजियो : कांग्रेस महामन्त्री थापाका अनुसार कांग्रेस र माओवादीबीच औपचारिक तहमा छलफल सुरु भइसकेपछि सत्ता समीकरण फेरबदल गर्ने सहमति ‘अन द स्पोट’ भइसकेको छ । तर अहिले प्रक्रियाको हिसाबले प्रचण्डले राष्ट्रिय सहमति भनिरहेका छन् ।

.

No comments: