Wednesday, February 22, 2023

22: Prachanda

पुरानो गठबन्धन ब्युँताउने कांग्रेस र माओवादीबीच सहमति, बिहीबार साँझसम्म सम्झौताको तयारी राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ । ....... त्यसमा सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने कांग्रेस र माओवादीले बैठकबाट निष्कर्ष निकालेको उनको भनाइ छ । उनले भने, ‘यसका लागि भोलि (बिहीबार) दिनभर माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत लगायतसँग छलफल हुन्छ । भोलि बेलुकासम्म सबैजना संँगै बसेर सम्झौता गरेर टुंग्याइने छ ।’ ........ लोसपाका नेताहरु देउवाबाट सकारात्मक जवाफ पाएर फर्किँए । .......

कांग्रेस नेताहरुले राष्ट्रपति कांग्रेसले नलिकन पुरानो गठबन्धन ब्युँतिने कुरा सम्भव नभएको

..... बालुवाटार छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ ।
.

बिजुलीको भरपर्दो बजार खोज्दै नेपाल, निर्यातमा ‘ब्रेक थ्रु’को संकेत भारतले शुभसंकेत दिएसँगै नेपाल र बंगलादेशबिच विद्युत व्यापारमा ‘ब्रेक थ्रु’को सम्भावना देखिएको छ । नेपाल र बंगलादेश आपसमा विद्युत व्यापारका लागि प्रयासरत रहेकै अवस्थामा भारतले नेपाललाई बंगलादेशतर्फ विद्युत निर्यातको अनुमति दिने संकेत दिएको हो । यससँगै, नेपाल र बंगलादेशबिच विद्युत व्यापारमा ‘ब्रेक थ्रु’को सम्भावना बढेको हो । ....... यससँगै, वर्षौँदेखि नेपाल र बंगलादेशले विद्युतमा सहकार्य गर्न गरेको प्रयासले मूर्तरुप लिन लागेको हो । ....... आफ्नो देशमा बिजुलीको ठूलो बजार रहेकाले बंगलादेशी पक्ष नेपाल र भुटानसँग बिजुली किन्न चाहन्छ । तर, यी दुवै मुलुकसँग बिजुली किन्दा प्रसारण लाइनका लागि भारतीय भूमि प्रयोग गर्नुपर्छ । सोही कारण, बंगलादेश लामो समयदेखि भारतीय पक्षलाई नेपालबाट बिजुली किन्ने अनुमति दिन दबाब दिइरहेको छ । ....... सम्भवतः जुलाईदेखि बंगलादेशमा बिजुली निर्यात हुन्छ ।’ ...... तत्कालै बंगलादेशतर्फ ५० मेगावाटसम्म बिजुली निर्यातको सम्भावना ....... भारत र बंगलादेशले यसअघिदेखि नै ‘क्रस बोर्डर’ विद्युत व्यापार गर्दै आएका छन् । यही कारण नेपालले भारतीय प्रसारण लाइनमा ५० मेगावाट विद्युत पठाउने र भारतीय पक्षले सोही परिमाणको बिजुली बंगलादेश पठाउने गरी व्यापार हुन्छ । ........ विद्युत प्राधिकरणले यो वर्ष ११ अर्ब १६ करोडको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणलाई भारतले सुरुमा ३९ मेगावाट बिजुली निर्यातको अनुमति दिएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा थप ३०८ मेगावाट बिजुली निर्यातको सहमति भएको थियो । ....... थप २ पटक गरेर भारतले नेपाललाई कुल ४५२ मेगावाट बिजुली भारतीय बजारमा बिक्रीको अनुमति दिइसकेको छ । तर, वर्षा याममा नेपालको कुल बिजुली उत्पादन क्षमता २४ सय मेगावाट नाघिसकेको छ । ....... हाल वर्षा यामको समयमा आन्तरिक माग अधिकतम १७ सय मेगावाट छ । जबकि, राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाको कुल उत्पादन क्षमता २४ सय मेगावाट भन्दा धेरै छ । ... आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा कुल ३ हजार मेगावाट बिजुली जोडिनेछ । ........ ‘२ देखि ३ वर्षभित्र सुक्खा यामको समयमा पनि नेपालको माग धान्नेगरी बिजुली उत्पादन सुरु हुन्छ ।’ ....... बंगलादेशमा हाल २३ हजार मेगावाट आसपास बिजुलीको माग छ । यो बढेर सन् २०३० सम्म ३४ हजार मेगावाटभन्दा धेरै पुग्ने बंगलादेशी सरकारको प्रक्षेपण छ । ....... पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकमार्फत बंगलादेशले ६८३ मेगावाट क्षमताको सुनकोसी–३ जलविद्युत आयोजनामा लगानीको इच्छा समेत देखाएको छ । कुल १ खर्ब ६० अर्ब लागत अनुमान गरिएको यो आयोजनाबाट बिजुली उत्पादन गरेर आफ्नो देशमा लग्ने योजना बंगलादेशको छ । ........ ‘भारत र नेपालबीच नै भरपर्दो ऊर्जा व्यापारका लागि पूर्वाधार छैन । यही कारण, भारतीय पक्ष नेपालसँग ऊर्जा खरिदको सम्झौता गर्न हच्किन्छ,’ उनले भने, ‘बंगलादेशतर्फ निर्यातमा पनि पूर्वाधार नै समस्या हुन्छ ।’

ओलीलाई एक्ल्याउने प्रयास बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै गठबन्धन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई कायमै राखेर निर्वाचनअघि (मंसिर ४) को पुरानो गठबन्धन व्युँताउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। ..... राष्ट्रपति भने नेपाली कांग्रेसलाई नै दिएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। कांग्रेस सभापति देउवाले राष्ट्रपतिमा एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने दाबी गरेका थिए।

प्रचण्ड र ओलीबीच चर्काचर्की
ओलीले प्रचण्डलाई भने- धेरै अलमल नगर्नुस्, तपाईंको कुरा के हो भन्नुस्!



डिलमा सत्तागठबन्धन कांग्रेस नेताहरू छलफलबाट उत्साही छन् । ......... पूर्वसहमतिविपरीत कांग्रेसले पहिलो कार्यकालका लागि प्रधानमन्त्री र राष्ट्रपतिमा दाबी गरेपछि गठबन्धन भत्किएको थियो । कांग्रेसले ‘आत्मघाती’ अडान नछाडेपछि माओवादी अध्यक्ष प्रचण्ड एमालेसहित सात दलको समर्थनमा गत १० पुसमा प्रधानमन्त्री बनेका थिए । तर, दुई महिनामै गठबन्धन भत्किने अवस्थामा पुगेको छ । ....... राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टीलाई समेत गठबन्धनमा अटाउनेबारे पनि छलफल भइरहेको स्रोतको भनाई छ । ........ कांग्रेस र एमालेको नाममा राष्ट्रिय सहमति नजुट्ने अवस्थामा अन्य विकल्पमा समेत जान सकिने गुरुङको तर्क छ । माओवादी सचिव गणेश शाहले सरकार सञ्चालनमा एउटा र राष्ट्रपति निर्वाचनमा अर्को गठबन्धन बन्न सक्ने बताए । तत्कालीन पाँचदलीय गठबन्धनबाटै राष्ट्रपति चयन हुने उनको संकेत छ । ‘राष्ट्रपति निर्वाचन र सरकार सञ्चालनमा अलग–अलग गठबन्धन हुने सम्भावना देखिन्छ । राष्ट्रपति फरक गठबन्धनबाट भए पनि एमालेले सत्ता छाड्लाजस्तो लाग्दैन,’ उनले भने ।



नजिकिँदै पुरानै गठबन्धन दल सकभर राष्ट्रिय सहमति जुटाउने नभए विगतमा संविधान रक्षाका लागि एक ठाउँ उभिएका शक्तिहरू पुनः एक भएर अघि बढ्नुपर्ने उनीहरूको प्रस्ताव थियो । विगतमा भएका असमझदारी बिर्सेर नयाँ शिराबाट अघि बढ्न सकिने कांग्रेस नेताहरूको भनाइ थियो । ........ ‘राष्ट्रिय सहमति निश्चित पार्टी वा पात्रमा होइन, छलफल गर्दा जसको नाममा सहमति हुन्छ, त्यही नै हो,’ गुरुङले भने । प्रचण्डले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति होस् भन्ने चाहेको उनले बताए । ....... भावी राष्ट्रपतिको विषयमा अहिलेको सत्तागठबन्धनका दलहरूबीच दूरी बढिरहेका वेला तत्कालीन पाँचदलीय गठबन्धनका शीर्ष नेता भने नजिकिँदै गइरहेका छन् । सत्तागठबन्धनभित्र माओवादीले राष्ट्रिय सहमतिमा जोड दिएको छ भने एमालेले आफ्नै उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडान राखेको छ । एमालेको अडानमा सत्तासहयात्री दल रास्वपा र राप्रपाले पनि साथ दिएका थिए । यद्यपि, एमालेले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे मुख खोलिसकेको छैन । ....... ‘कुन दिन त्यो गठबन्धन भत्कने हो ठेगान छैन । त्यो गठबन्धनको सरकार भत्केपछि कांग्रेस र एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर त्यहाँ (एमालेमा) चिन्ता सुरु भइसकेको छ । ढोक्सा थाप्यो भनेको त्यही हो । त्यसकारण राजनीतिले कुन कोर्स लिने हो, राष्ट्रपतिको चुनावसम्ममा थाहा भइहाल्छ’ ....... अहिलेको सत्तागठबन्धनमा संविधानविरोधीदेखि संविधानका पक्षपाती सबैखाले शक्तिहरू भएका कारण लामो समय टिक्न नसक्ने नेता नेपालको दाबी छ । सबै पद लिएर एकाधिकार चलाउन खोज्ने प्रवृत्ति फेरि हाबी हुन खोजेको उनले बताए । उनले भने, ‘सबै पद लिएर नेपाली राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने प्रवृत्ति हाबी हुने हो कि सन्तुलनको राजनीति अपनाएर मात्रै जानुपर्छ भन्ने मान्यता हुने भन्ने फैसला आगामी हप्ताभित्रमा सम्भवतः भइसक्छ । र, त्यसको निम्ति हामी तयार हौँ ।’ रास्वपाले पदको आसक्ति देखाउँदा गठबन्धन नै संकटमा परेको नेपालको दाबी छ । ....... ‘अहिले सत्ता साझेदार दलमा राष्ट्रपति पदलाई लिएर माओवादी र एमालेबीच खिचातानी छ । यही वेला जनताको निराशालाई कारण देखाउँदै अहिलेको व्यवस्थालाई धरापमा पार्न चलखेल गर्ने शक्तिहरू उत्तिकै सक्रिय छन् । यस्तो अवस्थामा कसरी अघि बढ्न सकिन्छ ?’ अध्यक्ष यादवले बैठकको सुरुवातमै राय–सुझाव मागेका थिए । ......... राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहमति कार्यान्वयन गर्दै एमालेलाई राष्ट्रपति दिनुपर्ने पक्षमा छन् भने जसपा र जनमत पार्टी प्रचण्डकै लाइनमा राष्ट्रिय सहमतिको पक्षमा छन् ।

No comments: