Monday, June 13, 2022

बालेन को कोर टीम ले देशव्यापी र विश्वव्यापी संगठन निर्माण गर्ने तरिका: एक सुझाव

मेयर बालेन ले मेयर काम गर्नुपर्छ। गरेका छन। म आफैलाई केही महिना पछि होला जस्तो लागेका काम अहिले नै धमाधम हुन थालेको छ। त्यो काम जनताले हेरेको छ। देश भरि। प्रवास भरि। बालेन को नेतृत्वमा नया पार्टी बन्छ भने त्यस पार्टी का लागि मेयर बालेन ले दिन सक्ने प्रमुख योगदान नै त्यो काम हो। जुन काम गरिरहेका छन। 

तर कोर टीम केही महिना भित्र संगठन विस्तार मा लागिहालनुपर्छ। देश को प्रत्येक राजनीतिक इकाई र दुनिया को प्रत्येक प्रमुख राजनीतिक इकाई का लागि एउटा एउटा पब्लिक फेसबुक पेज बनाउँदै जाने। जस्तो कि अमेरिका को टेक्सास राज्य को बालेन फॉर नेपाल आधिकारिक पेज यो। भन्ने। काठमाण्डु माँ रहेको कोर टीम ले नै त्यो शुरू गर्नुपर्छ। त्यति अनुशासन चाहिन्छ। बालेन को फैन पेज बनाउन खोजेको होइन, संगठन निर्माण गर्न खोजेको हो। 

त्यस्तो प्रत्येक पेज मा १०० जना भेला भयो कि ऑनलाइन सानो निर्वाचन गरेर एउटा सानो कमिटी बनाइदिहाल्ने। त्यस पेज मा नै गर्न मिल्छ। अनि त्यो कमिटी का लागि एउटा प्राइवेट व्हाट्सप्प ग्रुप। 

प्रवास को त्यस्तो प्रत्येक पेज मा एउटा वेबसाइट फीचर गर्ने, र त्यसको प्रमुख लक्ष्य फंडरेजिंग। प्रवास ले भोट र नोट दिने हो। प्रवासी नेपाली ले आफ्नो फोन मार्फ़त नै देश को निर्वाचन मा भोट खसाल्ने व्यवस्था होस। पार्टी चलाउन, चुनाव अभियान चलाउन पैसा चाहिन्छ। कोर टीम ले हिसाबकिताब भने चुस्त र पारदर्शी राख्नै पर्छ। 

मेरो हाई स्कुल क्लास को सबैभन्दा बढ़ी पैसा कमाउने मान्छे त्यो हो जो अमेरिका छोडेर नेपाल गयो र नेपालमा बिजनेस गर्यो। देश मा आधारभुत सुशासन मात्र आयो भने प्रवासी नेपाली उद्यमी का लागि नेपाल अत्यंत आकर्षक होनेवाला छ। 

बाकस भविष्य नचाहने नया पुस्ता ले सत्ता कब्ज़ा गर्ने हो। होइन भने आफ्नो पनि देश को पनि जीवन खेर जान्छ। त्यही बुढ़ा नेता हरु लाई मोटो मोटो पेंशन खुवाउन पनि सत्ता कब्ज़ा गर्नुपरेको। 

नया पुस्ता ले सत्ता कब्ज़ा गर भनेको आमा बाबु को विरोध गर भनेको होइन भरणपोषण गर भनेको हो। 

बिजली को गतिमा संगठन निर्माण हुन्छ। अबको चुनाव मा प्रत्येक पद मा एउटा एउटा लौरो। 





No comments: