Thursday, June 09, 2022

9: Balen

जसपाभित्र फेरि सुरु भयो विवाद
महन्थ ठाकुरलाई विश्वासमा लिने देउवाको रणनीति
मन्त्री हेरफेर गरे वा नगरे पनि जसपा र नेकपा एस फुटने खतरा, प्रधानमन्त्रीको अस्त्र लोसपा एता प्रधानमन्त्री देउवाले यि दुई दलमा विवाद र विभाजन भए लोसपालाई सरकारमा ल्याएर सरकार बचाउने तयारी गरेका छन् । त्यसो भएको खण्डमा यि दुईदललाई सरकार बाहिरै राखेर लोसपालाई सरकारमा ल्याएर निर्वाचन गराउने दाउ देउवाको छ ।

फुटेर होइन जुटेर चुनावमा जानुपर्ने लोसपालाई जसपा अध्यक्ष यादवको आग्रह जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई गठबन्धनमा ल्याए जसपाले स्वागत गर्ने बताएका छन् । ...... अगामि निर्वाचनमा पुनः एक भएर जाँउ उनले लोसपाका नेताहरुलाई सम्बोधन गर्दै भने । उनले लोसपालाई एकताका लागि कुनै पनि बेला स्वागत गर्न तयार रहेको बताए । ...... अध्यक्ष यादवले यस अघि निर्वाचन क्षेत्र निर्धारण हुँदा मधेशको जनसंख्या मात्र ४६ प्रतिशत रहेको र अहिले बढेर ५३ प्रतिशत भएको भन्दै ५३ प्रतिशत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने बताएका छन् । चुनाव अगाडि नागरिकता विद्ययेक पारित गरि सजह नागरिकता वितरणको व्यवस्था र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने उनको अडान छ ।

रेशम चौधरीलाई अबिलम्व रिहा गर्न मांग गर्दै प्रधानमन्त्रीलाई लोसपाको ज्ञापन ११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।

उदाए बालेन २०७४ सालमा स्थानीय तह निर्वाचन हुँदा काठमाडौं महानगरका मतदाता बालेन (बालेन्द्र) साहले भोट हालेनन् । उनको भनाइमा त्यतिवेला उठेका उम्मेदवारहरूप्रति उनलाई भरोसा थिएन । त्यसैले उनले ३१ वैशाख २०७४ मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु, देश कसरी विकास गर्ने मलाई थाहा छ ।’ ....... काठमाडौं महानगरको मेयर बन्ने हुटहुटी उनलाई अहिले अचानक जागेको होइन भन्ने कुरा साहले पाँच वर्षअघि फेसबुकमा गरेको यही पोष्टले जनाउँछ । ....... बालेन निकटस्थहरूका अनुसार २०७२ सालमा भूकम्प आएका वेला पुनर्निर्माणका काममा सरिक हुँदा उनलाई राज्य प्रणाली र संरचनाप्रति चित्त बुझेको थिएन, त्यसले यसलाई सुधार गर्न एउटा भरपर्दो विकल्पको खाँचो छ भन्ने उनलाई लागेको थियो । त्यही विकल्प बन्ने हुटहुटी लिएर गरेको तयारीपछि पाँच वर्षअघि भनेजस्तै साहले यसपालिको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा आफैं उम्मेदवार बने, आफूले आफैलाई भोट हाले । ...... साहले ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् । ....... काठमाडौं महानगरको मेयरमा साह निर्वाचित हुनु भनेको नागरिक राजनीतिक दलको क्रियाकलापबाट वाक्कदिक्क भइसके र विकल्प खोजी गरिरहेका छन् भन्ने सन्देश हो । ‘जनताले विकल्पको खोजी गरिरहेका थिए, त्यो विकल्प बालेनको अनुहारमा देखे’ उनले भने, ‘राजनीतिक दलप्रति निराशा र बालेनमा आशा देखिएको छ ।’ ....... उम्मेदवारी मनोनयको वेलासम्म बालेनलाई मुख्य राजनीतिक दलहरुले प्रतिस्पर्धी नै मानेका थिएनन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापित आफ्नो जीत सुनिश्चित भएको भन्दै कसरी उत्सव मनाउने भनेर भाषण गरिरहेका थिए । तर साहचाहिँ चुपचाप चुनावी तयारी गरिरहेका थिए । ........ स्थापितले साहविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिइरहँदा साहले उनको भनाइलाई प्रतिकार गरेनन्, बरु स्थापितलाई ‘बाबु’ भन्दै आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा काम गरिरहेको बताइदिए । स्थापित एकपछि अर्को गर्दै आपत्तिजनक अभिव्यक्ति दिँदै गए, तर साहले चुपचाप नै रहे ।

No comments: