Saturday, June 11, 2022

11: Dipendra

युवराज दीपेन्द्रसित संवाद ः धेरैका आँखा अनायास दक्षिण दिशातिर फर्के



विद्युत व्यापारमा कोशेढुंगा : भारततर्फ ३६४ मेगावाट बिजुली निर्यात सुरू
भाइरल वडा अध्यक्ष रिजालको घरमा बालेनको लन्च मिटिङ
स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह
समयमै निर्माण सम्पन्न नहुँदा ‘फास्ट ट्रयाक’ मा लागत खर्च बढेको बढ्यै अर्थमन्त्रीले सोधे– यो ‘फास्ट ट्रयाक’ हो कि ‘लेट ट्रयाक’ हो ?’ ....... लागत खर्च बढेर दोब्बरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । आयोजना निर्माणका लागि १ खर्ब ७५ अर्ब लागत लाग्ने अनुमान गरिएकोमा हाल बढेर ३ खर्ब नाघ्ने जनाईएको छ । निर्माणजन्य साम्रगीको मूल्यवृद्धि, मुआब्जा विवाद, रुख कटान, कोभिड १९ का लगायतका कारण ४ वर्षको आयोजनाको अवधि बढेर ६ वर्ष पुगेको छ । ....... डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा देशभर एकैपटक २१ वटा राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको थियो । जसमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौ–तराई मधेस दु्रतमार्ग आयोजना पनि समावेश भयो । तत्कालीन अवस्थामा दु्रतमार्ग निर्माणको लागि अनुमानित लागत ७५ अर्ब रुपैयाँमात्रै लाग्ने जनाइएको थियो । ..... ललितपुरको खोकनालाई जिरो पोइन्ट मानेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७४ जेठ १४ गते निजगढ पोइन्टको ७२ किलोमिटरमा दु्रतमार्गको शिलान्यास गरेका हुन् । ....... २०७५ सालमै ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको आयोजनाको हालसम्म ५० प्रतिशत पनि काम सम्पन्न नभएको आयोजना श्रोतले जनाएको छ । ...... ‘फास्ट ट्रयाक ती राष्ट्रिय अन्तर्राष्ट्रिय यात्रुलाई पनि कुदाउन तयार गरिएको हो, सिङ्गो मधेसलाई काठमाडौसँग जोड्न बनाइएको हो ...... थपिएको म्याद अनुसार ०८१ वैशाखभित्र सेनाले द्रुतमार्गको सम्पूर्ण काम सक्नुपर्नेछ । ....... द्रुतमार्गको साढे ७२ किलोमिटर सडक खण्ड ४ लेनको हुनेछ । सो सडक खण्डमा ८७ वटा पुल बन्नेछन् । ६ किलोमिटरको अन्तरालमा ३ वटा टनेल रहनेछन् । साढे ५५ किलोमिटर सडक क्षेत्र रहने छ भने बाँकी पुल र टनेलले ओगट्नेछन् ।

बालेन्द्र पछाडिको अदृश्य शक्ति र भावी योजना (विचार) नेपाल मात्र होइन, विश्वको कुनै पनि देशमा राजनीतिक व्याकग्राउण्ड नभएको वा कुनै समाज सेवामा एक प्रकारको जस नपाएको, कुनै स्वतन्त्र व्यक्तिले देशको राजधानीमा चुनाव जितेको शायदै कहि फेला पर्छन् होला । तर नेपालमा यो प्रवृत्तिको राजनीतिक परिवर्तन देख्न पाइने भएको छ । ........ कुनै स्वतन्त्र व्यक्ति जसको नेपाल राजनीतिमा कुनै विशेष अनुदान पनि नभएको र कुनै उच्चस्तरको व्यक्तित्व पनि नभएको व्यक्तिको विरोधमा समाचार लेख्दैमा लाखौं लाख अनुयायी घट्नु भनेको एक अदृश्य शक्तिको प्रभाव हो भन्ने प्रष्ट हुन्छ । ....... चुनावभन्दा पहिला बालेनलाई २० जनामा १ ले चिनिने पनि थिएन होला । तर उनको प्रभाव एक्कासी कसरी बढ्यो भने विषय अध्ययनकै बिषय हो । ........ बालेनको पछाडि पक्कै पनि राष्ट्रलाई परिवर्तनको दिशामा लैजाने ठूलो शक्तिको रहेको देखिन्छ । ......... बालेन जितेपछि, बालेनलाई मोहडा बनाएर एउटा राजनीतिक पार्टी स्थापना हुने निश्चित देखिन्छ । बालेन जितेको ४–६ महिना भित्रमा काठमाडौमा एउटा राजनीति पार्टी स्थापना हुनेछ । ती पार्टीका सबै अनुहार नयाँ हुनेछ, तिनीहरू भित्रमा पूर्ण प्रशिक्षित हुनेछ र प्रायः सबैको नेपाली राजनीतिको पहिलो अनुभव हुनेछ । यो पार्टीले बिना कुनै आन्दोलन गरी नेपालमा ठूलो राजनीतिक जग खडा गर्ने देखिन्छ । प्रायः पार्टीले नेपालमा ठूला–ठूला राजनीति परिवर्तनको लागि आन्दोलन गरेर आफ्नो जग बनाउन सफल भएका छन् तर यो पार्टीले एक अनौठो तरिकाले आफ्नो जग बनाउने छ । यो पार्टीले जनतामा भएको आक्रोशलाई आफ्नो शक्ति र यसलाई राजनीतिक मुद्दा बनाउने छ । .......... जब–जब देशमा भ्रष्टाचारले चरम सीमा पार गर्छ तब–तब नयाँ शक्तिको जन्म हुने गर्छ । जनतामा अहिलेको नेतृत्व प्रति भएको आक्रोशले नेपालभरि यो पार्टीलाई जनतासम्म आफ्नो पकड बनाउन सहयोग गर्छन् । अहिलेको राजनीतिक पार्टीहरूले अवहेलना गरेको जनताको आक्रोश यो पार्टीको शक्ति बन्ने छ । कोरोना भाईरस कस्तो यो पार्टी नेपालभरि फैलिन्छ । जनता एउटा विश्वासिलो शक्तिको पर्खाईमा रहेको बेलामा यो राजनीतिक पार्टी एउटा स्तब्ध बन्ने देखिन्छ । यी पार्टी सम्भवतः आउँदो प्रतिनिधि र प्रदेश सभाको चुनावसम्म आफ्नो तयारी पूरा गरेर सबै क्षेत्रमा उम्मेदवारी दिनेछ । आउँदो प्रतिनिधि र प्रदेश सभाकै चुनावमा धेरै ठाउँमा वर्तमन राजनीतिक दलहरूले हार बेहोर्ने देखिन्छ । सधै एउटै अनुहार, जति गल्ती र भ्रष्टाचार गरेपनी पार्टीको टिकट तिनैलाई दिने प्रवृत्तिको पनि अन्त्य हुने देखिन्छ । .......... बालेनको पुख्र्यौली तराईमा भएकोले तराई पनि बालेनको पार्टीले चाँडै आफ्नो पकड बनाउने देखिन्छ । तराईमा अहिले जंगली शासन चल्दैछ, यहाँ जनतालाई जंगली जनावर जस्तो व्यबहार गरेको छ । कहिले देशले त कहिले मधेशकेन्द्रित राजनीतिक दलको स्वार्थले आक्रान्त तराई–मधेशका जनताले पनि यो पार्टीलाई खुलेर समर्थन गरेको देखिन्छ । यो पार्टीले शुरूवातमै नेपालमा मधेशप्रति विभेद नगरेको ठोस प्रमाणको रूपमा बालेनलाई अगाडी सारेपछि, जसले तराईमा मात्र नभएर अन्तर जातीय, भौगोलिक, धार्मिक र सांस्कृतिक विभेदको अन्त्य गरेको देखाएपछि पहिलादेखि यिनै विभेदलाई बढावा दिएर राजनीति गर्नेहरूको राजनीति जरैदेखि उखेलेर फालिनेछ । जो वर्तमन अवस्थामा नेपालका लागि एकदम जरूरी देखिन्छ । ....... यसरी बालेनको पार्टीलाई तराई, पहाड, हिमाल सबै ठाउँको जनताले साथ दिने देखिन्छ । यसको प्रमाणको रूपमा नेपालको विभिन्न ठाउँमा स्वतन्त्र उम्मेद्बारले लिएको अग्रता र जीतलाई लिन सकिन्छ । जनताको राजनीतिक दल माथिको अविश्वासलाई स्वतन्त्र उम्मेदवारले आफ्नो शक्ति बनाएको कुरा यो चुनावमा प्रष्ट देखियो । ..... अब ५/७ दलीय होइन वर्तमन सबै दलको गठबन्धन गरे पनि नेपालमा शासन र सत्ता दुबै परिवर्तन भएर नै छाड्ने देखिन्छ ।

सर्लाहीको मुर्तियामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अति नै उपयुक्त "निजगढमा होइन, मुर्तियामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरौं" ....... विश्वको सबभन्दा ठुलो अन्तराष्ट्रिय विमानस्थल लण्डनको हिथ्रो विमानस्थल हो जहाँ ८ करोड यात्रु दैनिक यात्रा गर्छन। त्यसको कुल क्षेत्रफल १२२७ हेक्टर मात्र छ। नेपालमा किन चाहियो ८०४५ हेक्टरको एयरपोर्ट ? फेरी एउटै जिल्ला बारामा मात्र किन चाहियो दुइटा एयरपोर्ट ? बारा जिल्लामै चाहिएको छ भने बाराकै सिमरा एयरपोर्टलाई पुर्व र उत्तर विस्तार गरि बनाउँदा हुन्छ नि। ....... त्यसकारण मधेश प्रदेशको मध्य भागमा पर्ने सर्लाहीको मुर्तियामा रहेको ४२०० हेक्टर सरकारी जग्गा (खाली पनि गरिएको) छ त्यो जग्गा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अति नै उपयुक्त छ।

अब राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यक्ता छ : राजेन्द्र महतो ६ वटा पार्टी मिलाएर हामी राजपा बनायौं, संगठनको कुनै काम अगाडि बढेन । त्यसपछि जसपा बनायौं, त्यहाँ पनि संगठनको काम भएन । अनि लोसपा बनायौं, यहाँ पनि संगठनको काम भएन । भनेपछि गत चार÷पाँच वर्षमा न त संगठनको काम अगाडि बढ्यो, न त आफ्ना संघर्षका लागि सडकमा नै जान सक्यौं । त्यस्तो अवस्थामा चुनावमा जाँदा बिना संगठन र संघर्षको परिणाम कस्तो हुन्छ ? ........ सरकारी गठबन्धनले सत्ताको दुरूपयोग र व्यापकरूपमा पैसाको पनि चलखेल ग¥यो । ....... पार्टीले निर्वाचनको तयारी नै गरेको थिएन । ....... पार्टी विभाजन र टुटफुटको असर पनि धेरै प¥यो । पार्टीको ब्यानर नै हामीबाट लिएर भाग्यो । त्यसैले हामी समीक्षा गरेका छौं कि हामीले चुनावको तयारी गरेकै थिएनौं । पार्टी विभाजनले मधेश र संगठनलाई धेरै नोक्सानी भएको छ । ......... हामीले तयारी गरेका थिएनौं भन्ने कुरा त ठिकै छ तर राज्यले धाँधली गरिहाल्नुपर्ने कुरा हुँदैन नि । सत्ताधारी गठबन्धनले ज्यादती गरेकै हो । अरू कमजोरी छ भनेर धाँधली गर्ने, राज्यशक्तिको दुरूपयोग गर्ने हो भने त्यसलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन मान्न सकिँदैन । ........ धाँधली भएको आरोप हामीले मात्रै लगाएका छैनौं, प्रमुख प्रतिपक्षीको पनि निष्कर्ष छ । कतिपय ठाउँमा आक्रमण भएका छन्, मान्छे पनि मारिएका छन्, बुथ कब्जा भयो । विभिन्न ठाउँहरूमा विभिन्न घटनाहरू भएका छन् । महोत्तरीमै सरकारी गठबन्धनले हाम्रा नेता र उम्मेद्वारमाथि कुटपिट र दुव्र्यवहार गरे । रौतहटमा मतपेटिका लुटेर भागे । ......... अहिलेकै अवस्थामा फेरि आगामी चुनावमा जाने हो भने स्थानीय तहकै जस्तो परिणाम आउने पनि निश्चित जस्तै छ । ........ वास्तवमा भन्ने हो भने अहिलेसम्म केन्द्रीय कार्यकारिणी समितिबाहेक अन्य संगठनहरू नै बनेको छैन । अब केन्द्रीय समिति, विभिन्न वर्गीय/भ्रातृ संगठनहरू, प्रदेश, जिल्ला, पालिका कमिटीहरू बनाउनुपर्छ र सक्रिय रूपमा परिचालन गर्नुपर्छ । ........ कार्तिक र मंसिरमा प्रदेश र संघको चुनाव आउँदैछ ....... उपेन्द्र यादवको कुरालाई धेरै महत्व दिनुपर्ने आवश्यकता छैन । उहाँ विश्वसनीय पात्र नै होइन । किनभने जब–जब उहाँलाई पार्टीभित्र अप्ठ्यारो पर्छ वा उहाँको पार्टी विभाजनको संघारमा हुन्छ, त्यतिबेला एकताको कुरा गर्नुहुन्छ । एकता भइसकेपछि फेरि पार्टीलाई विभाजन गर्नुहुन्छ । ....... एक वर्ष पहिले उहाँको पार्टी विभाजन भइरहेको थियो, अनि रातारात एकता गरेर त्यो पार्टीलाई जोगायौं । एकता भइसकेपछि विभिन्न बहाना बनाएर पार्टी विभाजन गर्न निर्वाचन आयोगमा दौडेर गइहाल्नुभो । ....... औपचारिक वा आधिकारिकरूपमा कुनै हाम्रो नेतृत्व तहमा संवाद छैन । तर मिडियामा उहाँ बोलिरहनुभएको छ । यसको मतलब फेरि उहाँको पार्टी फुट्नेवाला छ । त्यो नभएसम्म उहाँ एकताको कुरा गर्नुहुन्न । त्यसैले उपेन्द्रजी एकताको कुरा गर्नु बकम्फुसी हो । त्यो विश्वसनीय कुरै होइन । ....... उहाँ मिडियामा पब्लिक कन्जप्सनका लागि र पार्टीमा आफ्नो व्यवस्थापनका लागि मात्रै बोलेको बुझिन्छ । वास्तवमै एकता गर्ने अभिप्राय भएको भए उहाँको सन्देश आउँथ्यो वा उहाँ आफै आउनुहुन्थ्यो । .......... मधेश बलियो होस् वा नहोस् उहाँलाई मतलब छैन, आफू कसरी बलियो हुने त्यो बाहेक उहाँले के गर्नुभएको छ ? त्यसैले, उहाँले जे भनेपनि कुनै मतलब छैन । ....... कुनै न कुनै गठबन्धनमा हामी जान्छौंं । अहिले पनि कांग्रेस र एमाले दुवैबाट प्रस्ताव आएको छ । दुवैसँग हाम्रो कुरा हुन्छ । .......... पाँच दलीय गठबन्धनबाट कांग्रेस र अर्कोतिर एमालेले पनि प्रस्ताव पठाएको छ । जोसँग कुरा मिल्छ, त्योसँग गठबन्धन गरौंला । ........

पचासौंवटा सरकार बन्यो, जनताले के पाए ? देश कहाँ पुग्यो ?

......... १५ वटा पञ्चवर्षीय योजना बनाइसक्यो, देशले कोल्टो फे¥यो त ? ........ नेपाल तब नेपाल बन्छ जब सबै नेपालीको नेपाल बन्छ । हिमाल, पहाड, तराई–मधेशमा बस्ने सबै वर्ग, जाति, समुदाय, धर्मका नेपालीको जब नेपाल बन्छ, तब नेपाल हुन्छ । ....... जनता र जमीन दुइटै मिलेर देश बन्छ । यहाँ माटो र मन मिलेकै छैन, मिलाइएन । यहाँको माटो नेपालको भयो र यहाँ बस्ने जनता नेपाली भएन । अनि नेपाल कसरी बन्छ त ? ......... नेपाल कहिल्यै पनि बाह्य उपनिवेशको शिकार भएन तर आन्तरिक उपनिवेशको शिकार भए । यहाँका शासकवर्ग औपनिवेशिक चिन्तन र सोचबाट प्रभावित भएर शासन गरे । मधेशी, थारू, पहाडका दलित, जनजातिलाई उपनिवेश बनाइयो । ......... नेपालमा कस्तो संविधान बनाइन्छ भने जुन जनताका लागि संविधान बनाइन्छ, त्यहीं जनतालाई गोली ठोकिन्छ । ......... सुखी नेपाली समृद्ध नेपाल होइन कि दुःखी नेपाली विपन्न नेपाल बनाएर राखियो । मधेशी–थारूले अधिकार माग्दा जेलमा कोचिदिने । रेशम चौधरीले थारूको अधिकार र पहिचानको कुरा गरेका थिए । जनताबाट निर्वाचित सांसदलाई जेलमा कोचेर राखिएको छ । अस्ति बर्दियामा एउटा किशोरीको गोली हानेर मारिएका छन् । यस्तो देश हो यो । ......... यो देशमा अब राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता हो । अधिकार, पहिचान, सुशासन, समृद्धि चाहने हिमाल, पहाड, तराई–मधेशका सबै जनता मिल्नुपर्छ । एकल शासन चलाउने एक प्रतिशत मात्रै छन्, ९९ प्रतिशत जनता पीडित छन् । सबै एकजुट एकचोटि भएर भिड्नुपर्छ । देशमा राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्छ । ....... जलस्रोतको दोस्रो ठूलो धनी देश हो नेपाल । ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता छ । यदि ४०/४५ मेगावाट मात्र बिजुली उत्पादन गरेर बेचेको भए देश स्वर्ग हुन्थ्यो । पर्यटनको पनि अपार सम्भावना छ । .... यो हल्लाको देश हो ।


चुनौती र जिम्मेवारी दुवै थपिएको छ : डा.सीके राउत (अन्तर्वार्ता) जनमत पार्टीले अपेक्षा गरे जस्तो परिणाम आउन सकेन । हामीले ४० भन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्ने अपेक्षा गरेका थियौँ । त्यसअनुसारको परिणाम आएको छैन । ........... निर्वाचन यतिको धाँधलीपूर्ण होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ । पैसाको दुरूपयोग, चलखेल र खरिद बिक्री होला भन्ने अपेक्षा पनि थिएन । त्यो आधारमा निर्वाचन बढी नै धाँधलीपूर्ण रह्यो । कर्मचारीहरूसँग मिलेमतो, प्रहरी प्रशासनसँग मिलेमतो र नगर प्रहरीहरूसँग मिलेमतो भएको हामीले पाएका छौँ । ......... यो कुनै एउटा ठाउँ वा एउटा जिल्लामा मात्र नभएर धैरै ठाउँमा एकै प्रकृतिका घटनाहरू दोहोरिएका छन् । मचुल्कामा भन्दा बढी मतपत्र मतपेटिकामा भेटिनु, मतगणनामा धाँधली हुनु, कतिपय ठाउँमा बुथ नै कब्जा गरिनुलगायत घटनाहरू भएका छन् । त्यति मात्र होइन मृत्यु भइसकेका र वैदेशिक रोजगारमा गएकाहरूको पनि मत खसेको अवस्था छ । सत्ता पक्षले आचारसंहिताको व्यापक उल्लंघन ग¥यो । यस विषयमा भिडियो प्रमाणसहित हामीले खबर गर्दासमेत प्रहरी प्रशासनले वास्ता गरेन । चुनाव धाँधलीपूर्ण भयो भनेर हाम्रो पार्टीले आधिकारिक रूपमा प्रेस विज्ञप्ति निकालेर नै विरोध गरेको छ । ......... जनमत पार्टीलाई परास्त गर्न सबै पार्टी एकजुट भएर जानुपर्छ भनेर मन्त्रिपरिषद्भित्र छलफल नै भएको कुरा मैले सुनेको थिएँ । ......... हाम्रो मेयरकै उम्मेदवार कुटिँदासमेत प्रहरी प्रशासनले एक्सन लिएन । मतदाताहरूलाई धम्क्याउने काम भयो । मतदाताहरूलाई अवरोध श्रृजना गर्ने कामसमेत गरियो । हामीले जित्ने सम्भावना भएका ठाउँमा बुथ कब्जा भएको छ । त्यो ठाउँमा मतपेटिका लुटिएको छ । दर्जनौँ ठाउँमा मतदान स्थगित गर्न लगाएर फेरि पैसाको चलखेल गरी सत्ताको दुरूपयोग गरिएको अवस्था छ । ......... काठमाडौँलाई अन्य ठाउँसँग तुलना गर्न मिल्दैन । त्यहाँको साक्षरता दर, जनचेतनाको स्तर, मिडियाको पहुँचलगायतका कुरा फरक छन् । तर, मधेशका गाउँमा कुनै मानिसको हत्या हुँदासमेत कुनै मिडिया आउँदैन । धनुषामै भोट नदिएको भन्दै एक बालकको बलात्कारको घटना सार्वजनिक भएको छ । गाउँघरमा फरक अवस्था छ । मत नदिएकै आधारमा त्यहाँ ठूलो विभेद हुन्छ । गाउँबाट निष्कासित गर्ने अवस्था आउँछ । गाउँमा नाकाबन्दी लगाइदिने, खोत जोत्न नदिने, विभिन्न यातना दिने, कुटपिट गर्नेलगायत कुरा सामान्य नै छन् । त्यसैले सत्ता शक्ति र पैसा भएकाहरूले नै प्रायः जित्नुको कारण पनि यही हो । .......... यो चुनाव जनतालाई र बाहिरी शक्तिहरूलाई देखाउने एउटा षड्यन्त्र मात्रै हो । यसको प्रतिकार पनि हुनेछ । विस्तारै जनता सचेत हुँदैछन् । यसपटक काठमाडौँका जनता सचेत भए । त्यसको प्रभाव पर्छ । मिडियाहरूले पनि यसमा आफ्नो सक्रिया भूमिका निर्वाह गर्छन् भन्ने हामीलाई लागेको छ । जनता नजागेसम्म र जनता आफै सचेत नभएसम्म यो प्रक्रिया दोहोरिइरहनेछ । .......... कसरी भन्ने सचेत ? हजार रूपैयाँमा मत बेचिराखेका छन् । त्यो जनतालाई कसरी सचेत भन्ने ? पाँच वर्ष हाम्रो पार्टीमा बस्छन्, जहिले पनि सत्ताधारीलाई गाली गर्छन् । अनि ठयाक्कै भोट दिने बेलामा ती दललाई भोट दिन्छन् । त्यो जनतालाई कसरी सचेत भन्ने ? ............ मौन अवधिमा पैसा समात्छन्, रक्सी समात्छन्, सुत्छन् अनि भोट त्यही दललाई हाल्छन्, जसलाई पाँच वर्षदेखि गाली गरिरहेका हुन्छन् । ......... हामीसँग आर्थिक कुनै श्रोत र साधन छैन । हामी निष्पक्ष रूपमा एजेन्डाको राजनीति गर्ने हो । जनतामा चेतना अभिवृद्धि गरेर राजनीति गर्ने हो । तर, यसको सम्भावना विस्तारै कम हुँदै गएको छ । सम्भावना छोडेको अवस्था देखिँदैछ । ......... काठमाडौँमा यसपटक एउटा उभार त देखियो । ३० वर्षदेखि राज्य सत्तामा रहेका पार्टीहरू भ्रष्ट भए, अनियन्त्रित भए, मनपरी गरे भन्ने जनचेतना देखियो । भोलिका दिनमा स्वतन्त्र उम्मेदवार जितेर पनि काठमाडौँमा काम गर्न पाएनन् भने क्रान्ति नै हुन सक्ने सम्भावना पनि रहेको छ । पार्टीहरूको विरूद्धमा आन्दोलन हुन सक्छ । ......... आगामी चुनावमा गठबन्धनका लागि पहल हुन सक्छ । गठबन्धनले निश्चय नै फरक पार्छ । ......... स्थानीय चुनावका बेला पनि जनमत पार्टीले गठबन्धन ग¥यो भनेर समाचारहरू आउने गरेका थिए । तर, के हामीले कतै गठबन्धन ग¥यौँ त ? सबै ठाउँमा हामीले उम्मेदवार उठायौँ । कतिपय ठाउँमा टक्कर नै एमालेसँग भएको थियो । ........... यसपालि सशक्त उम्मेदवारहरू चयन गर्छौँ । स्थानीय चुनावमा हामी भावनात्मक रूपमा गयौँ । आदर्शवादी रूपमा गयौँ । कसले जित्न सक्छ भन्दा पनि कत्ति वर्षदेखि संगठनमा लागेका छन् भन्ने विषयलाई प्राथमिकतामा राख्यौँ । योगदान, त्याग र तपस्यालाई आधार बनाएर हामीले टिकट वितरण गर्यौँ । त्यो पनि हारको एउटा कारण हो । हामीले आर्थिक रूपले सबल उम्मेदवारलाई टिकट दिएनौँ । हामीसँग बाध्यता पनि थियो । कम्तिमा एकपटक त उहाँहरूलाई टिकट दिनुपर्छ । अब यसपाली यो बाध्यता हुने छैन । जित्ने सशक्त उम्मेदवार खडा गर्छौँ । .......... जनताले पनि के सोचे भन्दाखेरि यी दलहरूलाई छनोट गर्नुभन्दा कांंग्रेस र एमालेमा नै किन भोट नदिने ? यो सोच जनतामा देखियो । आफ्नो काम कांग्रेस एमालेबाटै गराउने हो भने सिधै यही दलहरूलाई चयन गरे भइहाल्यो नि भन्ने सोच जनतामा देखियो ।

मधेशी दललाई सन्देश निर्वाचनमा देशैभर करिब १ करोड ७० लाख मतदाताहरूमध्ये १ करोड १८ लाखभन्दा बढीले मतदान गरेका छन् । छिटफुट घटनाबाहेक निर्वाचन सौहाद्र्र रूपमा सम्पन्न भएको छ । ........ यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अधिक सघनता देखियो । आम मानिसमा राजनीतिको मुख्य धारप्रति वितृष्णा बढ्दै गरेको सत्य उजागर हुँदैछ । नागरिकमा दलीय उम्मेदवारभन्दा पनि मिलेसम्म आफ्नो क्षेत्रका अनि दक्ष उम्मेदवारलाई जिताउनु पर्छ भन्ने मान्यता बोकेको देखियो । ......... मधेशी दलहरूले जसरी सतही विश्लेषण गरेका थिए उनीहरूको बुझाइलाई यो निर्वाचनले आत्मरती र भुलभुलैयामात्र बनाई दिएको छ । अस्वाभाविक आत्मप्रशंसा र स्वजयजयकार पनि राजनीतिमा धेरै टिक्दैन भन्ने मधेशी दलहरूको रवैयालाई मतदाताले यस पटक खारेज गरिदिएको छ । .......... लामो समय राजनीतिको मुख्य केन्द्रमा रहेका मधेशी दलहरूको अकर्मण्यतालाई निर्वाचनको मतमपरिणामले उजागर गरेको छ । अघिल्लो निर्वाचनमा राम्रै मत पाएको मधेशी दलकोे अविवेकीपनामाथि यसपालि मधेशी मतदाताले गतिलो झापड दिए । मधेशमा क्रियाशील जसपा र लोसपालाई जनताले पटक पटक शासन सञ्चालन गर्ने अवसर दिँदै आएका थिए । उनीहरूको व्यक्तिगत स्वार्थलाई केन्द्र राखेर र मधेशको मुद्दालाई तिलाञ्जली दिँदै सत्ताको लोभमा फस्दै गए । ........ विडम्बना, मधेशी दलहरू अवसर भनेको आफ्नै लागि बुझे ।

स्थानीय तहको सवलीकरण

No comments: