Monday, June 20, 2022

20: Kathmandu

गगन थापाले दिए काठमाडौंको फोहोर व्यवस्थापनमा ६ बुँदे सुझाव मन्त्री झाँक्री र मेयर बालेनको पहलकदमीको प्रशंसा ....... नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गरेका छन् । साथै उनले फेरि फोहोरको समस्या नआओस् भन्नका लागि ६ बुँदे सुझाव पनि दिएका छन् । ...... काठमाडौं महानगरपालिकाले सिसडोल-बन्चेडाँडाका बासिन्दासँग फोहोर विसर्जनका सम्बन्धमा १७५ औं पटक सम्झौता गरिसकेको भन्दै १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था नआवस् भन्नेमा थापाको जोड छ ।

उदाए बालेन ‘मैले यो कुरा स्वीकार्नै पर्छ, यसपालिको चुनावले वैकल्पिक भनिएको पार्टीलाई पनि जनताले विकल्प भन्ने सोचेनन्, पार्टी विचार र सिद्धान्तको कुरामा फस्दा जनताले स्वतन्त्र व्यक्तिलाई विकल्पको रुपमा चुनेका छन् ।’ ...... बालेन साह र्‍यापरका रुपमा युवा पुस्ता माँझ पहिल्यै चिनिएका थिए । तर पुराना पुस्ताका मतदातासँग चाहिँ उनी सुनिएका नाम थिएनन् । ...... चुनावमा मनोनय दर्ता गराएपछि सञ्चारमाध्यमहरूका अन्तरवार्तामा आउन थालेपछि मात्रै पुराना पुस्ताका धेरैको नजरमा परेका थिए । ....... ‘काठमाडौं म आफैं बस्ने ठाउँ पनि हो, म माफैं मास्क लगाएर धुलोमा हिँड्नु परेको छ, खाल्डाखुल्डीमा म आफैं परेको छु’ उनले केहीअघि अनलाइनखबरसँग अन्तरवार्ता दिंदै भनेका थिए, ‘जताजातै फोहोर आफैंले देखेको छु, दुर्गन्धका कारण खुला रुपमा हिँड्न सकिन्न, त्यसैले बस्न लायक सहर आफैंले बनाउनुपर्छ भनेर लागेको छु ।’ ...... ‘अहिले बालेनको पक्षमा एक्कासी लहर सिर्जना भएर जनमत जुटेको छ, उनीप्रति धेरै अपेक्षाहरु छन्’ उनी भन्छन्, ‘तर भोलिका दिन उनी मेयर भएर पनि फोहोर नउठ्ने जस्ता समस्या देखिए पनि एक महिना पनि नभइ बालेनप्रति पनि नागरिकमा फ्रस्टेसन सुरु हुनसक्छ ।’ ....... साहको इञ्जिनियरिङ पृष्ठभूमिका कारण पनि मतदाता लोभिएका छन् । ‘तर उनी कस्तो काम गर्छन् भन्ने विषयमा टेस्टेड मान्छे होइनन्’ खतिवडा भन्छन्, ‘मतदाताको अपेक्षा अनुसार गर्न सके उनका लागि यो अवसर हो, नभए आगामी दिन उत्तिकै चुनौतीपूर्ण पनि छ ।’ ........ मेयर भनेको व्यवस्थापकीय पद पनि हो । सीमित स्रोतका बीच उनले अघि सारेका महत्वकांक्षी योजनाहरुलाई कसरी पूरा गर्छन् भन्ने पनि देखिइनसकेको खतिवडा बताउँछन् । ‘योजना पूरा गर्न आम्दानीको योजना के हो भन्ने अहिलेसम्म स्प्ष्ट छैन, त्यसैले नागरिकमाझ सिर्जित अपेक्षा र बजेटको सीमितता बीच दूरि बढ्नसक्छ’ उनी भन्छन्, ‘यो उनको व्यवस्थापनमा भर पर्ने कुरा हो ।’ ...... कर्मचारी प्रशासन चलाउनेदेखि लिएर विभिन्न राजनीतिकसँग समन्वय गर्नेसम्मका विषयले बालेनको भविष्य निर्धारण गर्ने खतिवडा बताउँछन् ।

Is Fed mulling a steep rate hike? they expect the central bank to be more aggressive after recent inflation reports showed bigger-than-expected price jumps.

No comments: