Tuesday, October 31, 2017

विवेकशील साझा ले छलांग मार्ने तरिका हरु



अबको आशा विवेकशील साझा। यस पटक राष्ट्रिय पार्टी अर्को पटक देशको नेतृत्व। यी आकर्षक नारा हरु हुन। विवेकशील राष्ट्रिय राजनीति मा एउटा फैक्टर बनिसकेको अवस्था छ। कमसेकम काठमाण्डु उपत्यका मा यसले यसै पटक surprise दिने ठुलो संभावना छ। तर यसले जति सफा इमेज देखाए पनि, जति शिक्षित र कुशल उम्मेदवार हरु अगाडि सारे पनि, आर्थिक प्रगति को सशक्त vision अगाडि सारे पनि अंततः यसले विदयूतीय गतिमा संगठन विस्तार गर्छ गर्दैन त्यस मैं यसको राजनीतिक उत्थान जोडिएको छ। काँग्रेस एमाले ले जस्तो १० वर्ष अथवा ५० वर्ष लगाएर संगठन विस्तार गर्न पाउने luxury विवेकशील लाई छैन। हुन त २०४६ साल पछि काँग्रेस र एमाले को संगठन रातारात नै जंगल को आगो जस्तै नै विस्तार भएको हो। मुख्य कुरा राजनीतिक सन्देश हो, पैसा र टेक्नोलॉजी होइन। त्यहीं देखियो।

(१) फेसबुक

देशमा २५% penetration, काठमाण्डु उपत्यका मा ५०% माथि penetration र प्रवासमा शायद ८०% माथि penetration छ। जनता सम्म पुग्ने सबैभन्दा सस्तो बाटो फेसबुक हो। उही हो हजारौं हजार पोस्टर र वीडियो हरु बनाउनुपर्ने हुन्छ।

(२) प्रवास

नेपाली नागरिक दुनिया मा जहाँ भए पनि बायोमेट्रिक ID का आधारमा ऑनलाइन वोटिंग गर्न पाउने मुद्दा विवेकशील ले समात्नु एउटा मास्टर स्ट्रोक हो। तत्काल नोट दिन्छ, पछि वोट दिन्छ। नेपाल एउटा रेमिटेंस अर्थतंत्र हो। जगज़ाहेर कुरा हो। पहिला पहिला फॉरेन ऐड मा चलेको देश भन्थे। ती जमाना गए। प्रवासी नेपाली ले देशको अर्थतंत्र चलाएको छ। विवेकशील ग्लोबल fundraising मा नंबर एक बन्न सक्नुपर्छ। त्यसका लागि एउटा विश्वव्यापी संगठन बनाउन सक्नुपर्छ। दक्षिण एशिया बाहिर मात्र प्रवासी नेपाली ६० लाख होलान। तर दक्षिण एशिया पनि गिन्ती हुन्छ। नेपाल भित्र भन्दा नेपाल बाहिर बढ़ी नेपाली छ। नेपाल त प्रवास मा पो रहेछ।

(३) Missed Call

भाजपा का अमित शाह ले त्यही मिस्ड कॉल को आधारमा भाजपा लाई विश्वको सबैभन्दा ठुलो राजनीतिक पार्टी बनाए। बड़ा अचुक अस्त्र हो त्यो। तर त्यसको सबैभन्दा असरदार कुरा मोबाइल फोन होइन। नया सदस्य को घर सम्म कार्यकर्ता /स्वयंसेवक पुग्ने कुरा हो।

(४) बुथ कमिटी

यो पनि अमित शाह को आईडिया हो। प्रत्येक बुथ मा कमसेकम १० जना को एउटा बुथ कमिटी बनाउ चुनाव अगाडि।

(५) घर दैलो कार्यक्रम

Dean २००४ ले यसैलाई अमेरिका मा हाउस मीटिंग भन्ने गरेको। नेपाल जस्तो low टेक्नोलॉजी देशमा मिस्ड कॉल र फेसबुक भन्दा बढ़ी effective कुरा हो त्यो। स्वयंसेवक/कार्यकर्ता ले आफ्नो घरमा १०-१२ जना को सानो मीटिंग गर्ने।

(६) वड़ा समिति

विवेकशील राजनीतिक पार्टी हो र संगठनको atom भनेको वड़ा समिति नै हो। देशको प्रत्येक वड़ा मा वड़ा समिति बनाउन नसक्ने पार्टी ले देशको नेतृत्व को आकांक्षा गर्नु हुँदैन।

(७) महाधिवेशन

वड़ा समिति हुँदै गाउँ/नगर, जिल्ला समिति, प्रदेश समिति, र केंद्रीय समिति को निर्माण मा उच्चतम आतंरिक लोकतंत्र र आर्थिक पारदर्शिता प्रदर्शन गर्नुपर्छ। नभए कुहिएका स्याउ को कमी छ र बजारमा?

(८) आर्थिक क्रांति को विज़न

विवेकशील ले दुनिया भरि थिंक टैंक हरुको संजाल निर्माण गर्नुपर्छ र त्यो ब्रेन ट्रस्ट लाई यूट्यूब मा नै बहस हरु सार्वजनिक किसिमले राख्ने किसिम ले विज़न निर्माण गर्ने टास्क दिनुपर्छ। मान्छे बोलेको मात्र होइन प्रेजेंटेशन स्टाइल स्लाइड हरु पनि वीडियो हरुमा समाहित गर्न सकिन्छ।

(९) No Body Drain, No Brain Drain

सन १९८० पछि र अझ विशेष गरी १९९० पछि चीनले आर्थिक फड्को मार्नु मा प्रवासी चिनिया ले निर्णायक भुमिका खेलेको हो। प्रवासी चिनिया छैन भने चीन मा आर्थिक क्रांति नहुने। प्रवासी नेपाली homesick भएर झन बढ़ी contribute गर्न लालायित हुन्छ। Investment Opportunity हरु खोज्दै बसेको हुन्छ।

(१०) चुनाव

चुनाव त जित्न नै पर्छ। जनता सम्म पुग्यो पुगेन भनेर नाप्ने measuring stick अर्को के? देश भरि आम सभा हरु गर्नुपर्ने हुन्छ। घघड़ान orator हरु तैयार गर्नुपर्ने हुन्छ। बाँकी सबै गृहकार्य गरे पछि देश भरिमा २० दिनमा २० वटा आमसभा गर्यो देश कब्ज़ा भयो। र त्यस्तो प्रत्येक आम सभा को प्रत्येक पक्ष को र क्षण क्षण को सोशल मीडिया saturation कवरेज हुनुपर्छ। Old Media आफसे आफ लूरुलुरु पछि पछि आइपुग्छ।



No comments: