Saturday, October 07, 2017

सीके राउत ले राजपा र फोरम का लागि राजनीतिक स्पेस बनाउने काम गर्दै छन

फोरम र राजपा यस स्थानीय चुनाव पछि मिलेर काँग्रेस भन्दा ठुलो हो। र अब देखि मधेसमा ती दुई काँग्रेस को सीनियर पार्टनर नै रहिरहने देखिन्छ। यो स्पेस बनाउन मा सीके राउत को योगदान छ।

२०४६ साल पछि काँग्रेस को लहर आयो मधेसमा। मधेस का बल मा काँग्रेस ले देश माथि शासन गर्यो। तर मधेस विरोधी बिभेद समाप्त गर्ने प्रयास गरेन। त्यो डेढ़ दशक सद्भावना वाला हरु ट्वाल्ल परेर बस्नुपरयो। मधेसी विरुद्धः विभेद छ र भन्ने मानसिकता थियो।

अहिले सीके को अभियान ले भन्दै आएको छ मधेसी विरुद्ध विभेद छ मात्र होइन यति सारहो छ कि मधेस अलग देश बनाउनु एक मात्र उपाय हो। भने पछि फोरम र राजपा ले विभेद छ है भनेर भन्न नै परेन। त्यो सीके ले भन्दिएकै छ।

बरु सीके को नाम लिएर काठमाण्डु मा अरु हरु लाई तर्साउन पाएका छन। सो जा नहीं तो गब्बर आ जाएगा भने जस्तो गरी। हाम्रो कुरा मान, हामी सँग डील गर नत्र भने सीके आउँछ भन्यो बस्यो।

त्यस हिसाबले अहिले को मधेस को राजनीति मा सीके राउत को योगदान छ नै। भन्नु पर्ने हुन्छ। सीके राउत ले राजपा र फोरम का लागि राजनीतिक स्पेस बनाउने काम गर्दै छन।


मधेस स्वराज आंदोलन सँग अहिले कुनै रोडमैप छैन
मधेस स्वराज आंदोलन भित्र लोकतान्त्रिक संवाद को जरुरत

No comments: