Tuesday, August 18, 2015

कर्णाली ले पैसा पाउने कुरा

स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?

मैले देश संघीयता मा गएर कर्णाली स्वायत्त प्रदेश बने कर्णाली ले १० अरब रुपया पाउने एउटा सिनेरियो (scenario) देखाएँ। तर कुरा त्यहाँ गएर टुंगिँदैन।

सही संविधान ले आर्थिक क्रांति गर्ने हो
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर

काठमाण्डु सरकार ले कर्णाली प्रदेश लाई १० अरब रुपया दिने जुन राजनीतिक पथ हो त्यो बाटो ले नेपाल लाई प्रत्येक सात वर्ष मा GDP दोब्बर हुने बाटो मा राखिदिन्छ।

केंद्र सरकार को वार्षिक बजेट अहिले ८२० अरब छ। त्यो सात वर्ष मा १६४० अरब पुग्छ। अचम्म होइन? कर्णाली लाई १० अरब दिनु पनि छ, अनि आफ्नो पैसा ८२० बाट बढेर १६४० अरब पनि पुग्नु छ। तर यथार्थ त्यही हो। अनि केंद्र को १६४० हुँदा कर्णाली को फेरि २० अरब पुग्छ। सुशील ले भन्छ यसलाई विन विन।

यो कुरा राम शरण महत ले बुझ्दैन। भूत्रा को पीएचडी!



वामदेवले कड्किदै भने, ‘मैले जुलुश निकाल्दा प्रहरीले ढल्ने गरी हान्यो, कमल थापा गृहमन्त्री थिए’
वामदेवलाई अमरेशको चुनौतीः ‘तपाईँसँग अडियो भए मसँग दमनको भिडियो छ’
वामदेव गौतमले सीमांकनबारे भएका आन्दोलनमा अराजक भीडमाथी बल प्रयोग गर्नु सामान्य भएको टिप्पणी गरेका छन् । ..... कमल थापा गृहमन्त्री भएका बेला आफूमाथि प्रहरीले चार्ज गरेको घटना सुनाउँदै गौतमले कड्किदै भने, ‘एकपटक म निषेधाज्ञा सुरु हुने क्षेत्रमा नाराबाजी गर्दै थिएँ, ठिक त्यहिबेला मलाई प्रहरीले ढल्नेगरी हान्यो । शरीरभरी कत्ति निलडाम बसे कुरा गरी साध्य छैन तर, टाउकोमा दश टाँका लगाइयो । कमल थापा गृहमन्त्री थिए, मेरो पनी पिएसओ थियो ।’ ...... गौतमले भने, ‘पुर्व गृहमन्त्रीसँग आँखा जुधाउनु हुन्न भनेका भरमा कानुन मिचेको प्रहरीले हेरेर बस्न सक्दैन ।’ .......

गोली रबरको कि फलामको भन्नेबारे जवाफ दिँदै उनले भने, ‘प्रहरीसँग जुन गोली हुन्छ त्यही हान्ने हो

,तर छाती ताकेर हानेको हैन ।’ ...... शसस्त्र प्रहरीलाई पक्राउ अधिकार दिएको बारे सभाषद्हरुले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्रिपरिषद्को विद्येयक समितीले कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको ...... सभाषद् अमरेश कुमार सिंहले भने, ‘गृहमन्त्री ज्यु,हामिले बोलेको तपाईसँग अडियो रेकर्ड होला तर हामिसँग प्रहरी दमनको भिडियो छ ।’ प्रहरी प्रशासनले यसैगरी दमन गर्दै गएमा जनताले विद्रोह गर्ने चेतावनी दिँदै सिंहले भने, ‘अधिकारको लागी लडेको हुँ,सक्नुहुन्छ भने जेल हाल्नुस् ।’ आजको बैठकमा बोल्ने अधिकांश सभासद्हरुले सिमांकनबारे भएको आन्दोलनमा प्रहरीले दमन गरको भन्दै आपत्ति जनाएका थिए ।
मेरी छोरी बिन्दास नाँचेर हिडोस्!
‘सिंगल मदर’ की २६ वर्षे छोरी एलेक्सासँग आजसम्म कसैले बाबुको परिचय खोजेन। स्कूल भर्ना गर्न आमाले हात डोर्‍याएर लगीन्। बाबुको परिचय दिन मानिनन्। नौ महिनासम्म पेटमा बोकेर जन्माएकी छोरीमाथि पहिलो हक आमाको लाग्छ, अनि मात्र बाबुको। बाबुको परिचय आमाको इच्छासँग जोडिएको विषय हो। ...... एलेक्सा ‘सिंगल मदर’ बनिछन् भने पनि त्यो उनको इच्छाको विषय हुनेछ। पुरूषले साथ नदिए नारीले जीवन गुजार्न सक्दिनन् भन्ने झुठलाई राज्यले कहिल्यै स्वीकारेन। ..... कुनै केटासँग उनलाई प्रेम गर्न डर लाग्दैन। कुनै केटासँग बारमा वसेर रूड वियर चियर्स गर्न कुनै आपत्ति हुँदैन। ..... कम्प्युटर सन १८२२ मा पहिलो पटक बनेको थियो। यो विषयमा ठूला र पहलमान पुरुषहरुभन्दा बलियो तर्क र बहस गर्न सक्छिन् एलेक्सा। भारतमा बनेका हिन्दु मन्दिरहरूबाट पहिलो शताब्दीमा भारत नाट्यमका रूपमा समाजले नाच्ने संस्कृतिलाई अंगाल्न थाल्यो। यो विषयामा एलेक्सा तुफान बहस गर्न सक्छिन्। .....

केटाहरुसँग अमेरीकन फुटबल खेल्न सक्छिन् । स्कुलमा हरेक वर्ष हुने सामूहिक रनिङमा सबै केटाहरुलाई उछिनेर हरेक वर्ष प्रथम भइन्।

..... मलाई मनभित्र भत्भती पोलिरहेको छ। यी छोरी नेपालमा जन्मेकी भए बाबु बिनाकी छोरीको परिचय खोज्दै एलेक्साको आधा जीवन बित्ने थियो र, आमाको सम्पूर्ण जीवन। अनि, यीनमा रहेका सारा क्षमता बाग्मतीमा बगेर जाने थिए।

धन्न एलेक्सा तिमी नेपालमा जन्मिएनौ!

..... हाय मेरो देश! आमाले नै जन्माएको सन्ताको परिचय आमाकै नामबाट हुनुपर्छ भनेर राज्यसँग भीख माग्नुपर्छ। ..... नेपालमा ‘सिंगल मदर’ हुनु अहिले पनि उग्र क्रान्ति हो। हामी त अहिले बल्ल आमाको नामबाट नागरिकता दिनुपर्छ भन्ने क्रान्तिसम्म आइपुगेका छौँ। ‘सिंगल मदर’ लाई एलेक्साको आमाको स्थानसम्म पुर्‍याउन नेपालमा भर्खरै जन्मेको पुस्ताले अर्को क्रान्ती गर्नुपर्ने छ।
युकेबाट आदोलनमा ऐक्यबद्धता र तत्कालै १ लाख १ हजार आर्थिक सहयोग पठाइयो
आवश्यक परे दल त्याग गरेर पनि एक हुनु आवश्यक : एआइपीपीकी महासचिव कार्लिङ
हालसम्म विश्वभर मै आदिवासी जनजातिको अवस्था नाजुक रहेको छ । उनीहरु अझै पनि विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको अवस्था छ । चाहे त्यो विकसित मुलुकमा होस् या गरिब र पिछडिएको, उनीहरुको अवस्था उस्तै छ । पश्चिमी मुलुकमा पनि आदिवासी जनजातिहरुले अझै धेरै अधिकार पाउन सकेका छैनन् । तर उनीहरूको अवस्था तुलनात्मक रूपमा केही फरक भने अवश्य छ । तर पनि विश्वभर आदिवासीहरु पछाडि पारिएका छन् । उनीहरुका आफ्नै जीवनशैली र संस्कृति छन्, तर उनीहरुका भाषा, संस्कार र संस्कृति भने उपेक्षित छन् । ........ आदिवासी जनजातिहरु भूमिपुत्र हुन् । उनीहरुको उत्पति त्यही भयो जहाँ उनीहरु अहिले बसोबास गरिरहेका छन् । उनीहरु अरुजस्तो बसाइँसराइ गरेर आएका होइनन् । त्यसैले त्यो उनीहरुको प्रकृतिसँग मिल्ने आफ्नै जीवनशैली भाषा, भेष र संस्कृति छ । जब समाज विकासस“गै राज्यको उत्पति भयो, आदिवासीहरुका भाषा, भेष र संस्कृतिलाई उपेक्षा गरियो । नया“ राज्य संयन्त्रमा उनीहरुको सहभागिता गराइएन । यसरी विश्वभर उनीहरुलाई बहिष्करणमा पार्ने काम गरियो ।

No comments: