Pages

Sunday, October 19, 2014

तराईमा तीन राज्य: सम्भव

कांग्रेस र एमालेका १८ सभासद्ले नवलपरासीदेखि सर्लाही सम्मलाई एउटा प्रदेश बनाउनु पर्ने र प्रादेशिक राजधानी वीरगञ्जमा राख्नुपर्नेमा जोड दिएका छन । उनीहरुले पूर्वी, पश्चिम र मध्य तराई गरी तीन प्रदेश बनाउन उपयुक्त हुने सुझावसमेत दिएका छन् । ...... नवलपरासीदेखि सर्लाहीसम्मको क्षेत्रलाई एउटा प्रदेश बनाई त्यसको नाम नारायणी, भोजपुरा या सिम्रौनगौढ राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले यस्तो प्रदेशको राजधानी वीरगंज हुनुपर्नेमा पनि लबिङ थालेका छन । कांग्रेस नेता एवं वीरगजबाट निर्वाचित सभासद् सुरेन्द्र चौधरीले सवै कोणबाट वीरगंज प्रदेश राजधानीको लागि उपयुक्त रहेको बताए । ...... बारा, पर्सा र रौतहटलाई मिथिलातिर मिसाउने चर्चा पनि आएको छ । यसो भयो भने हामी वि्रदोह गर्छौ,’ चौधरीले भने, ‘सघर्ष समिति बनीसकेको छ । भोजपुरालाई मिथिलातिर लगियो भने हामी सघर्षका कार्यक्रम सुरु गर्छौ ।’ ..... कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, सभासद्हरु फरमुल्लाह मंसुर, राजेन्द्र अमात्य, रामकुमार भट्टराई, बंशीधर मिश्र, वलवीरप्रसाद चौधरी, रामअयोध्या यादव, जयप्रकाश थारु, मधु शाही ठकुरी, लालबाबु सिंह, राधेचन्द्र यादव, जुनौद अंसारी, रामचन्द्र साह तेली, सुरेन्द्रप्रसाद चौधरी, नेजमा आलम, नागेन्द्र चौधरी, राजकुमार गुप्ता र विचारी प्रसाद यादवको उपस्थिती थियो ।
(१) झापा देखि सर्लाही
(२) रौतहट देखि कपिलवस्तु
(३) दांग देखि कन्चनपुर

यो कुरा यी कांग्रेसीहरुले आफ्नो नेतालाई, आफ्नो पार्टीलाई भन्ने हो। संघीयता बारे यिनीहरुको यो विचार छ, नागरिकता बारे के विचार छ?



No comments: