Pages

Monday, May 09, 2022

नवजागरण Navajagaran (New Beginnings)

लोकतंत्र मा नया पार्टी खोल्ने नखोल्ने निर्णय गर्ने बालेन शाह ले हुँदै होइन। काठमाण्डु मा म देखिरहेको छु एउटा आन्दोलन शुरू भएको छ। नया पुस्ता सड़क मा आएको अवस्था छ। (Balen Shah: Groundswell Support In Kathmandu

बहुदल आए पछि पाउनुपर्ने समृद्धि नेपाल ले अहिले सम्म पाएको छैन। गणतंत्र आए पछि पाउनुपर्ने समृद्धि नेपाल ले अहिले सम्म पाएको छैन। गृह युद्ध समाप्त भए पछि पाउनुपर्ने समृद्धि नेपाल ले अहिले सम्म पाएको छैन। देश मा संघीयता आए पछि पाउनुपर्ने समृद्धि नेपाल ले अहिले सम्म पाएको छैन। 

नेपाल ले नया शुरुवात खोजेको छ। देश मा लोकतंत्र त आयो तर समृद्धि अझै आएको छैन। सुशासन र समृद्धि चाहियो। 

लोक्तन्त्र एउटा औजार हो। त्यो औजार को प्रयोग गरेर नया पुस्ता ले सुशासन र समृद्धि ल्याउने हो। 

बालेन शाह ले भने म ९०,००० भोट ल्याएर जित्ने वाला छु। म देखिरहेको छु एक लाख नब्बे हजार। त्यो भनेको बालेन गलत म सही होइन। बालेन को तथ्यांक केही महिना पुरानो हो। धरातलीय यथार्थ बदलिएको छ र अझ रोज बदलिरहेको छ। काठमाण्डु मा ३० वर्ष मुनि का ७०% मानिस मा बालेन बाहेक अरु कसैले भोट पाउछन जस्तो नै लागेको छैन। 

१५०० सक्रिय वालंटियर र २०० त कोर, दैनिक स्ट्रेटेजी बनाउने हरु। त्यो भनेको संगठन हो। त्यो संगठन चुनावी विजय पछि विस्फोट हुनेवाला छ। बालेन ले चाहेर पनि रोक्न सक्ने कुरा होइन त्यो। रोक्नु पनि हुँदैन। सुशासन र समृद्धि चाहियो भनिरहेका युवा युवती लाई रोकने अधिकार बालेन लाई पनि हुने छैन। (काठमाण्डु को स्वतंत्र मेयर ले देश नै बदल्न सक्छ)

वास्तविक लोकतंत्र मा संगठन विस्तार को काम गर्ने नै त्यो स्वयंसेवक ले हो। 

मेयर मा जिते पछि बागमती प्रदेश को प्रत्येक सीट मा लड्ने गरी, केंद्रीय चुनाव मा काठमाण्डु उपत्यका को प्रत्येक सीट मा लड्ने प्रत्येक सीट मा जित्ने गरी एउटा पार्टी खड़ा हुन्छ स्वतःस्फुर्त किसिम ले। त्यो उपत्यका मा सीमित रहने नरहने कुरा, त्यो बागमती प्रदेश मा सीमित रहने नरहने कुरा बालेन एक जना ले निर्णय गर्ने कुरा हुँदै होइन। त्यो नया पिढ़ी ले निर्णय गर्ने कुरा हो। देश भरि निर्णय गरिने कुरा हो। 

सारा नेपाल दिल्ली हो। सारा नेपाल पंजाब। (त्यो नेपाल को झण्डा बोकेको मान्छे को हो त्यो?)

डिजिटल बाटो बिना पैसा खर्च गरेर संगठन विस्तार गर्न सकिन्छ। तर पैसा पनि चाहिन्छ। हिसाबकिताब पुर्ण पारदर्शी मात्र राख्नुपर्छ सारा प्रवास ले अहिले बालेन लाई हेरिरहेको अवस्था छ। यो प्रदीप थापा न्यु जर्सी मा फार्म चलाएर बसिरहेको मान्छे हो। (बालेन शाह को दशक पुरानो रैप बैटल (Rap Battle))



अहिले नै काठमाण्डु को प्रत्येक टोल मा एउटा एउटा नेपाल का लागि बालेन (Balen For Nepal) पब्लिक फेसबुक पेज शुरू गरिदेउ। टोल टोल मा फ़्लैश मॉब। प्रत्येक कमिटी का लागि व्हाट्सप्प ग्रुप। अनि सदस्य संख्या बढाउँदै जाने। दिन दुना रात चौगुना। चुनाव पछि त्यसै लाई उपत्यका भरि लाने, प्रदेश भरि लाने, देश भरि लाने। 


देश को प्रत्येक पालिका का लागि एउटा पब्लिक फेसबुक पेज। प्रत्येक तहको प्रत्येक कमिटी का लागि व्हाट्सप्प ग्रुप। तर अंततः भेटघाट हुनुपर्छ। सँगै बसेर छलफल गर्ने हुनुपर्छ। ऑनलाइन ले ऑफलाइन को मार्गप्रशस्त गर्ने हो। 

पैसा प्रवास बाट माँगे जति आउँछ। पुराना लुच्चा लफंगा नेता हरु ले देश बर्बाद पारि सके। (बालेन शाह केशव स्थापित जस्तो मान्छे होइन, सही कुरा)

सुशासन दिएर प्रवासी नेपाली लाई लगानी गर्न सजिलो बनाइदिने हो। चीन मा समृद्धि को शुरुवात त्यसरी भएको हो। प्रवासी चिनिया को लगानी बाट। 

अचेल त दुनिया मा नया पार्टी को नाम एक शब्द को राख्ने चलन आएको छ। नेपाल किन भनिरहनुपर्यो? पार्टी किन भनिरहनुपर्यो? सिर्फ नवजागरण भने हुँदैन? अर्थात त्यस्तै कुनै पॉजिटिव शब्द। (काठमाण्डु का कांग्रेसी ले #MeToo स्थापित लाई विस्थापित किन नगर्ने? केशव Stop It)

डॉक्टर को श्रीमती डॉक्टर भएको त हुन्छ कतै कतै तर डॉक्टर हुनु अघि डाक्टरी पढाई पढेको हुन्छ, डिग्री लिएको हुन्छ। श्रीमती सिंह को मेडिकल डिग्री कुन चाहिं मेडिकल स्कुल को पर्यो खोइ कुन्नि! त्यसरी छोरी बुहारी श्रीमती लाई टिकट दिने लाई टिकटॉक दिनुपर्छ। त्यो महिला अधिकार हुँदै होइन। त्यसको ठीक उल्टो हो। 

सुशासन मात्र दिने हो भने बढ़ी पैसा कमाउन का लागि नै बेलायत अमेरिका ऑस्ट्रेलिया मा रहेको नेपाली नेपाल आइपुग्छ। प्रति व्यक्ति आय कम भएको देश जब लिक मा आउँछ र द्रुत गतिको विकास शुरू हुन्छ अनि त उद्यमी लाई पैसा गनेर साध्य हुँदैन। 

आज काठमाण्डु मा आर्थिक क्रांति का लागि आन्दोलन शुरू भएको छ। 






सुशासन सजिलो छ। नियत ख़राब भएको हो। सुशासन गारहो भएको होइन। छलफल र निर्णय प्रक्रिया पुर्ण डिजिटल, पुर्ण पारदर्शी। ठेक्कापट्टा को प्रक्रिया पुर्ण डिजिटल, पुर्ण पारदर्शी। मेरिट को आधारमा ठेक्कापट्टा पाउने हुनुपर्यो चिनजान भनसुन घुसघास को आधार मा होइन। दुई तिहाई कर्मचारी लाई एक वर्ष तलबी विदा दिएर हटाइदिनुपर्छ। बाटो छेकेर बसेको छ। काम केही गरेको छैन। सरकारी सेवा डिजिटल बाटो घर घर पुर्याउनु पर्छ। एस्तोनिया मा जस्तो। त्यसरी हटाएको कर्मचारी ले निजी क्षेत्र मा दोब्बर तलब को काम पाउँछ। 

Lee
Deng

बालेन शाह को दशक पुरानो रैप बैटल (Rap Battle)

रैप बैटल (Rap Battle) कला हो। अमिताभ बच्चन अथवा अजय देवगन ले पर्दा मा ढिशुम ढिशुम गरेको कसैलाई पिटेको हुँदै होइन। त्यो चलचित्र हो। त्यो कला हो। एउटा छ अमेरिका मा खुब चलेको कुस्ती भन्छ तर कुस्ती होइन। हिर्काए जस्तो गर्छ वास्तवमा हिर्काएको हुँदैन। 

सिलसिला चलचित्र मा देखाइएको छ अमिताभ को पत्नी जया तर प्रेमिका रेखा। त्यो कला हो। तर अमिताभ लाई दशकौं पछ्याइरह्यो। अमिताभ ले होइन भनेर हुन्छ मैले आफ्नै आँखा ले देखेको भन्ने सोच्ने हरु अनगिनती। हाम्रै विजय कुमार ले म १०  पढ्दा अमिताभ काठमाण्डु आएको बेला सोध्न भ्याएको। रेखा सँग लसपस के हो त्यो? आप भी मेरे दोस्त हैं, रेखा भी भनेका जवाब मा। 

रैप बैटल (Rap Battle) कला हो। बालेन शाह सँग रैप बैटल (Rap Battle) गरेको काठमाण्डु को प्रत्येक पात्र सँग बालेन को सधैँ सुमधुर सम्बन्ध रहिआएको छ। अमिताभ र अमजद खान अथवा अमरीश पुरी अथवा प्राण को कहिले कुनै दुश्मनी मनमुटाब रहेन। डेन्नी डेंगजोंग्पा त अमिताभ को असाध्य मिल्ने साथी। खुदागवाह मा हेर्नुस। खुन खराबा। ढिशुम ढिशुम। लहु लहुवान। 





अफ़ग़ानिस्तान मा घोड़ा कुदाएको मान्छे भक्तपुर आइपुगेको हुन्छ। थाहा हुने लाई भक्तपुर। थाहा नहुने लाई त कला हो। 

एक पटक एक जना पत्रकार ले जया बच्चन लाई साँच्चै सोधेको। फिल्म मा त मारपीट गरेको देखिन्छ। तपाईं ले चिनेको अमिताभ बच्चन कस्तो मान्छे हो? जया ले भनिन अत्यंत जेंटल। यार त्यो मारपीट कलाकारिता हो। 

हिजो मैले युट्युब मा हेरिराखेको थिएँ एउटा अन्तरवार्ता। पॉडकास्ट संचालक बालेन शाह को फैन। तपाईं बाहेक अरु उम्मेदवार हरु को त सुन्न पनि मन लाग्दैन भन्छ। तैपनि सोधेको छ, "आठ वर्ष अगाडि त्यस्तो छाड़ा बोल्ने मान्छे अहिले गलती महसुस गरेर सुधरिनु भो कि?" 

अरे बाबा। बालेन शाह १० वर्ष अगाडि पनि उही हो, अहिले पनि उही हो। रैप बैटल (Rap Battle) कला हो।

जया ले एक पटक भनिन, "कोइ अभिमान नहीं है!" अर्थात सिलसिला पनि यथार्थ होइन, अभिमान पनि यथार्थ होइन।