Pages

Saturday, May 07, 2022

काठमाण्डु को स्वतंत्र मेयर ले देश नै बदल्न सक्छ

स्वतंत्र मेयर ले काम नै गर्न सक्दैन होइन कि काठमाण्डु को स्वतंत्र मेयर ले देश नै बदल्न सक्छ। लोकतंत्र मा मतदाता ले पनि फड्को मार्न सक्नुपर्छ। रिस्क लिन सक्नुपर्छ। आँट गर्न सक्नुपर्छ। घरि घरि उही घिसीपिटी पार्टी, उही घिसीपिटी नेता हरु लाई जिताउँदै जाने हो भने परिवर्तन को कल्पना गर्न छोड्नुपर्छ। देश लाई घिसीपिटी अवस्था मा कायम राख्ने लोकतान्त्रिक अधिकार जनता सँग छ। नभएको होइन। होइन यदि छलांग मार्ने इच्छा छ भने जनता ले पनि हिम्मत देखाउन सक्नुपर्छ। नया उम्मेदवार, स्वतंत्र उम्मीदवार अहिले को उपलब्ध बाटो हो।

त्यो नेपाल को झण्डा बोकेको मान्छे को हो त्यो?

प्रचंड ले धम्की दिए जस्तो। मेरो छोरी लाई जिताउ होइन भने देश फेरि गृह युद्ध मा जान्छ भनेको कि के भनेको त्यो? पुराना भ्रष्ट पार्टी ले त भन्छ नै, हामीलाई जिताउ होइन भने स्थानीय सरकार ठप्प हुन्छ। त्यो लोकतान्त्रिक भाषा नै होइन। आरजु देउबा ले म बजेट रोकिदिन्छु माथि बाट भनेर थर्काए जस्तो। लोकतंत्र मा भोट माग्ने तरिका त्यो हुँदै होइन। 


बालेन शाह काठमाण्डु को स्वतंत्र मेयर बन्नु ले देश लाई एउटा नया राजनीतिक पार्टी दिन सक्छ। फ़िनलैंड को प्रधान मंत्री लाई हेरौं। फ्रांस मा मैक्रॉन ले एक्लै जितेका हुन। पछि पार्टी गठन गरेका हुन संसदीय चुनाव लड़न। पुरानो पुस्ता ले गर्न पनि नसक्ने, नया पुस्ता ले गर्न खोज्यो भने त्यहाँ पनि अड़काउन खोज्ने? त्यो त भएन। ज़ेलेन्स्की एक्लै जितेको हो त्यो पनि राष्ट्रपति मा। देश चलाएको छ। काठमाण्डु ५० वर्ग किलोमीटर पनि छैन।     


मेयर लाई मात्र किन, खुद मुख्य मंत्री लाई शक्तिविहीन बनाएर राखेको छ संविधान ले। समाधान संविधान संसोधन हो, उही घिसीपिटी पार्टी, उही घिसीपिटी नेता होइन। 

महानगर को बहस सबै लाइवस्ट्रीम गर्ने कुरा छ। कदम कदम मा बाँझो हाल्दै गए जनता ले देखलान नि त। जनता त्यति निरिह हुनु भएन। 

कर्मचारी लाई लागु हुने अवकाश को कानुन नेता हरु लाई पनि लाग्ने हो भने बल्ल देश ले विकास गर्छ। मतदाता मालिक हो। देउ एक एक लाई अवकाश। होइन भने उही घिसीपिटी अवस्था कायम रहन्छ। 

टीम छैन भनेको के? बालेन को टोल टोल मा कमिटी छ। 




न टिम, न राजनीतिक अनुभव : के स्वतन्त्रबाट उठ्नेले जिते हाँक्न सक्लान् स्थानीय सरकार?  ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरे मात्रै काम हुन्छ। एकदमै राम्रो रह्यो मेरो अनुभव। सबैले सहयोग गरे। सबै पार्टी प्रतिनिधिले सहयोग गरे। आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठियो। सबै पार्टीलाई मिलाएर लिने प्रयास भयो। त्यस्तो कम्प्लेन छैन्,’ उनले भने। .......  उनको व्यक्तित्वको छायाँमा परेका थिए सबै। त्यसैले उनलाई अरुलाई भन्दा सहज थियो। नत्र ३३ जनाको कार्यपालिकामा राप्रपाका ५ जना मात्रै सदस्य हुनु नेपालगन्ज उपमहानगर हाँकिरहेका राणाका लागि कम्ति असहज अवस्था थिएन। अहिले पनि मेयर राणा स्थानीय तहमा सुझबुझ भएका नेता जितेर आउनुपर्ने सुझाव दिन्छन्। .......  २०७४ सालको स्थानीय तह निर्वाचनमा ६ जनाले स्थानीय तहको प्रमुख/अध्यक्षमा स्वतन्त्रबाट चुनाव जितेका थिए। निर्वाचन आयोगका अनुसार ५ जनाले उपप्रमुख/उपाध्यक्ष जिते। ९१ वडा अध्यक्ष र १ सय ३१ जना सदस्यले स्वतन्त्रबाट चुनाव जितेका थिए। ......  काठमाडौं महानगरपालिकामा बालेन साह, सुशील थापासँगै देशभरका स्थानीय तहको प्रमुख/अध्यक्ष पदका लागि २ जहार १ सय ६ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष/उपप्रमुखका लागि ५ सय ४२, वडा अध्यक्षका लागि ४ हजार ३ सय ३, वडा सदस्य २ हजार ३ सय ३३ जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका छन्। कूल ९ हजार २ सय ८४ जना स्वतन्त्र उम्मेदवार छन्।








आधुनिक प्रविधिको प्रयोग बढाएर कृषकहरुलाई आत्मनिर्भर बनाउँछौ : बलराम आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले शनिबार एकै दिन नगरभित्रका ९ वटा वडामा घरदैलो सम्पन्न गरेका छन् ।

News: May 7

चुनावमा कांग्रेसले माओवादीबाट धोका पाउन सक्छ, ओली विरोधी भाष्य बलियो भएन स्थानीय चुनावको चहलपहल अघिल्लो चुनावको जस्तो छैन। धेरै मान्छेहरू घरबाट बाहिर निस्किएकै छैनन्। ...... नेकपा (माओवादी केन्द्र) ले अघिल्लो चुनावमा भन्दा आधा पालिका जोगाए पनि ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ। तर, त्यति जोगाउन गाह्रो छ। किनभने, माओवादीको चुनावी अभियान चितवनको रेणु दाहालबाटै शुरू हुन्छ, त्यहीं गएर अन्त्य हुन्छ। माओवादीले स्थानीय तहको चुनाव लड्दै छ भन्न त सकिन्छ, तर कहाँ भन्दा चितवनमा। पुष्पकमल दाहाल पनि त्यहीं सीमित हुनुभएको छ। ....... मेरो विचारमा पहिलेको शक्तिमा आधा कमी आउँछ। प्राप्त मत प्रतिशत पनि आधा कम हुन्छ, सीट पनि आधा घट्छ। ...... भरतपुरमा रेणु दाहाल त साइडमा भइसक्नुभयो, उहाँले जित्नुभयो भने त्यो प्रचण्ड, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको जित हुन्छ। ....... अहिलेसम्म डडेल्धुरा र तनहुँमा के भन्ने चिन्ता शेरबहादुर र रामचन्द्रले लिएको देखिएन। ..... जहाँ एमालेले माओवादी या समाजवादीसँग टक्कर पर्छ, त्यहाँ एमाले लाभान्वित हुन्छ। एमालेलाई सजिलो प्रतिस्पर्धी माओवादी, एकीकृत समाजवादी र जसपा नै हुन्। कांग्रेस बाहेकका प्रतिस्पर्धी एमालेलाई गाह्रो छैन। धेरै हदसम्म माओवादी र अरू पार्टीलाई एमालेले सहज रूपमा लिइरहेको छ। मैले मोरङ, सुनसरीमा पनि त्यही देखें। ....... माओवादी सिद्धान्तमा आधारित पार्टी होइन। यसको न संगठनको अनुभव छ, न नेतृत्वप्रतिको विश्वास नै छ। उनीहरू केका लागि राजनीति गर्दै छन् भने यताउता तामझाम मिलाएर सत्तामा पुगिहाल्ने। चाहे त्यो तल होस् वा माथि। प्रचण्डजीले जे गरिरहनुभएको छ, त्यो त तलैसम्म प्रतिबिम्बित भइरहेको छ। यसले गर्दा, यसो हेर्‍यो कांग्रेससँग मिल्यो, भोलि ठेक्कापट्टा पाइँदैन भने बरु एमालेसँग अहिले नै मिलिहालौं भन्ने देखिन्छ । ...... कांग्रेसको आजको दिनको समस्या भनेको अरू पार्टीसँगको प्रतिस्पर्धाभन्दा पनि आन्तरिक जीवनको प्रतिस्पर्धा हो। पार्टीभित्रकै घात–अन्तर्घात समस्या हो। यस पटक पनि खोजी खोजी अलोकप्रिय उम्मेदवार बनाइएको छ। झण्डै ४५० देखि ४७५ सीट जित्ने कांग्रेसले खोजी खोजी को उम्मेदवार कहाँ उठ्दा हार्छ, त्यसैलाई उम्मेदवार बनायो। ..... २०० सीट कांग्रेसको शीर्ष नेतृत्वले गरेको गल्ती र उम्मेदवार चयनका कारणले घट्ने देखिन्छ। उसले १५० सीट प्रतिस्पर्धामा जानुअघि नै गुमायो। ........ जस्तै, अहिले शेरबहादुर देउवाले चुनावको मुखमा आएर आइजीपी प्रकरण, गभर्नर प्रकरण गर्नुभयो। कांग्रेसले चुनाव आएपछि खोजी खोजी गल्ती गर्छ। ........ कांग्रेसको १० लाख आसपासमा क्रियाशील सदस्य छन् भने भोट ३०–४० लाख छ। कांग्रेसमा क्रियाशील नभएकाहरू शुभचिन्तक हुन्। मतदाताले जुन गल्ती कांग्रेसले नगरिदियोस् भनेर सोचिरहेका हुन्छन् नि, त्यही गल्ती गरिरहेको हुन्छ। केन्द्रीय सदस्य आरजु देउवा राणाले सार्वजनिक ठाउँमा विवादित अभिव्यक्ति दिनुभयो। ए बाबा! यो २००७ सालअघिको नेपाल त होइन नि। सरकारको पैसा कहाँ कसरी खर्च हुन्छ, यसको सिस्टम छ। कांग्रेसले मेयरमा जितेन भने पैसा पठाउँदिनँ भन्न उहाँको के हैसियत? ......... कांग्रेसका केन्द्रीय नेताहरू फैलिएको कांग्रेस सम्हाल्न सकिंदैन भनेर होला खुम्च्याउन चाहन्छन्। यो साइजको कांग्रेस अहिलेको लिडरलाई ठूलो भएको छ। ....... अब कांग्रेसले केमा गौरव गर्नुपर्‍यो भने, हाम्रो दुवै (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) नेताहरूले रेणु दाहालले भव्य काम गरेको छ भनेर मञ्चमा उभिएर भन्नुभयो। यसको मतलब सारा कांग्रेसीहरूले खराब काम गरेको छ भन्ने भयो। यी नेताहरू सद्दे हुन् कि खुस्केका भन्ने भएको छ। या त यिनीहरू सठियाएका हुन् या बुद्धि बिग्रेका हुन्। ........ काठमाडौंमा नेताहरूले गठबन्धनको घोषणा गरे पनि एक तिहाइ पालिकामा पनि लागू हुन सकेन। ८० प्रतिशत ठाउँमा तालमेल भएन, त्यो हुनै सक्दैनथ्यो। जति ठाउँ भएको छ, त्यहाँ पनि परिणाममा इमानदारी झल्किंदैन। ....... कांग्रेस र माओवादी भनेको पानी र तेल जस्तै हुन्। एकै ठाउँमा मिसिनै सक्दैन। जति मिलाउन खोजे पनि पानी तेलमा तैरिहाल्छ। ........ ओलीको इच्छा होला, म संविधान, गणतन्त्र फ्याँकुँला भन्ने, तर ओलीको इच्छा पूरा गर्ने जनमत नै छैन। राजालाई फर्कने इच्छा होला, तर राजाको इच्छा त पुरा भइरहेको छैन, राप्रपा भन्ने पार्टीले 'राजा ल्याउँछौं, राजतन्त्र फर्काउँछौं' भनेर चुनावमा कोशिश गरिरहेको छ। त्यो उसको इच्छा होला। ओलीको अर्को इच्छा होला। त्यो इच्छा पूरा गर्न नेपालको सामाजिक बनोट, राजनीतिक हैसियत नै छैन। ........ अस्ति भर्खरै ओलीलाई लिएर शेरबहादुरजीले एमसीसी पास गर्न खोज्दै हुनुहुन्थ्यो। अस्तिसम्म प्रचण्डजीले शेरबहादुरले भने जस्तै सीट नदिए ओलीेसँग गठबन्धन गर्न सक्छु भनेर भन्नुभएको थियो। ....... उनीहरू मिल्दा ऊ निरङ्कुश नहुने, संविधान च्यात्न हुने, अब उनीहरूले प्रतिस्पर्धी देख्ने बित्तिकै ऊ निरङ्कुश हुने? ....... शेरबहादुरजी र प्रचण्डको व्याख्या मान्छेहरूले पत्याइरहेका छैनन्। बरु पत्याउँछन् भने फाइदाका लागि यिनीहरु मिलेका हुन्। भोलि फेरी एमालेसँग मिल्छन् र कम्युनिष्ट एकताको नयाँ 'न्यारेटिभ' निकाल्छन्, र यो पत्याउँछन्। कांग्रेसभित्र बलियो मत के छ भने प्रचण्डजीले फेरि धोका दिन्छन्। प्रचण्डजीको प्रवृत्ति के छ भने उहाँले प्रयोग गरेर फ्याँक्दिने स्वभावको हो। प्रचण्डजीले चितवनमा के भन्नुभयो भने, पत्याउनुस् गठबन्धन २० वर्षसम्म लान्छु। तर, पत्याउने आधार नै उहाँले दिइरहनुभएको छैन। एक त गठबन्‍धन नै किन २० वर्षसम्म लग्नुपर्‍यो? त्यस्तो हो भने त एउटै पार्टी बनाए भइहाल्यो नि, गठबन्धन किन बनाइराख्नुपर्‍यो। ............ मानौं, रेणुजीले हार्नुभयो। रेणुजीको जितहारमा यो गठबन्धन टिक्ने हो कि ओली विरुद्ध हुनका लागि हो? रेणुजीले हार्ने बित्तिकै गठबन्धन भत्काउने त? रेणुजीले हार्ने बित्तिकै कांग्रेस त धोकेबाज रहेछ, हामी वैचारिक रूपमै दुई किनारा हौं भन्न प्रचण्डजीलाई समय लाग्दैन। उहाँले अहिले नभनेका कुरा मान्छेले भनिरहेका छन्।

स्थानीय चुनावमा कुन पार्टीले कति पालिकामा जित्लान्? आगामी स्थानीय चुनावमा पहिलो पार्टी बन्न कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ। ....... स्थानीय चुनावलाई पार्टी बनाउने अवसरभन्दा दुई-चार स्थानमा बढी जनप्रतिनिधि जितेर राज्यको साधनस्रोतमा हालीमुहाली गर्ने कुरालाई महत्त्व दिएको देख्छु। यस्तो गर्नु पार्टी जीवनका लागि राम्रो होइन। ....... अहिले २६३ पालिकामा कांग्रेसको नेतृत्व छ। २०७४ सालको चुनावको मतपरिणाम अनुसार कांग्रेस २९२ तहमा दोस्रो स्थानमा छ। पाँचदेखि ५०० भोटले हारेका ५६ वटा पालिका छन्। हिजो जितेको पालिका जोगाएर त्यति वेला दोस्रो स्थानमा आएकामध्ये आधामा मात्रै जित्ने हो भने कांग्रेसको ४०० पालिका कट्छ। भलै कम्युनिष्ट एक ठाउँमा आउने हो भने कांग्रेसलाई १५० ठाउँमा जित्न पनि गाह्रो हुन्छ। ......... नेकपा विभाजित भएर एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बन्नु कांग्रेसका लागि अवसर हो। महाधिवेशनले गर्दा एकातिर अन्तर्घातको सम्भावना छ भने अर्कातिर ऊर्जा पनि थपिएको  छ। ......... केन्द्रमा तालमेल गर्दैमा सीट सङ्ख्या बढ्ने होइन। ....... २०७४ सालको चुनावमा कांग्रेसले महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई लगायत नेताहरूलाई सीट छोडेको थियो। तर, कांग्रेसलाई केही लाभ भएन। १५-२० ठाउँमा बाहेक भोट कांग्रेसको पक्षमा ‘ट्रान्सफर्मेशन’ भएको देखिएन। कांग्रेसको भोटले भने माओवादीले धेरै स्थानमा जित्यो। जस्तै, आफ्नो भोटै नभएको भरतपुर महानगरपालिकामा कांग्रेसको भोटले माओवादी मेयर जित्यो। ........ गठबन्धन भए पनि २०० देखि २५० जति पालिकामा एमालेले जित्ला जस्तो लाग्छ। ....... यो चुनावमा मूल प्रतिस्पर्धा हुने एमाले र कांग्रेसबीच नै हो। ........ २०६४ सालमा माओवादी केन्द्रले संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ १२० सीट जितेको थियो। २०६४ सालमा ३० प्रतिशतबाट २०७४ मा १२ प्रतिशतमा खुम्चियो। अबको चुनावपछि माओवादीको कुल मत प्रतिशत एक डिजिटमा झर्छ। मेरो विचारमा माओवादीको सात प्रतिशत कट्छ जस्तो चाहिं लाग्दैन। ....... यसअघिको चुनावमा १०६ वटा पालिकामा माओवादीले जितेको थियो। त्यसमा अधिकांश अरू पार्टीले सहयोग गरेर जितेको हो। ........ पार्टी निर्माणको हिसाबले पुष्पकमल दाहालले आफ्नो जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती भनेकै पहिलो स्थानीय निर्वाचन एक्लै नलड्नु हो। माओवादी अब कहिल्यै पार्टी बन्दैन। २०७४ को चुनावमा एक्लै लडेर जम्मा २५ सीट जितेको भए पनि यो चुनावमा माओवादीका लागि राम्रो हुन्थ्यो। ७५३ पालिकामै माओवादी कार्यकर्ता हुन्थे। ७५३ मध्ये ५०० पालिकामा माओवादीको संगठन छ जस्तो लाग्दैन। .......... नेकपा (एकीकृत समाजवादी) को गाउँ गाउँमा धेरै मान्छे देख्दिनँ। ‘फेस भ्यालु’ भएका व्यक्तिहरू छन्, तर संगठन छैन। भारतीय राष्ट्रिय कांग्रेसको जस्तै अवस्था छ। ....... कांग्रेस र कम्युनिष्टसँग निराश मतदाताले अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीलाई भोट दिए। त्यो शहरीया ‘रियाक्सनरी’ भोट यस पटक राप्रपाले पाउँछ। ........ विवेकशील साझाको भोट घट्छ। कुनै पनि पालिका जित्ला जस्तो लाग्दैन। ....... मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलाउँदा त्यो सबैभन्दा ठूलो पार्टी हो। एक्लाएक्लै लड्दा भने कांग्रेस ठूलो पार्टी हो। जसपा यादव पार्टी भयो। सबै जिल्ला सभापति यादव छन्। त्यहाँ यादव विरोधी अभियान चल्न थाल्यो। तथापि  मधेशमा जिते पनि राष्ट्रिय पार्टी बन्दैन। ....... कांग्रेस र एमालेले विना बैसाखी तीन स्थानीय चुनाव लडिसके। उनीहरूका गाउँ गाउँमा एजेन्ट छन्। पार्टी बनाउने भनेको स्थानीय चुनाव लडेर हो। कांग्रेसको बलियो हुनुको एक मात्र कारण २०४९ सालको स्थानीय चुनाव हो। त्यति वेला सबै स्थानीय निकायमा उठेको थियो। ..... कुनै नेतालाई आफ्नो पार्टी डुबाउनु छ भने एउटा पनि स्थानीय चुनाव एक्लै नलडी गठबन्धन गर्दा हुन्छ। त्यति गर्ने हो भने कुनै पनि पार्टी सिध्याउन अरू केही गर्नै पर्दैन।

नेपालमा पनि शासकीय अहंकार र कुशासन श्रीलंकामा जस्तै छ: स्वर्णिम वाग्ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले वर्तमान आर्थिक स्थितिका विषयमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थशास्त्री वाग्लेले श्रीलंकाको अर्थतन्त्रमा देखिएको सङ्कटभन्दा नेपालको अर्थतन्त्रको स्थिति फरक रहेको बताए। श्रीलंका विदेशी ऋण र वैदेशिक मुद्राको सङ्कटमा फसेको भए पनि नेपालको वैदेशिक ऋण न्यून रहेको उनले बताए। ....... तर, श्रीलंका जस्तै नेपालको पनि शासकीय चरित्र र राजनीतिक नेतृत्वको अहंकार भने जोखिम उन्मुख भएको उनको तर्क छ। “श्रीलंकाको जस्तै नेपालका शासकको पनि शासकीय अहंकार र उन्माद छ। कुशासन र नीतिगत कच्चापनलाई सुधार गर्नैपर्ने अवस्था छ”



5/8/23 Update: Goshen (NY) puts Third World corruption to shame, thanks to greedy, corrupt, unethical lawyers like Andra Dumais. ..... I toppled a Third World dictator and German Radio called me Robin Hood On The Internet. I am not going to get intimidated by some small-town racist. Andrea Dumais is a small-town racist. ....... You are treating me worse than the people 2,000 years ago.