Showing posts with label nagrik unmukti party. Show all posts
Showing posts with label nagrik unmukti party. Show all posts

Thursday, November 24, 2022

चार पार्टी को एकीकरण को मैंडेट?

चार पार्टी को एकीकरण को मैंडेट? चार होइन भने कमसेकम दुई? केमिस्ट्री मिलाउन गारहो। अंकगणित सजिलो। चार पार्टी ले एकीकरण गरे निर्णायक तेस्रो शक्ति बन्ने हो। जनता ले भोट नदिएको होइन। प्रयाप्त मत छ। चार मात्र किन? छ नै। तमलोपा र जप्रपा पनि। छ पार्टी को एकीकरण हुन्छ भने संसदीय दलको नेता सीके राउत। जनमत पार्टी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, तमलोपा, जप्रपा। छ पार्टी ले अहिले को अहिले एकीकरण गरे राष्ट्रपति लिन्छ। समानुपातिक मा १०-१५ सीट लिन्छ। मधेस प्रदेश को सबैभन्दा ठुलो दल बन्छ। नेपाली प्रवीण मुखर्जी महन्थ राष्ट्रपति। 


प्रचण्डलाई ओली र देउवाको फोन : दुवैकाे मिलेर जाने प्रस्ताव
ओलीले प्रचण्डलाई फोन गरेपछि बामदेवले भने–‘दूरदृष्टि’
‘मतको नतिजाको आधारमा गठबन्धन तोड्नुहुन्न, काँग्रेसले तोड्दैन’

सिके राउतको उदय : संशय एकातिर, जनमत बढ्दै जाने आधार अर्कोतिर ११ वर्षअघि (सन् २०११ मा) स्वदेश फर्केका उनी सुरुमा मधेसको अवस्था बुझ्नतिर लागे । मधेस घुमेर उनले बनाएको डकुमेन्ट्री फिल्म ‘ब्लाक बुद्धज्’मा मधेसको संक्षिप्त इतिहाससँगै मधेसी निम्न वर्गको वर्तमान देखाइएको छ । ....... वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा जनमत पार्टीले सप्तरीमा दुई पालिकामा नेतृत्व पाएको छ । यसपालि देशभरबाट ५४ प्रतिनिधिसभा सदस्यका लाागि उम्मेदवार उठाएको यस पार्टीले एक स्थानमा निर्वाचित भइसकेको भने तराई मधेसका अधिकांश क्षेत्रमा राम्रो उपस्थिति देखाएको छ । ....... सप्तरी २ मा उम्मेदवार रहेका राउतले यसपालि मधेसका चर्चित नेता उपेन्द्र यादवलाई भारी (१८०६३) मतान्तरले पराजित हराए, योसँगै उनको चर्चा चुलिएको छ । ....... ‘हिजो उनी राजनीतिक रिङभन्दा बाहिर थिए, अब उनी रिङभित्र छिरे । उनले डेलिभरी कति दिन्छन्, यसैमा उनको राजनीतिक भविष्य निर्धारित हुन्छ ।’ ...... ‘राउतले मधेसका निम्न वर्ग र दलित समुदायलाई आफ्नो टार्गेट बनाए,’ साह भन्छन्, ‘उमेरका हिसाबले १५ देखि ३० वर्षका युवालाई उनले आफ्नो कार्यकर्ता बनाउँदै लगे । यस पार्टीको सबैभन्दा मजबुत संगठन प्रवासमा छ । अहिलेको मधेस प्रदेशबाट लाखौँ मानिस खाडी लगायत देशमा रोजगारीका लागि गएका छन् ।’