Tuesday, February 01, 2022

Dr. CK Raut: February 1



किसान र मजदूरहरू काँग्रेस, कम्युनिष्ट र जसपामा बस्नु हुँदैन! . सत्ताधारी घटकमध्ये काँग्रेस त सामन्त र पूँजीपति वर्गको पार्टी भयो, किसान र मजदूरको हितको कुरा गर्ने कुरै भएन । जसपा किसान र आमजनताको नरसंहार गर्ने योजना बनाउने फरार अपराधीहरूको कबिलाई झूंड हो । तर आफ्नो नाममा कम्युनिष्ट झुण्ड्याउनेहरू ? कम्युनिष्ट त किसान र मजदूर सर्वहारा वर्गको हितैषी हुनु पर्ने, हैन र ? ........ तर हेर्नोस् त एक महिनाभन्दा बढी भयो किसान आन्दोलनको । किसानहरू माथि लाठी चार्ज गरे, अश्रुग्याँस फाले, गोली चलाए । तर कथित कम्युनिष्ट पार्टीहरूलाई कुनै मतलब नै छैन । जबकि किसान आन्दोलनमा ११ बूँदा मध्ये सबै किसानसँग सम्बन्धित मागहरू छन्, कुनै राजनैतिक वा अन्य पार्टीसँग सम्बन्धित माग पनि छैन । ...... अनि यस्तो विशुद्ध किसानको माग किन कम्युनिष्टहरूले सुन्न समेत सकेका छैनन् त? यसले प्रष्ट हुन्छ कि यी कम्युनिष्टहरू किसान र मजदूर वर्गका पार्टी नै होइनन् । त्यो त उनीहरूको फगत देखाउने दाँत मात्रै हो । यी त मार्सी चामल खाँदै पूँजीपतिहरूसँग रमाउँदै उल्टा किसान र मजदूरमाथि दमन गर्ने पार्टीहरू हुन् । सबैलाई चेतना भया । ......... यी पार्टीका किसान मोर्चाहरू पनि छन् । तर त्यो फगत किसानको भोट लिन मात्रै हुन् भनेर पनि आज साबित भएको छ । किसानको मुद्दा सम्बोधन होस् भनेर तिनीहरू चाहँदैनन्, नभए किसानहरूको ११ बूँदे मागलाई तिनीहरूले समर्थन गर्ने थिए । ........ तर किसानको माग भन्दा पनि तिनीहरूलाई आफ्नो पार्टी प्यारो ! किसानको माग होइन । त्यसैले किसान र मजदूरहरू ती काँग्रेस, कम्युनिष्ट र जसपामा कदापि रहनु हुँदैन । (यो विचार डा. सीके राउतले फेसबुकमा रहेको आफ्नो सचिवावय पेजमार्फत सार्वजनिक गरेका हुन् ।)



No comments: