Wednesday, February 09, 2022

News: February 9

केपी र शेखर सम्बन्ध : बालकोट वार्तादेखि विराटनगरको तरङ्गसम्म प्रदेश १ मा काँग्रेसभित्र तरङ्ग नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि विपक्षी नेताको पोजिसन बनाएका कोइराला राजनीतिक माहोल ताकेका बेला बालकोट पुग्नेले काँग्रेस वृत्तमा बहस जन्मिएको छ । ....... देउवामाथि सत्ता साझेदारको दबाबले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बाध्यता छ भने नेता कोइराला कुनै हालतमा गठबन्धन गर्न नहुने पक्षमा छन् । उनको समूह नै गठबन्धनको विपक्षमा छ । ....... देउवा पक्षका एक नेताले रातोपाटीसँग भने, ‘केपी ओलीसँग शेखर डाक्टर साबको भेटघाटका पछाडि यी घटना जोडिएका छन् । सभापतिज्यूले वास्ता नगरेपछि उहाँले प्रदेश एकबाट दबाब बढाउन खोज्नुभएको छ ।’ तर, कोइराला पक्षका नेता घिमिरेले भने ओलीसँगको भेटमा पार्टीभित्रको अन्तुष्टिको कुनै सम्बन्ध नरहेको दाबी गरे ।

किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी . राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । .... अध्यक्ष राउतले डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति दुःख व्यक्त गरे ।

जनमत पार्टीको माग : दल दर्ताका क्रममा प्राप्त चिन्हमै चुनावमा भाग लिन पाउनुपर्छ . जनमत पार्टीका महासचिव चन्दन सिंहले आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गरेका हुन् ।



सिके राउतले राजनीतिक ‘स्पेस’ खोज्दा मधेशमा नयाँ द्वन्द्व अहिले मधेशमा नौलो माग र अनौठो शैलीमा आन्दोलन भइरहेको छ । मधेशको अस्तित्व, नागरिकता, जनसंख्याका आधारमा प्रतिनिधित्व जस्ता माग होइन किसानलाई मल र भ्रष्टाचारीलाई कारबाही आन्दोलनका मुद्दा छन् । के मधेशमा नयाँ दलको उदय हुन खोज्दैछ ? ............. सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाइ गरेपछि केही किसानले आफैं लिएर गएका थिए । २०७८ पुसको पहिलो साता किसानले गहुँ लुटेको आरोपमा प्रहरीले चार जना विरुद्ध मुद्दा दायर गर्दै एक जनालाई पक्राउ गरेपछि जनमत पार्टीले किसान आन्दोलन शुरू गरेको हो । ........ २४ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गर्दै उनले ‘स्वतन्त्र मधेश गठबन्धन’ विघटन गरे । डा. राउतले सो गठबन्धन विघटन गरेको विषयलाई ओलीले अहिले पनि आफ्नो कार्यकालको एक प्रमुख उपलब्धिको चर्चा गर्दै अब देशमा ‘विखण्डनकारी’ नरहेको बताउने गरेका छन् । ......... डा. सिके राउतको जनमत पार्टीले मधेशमा आन्दोलन गरिरहेको छ । तर आश्चर्यको कुरा उसको आन्दोलनको केन्द्रमा यसअघि मधेशमा उठ्ने मुद्दाहरू छैनन् । जनसंख्याको आधारमा प्रतिनिधित्व, समग्र प्रदेश एक प्रदेश, नागरिकताबाट वञ्चित भएकालाई नागरिकता उपलब्ध गराउनुपर्ने, समानुपातिक समावेशी नीति लागू गरिनुपर्ने सहितका विषय मधेशमा बारम्बार उठ्ने लोकप्रिय मुद्दा हुन् । वेदानन्द झादेखि गजेन्द्रनारायण सिंहले उठाएका यी मागहरू अहिले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताले अगाडि बढाइरहेका छन् । ....... राउतले जनमत पार्टी बनाएपछि पहिलो पटक भ्रष्टाचार मुद्दालाई उठाएका छन् । ....... अहिले उनी किसानका मुद्दा उठाएर पार्टी राजनीतिलाई समग्र मधेशीको जनजीविकासँग जोड्ने प्रयास गरिरहेका छन् । ........ मधेशमा राम्रा विद्यालय, कलेज, अस्पताल खोलिनुपर्नेमा समग्र मधेशमा सैनिकीकरणको विस्तार भएको उनको भनाइ छ । ........... ‘आज जुन किसानको सवाल उठाइएको छ ठीक हो, तर सिके राउतकै कारण मधेशमा रहेका सरकारी कृषि फर्महरूमा सैनिकीकरण भएको छ’ राउतले स्वतन्त्र मधेशको माग गर्दा ती फर्ममा कतै सेना बसेका छन् त कतै सशस्त्र प्रहरी बसेका छन् ।’ ........ मधेशको जनजीवनमा राज्यले सैनिकीकरण गर्न र सैनिक संरचनाको सञ्जाल विस्तार गर्न सिके राउत आधार बनेको उनको तर्क छ । स्वतन्त्र मधेशको माग उठाउने सिके राउतलाई देखाएर राज्यले मधेशमा सैनिकीकरण गरेको हो । ‘कृषकको मुद्दा उठाउने राउत राज्यले कृषि फर्मलाई सैनिकीकरण गर्दा केही बोलेका छन् ?’ झाको प्रश्न थियो । ........... पछिल्लो पटक जनमत पार्टीले उठाएको किसानको मुद्दालाई मधेशमा अधिकांशले सही भनेका छन् । तर, माग पूरा गराउन उनले शुरू गरेको आन्दोलनमा भने धेरैको विमति छ । .......... अहिलेको सिके राउतको राजनीतिले नेपालको राजनीतिमा वर्चश्वशाली पक्षलाई लाभ पुगिरहेको चन्द्रकिशोरको ठम्याइ छ । मधेशका सीमान्तकृत जनतालाई सचेत गर्नुभन्दा वर्चश्वशाली समुदायलाई यो आन्दोलनले लाभ पुर्‍याइरहेको उनी बताउँछन् । ......... ‘किसानले बीउ, मलखाद अहिले पनि पाइरहेका छैनन् । उनीहरूमाथि उत्पीडन र विभेद छ । त्यही भएर यो मुद्दा जायज छ’ उनी भन्छन्, ‘तर जुन ढंगले आन्दोलन गइरहेको छ, यहाँबाट कहीं पनि पुगिंदैन, यो तरिका गलत छ । .......... तर मधेशमा राज्यको अनुदार व्यवहार खासगरी नेकपा एमालेको अनुदार व्यवहारका बारेमा जनमत पार्टीले कहिल्यै केही नबोलेको, कांग्रेसको बारेमा पनि कुनै प्रतिक्रिया नदिएको र मधेशमा बलियो रहेको जसपाको बारेमा मात्रै बोलिरहेकोमा धेरैलाई अनौठो लागेको छ । विश्लेषक चन्द्रकिशोर जसपामाथि प्रहार गरेर उसको आधार कमजोर बनाउने र आफू स्थापित हुने सिके राउतको रणनीति हुनसक्ने बताउँछन् । ........... सिके राउतले किसान आन्दोलन शुरू गरेपछि जसपासँगको द्वन्द्व सतहमा आएको छ । जनकपुरधाममा खानेपानी तथा ढल निकास कार्यालयका प्रमुखलाई कालोमोसो दलेपछि जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले जनमत पार्टी विरुद्ध प्रदर्शन गर्दै उसको कार्यालयको बोर्ड तोडफोड गरेका थिए । .......... अहिले पनि यी दुई दलका कार्यकर्ता भौतिक रूपमा मात्रै होइन, सामाजिक सञ्जालमा पनि एकअर्कासँग भिडिरहेका छन् । जसपा नेतृ समेत रहेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सिके राउतलाई गौर हत्याकाण्डमा जस्तै मारिदिने धम्की पनि दिएकी छन् । ............ तर, जसपाको उत्तेजना ठीक नभएको मधेशका बुद्धिजीवीहरूको भनाइ छ । ‘रेणुको अभिव्यक्तिलाई कुनै पनि विवेकशील व्यक्तिले समर्थन गर्न सक्दैनन्’ वरिष्ठ राजनीतिज्ञ मण्डल भन्छन्, ‘हर व्यक्तिले सधैं सोचविचार गरेर बोल्नुपर्छ । त्यसमा पनि पदमा रहेका व्यक्तिले त झन् गम्भीर रूपमा सोचविचार गरेर मात्रै बोल्नुपर्छ । म आफैंले त्यो भिडियो हेरें, उहाँ यति उत्तेजित हुनुहुँदैनथ्यो ।’ .......... मण्डल मधेशवादी दलहरूले पनि किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिनु जरूरी रहेको ठान्छन् । ‘उत्तेजनामा आउनुभन्दा राउतसँग कुरा गरेर आन्दोलनको दिशा बदल्नु जरूरी छ’, उनी भन्छन् । ......... विश्लेषक चन्द्रकिशोर राउतको पार्टीले किसानको सवाल उठाउँदा राज्यले दमन गर्ने भन्दा पनि समस्या समाधानतर्फ ध्यान दिनु जरूरी रहेको बताउँछन् । उनी भन्छन्, ‘अन्य दलले पनि प्रतिवाद गर्ने होइन समस्या समाधानतर्फ ध्यान दिनुपर्छ । जनमत पार्टीमा केही आकर्षण बढेको हो भने आफूहरूले कहाँ गल्ती गरियो भनेर त्यसतर्फ विचार गर्नुपर्छ ।’

मधेश प्रदेशबाट राष्ट्रियसभामा जसपाका सिद्दिकी निर्वाचित
दुर्गा प्रसाईंको बडिगार्डमा मासिक १० लाख खर्च, को बाट खतरा छ प्रसाईंलाई?
एमसीसी रोक्न खोज्ने दललाई रामचन्द्रले भने– देश विकास गठबन्धनका नाममा बन्धक बन्न सक्दैन ‘देशलाई घाटा पुर्‍याएर जनतालाई भ्रममा पारिँदै छ’ यसबीचमा संयोजक पौडेलले देश असफलतातर्फ उन्मुख भएको र वर्तमान नेतृत्व पुस्ता असफल भएको भन्दै १६ बुँदे प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा संसद् र अदालतको अवरोध हटाउन नसक्नु र ठूला परियोजना कार्यान्वयनमा रहेका अवरोध हटाउन नसक्नु वर्तमान राजनीतिक नेतृत्वको मुख्य कमजोरी भएको उल्लेख थियो । ........ “गठबन्धन भत्कियोस् भन्ने म पनि चाहन्नँ । तर, यो देशलाई ठप्प राखेर विकासको गतिलाई रोकेर बस्नुपर्‍यो भने केका लागि गठबन्धन ?,” उनले बाह्रखरीसित भने, “कमजोरी छन् सम्झौतामा भने सुधार गर्न सकिन्छ । अनुमोदन नगर्न पनि सकिन्छ । तर, यहाँको राजनीतिक दुनो सोझ्याउन सहयोग सम्झौतामा अवरोध गर्न मिल्दैन ।” ..... “भुक्तानी सन्तुलनको समस्या आइरहेको छ, वैदेशिक मुद्रा आर्जनको समस्या आइरहेको छ,” पौडेलले भनेका थिए, “हाम्रो निर्यात केही छैन । बिजुली निर्यातका लागि पूर्वाधार रोक्ने कुरा राष्ट्रहितमा हुँदैन ।”

.

No comments: