Friday, February 11, 2022

News: February 11

रातोपाटी ब्रिफिङ : कमल थापाको नयाँ पार्टी, काँग्रेसको चुनावी रणनीति माओवादीमा मिलेन पदाधिकारीमा भागबण्डा
नयाँ पार्टी दर्ताका लागि हृदयश त्रिपाठीले दिए आयोगमा निवेदन, को–को छन् कार्यसमितिमा? पार्टी वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव छन् । यस्तै अन्य तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेका छन् । महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापा रहेका छन् भने सदस्यहरुमा बाबा सरकार श्रेष्ठ, हेमशंकर सिंह ‘राजपुत’, श्याम थापा, देवेन्द्र किशोर ढुगांना, उमा तिवारी, रामचन्द्र सुतियार शर्मा, श्रीमननारायण मिश्र, शोभा त्रिपाठी, गीता भुसाल, श्यम कृषि अधिकारीलगायतका छन् ।

स्थानीय निर्वाचनमा पार्टीकै चुनाव चिन्ह दिन माग गर्दै साना २४ वटा दलद्वारा संघर्ष समिति घोषणा आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (बीपी), ० नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय सङ्घीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टी र सामाजिक लोकतान्त्रिक पार्टी

काँग्रेस बैठक : शेखर कोइरालाले राखे ५ बुँदे प्रस्ताव (मन्तव्यसहित)



गृहमन्त्री र सिके राउतको पार्टीबीच छलफल ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने, ‘माग जायज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ ।’

वास्तविक लडाईं अब सुरु भयो : अध्यक्ष ओली ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौ’, ओलीको भनाइ छ । ..... उनले चेतावनीको शैलीमा भने, ‘म भन्न चाहान्छु–भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’ ...... अध्यक्ष ओलीले एमाले सहित सबै पक्षको दवावले मात्रै सरकारले बैशाख ३० गते स्थानीय तह चुनावको मिति तोक्न बाध्य भएको बताए । उनले स्वभाविक र साधारण हिसाबले मात्रै नभई जन दवावका कारण बाध्य भएर मिति घोषणा गरेपनि सरकारले निर्वाचन नगर्न षड्यन्त्र गर्न सक्ने खतरा बाँकी नै रहेको बताए । उनले सरकारलाई मिति घोषणा गर्न बाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताए ।

प्रेसरमा प्रचण्ड : देउवादेखि अमेरिकी मन्त्रीसम्मको दबाब यसकारण सर्‍यो माओवादी बैठक स्थानीय चुनावको मिति घोषणा भएपछि प्रचण्ड निवास खुमलटारमा यतिबेला पार्टीका नेता कार्यकर्ताको लाइन नै लाग्न थालेको छ । पार्टी प्रवेश गर्नेदेखि चुनावी छलफल गर्ने काम खुमलटारमा नै भइरहेको छ । प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘नेता कार्यकर्ताहरू पूर्व जानकारी बिना नै आइपुग्नु हुन्छ । कोही पार्टी प्रवेश गर्ने भन्नुहुन्छ, कोही के समस्या लिएर आउनुहुन्छ । उहाँहरू घरमा नै आएपछि नभेट्ने कुरा भएन । आजभोलि अध्यक्षको धेरै समय भेटघाटमा नै बित्न थालेको छ ।’

एमसीसी पास गर्न काँग्रेसमा एकमत : गठबन्धनबारे नबोल्न देउवाको रुलिङ सभामुख सापकोटालाई पदीय दायित्वमा बस्न काँग्रेसको चेतावनी बैठकमा नेता रमेश रिजालले गठबन्धनबारे धारणा राखेका थिए । उनले चुनावमा गठबन्धन बनाएर जान नहुने तर्क राखे । उनले भने, ‘हामीले चुनावमा गठबन्धन बनाउन जरुरी छैन । काँग्रेस एक्लै चुनावमा जानुपर्छ ।’ रिजालले गठबन्धनको प्रसंग निकालेपछि सभापति देउवाले हस्तक्षेप गरे । ...... ‘हामीले आफ्नै अस्तित्व जोगाउनुपर्छ । काँग्रेसले एक्लै चुनाव लड्नुपर्छ ,’ उनले भने, ‘आ–आफ्नो विचार र एजेन्डा लिएर जनतामा जानु नै निर्वाचन हो । चुनावमा गठबन्धन जरुरी छैन ।’ ....... काँग्रेस बैठकमा संविधान संशोधनको मुद्दा पनि प्रवेश गरेको छ । पूर्व उपसभापति विमलेन्द्र निधिले संविधान संशोधनको विषय उठाएका थिए । उनले भने, ‘हामीले सँधै संविधान संशोधनको कुरा उठाउने गर्छौं । पार्टीले संविधान संशोधनबारे प्रस्ट भएर आउनुपर्छ । संविधान संशोधनका लागि माहोल बनाउनुपर्छ ।’ ...........

स्थानीय तहको चुनावअघि संविधान संशोधन गरेर जानुपर्छ भन्ने निधिको आग्रह छ । ‘काँग्रेस सरकारमा भएका बेला संविधान संशोधन हुन्छ भन्ने जनताको अपेक्षा छ,’ निधिले भने, ‘गत निर्वाचनमा हामीले संविधान संशोधनलाई एजेण्डा बनाएका थियौं । अहिले चुनावमा जाँदा संविधान संशोधन गरेर जानुपर्छ ।’



जनकपुरधाममा मधेसी दलको टुटफुटले काँग्रेसलाई फाइदा!
‘अहिलेको संघीयता ठगी खाने भाँडोजस्तै छ’ प्रदेशको नामकरण र राजधानी नतोकिएको भए राजीनामा दिन्थेँ : सभामुख सरोजकुमार यादव, मधेस प्रदेश
दलित समुदायबाट देश हाँक्ने पहिलो व्यक्ति बन्नु छ : जीवन परियार राजनीतिक पार्टीभित्र जातीय विभेद छैन भन्नु झुट हो ..... नेपाली काँग्रेसका एक प्रभावशाली नेता हुन् जीवन परियार । १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् ।
.
.

No comments: