Friday, November 19, 2021

News: November 19

एक्लाएक्लै चुनाव लडे एमाले पहिलो बन्छ : योगेश भट्टराई “देशको सबै जिल्ला र सङ्घ सङ्गठनबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्मत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष पनि सोही कुरामा चिन्तित हुनुहुन्छ”, भट्टराईले भने ।
जबराको वार्ता प्रस्ताव खारेज, राजीनामा माग्दै देशैभरि आन्दोलन घोषणा
फेरि पनि माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ : प्रचण्ड पार्टीमा ८ लाख भन्दा बढी संगठित सदस्य अबद्ध भइसकेको बताए । ..... अर्को प्रसंगमा प्रचण्डले एमसीसीका विषयमा रहेका प्रश्नहरुको हल नभएसम्म पारित हुन नसक्ने बताए । उनले एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीसँग आज कुरा भएको जानकारी दिँदै आफूहरु अमेरिकी सहयोगको पक्षमा भएपनि प्रश्नहरुको हल भने खोजिनुपर्ने कुरा राखेको बताए ।
तीन लाख कार्यकर्ता निर्वाचित गर्दै नेकपा माओवादी केन्द्र शनिबार एकैपटक देशैभर वडा सम्मेलनको तयारी, विभाजित मानसिकता नराख्न पार्टी केन्द्रको अपिल ..... ८ हजार भन्दा बढि समितिहरु बन्ने
सरकारमा हाम्रो ‘कमब्याक’ हुन्छ : योगेश भट्टराई १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने दावी गरेका छन् । ..... उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिनेपनि बताए ।
‘रामचन्द्रजीको प्रस्तावकै सेरोफेरोबाट साझा उम्मेदवार तय गर्छाैं’ गगन थापाको आफ्नै व्यक्तित्व छ, मसँग जोडेर हेरिनुहुन्न ......... मंसिर १५ गतेसम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गरिने बताएका छन् । त्यसो हुन नसके आफै पनि सभापति लड्ने मनस्थितिमा छन् । ...... कि तपाईंहरुमध्ये (शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला) एक भएर आउनुस्,’ केसीले पौडेललाई उद्धृत गर्दै भने, ‘होइन भने मेरो नाममा सहमति गरौं भनेर उहाँले उपयुक्त र परिपक्व प्रस्ताव राख्नु भएको छ । .......

सबै साथीहरुको व्यक्ति केन्द्रित सोचबाट म प्रताडित भइरहेको छु ।

....... विनाश नै हुन छ भने अरुको पछि लागेर किन हुने भन्ने मेरो मान्यता छ । आत्महत्या गर्ने बाटो भनेको त स्वेच्छाको बाटो हो । म आफू पनि सभापतिमा लड्छु भनेकै छु । आत्महत्या गर्नुपरे स्वेच्छाले गरिन्छ । ..... उहाँको कार्यशैलीबाट पार्टी चल्न सक्दैन । काँग्रेस रुपान्तरणका लागि नयाँ नेतृत्वको आवश्यकता छ । ......

६ महिनापछि स्थानीय निर्वाचन हुँदैछ ।

...... हामी मंसिर १५ गतेभित्र तय गर्छौं । त्यो मितिमा तय हुन सकेन भने म पनि सभापतिको मैदानमा उत्रिन्छु । कसैलाई भोट मागेर हिँड्नुपर्ने व्यक्ति मैले देखेको छैन ।


No comments: