Friday, November 26, 2021

Facebook: November 26



महन्थ ठाकुर र राजेन्द्र महतोको पार्टी र उपेन्द्र यादवको पार्टी ले तीन प्रकार कै समीकरणको अभ्यास गरिसकेको छ । यो भनेको एउटा त छुट्टाछुट्टै निर्वाचन लड्ने । संविधानसभामा छुट्टाछुट्टै चुनाव लडे । त्यसपछि यिनीहरू सिट एडजस्टमेन्ट गरे । आपसमा मधेशका विभिन्न जिल्ला, विभिन्न निर्वाचन क्षेत्रमा सिटको बाँडफाँड गरेर चुनाव लडे । त्यसपछि तेस्रो अभ्यास गरे पार्टी एकीकरण गरेर । यी दुइटै पार्टी एउटै पार्टीमा परिणत भए । तर हामी परिणाम के देख्यौं भने वर्ष दिन नबित्दै यिनीहरू सँगै बस्न सकेनन् । महन्थ ठाकुर र राजेन्द्र महतोजीको पार्टी लोसपा र उपेन्द्रजीको पार्टी जसपा कुनै पनि ठाउँमा पार्टीहरूले गर्ने तीन प्रकारको कार्य गरि भ्याएर अहिले फेरि छुट्टाछुट्टै शुरू कै अवस्था पुगेका छन् । ........ मलाई लाग्छ कि अहिले जुन प्रकारको तिक्तता, एक आपसमा आरोप–प्रत्यारोप र कटुता यिनीहरूमा देखिएका छन्, यदि कुनै अदृष्य, दैविक शक्तिको प्रभाव रहेन भने यिनीहरू छुट्टाछुट्टै रूपमा निर्वाचनमा नै जाने देखिन्छ । यसमा म स्पष्टरूपले नलुकाइकन भन्छु कि एक त आन्दोलनको बाटो यिनीहरू बिर्सिसके, दोस्रो कुरा आन्दोलनको कुरा गर्नु भनेको जनतालाई भ्रमित गर्नका लागि गरिरहेको हुन्छ भन्ने कुरा आममानिसले महसुस गरिसके । त्यसको बाबजुद पनि यिनीहरू एक भएर जादाँ मधेशका मतदातालाई फेरी पनि ध्रुवीकृत गर्ने सम्भावना थियो तर अहिलेको विभाजनले यिनीहरूलाई छिन्नभिन्न अवस्थामा पुर्याइ दिएको छ। तसर्थ, यही अवस्थामा यिनीहरू चुनावमा गए भने जसपा र लोपसाले गम्भीर क्षति व्यहोर्नुपर्ने देखिन्छ । आगामी निर्वाचनको परिणामबारे अहिले नै अनुमान गर्नु अलि छिटो हुन्छ । तर म यति मात्रै भन्छु कि राष्ट्रियस्तरको पार्टीको पहिचान मात्रै यिनीहरू बचाउने छन् । संसद संख्याको आधारमा यिनीहरू राष्ट्रिय राजनीतिमा प्रभावकारी रहँदैन । अहिलेको भन्दा पनि यिनीहरूको अवस्था तल खस्किन्छ ।

No comments: