Pages

Tuesday, December 31, 2019

सीके राउत: आम सभा भाषण

All hail CK Raut - myRepublica - The New York Times Partner, Latest news of  Nepal in English, Latest News Articles



मधेस आन्दोलनले आत्मालोचना र आत्म समीक्षा गर्न सक्नुपर्छ
सीके राउत र पार्टी एकीकरण को सवाल
सपा राजपा एकीकरण: पहले आप, पहले आप
सपा र राजपा का लागि एकीकरण बाध्यात्मक छ
ये तो होना ही था
ओली को समयमा संविधान संसोधन होला?
BP Koirala: Inept?
जनमत पार्टीका संभावना हरु



लोकतन्त्रमा विपक्षको भुमिका अहं हुन्छ। त्यो लोकतन्त्र पार्टी पार्टी बीच मात्र होइन पार्टी भित्र पनि हुनुपर्छ। विपक्ष चाहिँदैन त्यसैले पार्टी हरु एकीकरण गर्नुपर्छ भन्ने मेरो भनाइ होइन। विपक्ष त छँदैछ काठमाण्डु को सत्ता। त्योभन्दा ठुलो विपक्ष के चाहियो?

सपा र राजपा ले एकीकरण गरेर मधेसमा ३५% मत ल्याउने र जपा ले महाधिवेशन अगाडि दुई लाख पार्टी सदस्य बनाएर मधेसको अर्को ३५% मत ल्याए पनि हुन्छ। तराईका २२ जिल्ला को ७०% मत यी तीन शक्तिले ल्याए भइहाल्यो। पार्टी एकीकरण गर्नु परेन।

जपाले नेका र नेकपा लाई बिहारको कोंग्रेस पार्टी सरह बनाउन सके भइहाल्यो। तर के त्यो संभव छ? त्यस प्रश्न को जवाफ जपा  महाधिवेशन अगाडि प्राप्त हुन्छ।

अहिले वाक स्वतंत्रता माथि जुन किसिमले हमला हुँदैछ, प्रेस स्वतंत्रता माथि जुन किसिमले हमला हुँदैछ, ७० वर्ष देशमा वाक स्वतंत्रता र प्रेस स्वतंत्रता का लागि लडेको काँग्रेस लाई अछुत भनिहाल्न मिल्दैन। जनमत को कदर गर्नु भनेको यदि जनताले काँग्रेस लाई भोट दिएछ भने त्यसको पनि कदर गर्नु हो।

यदि जपा ले एक्लै मधेसका २२ जिल्लामा ७०% सीट जित्छ र सपा र राजपा गायब नै हुन्छन् भने मलाई कुनै समस्या हुने छैन। भन्नु को अर्थ मेरो मोह सपा र राजपा सँग होइन। मधेसको समानता र समृद्धि को संघर्ष र जनमत को कदर मेरो अभिप्राय हो।

प्रदेश २ मा अहिले नै सबैभन्दा ठुलो पार्टी नेकपा हो। देशमा त लगभग दुई तिहाई नै छ।

भारतमा भाजपा ले एकै चोटि बहुमत ल्याएको होइन। शुरुमा गठबंधन नै बनाउँदै गएको हो।

लक्ष्य ठुलो नै हुनुपर्छ। महत्वाकांक्षा ठुलो नै हुनुपर्छ। तर धरातलीय यथार्थ टेक्दै जानुपर्ने बाध्यता त छँदैछ।

यस भाषणमा मलाई चित्त नबुझेका केही कुरा।

(१) जति बेला सत्तामा छ नेका नेकपा, समातेर जेल हाल्ने नेका नेकपा, अनि जेल भित्र सीके को ज्यान मार्ने सपा राजपा कसरी हुन्छ? सपा राजपा का आफ्नै कार्यकर्ता कति जेलमा छन। थारू को सीके राउत रेशम चौधरी अझै जेल मा छ। जेल भित्र सीके लाई सपा राजपा ले समाप्त पार्ने कुरा गर्ने हरु ले सीके लाई सपा राजपा विरुद्ध प्रयोग गर्न खोजेको प्रष्ट देखिन्छ।

(२) लोकतंत्रमा प्रत्येक सत्ताधारी को आलोचना गर्ने ठाउँ रहन्छ। प्रदेश २ को सपा राजपा को आलोचना गर्ने ठाउँ छैन भनेर म भन्दिन। तर प्रदेश सरकार लाई यति थोरै अधिकार र यति थोरै बजट दिएको छ, प्रमुख मुद्दा त त्यो हो। प्रदेश २ मा यदि भ्रष्टाचार भएको छ भने साधन स्रोत भएको काठमाण्डु मा अझ कति भएको होला?

(३) सपा र राजपा ले काठमाण्डु का शासक सँग आफ्नो माग पुरा गराउन नसकेको कारण वार्ता गर्न नजानेर होइन। शक्ति नपुगेर हो। तराई का २२ जिल्ला का ७०% सीट जितेर जाओस त। माग्नु नै पर्दैन। आफै सरकार बनाएर आफै माग पुरा गर्ने अवस्था बन्छ।

सपा र राजपा ले एकले अर्का को प्रशस्त आलोचना गरेको अवस्था छ। जब कि दुबैले सँगै सरकार चलाएर बसेका छन जनकपुरमा। एकीकरण को वार्ता गर्दैछन। सीके राउत को आलोचना लाई सपा राजपा ले सहज किसिमले लिन सक्नुपर्छ।

सीके लाई पार्टी महाधिवेशन गर्नु छ। पार्टी को सदस्यता अभियान चलाउनु छ। सपा राजपा नेका नेकपा को अलोचना त गर्नै पर्छ। त्यो सामान्य कुरा हो।

सपा राजपा वाला हरुले चार चार पटक त क्रांति नै गरेका। क्रांति मा जनसहभागिता देख्दा अब त मधेसको शत प्रतिशत भोट हामीले पाउने भयौं जस्तो लाग्ने तर न पाउने। पकिस्तानमा त्यस्तै इमरान खान को आम सभा मा मान्छे सबैभन्दा बढ़ी आउने। तर चुनावमा भोट भने नदिने। दुई तीन चुनाव त्यसै गयो।

आम सभामा जनउभार राम्रो छ जपाको। तर अहिले हेर्ने भनेको संगठन हो। पार्टी सदस्य संख्या कति छ? प्रत्येक वडा मा पार्टी समिति छ कि छैन? पाँच लाख पार्टी सदस्य बनाउँछु भन्दैछन सीके। पाँच लाख पार्टी सदस्य बनाउन सके १० लाख भोट आउँछ। १० लाख भोट ले त काठमाण्डु मा तख्तापलट हुन्छ।

५ लाख पार्टी सदस्य बनाएर पार्टी महाधिवेशन गर्छन भने त्यस पछि सपा राजपा सँग जपा नै सीनियर पार्टनर बन्ने गरी र पार्टी अध्यक्ष पाउने गरी एकीकरण गर्न मिल्छ।

तर महाधिवेशन अगाडि एक लाख पनि पार्टी सदस्य छैन भने झस्किनुपर्छ। राष्ट्रिय पार्टी पनि नबन्ने भइयो भन्ने बुझ्नुपर्छ।

थ्रेसहोल्ड ५% पुर्याउने हल्ला छ। अनि त नेपाल तीन दलीय लोकतंत्र बन्न करै लाग्छ। नेका, नेकपा र जपा। जनता पार्टी। पंजा छाप।

सीके को आम सभामा उर्लिने भीड़ जपा लाई भोट दिन्छु भनेर जोस्सिएका हरु हुन कि वैज्ञानिक भनेको कस्तो हुँदो रहेछ हामी पनि हेरौं न भनेर मेला हेर्न आएका मानिस हुन?



No comments: