Saturday, December 14, 2019

मधेस आन्दोलन को गंतव्य, दलीय लोकतंत्रको अभ्यास



अहिले नेपालको राजनीति नेकपा युगमा छ। यो युग ५ वर्ष चल्छ कि १० वर्ष नै त्यो समयले बताउला तर २०४६ पछि नेका युग चलेको हो। सद्भावनाका संस्थापक गजेन्द्र नारायण सिंह काँग्रेस पृष्ठभुमि बाट आएका थिए। उपेन्द्र यादव एमाले माओवादी हुंदै आएका वाम पृष्ठभुमि का हुन। नेका युग समाप्त भएर नेकपा युग शुरू हुनु वाम पृष्ठभुमि का उपेन्द्र यादव र वैचारिक वाम पृष्ठभुमि कै हृदयेश त्रिपाठीलाई त्यति असजिलो नलागेको हुन सक्छ। मधेस मधेस मात्र भनेर राजनीति हुँदैन।

गलत संविधान का धारा उपधारा लेख्ने कानुन मन्त्रालयका कर्मचारी हरु नै हुनुपर्छ। अब उपेन्द्र यादव ले घुम्दै फिरदै कानुन मंत्रालय सम्हालेका छन। शक्तिमा छ नेकपा भने पछि संविधान संसोधन यदि गर्छ भने गर्छ कसले भन्ने उपेन्द्र यादव को लाइन हो। अलि लचिलो भएर हुन्छ कि कसरी हुन्छ यसै नेकपा सँग संविधान संसोधन गराउँछु भन्ने अड़ान हो।

त्यो एउटा यथार्थवादी अड़ान हुन सक्छ। त्यसका आफ्नै फाइदा बेफाइदा हरु छन। एक वर्ष त राजपा ले पनि त्यही लाइन लिएको हो। मधेस आन्दोलन लाई तथानाम गाली गरेरै पहाड़मा हीरो बनेका ओली। त्यो ओली ले किन गर्थ्यो संविधान संसोधन! मलाई चाहिं त्यस्तो लाग्छ।

अर्को संसदमा कसैको पनि बहुमत न आए हुने हो कि? नेकपा भित्र ओली काल समाप्त भएर प्रचण्ड काल शुरू हुनु पर्ने हो कि? प्रचण्ड काल आएर पनि नहुने हो कि?








क्रांतिको बाटो र धैर्य र सम्वादको बाटो
संविधान संसोधनको संभावना पटक्कै छैन
उपनिर्वाचनको पाठ: सीके राउत ले अर्को फड्को मार्नु पर्छ
सपा, राजपा र जपा को एकीकरण को जरुरत सबैभन्दा बढ़ी जपा लाई छ

No comments: