Sunday, December 15, 2019

जनमत पार्टीका संभावना हरु





जसरी उपेन्द्र यादवले तात्कालीन सदभावना पार्टीको सदस्यता लिएर आफ्नो मधेस यात्रा को शुरुवात गरेनन त्यस्तै सीके राउत को जनमत पार्टी ले आफ्नो नया बाटो तय गर्ने र मधेस को अधिकार र समृद्धि को संघर्ष लाई नया उचाईमा पुर्याउने संभावना त छ तर आगामी स्थानीय चुनाव सम्म मा कमसेकम राष्ट्रिय पार्टीको दर्जा प्राप्त गरिसकेको हुनुपर्छ। भोट कटुवा पार्टी बन्नु हुँदैन।

जनमत पार्टी का लागि प्रशस्त स्पेस छ। सिङ्गो पश्चिम तराई छ। झापा मोरंग छ। दुई नम्बर प्रदेशमैं सबैभन्दा ठुलो पार्टी को पगड़ी नेकपा ले ओगटेर बसेको छ। अर्थात दुई नम्बर प्रदेशमैं सबैभन्दा ठुलो पार्टी को स्पेस खाली नै छ कुनै मधेसी पार्टी का लागि।

नेका र नेकपा का विरुद्ध भीषण क्रांति गर्ने अनि फेरि त्यसै नेका र नेकपा लाई नै भोट दिने मधेसी समुदाय को मानसिक दासता को जंजीर तोड्न सके मधेसको सपा र राजपा ले छुन नसकेको बहुमत भोट बैंक छ।

स्पेस नै स्पेस।

सपा राजपा सँग एकीकरण गर्नु का बेफाइदा हरु थुप्रै छन। सपा का बाबुराम भट्टराई को माओवादी जनयुद्ध को बैगेज। सपा र राजपा को सत्ता मा बसेको बैगेज। स्वच्छ र चुस्त संगठन बनाउन असमर्थ रहेको बैगेज।

चुनाव अगाडि नै जनमत पार्टी ले पार्टी महाधिवेशन गर्छ नै। त्यस महाधिवेशन अगाडि पार्टी ले बढ़ी होइन भने दुई लाख पार्टी सदस्य देखाउन सक्नुपर्छ। अनि पत्याउने ठाउँ रहन्छ। दुई लाख पार्टी सदस्य रहेको पार्टी ले चुनावमा पाँच लाख भोट त कसो नलयाउला र भन्ने हुन्छ।

तराईका २२ जिल्ला को सबैभन्दा ठुलो पार्टी मात्र बन्न सके राष्ट्रिय राजनीति हल्लिन्छ।

Scenario १ : तराईका २२ जिल्ला मा जनमत पार्टी को दुई तिहाई र सपा राजपा सँग मिलेर तीन चौथाई बढ़ी। पहाड़मा नेकपा र नेका को आधा आधा। काठमाण्डु मा जपा को नेतृत्वमा सरकार बन्छ।

Scenario २: प्रदेश २ मा जपा, सपा र राजपा को ६०% सीट, तराईका २२ जिल्ला मा ५०% सीट। बाँकी मा नेकपा र नेका। पहाडमा नेकपा र नेका। नेकपा र नेका ले तीन मधेसी पार्टी लाई जसले साथ लिन्छ उसको सरकार बन्ने भएर संविधान संसोधन हुने।

Scenario ३: प्रदेश २ मा जपा, सपा र राजपा को ५५% सीट र प्रदेश ५ मा २०% मात्र। प्रदेश २ मा सरकार बन्ने तर केन्द्रमा फेरि कसैले नपुछ्ने।

Scenario ४: प्रदेश २ मा जपा, सपा र राजपा एकला एक्लै लडेर एक अर्का को भोट काटेर प्रदेश २ मा नेकपा अथवा नेका को सरकार बन्ने। केन्द्रमा पनि नेकपा अथवा नेका को सरकार बन्ने।

Scenario ५: जपा, सपा र राजपा सबै तिर एक्ला एक्लै लडेर एक अर्का को भोट काटेर जपा राष्ट्रिय पार्टी नबन्ने र गायब हुने र सपा र राजपा पनि प्रदेश २ मा ३०% सीट ल्याएर प्रदेश सरकार गुमाउने। केन्द्र त गुम्यो गुम्यो।

मधेसमा सौर्य उर्जा र सुनकोशी को कमाल, निजगढ़ एयरपोर्ट र फ़ास्ट ट्रैक को कमाल

सौर्य उर्जा को टेक्नोलॉजी यस्तो तीब्र गतिमा विकास गरिरहेको छ र मुल्य यस्तो तीब्र गतिमा घटिरहेको छ कि पहाडको जलविद्युत बिर्सेर मधेसको सौर्य सौर्य भनिरहने अवस्था आउन लागेको छ। सुनकोशी डाइवर्ट गरेर प्रदेश २ को प्रत्येक जिल्ला मा सम्पुर्ण सिंचाइ को अवधारणा संभव छ। अनि त्यस पछि बनेन त मधेस पंजाब? निजगढ़ एयरपोर्ट र फ़ास्ट ट्रैक बने पछि देशको अर्थतंत्र को सेन्टर ऑफ़ ग्रेविटी नै मधेसमा पुग्छ।


No comments: