Friday, August 21, 2015

५०० वर्ष अगाडि को समृद्ध कर्णाली आज विज्ञानं प्रवृद्धि को युगमा गरीब किन?

५०० वर्ष अगाडि को समृद्ध कर्णाली आज विज्ञानं प्रवृद्धि को युगमा, यो २१ औं शताब्दीमा गरीब किन? गरीब भएको होइन, जानी जानी गरीब बनाइएको हो। कर्णाली को गरीबी नितांत कृत्रिम हो। दबाएर राखेको जनता गरीब भएको हो। होइन भने ५०० वर्ष अगाडि कुन बाटो घाटो थियो होला? कुन बिजुली बत्ती थियो होला?

गौरवशाली इतिहास बोकेको कर्णाली ले आज देश भरिका मधेसी जनजाति लाई मार्ग निर्देशन गरेको छ। संघीयता र स्वायत्तता हामी बुझछौं भन्ने सन्देश दिएको छ।

स्वायत्त कर्णाली प्रदेश बिना संघीय नेपालको कल्पना गर्न सकिँदैन।

कर्नालीमा किन हुँदैछ आन्दोलन?
संघीयताको प्रवक्ता बनेको माओवादीले गणतन्त्रसँग संघीयता साट्दा मधेश आन्दोलनले उग्ररुप लिएपछि संघीयताको मुद्दा पुनः स्थापित भएको थियो । ...... यहीबेला संघीयता सम्बन्धमा कर्नालीमा शुरु भएको आन्दोलनले राजधानीमा समेत जुलुश निकाली सकेको छ । ......

राजधानीका धेरै मान्छे कर्नालीका जाहेज मागको नजरअन्दाज लगाउने गर्दछन् । उनीहरु संधै ‘विचारा’ को उपमा दिन चाहन्छन् र पिछडिएको क्षेत्रको रुपमा मात्र चर्चा गराउन चाहन्छन् । अनि भन्छन्, कर्नालीमा आन्दोलन भयो भने पनि राज्यलाई केही फरक पर्दैन ।

..... कर्नाली २००७ सालमा पनि जाग्दो अवस्थामा थियो । त्यतिबेला सचेत पहलकदमी र वैचारिक परिपक्वता भएको भए कर्नालीको हुम्ला र जुम्लामा स्वायक्त क्षेत्र घोषणा गर्न सकिने अवस्था थियो । किनभने हुम्लाको सिमकोटमा किसान जुलुश निस्कदा अड्डामा बसेका गोर्खालीहरु भागेर जुम्ला पुगेका थिए । .....

६ महिना दिन हुम्ला गोर्खालीविहिन भएको थियो । जुम्लामा शेरसिंह नाम गरेका काँग्रेस नेताले प्रशासनमा गर्न थालेको हस्तक्षेप र मनपरीबिरुद्ध अदानसिंह कठायतहरुले प्रशासनलाई नियन्त्रणमा लिई सकेका थिए । यो इतिहास बनी सकेको कुरा हो ।

...... इतिहास बनेको अर्को घटना हो, नेकपा (माओवादी) ले जनयुद्धको नाममा शुरु गरेको आन्दोलनले कर्नालीका सबै जिल्लामा जिल्ला जनसरकार घोषणा गरी सञ्चालनमा ल्याएको तथ्य । ....... जुम्ला, हुम्ला, मुगु र त्यस आसपासका जिल्लाहरुमा आन्दोलन चर्किदै गएको छ । सबैजसो कार्यालयहरु बन्द छन् । उनीहरुको माग स्पष्ट छ– कर्नाली विशेष स्वायत्त राज्य बन्नु पर्दछ । ........ चार दलको राजनीतिक आयोगले बाहिर ल्याएको प्रदेशको खाका राजा महेन्द्रका विज्ञहरुभन्दा घटिया सोचको छ । ...... यस आन्दोलनको अगुवाई यो वा त्यो पार्टीभन्दा पनि स्वतः स्फुर्त रुपमा भएको छ । जनता जाग्दै गएपछि राज्यका सबैखाले हथकण्डा नकामसिद्ध हुने हुन्छ ।


कर्णाली र महोत्तरी: गरीब बनाइएका दुबै
कर्णाली ले पैसा पाउने कुरा
स्वायत्त कर्णाली प्रदेश ले कति पैसा पाऊँछ?
कर्णाली को आंदोलन लाई सम्बोधन गरेको खोइ?
कर्णाली को जायज माग र त्यस माथि दमन
थारु, मगर, कर्णाली का खस ले "अखंड मध्य पश्चिम" मागेका छैनन्
कर्णाली को जनसंख्या ४ लाख
स्वायत्त कर्णाली प्रदेश को माग जायज छ
सुर्खेत र कर्णाली ले खस नेता हरु लाई पढाएको पाठ
कर्णाली

No comments: