Pages

Thursday, August 13, 2015

खेत बाँझै



सिरहामा ७६ प्रतिशत खेत बाँझै
पानी नपरेका कारण धान रोप्ने सिजन सकिनै लाग्दा सिरहामा २४ प्रतिशतमात्र रोपाइँ भएको छ। ...... असारको १५ मा आँप, च्युरा र दही खाएर हिलोमा छुपुछुपु धान रोपाइँ गर्ने बेलामा वर्षा भएन। यति बेला साउनको तेस्रो साता चल्दैछ र पनि बलेसी दर्किने गरी अझै वर्षा भएको छैन। ...... सिरहामा ८० प्रतिशत उन्नत जातको धान रोपिन्छ। यस्तो धानको ब्याड राखेको ३० दिनभित्र रोपिसक्नुपर्छ नभए बीउ काम लाग्दैन। पानी नपरेका कारण अधिकांश बीउ हुर्केर खेर जाने अवस्थामा पुगेको छ। ...... किसानले बीउ काटेर चौपायालाई खुवाउन थालेका छन्। रोपाइँ गरिसकिएको खेतमा पनि बोट खडेरीले सुकेको छ। हिलाम्मे हुनुपर्ने खेत सुक्खाका कारण चिरिएको छ। ....... खानेपानीका ट्युबवेल तथा इनार सुक्न थालेका छन्। लगातारको अत्यधिक गर्मीका कारण जिल्लामा ज्वरोको प्रकोप फैलिएको छ।

अधिकांश घरमा केटाकेटी बिरामी छन्।

......... जलवायु परिवर्तनले अर्को असर पनि देखाएको छ। अधिकांश जमिनमा हाइब्रिड बीउ प्रयोग गरी धान खेती गरिन्छ। हाइब्रिड बीउ मौसमअनुसार फल्ने र फस्टाउने गरी बीउ उत्पादन गर्ने कम्पनीले तयार पारेका हुन्छन्। ...... जलवायु परिवर्तनले मौसममा पारेको असरका कारण बीउ नउम्रिने, बोट मर्ने तथा फल नलाग्नेजस्ता समस्या देखिएका छन्। जीवन भरको अनुभवविपरीत घटना देखिन थालेको किसानको भनाइ छ। ..... भोकमरीको सामना गर्नुको विकल्प छैन। सिरहामा बर्सेनि दुई लाख ६ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुनुपर्नेमा यस वर्ष उत्पादन निकै घट्ने स्थिति छ।
Source

No comments: