Pages

Tuesday, July 14, 2015

काठमाडौंमा ट्रेलर

‘महिलामैत्री संविधानका लागि साझा अभियान’ सुरु
प्रस्तावित संविधानको मस्यौदामा ‘आमा वा बुबा नेपाली भएमा सन्तानले निर्वाध रुपमा नेपाली वंशजको नागरिकता पाउनुपर्ने’, ‘महिलालाई सुरक्षित मातृत्व’ भन्ने शब्दावलीपछि ‘महिलाले प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हक हुनेछ’ भन्ने व्यवस्था उल्लेख हुनुपर्नेजस्ता मुद्दालाई विशेष रुपमा उठान गरेका छन् । ..... मस्यौदामा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनु सकारात्मक भएपनि स्थानीय निकायमा ४० प्रतिशत सुनिश्चितताको व्यवस्था हुनुपर्ने माग अभियानले गरेको छ । ..... सभामुख/उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष÷उपाध्यक्ष, गाउँपालिका तथा नगरपालिकाको प्रमुख वा उप–प्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।


“काठमाडौंमा ट्रेलर देखायौं, केही दिनभित्रै मधेशबाट फिल्म देखाउनेछौं”
संविधानभसाले तयार गरेको संविधानको मस्यौदा विकृत र विषाक्त मस्तिष्कको उपज भएको ....... मधेशमा चक्काजाम र नाकाबन्दी मात्रै गरिदिए काठमाडौंका शासकवर्गले पत्थर चाटेर गुजारा गर्नुपर्ने अवस्थामा पुग्ने चार दलको चेतावनी । ..... वरिष्ठ नेता राईले पद्मरत्न तुलाधरको नेतृत्वमा रहेको आदिवासी जनजाति राष्टिय आन्दोलन नेपालसँग सहकार्य गरेर मधेशी र जनजातिले संयुक्त रुपमा आन्दोलन अगाडि बढाउने तयारी चलिरहेको जानकारीसमेत दिए । ........ रेणुकुमारी यादवले दाहाल, खनाल, नेपाल, कोइराला र ओलीलाई प्रधानमन्त्री बनाउन दुई दुई पटक संविधानसभाको निर्वाचन नगरिएको बताए । ...... बन्न लागेको सातौं संविधान अन्तिम नहुने ठोकुवा गर्दै संविधान घोषणा भएकै दिन त्यसलाई जलाएर खरानी बनाउने चेतावनी दिए । ...... हृदयेश त्रिपाठीले लोकतन्त्र, गणतन्त्र र संघीयताजस्ता मुद्दालाई संशोधनीय धारामा राखेर ठूला तीन दलले मुलुकलाई निरंकुशतातिर धकेल्न खाजेको आरोप लगाए । ....... त्रिपाठीले एउटा रोगीलाई प्रधानमन्त्री र अर्को बिरामीलाई राष्ट्रपति बनाउन हतारमा संविधान घोषणा गर्न लागिएको ...... कांग्रेस, एमाले र एमाओवादीले आमजनतालाई धोका दिएकाले जनताले विश्वास गर्न छोडेको र त्यसैले सुरक्षाकर्मीको घेराभित्र संविधानको मस्यौदामाथि जनमत संकलन गर्न लागिएको .....

नयाँ संविधानमै प्रावधान राखेर मधेशी जनतालाई तेस्रो दर्जाको नागरिक बनाउन लागिएको

..... रामनरेश रायले कांग्रेस र एमालेसँग १६ बुँदे सम्झौता गरेर प्रचण्ड र विजय गच्छदारले मधेशी र जनजातिलाई धोका दिएको बताए । वरिष्ठ नेता रायले विजय गच्छदारको फोरम लोकतान्त्रिक पार्टीलाई मधेशी र पहाडेको पार्टी नभइ तेस्रो लिङ्गी पार्टी भएको ...... मंगलबार काठमाडौंको सुनधाराबाट विरोध जुलुस निकालिएको थियो भने त्यो जुलुस संविधानसभा भवन रहेको नयाँ बानेश्वरमा गएर कोण सभामा परिणत भएको थियो ।

No comments: