Thursday, July 30, 2015

महन्थ ठाकुर: "अन्तरिम संविद्यान र विगतको सम्झौता भन्दा एक इन्च तल झर्ने छैनौ"

That's the spirit!

गगन थापा र प्रत्यक्ष निर्वाचित प्रधान मंत्री का लागि अंक गणित
वार्ता गर्न खोजेको हुँदै होइन प्रचण्ड लाई कतै ब्लैकमेल त गरिएको छैन?
संविधान जलेको आगो आतिशबाजी र दियो हो भने
Dipendra Jha To Subhash Nembang
विजय गद्दार ले मधेस डुबायो, अब मौका पाए देश डुबाउँछ
शाह वंश गयो तर गणतंत्र आएन
डकैती
नया संविधान को लडाइ
Rudra Pandey Would Be An Excellent Directly Elected Prime Minister
पाकिसकेको भात काग लाई खान नदिऊँ
मधेसी दलदल हरु
Modi In Solidarity With Madhesi
मुजफ्फरपुर मा मधेसी आंदोलन लाई समर्थन
दलित मधेसी भन्दा अगाडि देखियो

महन्थ ठाकुर भन्छन - अन्तरिम संविद्यान र विगतको सम्झौता भन्दा एक इन्च तल झर्ने छैनौ ।
महन्थ ठाकुरले आफुले प्रधानमन्त्री र प्रमुख चार दलका शिर्ष नेतालाई वर्तमान मस्यौदाको आधारमा बन्ने संविद्यान स्विकार्य नहुने स्पष्ट पार्दै अन्तरिम संविद्यानमा टेकेर विगतको सम्झौतालाई सम्बोधन हुने गरी अघि वढन सुझाएको बताएका छन । ..... उहाहरुले वारम्वार फोन गरेर भेटन बोलाए पछि मैलै वालुवाटार गएर प्रधानमन्त्रीसंग भेट गरे । उहाहरुले खासगरी प्रधानमन्त्रीले तीन चार दिन देखि बोलाई राख्नु भएको थियो, मैलै हाम्रो मोर्चाका सवै साथीहरु आए पछि मात्रै जान्छू भनेर भनेका पनि थियौ, तर हिजो उहाहरुले नै अरु अध्यक्षहरु संग हामी पनि सम्पर्कमा छौ, उहाहरु काठमाठौ आई सक्नु भएको छैनै, त्यसैले तपाई एक्लै पनि आई दिनु पर्यो, कुराकानी गर्नु छ भनेर वोलाए पछि म वालुवाटार गएको हू, ठाकुरले भने । ...... ठाकुरले हालै मधेशी जनताले मस्यौदाको प्रतिकारमा देखाएको भावनालाइ र विगतमा भएको मधेश आन्दोलनको क्रममा भएको सम्झौतासंग आफु कुनै पनि शर्तमा धोका नदिने समेत बताए । म हिजो प्रधानमन्त्री र चारै दलका शिर्ष नेताहरु प्रष्ट रुपमा भनेका छौ, यदी तपाईहरु वहुमतको आधारमा नयां संविद्यान जारी गरी हाल्छौ भन्ने सोच्नु भएको छ भने, त्यसको पछि अवस्था के हुन्छ, त्यसको वारेमा हामी केही भन्न सक्दैनौ । ....... ठाकुरले वाहिर चर्चामा आए जस्तो मधेशी मार्चा भित्र त्यस्तो कुनै मनमुटाव नरहेको समेत दाबी गरे । उनले भने, हिजो ३ बजे सम्म म वालुवाटार जाने सोच मै थिईन । तर प्रधानमन्त्री त्यस पछि एक्लै भए पनि वार्तामा आई दिनु पर्यो भने पछि, मैलै त्याहा गएर कुरा गदैृमा के नै हुन्छ भनेर सोचका साथ गएको बताए । ठाकुरले भने, म वालुवाटार जादा प्रधानमन्त्रीले माओवादी नेता वैद्य संग छलफलमा हुनुहुन्थो । म बैठक कक्षमै बसीरहदा त्याहा एमाओवादी अध्यक्ष प्रचण्ड संगै चार दलका अध्यक्षहरु आउनु भयो । केही वेरमा प्रधानमन्त्री निस्के पछि मैलै उहालाई चारदलको बैठकको बेला मलाई किन बोलाउनु भयो प्रतिप्रश्न पनि गरे । त्यतीकै प्रचण्ड उठेर मलाई एक छिन बसेर कुराकानी गर्नु पर्यौ भनेर जिकिर गर्न थाल्नु भयो । कुराकानीको सुरुवात केपी आलीले गरे । ओलीले मेरो यती प्रसंशा गर्न थाले कि म उहालाई विचैमै रोकेर के हो यो भनेर प्रतिप्रश्न गरे ? त्यस पछि प्रधानमन्त्रीले एक छिन कुरा गर्नु पर्यो भनेर मलाई लिएर भित्र जानु भयो उहाले मलाई हामीहरु मधेशी मोर्चाको कन्सर्नलाई सम्बोधन गर्न तयार भन्दै तपाइहरु आफनो कुरा भन्नु पर्यो भनेर भन्नु भयो । म उहालाई प्रष्ट रुपमा भने कि यो मस्यौदाको आधारमा नयां संविद्यान बन्न सक्दैन । किनकी

यो मस्यौदा ०४७ भन्दा पनि संकिर्ण छ

। म अर्को कुरा उहालाई के भने भने अन्तरिम संविद्यानमा टेकेर विगतको सम्झौता सम्बोधन हुनु गरी मस्यौदा बनाउनुस, त्यस पछि हामी सोच्न सक्छौ । त्यसले पछि उहाले हामीले यसलाई परिमार्जन गर्न तयार रहेको बताउनु भयो । उहालाई अर्कौ कुरा, नागरिकता, समानुपातिक प्रतिनिधित्व र संघियताको वारेमा समेत प्रष्ट पार्न भने भने । मैलै उहाहरुलाई विगतको राज्य पुर्नसंरचना समितीको सिफरिस भन्द्या तल गएर मधेशले संघियता स्विकार नगर्ने समेत भनेका छौ । उहाहरुले सवै कुरामा छलफल गर्न र कसरी सम्बोधन गर्ने वारेमा फेरी बस्ने भन्नु भयो । म पनि आफनो मोर्चामा सबै साथीहरु संग छलफल गर्छु भनेर त्याहा वाट निस्के ।
जबरजस्ती संविधान ल्याए विद्रोहः यादव
अध्यक्ष उपेन्द्र यादवले जबरजस्ती संविधान ल्याए देशभर बिद्रोह गर्ने चेतावनी दिएका छन् । ..... यादबले पहिलो संविधानसभाबाट स्वामित्व ग्रहण गरिएका विषयहरु समेतलाई पन्छाएर पक्षगमनतर्फ लाने खालको संविधान जारी गर्नेतर्फ सत्तारुढ दलहरु केन्द्रित भएको आरोप लगाए । ..... प्रारम्भिक मस्यौदाका कतिपय धाराहरु पञ्चातको भन्दा पनि पुरानो ढङ्गबाट ल्याईको भन्दै उनले यहि आधारमा आउने संविधान स्वीकार गर्न नसकिने दोहो¥याए । नेता यादवले नेकपा एमाले र एकीकृत नेकपा माओवादीले जनतासंग गरेको बाचा तोडेकाले त्यसको हिसाव गर्न बा“की रहेको भन्दै घुमाउरो ढङ्गबाट चेतावनी समेत दिए । ...... चार ठुला दलका प्रमुख नेताहरुको स्वार्थमा संविधानसभालाई अवमुल्यन गरी असंवैद्यानिक तरिकाबाट संविधान ल्याउन खोजिएको भन्दै उनले संविधान लागु गरेर देखाउन चुनौती समेत दिए । ........ यादबले जनतालाई मस्यौदा नै उपलब्ध नगराई रायसुझाव संकलन गर्ने, फास्टट्रयाकको नामा संविधानसभालाई नै वेवास्ता गरेर संविधान नै जारी गर्न खोजेर सत्ता रहेका दलहरुले अलोकतान्त्रिक गतिविधि अगाडि बढाइरहेको दाबी गरे । ..... लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, प्रेसस्वतन्त्रता, महिला र जनजातिको कुनै पनि क्षेत्रलाई पूर्णरुपमा अधिकार नदिइएको भन्दै उनले आफुसंग भएको गणितिय आधारमा मात्र तीन÷चारजना व्यक्तिको स्वार्थका लागि मस्यौदा जनतामाथि लगेका कारण जनताले अस्विकार गरेको बताए । देशभर मस्यौदामाथि सुझाव संकलनमा जनताले असहयोग गरेबाटै प्रष्ट भएकोले जनताले नै संविधानको बिषयमा विद्रोह गर्ने निश्चित भएको धारणा राखे । ..... बिगत्का सहमतिहरु उल्ट्याएर संविधानको प्रारम्भिक मस्यौदा ल्याएकोले त्यसलाई आदिवासी जनजाति, मधेशी, महिला, दलित, अल्पसंंख्यकलगायत उत्पिडित जाती क्षेत्रले मान्नैपर्ने बाध्यता नरहेको धारणा राखे ।

No comments: