Wednesday, September 02, 2015

बरु पार्टी डुबोस् तर क्षेत्री बाहुन को ठाउँ मा न आइपुगोस्

बरु पार्टी डुबोस् तर क्षेत्री बाहुन को ठाउँ मा न आइपुगोस्। त्यही होइन सुशील ले गरेको?

उसको व्यवहार ले देखाएको कुरा।

बरु देश तहसनहस होस्, टुटोस, मारकाट होस, गृह युद्ध होस्, त्यो मंजुर, तर मधेसी/जनजाति/दलित/महिला को बराबरी नामंजूर ----- त्यही होइन attitude?

कानुन र संविधान नमानेको भन्दै सुशील र बामे दुबै लाई क्रांतिकारी बाई बाई गर्ने बेला आयो।




काँग्रेस को महाधिवेशन अन्यौल नै अंततः समस्याको समाधान हो



कांग्रेस महाधिवेशनः निर्णायक बन्दै ओली र प्रचण्ड

असोज पहिलो साता महाधिवेशन नगर्दा पार्टीको अस्तित्व नै समाप्त हुने भएपछि

..... महाधिवेनको क्रममा सक्रिय सदस्यको विवाद चर्को रुपमा देखा परेको छ छ भने संस्थापन र देउवाको दुई गुट केन्द्रदेखि गाउँसम्म फैलिएको छ । दुइ पटक सभापतिमा प्रतिस्पर्धा गरेका देउवा यस पटक आफू सभापति हुनेमा ढुक्क देखिन्छन । तर पार्टी सभापति कोइरालाले आफ्नो गुटभित्रको आन्तरिक सक्तिसन्तुलन नमिलेका कारण महाधिवेशनको मिति धकेल्दै आएका छन् । .... संविधानको मस्यौदाले देशभर आन्दोलन भइरहेको बेला

कांग्रेसले संविधान संशोधन गर्न गरेको प्रस्ताव एमाले र एमाओवादीले अस्वीकार गर्ने बताएका छन् ।

अहिले देशमा देखिएको समस्या समाधान गर्नतिर भन्दा पनि त्यसलाई ओझेलमा पार्नको लागि काग्रेसको तयारी देखिन्छ एमाओवादीका एक नेताले भने,‘कांग्रेसको आन्तरिक मामिला होस चाहे महाधविशेन गरोस चाहे नगरोस यो हाम्रो टेन्सनको विषय भएन ।’ समयमा महाधिवेशन गर्न नसक्नु कांग्रेसकै कमजोरी हो, महाविधेशनको लागि संविधान संशोधन गर्ने प्रस्ताव हामी स्वीकार गदैनौ, उनले भने । एमालेले पनि समय छउन्जेल केही पनि नगर्ने समय सकिएपछि संविधान संशोधन गर्ने काममा आफूहरुको समर्थन नहुने बताएको छ । एमाले एक स्थायी समिति सदस्यले भने,‘कांग्रेसजस्तो लोकतन्त्रको कुरा गर्ने पार्टीले अहिले आएर संविधान संशोधन गर्ने प्रस्तावलाई हामी किन मान्ने ? यो कांग्रेसको महाविधेशन हो, संविधानसभाको निर्वाचन होइन, उनले भने । .....

संविधानको मस्यौदाप्रतिको विवादलको कारण नागरिक र सुरक्षाकर्मीले ज्यान गुमाउंदा समेत कांग्रेस अहिले देखिएको समस्या समाधान गर्नको लागि गम्भीर देखिएको छैन । वार्ताको लागि केही पार्टीहरुको लागि आह्वान गरेपनि सार्थक वार्ता गर्ने रणनीतिमा कांग्रेस देखिएको छैन् ।

कांग्रेसलाई अहिले महाधिवेशन गर्दा संविधान निर्माणको काममा बाधा पुग्ने निष्कर्ष निकाल्दै पछि धकेल्ने खेलमा लागेको बताइएको छ । यो रणनीतिसँगै कांग्रेसले सरकारको आयु पनि लम्ब्याउने विषयमा आन्तरिक छलफल गरेको एक नेताले बताए । ......... संविधानत प्रत्येक राजीतिक दलले पाँच बर्षभित्र महाधिवेशन नगरे त्यो दलको निर्वाचन आयोगको दर्ता खोजर हुने प्रावधान छ ।
काँग्रेस को महाधिवेशन अन्यौल नै अंततः समस्याको समाधान हो।

  • मधेस बाट यो क्रांति पहाड़ हिमाल काठमाण्डु सम्म पुग्छ र यो सरकार ढल्छ। उसै पनि दुई वर्ष उमेर को संविधान सभा। सरकार पनि ढल्छ, संविधान सभा पनि। 
  • क्रांतिकारी अंतरिम सरकार बन्छ। क्रांतिकारी सीमांकन नामांकन हुन्छ। 
  • काँग्रेस पार्टी को रजिस्ट्रेशन गुम्छ। तर त्यो भनेको पार्टी ब्यान हुने होइन। आखिर लोकतंत्र हो। काँग्रेस ले फेरि नया पार्टी को रुपमा दर्ता गर्नु पर्ने हुन्छ। नया नाम, नया चुनाव चिन्ह, नया झंडा। 
  • नवंबर मा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री, संविधान सभा/प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय चार चुनाव एकै पटक हुन्छ। त्यसमा काँग्रेस ले लड्ने। नेपाली काँग्रेस (परिमार्जित), अंग्रेजी मा Nepali Congress (New And Improved) नामांकन का साथ जनता को मा जाने। हुन त नामांकन मा काँग्रेस संगठन भित्र झगड़ा नहोला भन्न सकिन्न। 
  • एमाले, एमाओवादी, र संघीयतावादी लाई बढार्नु पर्ने कसिंगर हावा ले उडाई दियो जस्तो भै राख्या होला। 
  • चुनाव चिन्ह गैड़ा? झंडा एक नास ले सेतो।  
  • नाम त खास हुनुपर्ने हो नया पार्टी को बाहुन समाज। 


लेनिन र सद्दामजस्तै गरी ढल्यो गिरिजाको शालिक !
वीरगञ्जमा रहेको सो शालिकको अनावरण गर्ने उनै सुशील कोइराला हुन्, जो अहिले प्रधानमन्त्री पदमा आसीन छन् । सुशील नेतृत्वको सरकारले गिरीजाको शालिकको सुरक्षा गर्न सकेन । ..... वीरगञ्जमा सोमबार भएको प्रदर्शनका क्रममा कोइरालाको शालिक पूर्व सोभियत संघमा लेनिन र इराकमा सद्दाम हुसेनको जस्तै गरी ढलेको छ । ..... मधेस आन्दोलनसँगै नेपाली कांग्रेस र एमालेमाथि प्रहार केन्द्रित भएको देखिएको छ । .... प्रदर्शनकारीहरुले सोमबार कलैयामा एमालेको कार्यालयमा आगजनी गरेका छन् भने महोत्तरीमा कांग्रेसको कार्यालय जलाएका छन् ।


प्रधानमन्त्रीलाई एमाओवादीले भन्यो-बल प्रयोगले समस्याको सामाधन गर्दैन
आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर

जाजय माग सम्बोधन गर्न

सरकारलाई आग्रह गरेको छ । ..... एमाओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले मंगलबार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका हुन् ।
Nepal constitution protests leave five dead
The latest deaths bring the total killed in political violence in recent weeks to at least 20 people.
एमाले सभासदको घरमा तोडफोड
पर्सा क्षेत्र न ५ का एमाले सभासद जय प्रकाश थारुको घरमाथि प्रदर्शनकारीले तोडफोड गरेका छन् । निकै ठूलो संख्यामा रहेका प्रदर्शनकारीले

मधेश विरोधी पार्टी भन्दै

सभासद थारुको घरमा तोडफोड गरेका हुन् । त्यस्तै पर्सा क्षेत्र न ३ का सभासद राज कुमार गुप्ताको घरमा पनि तोडफोज भएको छ ।सोमबार मात्रै एमाले पार्टी कार्यालयमा तोडफोड भएको थियो ।


महोत्तरीमा आन्दोलन उग्र,नेपाली काँग्रेस लगायतका कार्यालयमा तोडफोड
आन्दोलनकारी उग्र हुदै जलेश्वरको खैरा चौकमा रहेको शसस्त्रको चेकपोष्टमा ढुगांमुढा गर्दा केहि बेर चौक असान्त भएको थियो । .... अहिले जलेश्वरका विभिन्न सरकारी तथा निजि कार्यालयहरु असुरक्षित देखिए पनि प्रहरीको तर्फबाट अझै कुनै किसिमको प्रतिकार भएको छैन ।


राधेमाइ र लक्ष्मनवामा पनि गोली चल्यो, ६ जना घाइते



बाँकेमा नाकाबन्दीको तयारी चल्दै
संयुक्त थरुहट मधेस संघर्ष समिति र संयुक्त लोकतान्त्रिक मोर्चाले भोलि आइतबारबाट बाँकेमा नाकाबन्दी गर्ने भएका छन् । ..... विगत दुई साता भन्दा बढीको लागातारको बन्द हड्ताल पछि दुई दिने खुलेको बाँकेमा भोलिबाट आन्दोलन चर्काइने आन्दोलनकारीहरुले जानकारी दिएका छन् । ...... पर्वलाई मध्यनजर बन्द खुकुलो पारिएको थियो अब भोलिबाट कडा रुपमा नाकाबन्दी गरिनेछ, समितिका प्रवक्ता पशुपति दयाल मिश्रले भने । मिश्रले आन्दोलन शान्तिपूर्ण र सशक्त बनाउने जानकारी दिए । ...... कोहलपुरमा पनि भोलिबाट आन्दोलन चर्काउन व्यापक तयारी गरिएको छ । .... थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनमा साथ दिन कोहलपुरका व्यवसायीहरुसँग अहिले छलफलमा बन्दैछ । ....... थरुहट संयुक्त संघर्ष समितिका संयोजक चन्द्र बहादुर चौधरीले आन्दोलन थारु जातिको मात्रै नभएर थारुहट जातिको लागि भएकाले सबैले साथ दिन उद्योग, व्यापारीसँग छलफलमा बस्न लागेको बताए । ....... यसअघि नै कोहलपुरका स्थानीय व्यवसायी र आन्दोलनकारीहरु बीच समन्वयकारी ढंगले साँझ पसल व्यवसाय सञ्चालन गर्न दिइदै आएको छ । ..... प्रशासनले बाँकेमा लगाएको निषेधित क्षेत्र फिर्ता लिएपछि भोलि शान्तिपूर्ण प्रदर्शन गर्न कुनै रोकावट छैन । ..... विगत दुई सातादेखि कैलाली, कञ्चनपुरदेखि चितवनसम्मका १० जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहटका कार्यकर्ता आन्दोलनरत् छन् । जसलाई मधेसी मोर्चाले समेत साथ दिएको छ ।
मधेस आन्दोलनको निकास भनेकै विगतमा भएको सम्झौताको कार्यान्वयन : अध्यक्ष यादव
गोली चलाएर समस्या समाधान हुँदैन : राजेन्द्र महतो
वार्ताको माहौल बनाउन सरकारसँग आग्रह
वीरगञ्जमा सोमबारदेखि भइरहेको प्रदर्शनमा सदभावना अध्यक्ष महतो लगायतका नेताहरुले प्रत्यक्ष नेतृत्व गरिरहेका छन् ।


मगर संघका अध्यक्ष भन्छन्, ‘मगरलाई धेरै हेपियो अब मान्दैनौँ’
अन्तरिम संविधान र विभिन्न सहमतिमा पनि उल्लेख भएको कुरा हामीले राज्यसँग मागिरहेका छौँ । तर, सरकार र केही राजनीतिक दलका शीर्ष नेता प्रतिगमनतिर गैरहेका छन् । हामीले त्यसको विरोधमा शान्तिपूर्ण आन्दोलन गरेका हौँ । ......

संविधानसभामा १९ जना मगर समूदायका सभासद् हुुनुहुन्छ । उहाँहरुको पनि यो आन्दोलनप्रति समर्थन छ ।

...... हामीले हाम्रा मागका बारेमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाका प्रमुखलाई मात्र अवगत गराएका छैनौँ । संविधानसभाका अध्यक्ष र राजनीतिक सम्वाद तथा सहमति समितिका सभापतिलाई समेत जानकारी गराएका छौँ । कतैबाट पनि हाम्रो माग सम्वोधन नभएपछि विकल्पका रुपमा बन्द रोजेका हौँ । हाम्रो यो बाध्यता हो । ..... गण्डकी, धौलागिरी, लुम्बिनी र राप्तीका धेरै जिल्ला र गाविस मगर समूदायको बाहुल्यता रहेको ठाउँ हो । यहाँ मगर समूदाय पहिलो वा दोस्रो स्थानमा छ । त्यसैले हामीले यो क्षेत्रलाई मगर समूदायको ऐतिहासिक पृष्ठभूमिलाई आधार मानेर मगरात स्वायत्व प्रदेश बनाउनुपर्छ भनेको हो । तर, हाम्रो आन्दोलनलाई कमजोर बनाउन हचुवाका भरमा निर्माण गरेको प्रदेश–४ र प्रदेश–५ मा लगेर यी अञ्चललाई टुक्र्याउने काम भएको छ । .....

बन्दको विकल्प खुला हुँदैन । बन्दको विकल्प बिद्रोह हुनसक्छ । हामी त्यो अवस्थासम्म सकेसम्म जानु नपरोस् भन्नेमा छौँ ।

आन्दोलनको १९औं दिन भदौ १६ मा विशाल जनसभा हुने
आन्दोलनको १९औं दिन भोलि भदौ १६ गते विशाल शक्ति प्रदर्शनसहित थारु कल्याणकारिणी सभा तथा आदिवासी जनजाति महासंघका उदयपुर शाखाद्वारा गाईघाटको पिपलचोकमा सभा आयोजना हुन लागेको हो । ..... आदिवासी जनजाति महासंघ नेपालका पूर्व अध्यक्ष तथा आदिवासी वा थारु आन्दोलनका अगुवा

राजकुमार लेखी

सभालाई सम्बोधन गर्न आउने आदिवासी जनजाति पत्रकार महासंघ फोनिज (उदयपुरका अध्यक्ष अप्सरा समाल मगरले जानकारी दिइन् । ..... नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चादेखि थारु कल्याकारिणी सभा, आदिवासी जनजाति महसंघ लगायत सक्रिय रहेको उदयपुरमा जनजीवन अस्तव्यस्त हुँदै गएको छ ।
सेना परिचालनले मधेशमा आक्रोशसँगै विखण्डन निम्त्याउँदै

राज्यले मधेशका माग नस्वीकारेमा स्वायत्त मधेश प्रदेशको नारा परिवर्तन भएर स्वतन्त्र मधेश समेत साझा माग बन्नसक्छ ।

..... देशको खासगरी तराई–मधेश अहिले पूरै अशान्त र आक्रान्त बन्न पुगेको छ । झण्डै दुई सातादेखि मधेश ठप्प छ । .... मधेशका अधिकांश जिल्लामा सरकारले कर्फ्यू आदेश, दङ्गाग्रस्त क्षेत्र घोषणासँगै नेपाली सेनासमेत परिचालन गरेको छ । शान्तिपूर्ण रुपमा उठिरहेका आवाजलाई राज्यपक्षले बेवास्ता गरी आन्दोलनमा बलप्रयोग गर्ने काम गरेको छ । .....

सरकारले आन्दोलनकारीका जायज मागलाई सम्बोधन नगरी पुलिस प्रशासनको आडमा बलपूर्वक यातायातका साधन स्कर्टिङ्ग गराउने कार्य गरिरहेको छ । स्कर्टिङ्गकै क्रममा सयौं यातायातका साधनमा क्षति हुनुका साथै दर्जनौं साधन जलेका छन् ।

यसले सवारीधनी मात्र नभई राज्यपक्षलाई समेत क्षति पुगेको छ । ....... भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले चलाएको गोलीबाट मारिनेको संख्या अत्यधिक छ । ..... एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता समेत रहेका गृहमन्त्री वामदेव गौतमलगायतका नेताहरुको चर्को अभिव्यक्तिले गर्दा मधेशी जनतालाई झन् आक्रोशित बनाएको छ । डा. रामशरण महत, कृष्णप्रसाद सिटौलासहितका नेताले दिएको मधेशविरोधी अभिव्यक्तिले समेत मलजल गरेको छ । ......

चार दलको सहमतिका संविधान जारी भयो भने यसले थप द्वन्द्व निम्त्याउने छ ।

....... आधा हिस्सा ओगटेको मधेशलाई उपेक्षा गरेर संविधान जारी गरियो भने त्यो संविधान कति मान्य हुन्छ ? .....

गोली र हतियार किन्न सरकारले झण्डै दुई अर्ब रुपैयाँ दिएको समाचारले अनिष्टको संकेत गरेको । मधेश आन्दोलित रहेको बेला गोलीगठ्ठा किन्न ठूलो रकम खर्चिएको खबरले जनतालाई झन आक्रोशित पारेको छ ।

......... डा. सीके राउत .. राज्यले उनलाई हिरासतमा लिने, सार्वजनिक रुपमा सभासम्मेलन गर्न नदिने तथा राजविराजस्थितको आफ्नै घरमा अघोषित नजरबन्दमा राख्नाले उनीप्रति मधेशीहरुको समर्थन बढ्दो छ । उनलाई नजरबन्दमा राखिए पनि उनका प्रचारात्मक अभियान भने मधेशका गाउँ–गाउँसम्म पुगेको छ ।
म थारु हुन नपाउने, म नेपालको एक थुँगा फूल हुन नपाउने ?
म शान्त थिएँ
तालमा जमेको पानीझैं
जे भोगे आफ्नो भाग्य ठान्थें
जे जे पर्छ सहन्थें
अरुले जे भन्छ गर्थें, अनि बन्थें
अरुको लागि मतवाली बनें
जंगली बनें
कमैया बनें, कमलरी बनें
सहिरहें सवै
कर्म र भाग्यलाई दोषी ठानिरहें

मानव बन्ने अर्को जुनीको कल्पनामा डुबिरहें


त्यसैको आशमा यो जुनीमा सबै सहिरहें

मेरोसामु आउने अनेक तरङ्ग
जस्ले मेरो भावनालाई छोयो
मलाई म हुनुको आभास गरायो
अझ मलाई मानव हुनुको आभास गरायो

अर्को जुनी कुर्नु नपर्ने विश्वास दिलायो



हो, अब भएँ म मानव
अरु जस्तै सचेत मानव
अरु जस्तै समान अधिकार भएको मानव
जमिन हरण गरेर दास बनाइसकेपछि मुक्त मानव
नेपालको विविधतामध्ये एक फरक अस्तित्व बोकेको मानव
फरक भाषा, संस्कार र संस्कृति बोकेको मानव
मानव सभ्यताको विकाससँगै बस्दै आएको मानव
प्रचण्ड गर्मी, बाढी, खोला र औलोसँग लड्दै आएको मानव
हो,

म एक फरक पहिचान भएको आदिवासी थारु मानव

भुइँमा होइन अरुसँगै कुर्सीमा बसेर चिया खानु थियो


अनि शान्त तलाउको पानीमात्र होइन
अरु जस्तै बग्ने नदी बन्न सक्छु भन्नु थियो

अघि बढ्दै थिएँ म
एकाएक ढोकाहरु बन्द गर्न थाल्यो
तलाउको निकास थुनेर अग्लो पर्खाल लगाउन थाल्यो
आफ्नो राजनीति टिकाइराख्न अखण्ड नेपालीको नारा लगाउन थाल्यो
मेरो भावानालाई उपेक्षा गर्न थाल्यो
अनि तिमी जस्तै मानव हुने चाहना छेक्न थाल्यो
हडपेको जमिन खोसिने डरले काँप्न थाल्यो
र जात नेपाल, हामी नेपाली

तिमी मात्र सभ्य मानव
नेपाललाई आफ्नो बनाइराख्ने सभ्य मानव
अरुको अस्तित्व स्वीकार गर्न नसक्ने सभ्य मानव
अरुलाई घृणा गर्ने र आफू राम्रो बनाउने सभ्य मानव
आफ्नो चाहाना पूरा गर्न अरुलाई दास बनाउने सभ्य मानव

घरघरमा सुरक्षाकर्मी लगाऊ
मेरै पसिनाको तलब खाने सेनाको डर देखाऊ
तर के यो समाधान हो ?



त्यसैले मलाई चिन्ने प्रयास गर ए सभ्य मानिस !
मलाई बुझ्ने कोसिस गर ए सभ्य मानिस !
मलाई मानव हुनमा साथ दिने कोसिस गर ए सभ्य मानिस !
अहं होइन आफ्नो हृदयलाई सोध ए सभ्य मानिस !
मैले कतै फरक नेपाल खोजेको छैन
मैले कतै तिम्रो अधिकार मागेको छैन
मात्र तिमी जस्तै नेपाली भनी चिनाउनु छ
सयौं थुङ्गाको एक थुङ्गा भनी चिनाउनु छ
आफ्नो पहिचानसहितको थारु नेपाली भनी चिनाउनु छ


वीरगञ्जमा अस्पताल भित्रै गोली चल्यो, ३ घाइते
वीरगञ्ज मंगलबार पनि विहानैदेखि अशान्त छ । स्थानीय प्रशासनले कर्फ्यु लगाए पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गर्दै आएका छन् । मधेसी मोर्चाका कार्यकर्ताहरुले कर कार्यालयमा, जानकी टोलको प्रहरी चौकीमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका छन् । आन्दोलनकारीले वीरगञ्जस्थित आन्तरिक राजश्व कार्यालयका बा १ झ २७२५ र ना १ झ ९७१ नम्बरको गाडीसमेत जलाएका छन् ।


मेरो आग्रह छ, सुशीललाई पढाइदिनोस् : उपेन्द्र यादव
'यसरी खोज्न सकिन्छ समस्याको निकास'
तर, त्यो सम्झौताका धेरै विषयलाई अहिलेकै संविधानको मस्यौदाले सम्बोधन गरिसकेको प्रधानमन्त्री सुशील कोइरालाले बताइसकेका छन्, अझै कार्यान्वयन गर्नुपर्ने विषय के छ र ? यस्तो प्रश्न गर्दा यादवले भने, ‘मेरो आग्रह छ, त्यो सम्झौता एकपटक सुशील कोइरालालाई पढाइदिनोस् ।’ ..... ‘संविधान स्वायत्त मधेस प्रदेशको खाकासहित आउनुपर्‍यो । आदिवासी जनजातिको प्रादेशिक स्वायत्तताको अधिकार संविधानमा सुनिश्चित हुनुपर्‍यो । समानुपातिक र समावेशी अधिकार संविधानमा उल्लेख हुनुपर्‍यो । पहिचानलाई मान्यता दिनुपर्‍यो ।’ .....

‘मोर्चासँग पहिल्यै भइसकेको सम्झौता कार्यान्वयन हुनुपर्‍यो, गोली हान्न भएन ।’

...... संघीयता, प्रादेशिक स्वायत्तता, समानुपातिक, समावेशिता एवं पहिचानको कुनै व्यवस्था नगरिएको उनले जिकिर गरे । उनले भने- ‘अहिलेको संविधानमा यी कुनै कुराहरु छैनन् ।’ ......

सरकार वार्ताप्रति सम्वेदनशील हुनुको साटो हिटलरी शैलीको दमनमा उत्रिएको

..... टाउकोमा ताकेर गोली हान्ने काम गरिरहेको छ ।’ .... -‘सरकार घोर साम्प्रदायिक देखियो, कर्णाली र सुर्खेतको आन्दोलनलाई तत्कालै सम्बोधन गरियो, किनभने उनीहरु सगोत्री थिए ।’ ......

‘अझै पनि टेरेनन् भने के-के हुन्छ, के-के हुन्छ ।’



गृहमन्त्री बामदेवलाई मृत्यु दण्ड दिने आङकाजीको घोषणा !
बाहुनका शालिकहरु तोड्ने अभियान शुरु भएको भन्दै तस्विर समेत सार्वजनिक गरेका छन् । ....... उनले केपी ओली र बामदेव गौतमले आदिवासी जनजाति, मधेसी नेताहरुलाई गिरफतार गर्ने तयारी र सादा पोषकमा प्रहरी खटाएर ईनकाउण्टर गराएर हत्या गर्ने विशेष योजना बनाएको, थारु, मधेसी र आदिवासीहरु आतङकारी देशद्रोही हुन गोली ठोकेर मार्न वामदेव गौतमलाई के पी ओलीले आदेश दिएको,

थारु जातीका प्रहरी, सत्रशस्त्र प्रहरी तथा सेनहरुलाई कैलाली र तराइमा नखटाउन सुरक्ष परिषदको गोप्य आदेश दिएको

लगायतका आरोप लगाएका थिए । ..... उनले विभिन्न सञ्चार माध्यमलाई पहिचानविरोधी सञ्चार माध्यमको सज्ञा दिँदै उनकै शब्दमा ‘पहिचान विरोधी सञ्चार माध्यम कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टिभिलाई थारु, आदिवासी, मधेसीका आन्दोलनलाई बदनाम गराउने भ्रमित समचार सम्प्रेषण गर्न राजवादी शक्ति केन्द्रबाट करोडौ रकम वितरण गरिएको आरोप समेत लगाएका थिए .....

Tuesday, September 01, 2015

मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ

मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ। देश भरिका मधेसी जनजातिले आफ्नो इच्छा को संघीय गठबंधन का सदस्य राजनीतिक पार्टी को सदस्यता लिने। काँग्रेस एमाले को सदस्य छ भने ती पार्टी छोड्ने। ती दुई पार्टीको सदस्यता अहिले को अवस्थामा मधेसी र जनजाति का लागि गुलामी को जंजीर हो। ती काँग्रेस एमाले का बाहुन जन्म का आधारमा राजा जस्तो सत्ता मा पुगेका होइनन्। तपाइँ ले सदस्यता लिएर उसको संगठन बलियो बनाउनु भएको छ। तपाइँ ले वोट दिनु भएको छ। तपाइँ ले सान्तिनो पद लिनु भएको छ। ती सब गुलामी का सम्बन्ध हुन। तोड्नुस। मुक्त हुनुस्।

आफ्नो इच्छा को संघीय गठबंधन का सदस्य राजनीतिक पार्टी को सदस्यता लिनोस। आफ्नो वड़ा मा देश भरि गाउँ गाउँ मा संगठन विस्तार गर्नोस।

अधिकार शासक को भखारीमा रहेको चामल होइन कि उसले दिने। अधिकार भित्र ह्रदय बाट नै आउँछ। तपाइँ को अनुमति बिना कसैले तपाइँ को शोसन गर्न सक्दैन। संघीयता तपाइँ को अधिकार हो। गुलामी को जंजीर चुँडाल्नोस, काँग्रेस एमाले त्याग गर्नोस, आफ्नो इच्छा को संघीय पार्टी को सदस्य बननोस, त्यस को संगठन विस्तारमा मद्दत गर्नोस।

शक्ति तपाइँ सँग छ। वड़ा स्तर मा संगठन विस्तार गर्नोस।



आज मगरात बन्द, मगर सभासद्हरुको पूर्ण समर्थन
सभासद्हरुको तर्फबाट संयोजक शिवलाल थापाद्वारा विज्ञप्ति जारी गर्दै समर्थन जनाइएको हो । ...... वक्तव्यमा भनिएको छ, ‘मगर जाति लगायत आदिवासी जनजातिसँग सरकारले विभिन्न चरणमा गरेको सम्झौताहरुको कार्यान्वयनको माग राख्दै संयुक्त मगर संघर्ष समितिद्वारा आह्वान गरिएको २०७२ भदौ १४ गतेको बन्दलाई हाम्रो पूर्ण समर्थन भएको जानकारी गराउँदछौं ।’ ..... संविधानसभाबाट ‘नेपालको संविधानको परिमार्जित विधेयक-२०७२’ जारी भएपछि मगरहरु पनि चर्को संघर्षमा उत्रने प्रयत्न गरिरहेका छन् । ..... मगरहरुको बाहुल्य रहेको र आदिमथलोलाई प्रदेश नम्बर ४, ५ र ६ मा विभाजित गरिएपछि मगरहरु संघर्षमा उत्रिएका हुन् ।
Howard Dean: The Case for Hillary Clinton
नेपालको जातीय विविधता : समस्याको जरो कि सकारात्मक स्रोत ? [अन्तिम भाग]
हिन्दुस्थानभित्रैका थुपै्र अवैदिक जनजाति (जसलाई बाहुनहरुले सधँै राक्षस, दैत्य दानव भन्ने गर्थे) ..... कालान्तरमा बाहिरी–भित्री दुवैतिरबाट लखेटाइ, थिचाइ, मिचाइ र धपाइको मारमा परेका ब्राह्मणहरु भागेर कोही दक्षिणको विन्ध्या पहाडतर्फ र कोहीचाहिँ उत्तरको हिमाल पहाडतर्फ जान बाध्य भए । उसै क्रममा आजको नेपालको खसानतर्फ आइपुगेका ब्राह्मणहरुलाई खस शब्दहरुको उच्चरणअनुकूल ‘बाहुन’ भनी सम्बोधन गर्ने र उनीहरुको सम्पूर्ण जीवनपद्धतिलाई ‘बाहुनवाद’ भन्ने गरियो । त्यसबेलासम्म पनि ‘बाहुनवाद’ शब्दले नकारात्मक अर्थ बिलकुलै जनाउँदैन थियो । पछि खसहरुलाई क्रमिक रुपमा वर्णव्यवस्थाभित्र समाहित गरी उनीहरुलाई आफ्ना जजमान बनाउँदै लगियो । खसहरुबाट सिदा, दान, दक्षिणा, बिर्ता, गुठी लिएर आफ्नो जीविका चलाउनुपर्ने भएकोले यो चाँजोपाँजो मिलाउने क्रममा बाहुनहरुलाई झुठो काल्पनिक कथा, पुराण, पुख्यौली, वंशावलीहरु निर्माण गर्ने बाध्यता हुन आयो । यप्रकार धर्मका नाममा षडयन्त्र सुरु भयो । ...... सुरुमा खसका र पछि मगरका राजारजौटा र भारदारहरुलाई फकाएर उनीहरुले बिलकुलै नबुझेको, नसुनेको नयाँ धर्ममा विश्वास दिलाउन बाहुनहरुलाई मनग्गे झूठको सहारा लिन परेको थियो । त्यसमाथि आफूलाई कुनै पनि शारीरिक कार्य गर्न नहुने बाहुन द्यौताको रुपमा प्रस्तुत गर्न पनि उनीहरुलाई कम प्रपञ्च रच्न परेको होइन । यसरी जानाजानी झूठ बोल्नेको मनस्थिति कमजोर हुनु स्वाभाविक हो । त्यस्ताले आफूलाई सधैँ असुरक्षित ठान्छन् । उनीहरु आतङ्कित र आन्दोलित मानसिकतकाबाट थिचिएका हुन्छन् ।

त्यस्तो अवस्थामा सानो छायाँ देख्दा पनि तर्सिने मानसिकता बाहुनहरुले बोक्नु स्वाभाविकै थियो ।

........ मध्ययुगमा खसान र मगराँत क्षेत्रतर्फ पस्ने क्रममा धर्मको नाममा राजनीति गर्ने राम्रै तालिम पाइसकेको हुनाले आज पनि धेरै बाहुनहरु सबैभन्दा सजिलो पेसाका रुपमा राजनीतिलाई नै पछ्याउने गर्दछन् । ...... बाहुनवादमार्फत् प्रवर्धन र प्रतिपादन गरिएको भाग्यवाद नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई तल्लो स्थानमा राखेर आफूलाई मात्र पवित्र तथा उच्च स्थान ओगट्ने षड्यन्त्र थियो भन्ने कुरालाई आजका प्रबुद्ध नेपालीले बुझनु र स्वीकार गर्नुपरेको छ । .....

कोही पनि बाहुनहरु आफ्ना लागि भाग्यवादी विचारधारामा विश्वास गर्दैनन् भन्ने कुरा आज सबैले बुझिसकेका छन् ।

...... तर यो कुरा नबुझ्नेहरुले यस सिद्धान्तले फलाकेका अप्ठेरा नियमभित्र अड्ने प्रयत्न गर्दाखेरी निकै असजिलोमा पर्न गएका उदाहरण धेरै छन् । धेरै जनजाति समूहमा पाइने गरेको बाल–विवाहको प्रथा यसको एउटा उदाहरण हो । यसको अर्काे उदाहरण जुम्लाको चौधबिसेका खसको गाई पाल्ने चलन हो । उनीहरु गाई पालेर दूध र दुग्ध पदार्थको उत्पादन झिक्नेभन्दा गाई पालेर प्रतिष्ठा कमाउने कुरामा बढी विश्वास गर्दछन् । अनि सबै खस क्षेत्री हुन् भनेर आफ्नै अस्तित्व र हजारौं वर्षको खसको इतिहासलाई मेटिदिने काममा अघिसरेर हिँड्ने गर्छन् विचरा खसका ठालूहरु ! ........ अरुलाई भाग्यवादी बन्न सिकाउनेहरु आफै भाग्यवादी भएका भए आज क्रान्तिकारीहरुका अग्रपंक्तिमा यत्तिका बाहुनहरु अवश्य हुने थिएनन् न त सरकारी सेवाको उच्च ओहोदा ओगट्नेमा त्यति धेरै बाहुन हुनसक्ने थिए । ........ आफ्नै देशभित्र रोजगारका वैकल्पिक अवसरहरुको खोजी र तयारी गरेर नेपाली जनजातिका युवाहरुलाई स्वदेशमै बस्ने आकर्षण दिने काम गर्ने जाँगर देखाउनुको सट्टा गोरखा भर्तीकेन्द्र बन्द गराउने नारामा बढी जोड दिनेहरु सबै बाहुन हुनु अनि आज अमेरिकामा ग्रीनकार्ड लिएर स्थायी बसोबास गर्ने नेपालीमध्ये अस्सी प्रतिशतभन्दा बढी शिक्षित र उच्च घरानाका बाहुन तथा पाँच प्रतिशतभन्दा थोरैमात्र जनजातिका मानिस हुनुले यो भनाइ र गराइप्रतिको इमान्दारी र विवेकशीलतामाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ । .......

भाग्यवादको प्रचार त केवल नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई अविकसित राख्न र उनीहरुको पसिनाको कमाइलाई कामै नगरी आफूले खाने पार्न मात्र थियो

...... जो जो बाहुन भारतबाट भागी आए उनीहरुका लागि सिदा मागेर खानुबाहेक अरु उपाय थिएन । काठमाडौं उपत्यकामा जस्तो निम्ता दिएर कुनै पनि बाहुनलाई खसान र मगराँतमा बोलाइएको थिएन । ...... मध्ययुगसम्म खसान र मगराँतका राजाहरु सबै बौद्ध धर्मावलम्बी थिए । कोही पनि हिन्दु भइसकेका थिएनन् । ..... असुुरक्षित ठान्ने भावना र व्यवहारमा पनि बेलाबखत अनावश्यक तरिकाले प्रतिरक्षात्मक हुने प्रवृत्ति देखिन गएको हुनसक्छ । ..... मैथिली बाहुनहरु निम्त्याइएर काठमाडौं उपत्यकामा आइपुगेका हुनाले उनीहरुले त्यस्तो अवस्था ब्यहोर्नु परेन, जस्तो पश्चिम पहाडमा आइपुग्ने बाहुनहरुले ब्यहोर्नु परेको थियो । ......

अनुहार र भाषामा सामिप्य भएको हुनाले खसानमा खस राजाहरुको शक्ति कमजोर भइसकेपछि पनि ठकुरी र क्षेत्री बनाउने काम रोकिएन । त्यसै कारणले सम्पूर्ण खस अलपत्र पर्न पुगे । त्यत्तिको बिचल्ली त मगरहरुको पनि भएको छैन । पूर्वका किराँतको त झन भएकै छैन ।

....... मगर, किराँत र अरु जनजातिको आर्थिक उन्नति नभए पनि उनीहरुको स्वाभिमान भने त्यत्ति खस्न पाएको छैन । किनभने उनीहरुमध्येका उच्च वर्ग धेरैले ठकुरी र क्षेत्री बनेर जनै लगाएका छैनन् । त्यसले गर्दा उनीहरुलाई आफ्नै दाजुभाइलाई आफैले शुद्रको दर्जामा धकेल्ने आवश्यकता परेन । ........

अलिकति मात्रै टाठो हुने बित्तिकै बाहुनले उसलाई क्षेत्री वा ठकुरी बनाइहाल्छ । त्यसले गर्दा दशौं लाख खसहरुको अवस्था आजसम्म पनि अत्यन्तै दयनीय हुन पुगेको छ ।

....... सप्रेको उच्च वर्गको एक जना खस पनि खस भएर बसिदिएन । बाहुनहरुलाई ठूलठूलो रकम दान–दक्षिणा (आजभोलिको भाषामा घूस) दिएर क्षेत्री नै बने । ...... खस राजा, रजौटा र भारदारहरुले उच्चतहमा पुगेपछि आफ्नै दाजुभाइलाई तल्लो दर्जामा खसालिदिनाले खसको जस्तो दुर्दशा भयो त्यस्ता उदाहरण संसारको इतिहासमा अन्त कतै पाइँदैन । ...... खस र मगरबाट ठकुरी र क्षेत्री बनेका .....

आफैलाई मात्रै उच्च र पवित्र ठान्नेहरुले फकाईफुलाई जनै लगाइदिएर क्षेत्री बनाइएका मानिसबाट सधै‌ं दक्षिणा र सिदा मिल्ने हुनाले तिनको चाकरी गर्दै अरु सबै जनजातिलाई अपमानित गर्ने बाहुनवादको चाला

....... हालका राजाका पुर्खा मगरका दाजुभाइ सावित भइदिएमा र आजका थारुका पुर्खा सिद्धार्थ गौतमका दाजुभाइ सावित भइदिएमा कसैलाई दुख्ने कुरा के छ ? ...... सिधासादा जनजातिका युवालाई फकाइ–फुल्याइ सित्तैमा जनै लगाइदिएर क्षेत्री बनाइदिँदै ...... २००७ सालमा नेपाली जनताले सशस्त्र क्रान्ति गर्नुपर्‍यो । सशस्त्र शक्तिकै बलमा अडेको त्यसबेलाको व्यवस्थाको विरोधमा नेपाली जनता आन्दोलित भएका थिए । त्यसबेला हतियार खरिद र सम्पूर्ण क्रान्ति सञ्चालन गर्ने काममा ठूलो धनराशी लगानी गर्नेहरुमा सत्तासीन राणाहरुका आफ्नै बाजेका नाति अर्थात काकातर्फका छोराहरु नै थिए । अनि उपत्यकाभित्रै बसी राणाहरुको सरकार ढाल्न अन्तिम र निर्णायक धक्का दिनेहरुमा पनि एउटै बाजेका अर्काथरी नातिहरु थिए । त्यसबेलाको नेपाली आकाश गुञ्जाउने “राणा शासन मुर्दाबाद”का नाराले सबै राणाहरु तर्सिएनन् आत्तिएनन् । ........... जस्तोसुकै अपराध गरेता पनि बाहुनलाई नमार्नु भन्ने अर्ति मात्र होइन कानुनी प्रावधान समेत बनाएर जाने प्रतापी जनजातिका पुर्खाले बाहुनलाई ठूलो गुण लगाएर गएका छन् । ..... निकै सम्पन्न र शक्तिशाली रहँदै आएका खसान र मगराँत राज्यका प्रतापी खस र मगरका पुर्खा त्यति बिध्न लाटा थिएनन् । लाटा भएका भए आफ्नो देश र समाजलाई त्यत्रो सम्पन्न अवस्थामा पुञ्याउन सक्ने थिएनन् । उनीहरु सम्पन्न नभएका भए ती बाठा बाहुनहरु खसान र मगराँतसम्म आइपुग्ने थिएनन् । यसरी आइपुगेका आफूभन्दा शिक्षित र परिष्कृत देखिएका बाहुनलाई पुरोहितको स्थान दिई आफ्नै पसिनाको कमाइले पाल्नसक्ने उदारता त्यस बेलाका खस मगरहरु असभ्य भएका भए देखाउने थिएनन् ।
Revolution of 1951

नंबर एक कुरा शिक्षा हो

देशमा लोकतंत्र बलियो पार्नु छ भने, देशमा आर्थिक क्रांति गर्नु छ भने, देशमा छुआछुत समाप्त पार्नु छ भने। सामाजिक प्रगति का लागि। सबै भन्दा जोड़ दिनु पर्ने कुरा शिक्षा हो। कसैलाई एक कट्ठा जग्गा दिनु भन्दा १२ वर्ष को पढाई दिनु कता कता उपयोगी। र यसमा नेपालका सन्दर्भमा out of the box thinking जरुरी छ। विद्यालय भवन बनाउने। ठीक छ। शिक्षक चाहिन्छ। ठीक छ। दुबै वास्तवमा अपरिहार्य हुन। तर what's the fastest way to get there?

बिहार के लिए फोर्मुला

पढ्ने सबैले हो। बच्चा ले मात्र होइन। शिक्षित ले पनि पढ्ने हो। हामी lifelong education को युगमा आइपुगेका छौं। बच्चा प्रौढ़ बुढा सबैले पढ्ने हो। आजीवन पढ्ने हो।

देश को भूभाग भरि या त भएको FM रेडियो स्टेशन हरु प्रयोग गर्ने अथवा नभएको ठाउँमा नया स्थापना गर्दै जाने। अनि चीन सँग मद्दत माग्ने। हामी लाई सोलर पावर मा बैटरी चार्ज हुने सकेसम्म सस्तो FM रेडियो चाहियो। ५० लाख। अनुदानमा। भन्ने। चीन पनि दंग पर्छ। के झोंक चलेछ यो नेपालिया हरु लाई जस्तो लाग्छ। किन्ने ले किन्छन्। किन्न नसक्ने लाई अनुदान दिने। देश भरिमा सबै संग FM रेडियो हुनुपर्यो।

अनि सरकारी स्तर बाट नै देशको प्रत्येक भाषामा १२ वर्ष को स्कूलिंग का लागि ओरल कोर्स हरु तैयार पार्ने। लेखपढ को स्थिति सम्म प्रत्येक भाषा पुगेको छैन। तर बोलचाल त प्रत्येक भाषा मा अहिले हुन्छ। जुन शब्द त्यस भाषा मा छँदै छैन ती शब्द लाई जबरजस्ती अनुवाद नगर्ने, जस्तै की विज्ञानं प्राविधि का शब्द। तिनलाई जस्ता को तस्तै अंग्रेजी मा नै भन्ने। जस्तै Mitochondria ---- त्यसको नेपाली मा पनि शब्द छैन। And that's fine. Mitochondria लाई प्रत्येक भाषा मा Mitochondria नै भनेको राम्रो। होइन भने अनावश्यक confusion मात्र हुन्छ। देशको प्रत्येक भाषा मा हिंदी त पर्ने नै भो, अंग्रेजी पनि पर्ने भो। नेपाली, अंग्रेजी र हिंदी का सामग्री देश भरि नै प्रसारित गर्ने।

एउटै पाठ (lesson) हप्ता मा तीन चार पटक दोहोर्याएर प्रसारण गर्ने।  एक पटक बिहान हुन सक्छ, भरे दिउँसो, बेलुकी, शनिवार। कुन मान्छे लाई कति बेला फुर्सत हुन्छ भन्न गार्हो छ। अनि एक भन्दा बढ़ी फ्रीक्वेंसी मा प्रसारण गर्ने। नेपाली भाषा मा एउटा फ्रीक्वेंसी मा होला, हिंदी मा अर्कोमा, अंग्रेजी मा अर्कै फ्रीक्वेंसी मा होला। मातृभाषा मा अर्को फ्रीक्वेंसी मा। कुनै पनि विषय वर्ष को जुन सुकै समय शुरू गर्न मिल्ने हुनुपर्छ। यो होइन कि ला मेरो त दुई वटा lesson मिस भो, अब एक वर्ष पर्खिनु पर्ने भो भन्ने नहोस्। दिन को जुन सुकै समय, हप्ता को जुन सुकै दिन, वर्ष को जुन सुकै महिना या हप्तामा जुन सुकै वर्ग/क्लास को जुन सुकै विषय शुरू गर्ने हुनुपर्छ।

प्रत्येक पाठ ४० मिनट को होला। प्रत्येक पाठको अन्त्यमा यस पाठको पुनर्प्रसारण यति, यति र यति बेला हुनेछ भनेर फुक्ने। यस पछि को पाठ का लागि यति या यति बेला सुन्नुस भनेर फुक्ने। योभन्दा पहिला को पाठ का लागि भनेर त्यसको पनि detail दिने।

सारा देशलाई १० वर्ष को स्कूलिंग गराउने सकेसम्म कम समयमा सकेसम्म कम खर्चमा गराउने योभन्दा राम्रो उपाय छ जस्तो मलाई लाग्दैन। सरकारी कामकाजको भाषा त जहिले हुन्छ तहिले हुन्छ। यस मार्फ़त देश भरिको भाषा लाई सम्मान दिन सकिन्छ। तुरुन्तै।

तर यति ले पुग्दैन। विद्यालय भवन बनाउनै पर्छ। शिक्षक तालीम गर्नै पर्छ। स्कूल लंच गर्ने पर्छ। प्रौढ़ हरुलाई बेलुकी स्कूल लानै पर्छ।

तर यसरी FM Broadcasting ले १०-१२ शुरू का वर्ष को पठनपाठन हुन्छ भने कॉलेज/विश्विद्यालय का लागि गाउँ गाउँ मा इंटरनेट पुर्याए पुग्छ। केही वर्ष परखे गूगल ले नै आकाश बाट पुर्याइदिन्छ। अनि नेपाल साँची नै  lifelong education को युगमा पुग्छ।

देश मा लोकतंत्र बलियो पार्न, देश मा आर्थिक क्रांति गर्न नंबर एक कुरा नै शिक्षा हो। र यसमा FM टेक्नोलॉजी र इंटरनेट टेक्नोलॉजी ले आकाश पाताल फरक पार्छ। आकाश भनौं। आकाश मात्रै।

मुख्य फोकस Math र Science मा हुनुपर्छ। बिज्ञान को ठ्याक्कै उही पाठ लाई नेपाली, हिंदी, अंग्रेजी, मातृभाषा मा सुन्न पाए मान्छे ले भाषा पनि सिक्छ। गरीब को बच्चा लाई ला प्राइवेट इंग्लिश बोर्डिंग स्कुल मा पढ्न पाइयेन भन्ने ग्लानि हुँदैन। कम हुन्छ। अंग्रेजी त छँदैछ। विस्तारै हिंदी र चिनिया भाषा को विश्व मा महत्व बढ्दै जान्छ जस्तो लाग्छ। Nepal is lucky to be where it is.

भुमि सुधार राम्रो कुरा हो तर यो Universal, Lifelong Education को कुरा भुमि सुधार भन्दा १०० गुणा बढ़ी effective हो। यो सरकारको नंबर एक जिम्मेवारी हो।





These Three Inspire Hope

सुशील लाई वास्तवमा थाहा छैन, Sushil Is Lost

सुशील किंकर्तव्यविमूढ़ मान्छे

डाक्टर केसी फेरि अनसन बसेछन्। योभन्दा अगाडि पनि बसेको हो। त्यति बेला सुशील ले झोंककिएर "डाक्टर केसी मर्छन् भने मैले के गर्ने त!" भनेको।

त्यो कुरा उसले ईमानदारीपूर्वक भनेको। उसले रीस द्वेषले भनेको होइन। डाक्टर केसी मर्ने भयो खुचिंग भनेको होइन।

तर उसका आसेपासेले फकाए। त्यसो नभन्दिनुस्। खाली एक पटक माग पुरा गर्दिन्छु भन्दिनुस् अनि त्यो मान्छे ले भात खान थाल्छ, समाचारमा आउन छोड्छ, हामीलाई हलुङ्गो हुन्छ भनेर भने।

अनि सुशील ले जीब्रो चलाइदिए। तर हुन्छ माग पुरा गरिदिन्छु भन्दा पनि त्यो माग के हो, कसरी पुरा गर्ने केही दायाँ बायाँ केही थाहा छैन सुशील लाई।

आखिर पुरा गर्छु भनेको माग पुरा भएन। अनि केसी ले फेरि भात खान छोड़े।

मैले यो कहानी सुनाएको संघीयता को सन्दर्भ मा हो। सुशील ले "हुन्छ, माग पुरा गर्छु" भनोस्, लिखित दियोस अनि हामी आंदोलन समाप्त गर्छौं भन्ने हरु संघीयता लाई लिप सर्विस दिने हरु हुन, वास्तवमा संघीयता चाहने हरु होइनन्।

उसलाई माग पुरा गर्न आउँदैन। He simply doesn't know.

त्यसैले यो क्रांति को गंतव्य सुशील को ऑटोग्राफ हुनै सक्दैन। यस क्रांति को गंतव्य भनेको सरकार ढालने हो।




In The News (4)



जनकपुर । सद्भावना पार्टी महिला मन्च को नेतृ पुषपा मिशरा लाई घर भित्री पशी प्रहरी द्वरा गोलि प्रहार । अस्पताल लैजाने तयारी ।

जनकपुरको भानु चौकमा सदभावना महिला मन्चको केन्द्रिय माहासचिव बिभा ठाकुर जी आन्दोलन को क्रममा घायल ।


एका तीर काठमांडूमा निशेधित क्षेत्र तोड़ने लाई अश्रु ग्यास र पानी को फ्वॉरा अर्का तीर तराईमा निषेधित क्षेत्र तोड़नेलाई छातीमा बन्दुकको गोली ।

नेपाल को 80% खाद्यान्न मधेसी थारु हरुको खून पसीना मेहनत ले नै आउछ ।हाम्रो दुई छाक भरने यही मधेसी थारु र त्यसको फलस्वरूप हामीले के दियेउ छातीमा बन्दुक को गोली । हरेक नेपालीहरु राती भात को एक गॉस मुखमा हाल्ने अगाडी हातमा लियी स्मरण गर्नु होला - हरेक चामलको सितोमा मधेसी थारु हरुको रगत झल्किनेछ । ज्यानमारा बामदेव तिमी त ज्ञानेन्द्र भन्दा नि बेशी क्रूर रैहछौ ।अब कुन मुखले भनु "हिमाल पहाड़ तराई कोई छैन पराई " ।
कोई भी निष्पक्ष नहीं है सब सत्ता के पण्डे हैं।
आज पुलिस के हाथों में भी अत्याचारी डंडे हैं।।
संविधानसभा के सीने पर ख़ूनी दाग दिखाई देता है।
पूरा मधेश जलियांवाला बाग़ दिखाई देता है।।


सरकारी दमन उत्कर्षमा छ । नेपालका सुरक्षाकर्मीहरुले विदेशी दुश्मणसँग लड्ने शैलीमा गोली बर्साउँदैछन् । प्रत्येक आन्दोलनकारी मारिँदा सरकार पक्षमा अनौठो उत्साह थपिएको देखिन्छ । मानौं, उनीहरुलाई नरबली प्रदान गर्ने काममा नै सरकारले खटाएको छ । यसरी सुरक्षाकर्मीहरुको कसाई बन्ने मनोविज्ञानले अनपेक्षित परिणाम ल्याउँछ । अहिलेसम्म जनताले धैर्य र संयमताका साथ शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । तर आत्मरक्षाका लागि जनताले कुनै कठोर उपाय अपनाए भन्ने स्थिति के हुन्छ ? शासकहरुले सोच्ने बेला आएको छ ।


Nepal's constitutional challenges
With many missed deadlines, what will it take to finalise a constitution?


काँग्रेस एमाले ले बुझेको संघीयता

शेर बहादुर लाई लाग्छ It's a spear. भीम रावल लाई लाग्छ It's a fan. कंस सिटौला लाई लाग्छ It's a wall. केपी ओली लाई लाग्छ It's a rope. सुशील कोइराला लाई लाग्छ It's a tree. बामे लाई लाग्छ It's a snake.



वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार!
गिरिजा सद्दाम हुसैन कोइराला
गणतंत्र भनेको त गुंडाराज पो आयो नेपालमा

वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार!

वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार! सुशील कोइराला, राजीनामा दे, बस। त्यति मात्र। That would be all.

संघीय संविधान घरको नक्शा पास गर्नु जस्तो हो। घर बनाउने काम सिङ्गै बाँकी नै हुन्छ। घरको नक्शा पास गर्ने कुरामा जसलाई विश्वास गर्न सकिएन, त्यसलाई घर बनाउने जिम्मेवारी सुम्पनु कत्तिको बुद्धिमानी ठहरछ?

संघीय गठबंधन ले संघीय संबिधान आफैले ल्याउनु पर्छ। देशमा संघीयता को निर्माण आफैले गर्नु पर्छ। सत्तामा जान नचाहने अथवा जान नसक्नेले राजनीति नगर्नु। जनता लाई दिएको वाचा पुरा गर्ने एक मात्र बाटो सत्ता हो।

यो काँग्रेस एमाले को प्रतिक्रांति का विरुद्ध को क्रांति हो।

सुशील एसएलसी नपढेको मान्छे। उपेन्द्र मास्टर्स डिग्री भएको मान्छे। सुशील भन्दा बढ़ी क्वालिफाइड हो।


७०:३० कि ६०: ४०?

एमाओवादी ले अहिले संविधान सभा छोड्छ र हामी सँग सड़कमा आउँछ भने अंतरिम सरकार ६०: ४० हो। ६० हाम्रो संघीय गठबंधन को। ४० एमाओवादी को। नेतृत्व संघीय गठबंधन को। स्वाभाविक कुरो। चरी-घैंटे गठबंधन सरकार ढल्नु अगाडि नै तर आउनु पर्ने हुन्छ। 

होइन भने सरकार र संविधान सभा ढले पछि ७०:३० हुन्छ। ७० हाम्रो संघीय गठबंधन को। ३० अरुको। 

एका को साफ करो। एमाले काँग्रेस को देश भर से साफ करो।

लालु को MY (Muslim-Yadav), उपेन्द्रको MJ (Madhesi-Janajati) माइकल जैक्सन। लालु को भुराबाल, उपेन्द्र को एका। 





सांस्कृतिक पहिचान भनेको दाद (Skin Disease) हो?

सांस्कृतिक पहिचान भनेको दाद हो? रोग हो? देशको एकता खळबळ पार्ने रोग हो? औषधि खोज्नुपर्ने? संघीयता विरोधी हरुले के भन्न खोजेको?