Thursday, March 05, 2015

भारत बारे काठमाण्डु ले बुझनै पर्ने कुरा

नागरिक घरबार ठूलो कि दिल्ली दरबार?

भु-राजनीति नबुझ्नेले राजनीति को गफै नगर्नु। भारतको भु-राजनीति नबुझ्नेले नेपालमा राजनीति गर्छु भनेर नसोंचे हुन्छ।

सीके राउतको खुट्टा बामेले भाँच्यो। सीके माओवादी भएको भए बामेको दुईटा खुट्टा भाँचिने। तर सीके पर्यो गांधीवादी। म चाहिँ परें मध्यमार्गी --- माओवाद बुझेको तर माओवादी होइन, गांधी लाई चरम हद सम्म आदर गर्ने तर विशुद्ध गाँधीवादी पनि म होइन, Gandhi for me is more about national pride -- मेरो worldview मा बामेको खुट्टा म भाँच्दिन, तर कसैले भाँचि हालेछ भने मैले दुःख मनाउ पनि गर्ने छैन --- सीके को मानव अधिकार हनन हुँदा पहाड़िया तथाकथित मानव अधिकारवादी लाई कुनै किसिमको डिस्टर्ब भा छैन, त्यस्तै ------ तर बामे लाई नेपालको राजनीति बाट मटियामेट गर्न कुनै पनि कसर बाँकी राख्नु हुन्न भन्ने मेरो मान्यता चाहिं हो फेरि।

भारत बारे काठमाण्डु ले बुझनै पर्ने कुरा के हो भने चन्द्रमा ले चाहेर पृथ्वी हल्लिने होइन, पृथ्वीले चाहेर सुर्य गायब हुने होइन। तर त्यो बुझ्ने सानो अंतरिक्ष यान पनि मंगल ग्रह पुग्न सक्छ। अर्थात नेपाल लाई First World Country बन्न कसैले रोक्दैन --- न भारतले रोक्छ, न चीनले, न अमेरिका ले। नेपाल First World Country नभएको कारण नेपाल भित्र छ। कस्तूरी ले आफ्नो नाइंटो छाम्ने हो। देशले दक्ष राजनीतिक नेतृत्व पाए देश समृद्ध बन्छ। त्यो व्यक्ति शायद बाबुराम हो कि? दिल्ली पढेको मान्छे दिल्ली घुम्न गयो --- केही महिना अगाडि अमरेश पनि अमेरिका घुम्न गएको हो। अनि के त? अमेरिकाले नेपालमा चासो लिन नहुने? चन्द्रमाले सुर्य देख्न नहुने?

अमरेशले नेपाली काँग्रेसको नेतृत्व सम्हाले काँग्रेस पार्टी सही बाटोमा आउँथ्यो कि?

 

Tuesday, March 03, 2015

बाबुरामले खोजेको नया धार



पुरानो माओवादी विचारधारामा एकभन्दा बढ़ी दलको लागि ठाउँ हुँदैन। नेपाल लाई त्यता लान सकिँदैन। पुरानो माओवादी विचारधारामा मानव अधिकारको अर्कै परिभाषा हुन्छ। नेपाल ले मानव अधिकार को एउटै अंतर राष्ट्रिय परिभाषा बाहेक अर्को परिभाषा मान्ने कुरा आउँदैन। बहुदल मान्ने, लोकतंत्र मान्ने, मानव अधिकार मान्ने तर पुरानो संसदीय व्यवस्था नमान्ने --- त्यस्तो हुन सक्छ? कि अहिले ५-१० वर्ष गणतंत्र र संघीयता संस्थागत गर्ने अनि त्यसपछि माओवादीले फेरि बन्दुक उठाउने हुन? एक पटक बिसाएको बन्दुक फेरि उठाउनु भन्दा देशमा निर्वाचन जितेर वैधानिक रुपले नै सबै बन्दुक आफ्नो हातमा लिनु बढ़ी उचित हो। कानुनको राज्य भएको देशमा नेपाल सेनाको परिचालन कानुनले गर्छ। र नेपाल सेनाको देशको आतंरिक राजनीतिमा कुनै स्थान छैन। त्यो लोकतन्त्रको मान्यता हो।

पुरानो संसदीय व्यवस्था पनि नमान्ने, फेरि बन्दुक पनि नउठाउने -- त्यस्तो उपाय छ त? अवश्य छ। त्यो हो राजनीतिक पार्टी हरुले पाउने पैसा को व्यवस्थापन। भारत, अमेरिका, बेलायत, फ़्रांस, चीन कतै नभएको लोकतंत्र, उच्चतम लोकतंत्र नेपालमा स्थापना गर्ने तर्फ सोंचिनु पर्दछ। त्यो कसरी?

राष्ट्रिय चुनावमा जितेको मतको आधारमा प्रत्येक पार्टीले त्यस समानुपातिक पैसा राज्य (state) बाट पाउने, त्यस बाहेक पैसा कतै बाट लिन नपाउने -- त्यस किसिमको संवैधानिक प्रावधान राख्ने। त्यस प्रावधानले देशमा वास्तब मै एक व्यक्ति एक मतको लोकतंत्र स्थापना गर्नेछ। गरीबको वोट पनि एक वोट, धनीको वोट पनि एक वोट। त्यति गरे पछि अर्को क्रांति को आवश्यकता हुँदैन। चुनाव मात्र चाहिने हुन्छ।

तीन चिरामा चिरिएको माओवादी --- अझ चार हो कि --- एक हुने उपाय यही हो। बाबुरामले खोजेको नया धार यही हो।

राज्य (state) ले कंपनी को स्वामित्व लिने कुरामा पनि खासै विवाद छैन। मोदीले गुजरातको मुख्य मंत्री बने पछि एउटा पनि राज्य (state) को स्वामित्व मा रहेको कंपनी लाई निजीकरण (privatize) गरेनन ---- बल्कि राजनीतिक हस्तक्षेप नगर्ने हो भने ती कंपनी ले प्राइवेट कंपनी हरु भन्दा राम्रो काम गरेर देखाउन सक्छन भन्ने कुरा प्रमाणित गरिदिए। त्यो व्यक्ति आज प्रधान मंत्री छ, संसारको सबै भन्दा पॉपुलर राजनीतिज्ञ छन।

अर्को कुरा हो शिक्षा, स्वास्थ्य र रोजगार को। माओवादी सरकारमा आएर शिक्षा, स्वास्थ्य र रोजगार को मामिलामा राम्रो काम गर्छन भने तिनलाई जनताले झनै मन पराउने छन। तर प्राइवेट सेक्टर लाई नजरअंदाज गर्न मिल्दैन। गरीब का लागि पनि infrastructure चाहिन्छ। बिज़नेस friendly environment गरीब का लागि पनि चाहिन्छ। प्राइवेट सेक्टर ले राम्रो कमाई गर्छन भने बढ़ी टैक्स तिरछन --- टैक्स बढ़ी तिरिन्छ भने गरीब जनता का लागि शिक्षा र स्वास्थ्य मा बढ़ी खर्च गर्न सकिन्छ। अधिकांश गरीब जनताले रोजगार पाउने भनेको प्राइवेट सेक्टर मा नै हो।

बाबुरामले खोजेको नया धार मा बहुदल छ, र स्थायी रुपले छ, लोकतंत्र र मानव अधिकार छ। सरकारी स्वामित्व का कंपनी छन, प्राइवेट सेक्टर छ। सबै भन्दा महत्वपुर्ण कुरा ----- देशका राजनीतिक पार्टीले चुनावमा अर्जेको मतको समानुपातिक राज्य (state) बाट पैसा पाउने प्रावधान छ। शायद त्यो तीन तहमा छ: केंद्र, राज्य, स्थानीय।

नया धार मा स्थान नपाउने राजनीतिक हिंसाले मात्र हो। नत्र भने अरु सब थोकले ठाउँ पाउने हो। बरु नेपालका माओवादीले चीन लाई पनि बहुदल र मानव अधिकार र संघीयता तरफ डोर्याउने प्रयास गर्ने हो।

भारतमा केजरीवाल ले पनि नया धार नै खोजेका हुन।


काँग्रेस, एमाओवादी र मधेसी मोर्चाको सरकारको कल्पना

सरकारबाट निस्किने धम्की दिएर एमाले ले देशमा राजनीतिक निकासको बाटो खोलि दिएको हो?

Will quit govt unless NC takes up CA vote: UML

सरकार का लागि सरकारमा जाने कुरा त आउँदैन तर सरकारमा जाने कसरतले संविधान को मुद्दामा सहमति तिर पुगिन्छ भने सरकारमा जाने कुरा को औचित्य बन्न जान्छ।

केपी ओली कहिले प्रधान मंत्री नबन्ने निधो भइसकेको मान्छे लाई प्रधान मंत्री बन्न हतार!

एक मधेस तीन प्रदेश काँग्रेसको आधिकारिक लाइन हो, त्यस पार्टीको महासमिति ले पास गरेको, झापा, चितवन, कंचनपुर समेटेको एक मधेस। एक मधेस दुई प्रदेश माओवादी-मधेसी को लाइन हो। यी तीन शक्ति लाई एक ठाउँमा उभिन गार्हो छैन। संविधानको अंतिम विवादित विषयमा यी तीन शक्ति एक ठाउँमा आए देशको राजनीति फुक्का हुन्छ।

माओवादी-मधेसीले काँग्रेसले भने जस्तो संसद बाट निर्वाचित प्रधान मंत्री मान्ने, काँग्रेसले आफ्नो महासमिति ले पास गरेको एक मधेस मान्ने र दुई प्रदेश मा जाने।


Monday, March 02, 2015

भारत, चीन, अमेरिका, यूरोप सबले सहमति भनेको अवस्था

The Flag of India. The colours are saffron, wh...
The Flag of India. The colours are saffron, white and green. The navy blue wheel in the center of the flag has a diameter approximately the width of the white band and is called Ashoka's Dharma Chakra, with 24 spokes (after Ashoka, the Great). Each spoke depicts one hour of the day, portraying the prevalence of righteousness all 24 hours of it. (Photo credit: Wikipedia)
नेपालको संविधान सहमतिको आधारमा लेखिनु पर्छ भनेर नभनेको विश्व शक्ति एउटा पनि छैन। प्रधान मंत्री हुनासाथ ए फलाना, टनकपुर कसको, नेपालको कि भारतको भनेर भारतलाई रिझाउन खोजेको मान्छे सुशील। यकायक विश्वको प्रत्येक शक्तिलाई एकै पटक चुनौती दिने will power कहाँ बाट आयो सुशीलको? हॉर्लिक्स खान थालेको हो?

भारत, चीन, अमेरिका, यूरोप सबले सहमति भनेको अवस्था छ।  सहमतिमा जाने हो। अर्को उपाय नै छैन। 

सन्धि सम्झौता नमान्ने राज्यले आफ्नो अस्तित्व आफै समाप्त गर्छ

एउटा मान्छे जीउँदो छ र उसको आयु निकै बाँकी नै छ तर उसले आफु ख़ुशी साँस फेर्न छोड़्यो भने के हुन्छ? परम धाम प्राप्ति हुन्छ। त्यस्तै कुनै राज्य (state) ले आफुले गरेका सन्धि सम्झौता मान्दिन भनेको साँस फेर्न छोड़े जस्तो हो। देश बिखण्डन तिर जान्छ।

राज्यको बागडोर सुशील कोइराला को हातमा छ। सुशील ले यसरी केपी को लहै लहै मा लागेर साँस फेर्न छोड्नु घातक कुरो हो। देश टुक्र्याउने तरिका हो त्यो।

सन्धि सम्झौता नमान्ने राज्यले आफ्नो अस्तित्व आफै समाप्त गर्छ। सोवियत यूनियन छँदै छैन अनि त्यो नभएको सोवियत यूनियन ले कुन सन्धि सम्झौता मान्ने?



The Last Mughal: The Fall of a Dynasty, Delhi, 1857; Indian Summer: The Secret History of the End of an Empire
"In the beginning, there were two nations. One was a vast, mighty and magnificent empire, brilliantly organized and culturally unified, which dominated a massive swath of the earth. The other was an undeveloped, semifeudal realm, riven by religious factionalism and barely able to feed its illiterate, diseased and stinking masses. The first nation was India. The second was England. The year was 1577. . . ."
Tragedy & humiliation: Last Mughal Emperor Bahadur Shah Zafar's final journey to Rangoon

Saturday, February 28, 2015

कोशी, गण्डकी, कर्णाली मधेसीको हातबाट पुर्ण रुपले खोस्ने काँग्रेस-एमालेको बेइमान नक्शा




मधेसी नेताका ढिस्का हरु

राजा जनकले त्यो जमाना मा हिमालय देखि गंगा सम्म राज गरेको। आज का मधेसी नेताले कमसेकम केही ढिस्को हरु माथि राज गर्ने हो। चुरिया पहाड़ लाई आफ्नो उत्तरी सीमाना नमान्ने। अझ उत्तर जाने। सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली, उदयपुर लिने, झापा, मोरंग, कैलाली, कंचनपुर दिने। Give and take.






Thursday, February 26, 2015

सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर

काँग्रेस-एमाले ले प्रस्तुत गरेको नक्शामा सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर मधेसका दुई राज्यमा मिसाइ दिने हो भने झापा, मोरंग, कैलाली, कंचनपुर लगे पनि हुन्छ कि? सुनसरी चाहिं हुँदैन। लचक भएको। Give and take.

मधेस राज्य सँग सिन्धुली, मकवानपुर र चितवन छ भने त्यस राज्य को राजधानी सँग राम्रो र नजिक को सम्बन्ध हुने भो। मधेस को राजधानी जनकपुर हुने भो। जनकपुरको तुलनामा बीरगंज र बिराटनगर केही होइन। 

काठमाण्डु माथि मधेसीको शासन स्थापित भए पछि

काठमाण्डु माथि मधेसीको शासन स्थापित भए पछि हुने पहिलो काम तिब्बत का शरणार्थी हरुलाई harass गर्ने काम पुर्ण रुपले बंद गर्ने हुन्छ। शांतिपूर्ण ढंगले तिब्बत का शरणार्थी हरुले जस्तो सुकै राजनीतिक क्रियाकलाप पनि गर्न पाउने छन। नेपाल भनेको चीनको satellite state होइन। अरुणाचल प्रदेश चीनको होइन कि तिब्बत मधेसको हो। हजारों साल पुराना इतिहास साक्षी छ। इतिहासमा तिब्बत चीनको कहिले थियो? बुद्ध भारतमा जन्मेको भनेर कुनै नामै नचलेको पत्रिकाले कतै झुक्किएर छापी दियो भने दुनिया भरि तमाशा गर्ने नेपाली हरु तिब्बत को सवाल मा चीन को च किन गर्ने? चीनसे डरना क्या -- असत्य से डरो।


































चीनको Ruling Class को दिमागमा कीड़ा परेको

Tenzin Gyatso, the fourteenth and current Dala...
Tenzin Gyatso, the fourteenth and current Dalai Lama, is the leader of the exiled Tibetan government in India. He was awarded the Nobel Peace Prize in 1989. Photographed during his visit in Cologno Monzese MI, Italy, on december 8th, 2007. (Photo credit: Wikipedia)
दलाई लामा जस्तो मान्छे लाई आतंकवादी भन्ने चीनको Ruling Class को दिमागमा कीड़ा परेको नै भन्नु पर्ने हुन्छ। If the Dalai Lama wants to visit Tibet, as he does, he should be allowed to visit Tibet. No muss, no fuss. What's the big deal?

बुद्ध मधेस मा जन्मेको मधेसी। तिब्बत आजको मितिमा बुद्ध धर्मको नंबर एक गढ़। तिब्बत का बारे मधेसले अडान लिन्छ त। चीन जाए भांड मे।


समावेशी राज्य र सिङ्गो देश

प्रत्येक तीनमा एक नेपाली मधेसी हो भने समावेशी नेपालमा प्रत्येक तीनमा एक सैनिक मधेसी हुनुपर्यो, प्रत्येक तीनमा एक प्रहरी मधेसी हुनुपर्यो र त्यो कुरा मधेस राज्य आफैले गर्ला, प्रत्येक तीनमा एक diplomat मधेसी हुनुपर्यो, प्रत्येक तीनमा एक राजदुत मधेसी हुनुपर्यो। त्यति भयो भने म मधेस अलग देशको कुरा गर्न छोड्छु भनेर सीके राउतले भनेका छन।

भने पछि देशलाई एक राख्ने इच्छा भएका काँग्रेस-एमालेका बाहुनहरुले (म चाहिँ neutral हो) तँछाड़मछड़ गर्नु पर्ने। मेनिफेस्टो मा लेख्नु पर्ने। एउटा ले हामी अहिलेको सात वर्ष भित्र प्रत्येक तीनमा एक सैनिक मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक प्रहरी मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक राजदुत मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक कर्मचारी मधेसी भएको नेपाल निर्माण गर्छौं भन्नु पर्ने। अर्कोले हामी अहिलेको छ वर्ष भित्र प्रत्येक तीनमा एक सैनिक मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक प्रहरी मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक राजदुत मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक कर्मचारी मधेसी भएको नेपाल निर्माण गर्छौं भन्नु पर्ने। त्यसरी होड़बाजी गर्नु पर्ने।

पहिला सार्वभौमसत्ता राजाकोमा थियो र राजाले देशलाई एक राखेको थियो। अब त सार्वभौमसत्ता त जनताको मा आइसक्यो। सीके राउत एक जनाले चाहेर देश टुट्दैन, तर जनताले चाहे देश टुट्छ त। भने पछि देश एक राख्ने इच्छा भएका हरु जनताको मा जाने।

समावेशी राज्य निर्माण गर्ने हो भने देश एक रहन्छ --- म ठोकुवा का साथ भन्छु। सिङ्गो देश एक राख्नु छ भने  समावेशी राज्य निर्माण गर्ने हो। दमजम लाई पाखा होइन काखा।