शरदसिंह भण्डारी १६औँ पटक मन्त्री बन्दा किन खुशी छैनन् जिल्लावासी? २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक विजयी भएका भण्डारी त्यसयता हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । २०३८ देखि २०७९ सालसम्म्म आइपुग्दा विभिन्न दलहरूलाई प्रयोग गरेर मधेसको इतिहासमा नै सबैभन्दा बढी पटक मन्त्री हुने नेताका रूपमा दर्ज भएका भण्डारीलाई लिएर उनको गृह क्षेत्र भने खुसी हुन सकेको छैन । ........ सक्रिय राजनीति गरेको पाँँच दशकमा सत्ता र शक्तिकै लागि आधा दर्जन पार्टी परिवर्तन गरेका उनको सत्तागमनले कुनै प्रभाव नपर्ने महोत्तरी–२ का स्थानीयको बुझाइ छ । उनको राजनीति इतिहासमा २०५१ सालमा पार्टीले टिकट नदिँदा दल त्याग गरेर स्वतन्त्र निर्वाचन लडेको घटना छ । जसले उनको केन्द्रभावमा जनता नभई सत्ता र शक्ति प्राप्तिमा रहेको बुझाउँछ । ....... आफ्ना जनप्रतिनिधि भण्डारी पटक पटक मन्त्री बने पनि गृह क्षेत्र भने खुसी मनाउन सकेको छैन । निर्वाचित भइसकेपछि आफ्नो गृह क्षेत्रमा कमै जाने र जनताको चाहना र आवश्यकताअनुसार काम नगर्ने भएकाले जनतामा उनको सत्तारोहणले खुसी दिन नसकेको हो । ....... शिक्षा, स्वास्थ्य लगायतका आधारभूत जनताको आवश्यकता पूरा गर्न पनि उनले नसकेको महोत्तरी साक्षारता हिसावले देशकै ७५औँ स्थानमा पर्नुले पुष्टि हुने बर्दिबासका निरज अधिकारी बताउँछन् । यहाँ गरिबीकै कारण बर्सेनि धेरैले आत्महत्या गरेका तथ्यांक छ भने रोजगारको अभावले ७० प्रतिशत युवाहरु वैदेशिक रोजगारमा गएका तथ्यांकले देखाएको छ ।
प्रहरीबाट किन कुटाई खाए जसपा अध्यक्ष यादवले
तनहुँ–१ मा त्रिपक्षीय भिडन्त : कांग्रेसको गढमा स्वर्णिमलाई छैन सहज तनहुँ–१ कांग्रेसको गढ मानिन्छ । २०४८ यताका सात निर्वाचनमा २०७४ बाहेक कांग्रेसका पौडेलले जित्दै आएका थिए । गत मंसिर ४ को निर्वाचनमा पौडेलले पाँच दलीय गठबन्धनको सहयोगमा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार बढी मतले पराजित गरेका थिए । पौडेलले २५ हजार ३ सय ६१ मत पाउँदा मगरले १९ हजार ९ सय मत पाएका थिए । ....... यता कांग्रेस त्यागेर रास्वपाबाट पहिलोपटक चुनावमा उम्मेदवार बनेका वाग्लेलाई पनि चुनाव जित्न सहज देखिँदैन । मंसिरको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । प्रत्यक्षमा चौंथो भएको रास्वपा समानुपातिकतर्फ भने तेस्रो ठूलो दल बनेको थियो । रास्वपाले समानुपातिकमा २२ हजार बढी मत ल्याएको थियो । तर, २० दिनमात्र परको चुनावमा वाग्लेलाई आफ्नो पक्षमा माहोल बनाएर चार गुणा बढी मत ल्याउन पक्कै पनि सहज हुने छैन । ....... त्यसमाथि केही मतदाताले वाग्लेलाई ‘टुरिस्ट’ उम्मेदवारको आरोप लगाएका छन् । तर, यति हुँदाहुँदै पनि उनले दिन प्रतिदिन तनहुँमा राम्रो माहोल बनाइरहेको देखिन्छ । विशेषगरी युवा वर्गले उनको बौद्धिकतालाई अनुमोदन गरेर उनलाई संसद् पठाउने चर्चा यतिबेला चलिरहेको छ । अर्थको क्षेत्रमा उनले बनाएको साखले काम गर्यो भने वाग्लेले चुनाव जित्न सक्छन् ।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Wednesday, April 05, 2023
बारा २
मन्त्रीबारे देउवाको प्रस्तावले शेखर र गगनबिच मतभेद
उपेन्द्रलाई प्रभुको चुनौती : सप्तरीका जनताले लखेटेको नेता बारामा पनि पराजित हुनेछ
पूर्वमन्त्री खान भारतीय गिरोहको ‘सेक्स ट्रयाप’मा
उम्मेदवारी दर्ता नहुँदै बारा–२ मा जसपा र जनमतको घरदैलो कार्यक्रम (फोटोफिचर) जनमत पार्टीका अध्यक्ष डा.सीके राउत हिजैदेखि बारामा छन् । उनी कहिले आफ्ना उम्मेदवार कुशवाहालाई साथमा लिएर त कहिले एक्लै मतदाताको घरदैलो, खेतबारी, मन्दिर, पसलहरुमा पुगिरहेका छन् । .......... बारा–२ मा एकलाख पाँच हजार ११ जना मतदाता छन् । त्यसमध्ये जसपाका रामसहाय यादव (अहिलेका उपराष्ट्रपति) ले १३ हजार ८२२ मत ल्याएर जसपा–एमाले गठबन्धनबाट विजयी भएका थिए । दोस्रो स्थानमा रहेका माओवादी–कांग्रेस–लोसपालगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुशवाहा (माओवादी)ले १३ हजार ४६८ मत ल्याएका थिए । उनी जनमत पार्टीमा प्रवेश गरेर त्यहाँबाट पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
मधेश सरकारबाट एमालेलाई निकाल्दा जनमत यथावत किन ? यस्तो छ कारण दुवै परिस्थितीमा जनमत चाहिने भएकाले जनमत सरकारमै
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
बहुरूपिया उम्मेदवारलाई बारावासीले हराउँछन् : आजपा अध्यक्ष साह
‘सरकार पुनर्गठनमा आजसपासँग धोका भयो’
‘उपेन्द्र यादव दुई तिहाई मतले उपनिर्वाचन जित्छन्’ बारा २ मा जम्मा ३८ वटा वडामध्ये २८ वटा वडामा गठबन्धनको बर्चस्व रहेको उनले लेखेका छन् ।
‘सीके राउत हरेक चीजमा बार्गेनिङ्ग गर्दै हुनुहुन्छ’ उहाँ बारा २ मा पराजित हुनुहुन्छ भन्ने कुरा कसैले सोच्दै नसोच्नु । मधेशका जनता यति अराजनीतिक छैनन् कि उहाँ फेरि हराएर पठाउँछन् । त्यहाँ जनताले भनिरहेका छन् कि कुनै पनि हालतमा उहाँलाई जिताएर पठाउने । ..... उहाँको थर यदि यादव नभएर उपाध्याय, दाहाल वा अन्य अरु केही भएको भए उहाँ पहिले नै प्रधानमन्त्री बनिसक्नु हुन्थ्यो । ....... गठबन्धनको बैठकमा उहाँले अहिलेसम्म कुनै पनि सवाल खडा गर्नुभएको छैन । राजनीतिमा लोकप्रियताका लागि विभिन्न किसिमका व्यक्तव्य दिने कुराहरु भइरहन्छ । ....... डा.सीके राउत अहिले नवसिखुवा राजनीतिज्ञ जस्तो व्यवहार प्रदर्शन गर्दै हुनुहुन्छ । उहाँ अहिले गठबन्धनमा पनि हुनुहुन्छ तर गठबन्धनकै निर्णय मानिरहनु भएको छैन । हरेक चीजमा उहाँ बार्गेनिङ्ग गर्दै हुनुहुन्छ । जब गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने निर्णय भइसकेको थियो भने कि यो पदन देउ कि यो पद देउ भन्दै बच्चाजस्तो खेल गर्दै हुनुहुन्छ । यसरी राजनीति चल्दैन । उहाँ अहिले नयाँ–नयाँ राजनीतिमा आउनुभएको छ, धेरै कुरा सिक्न बाँकी छ । उहाँ धैर्य राख्नुपर्छ ।
उपनिर्वाचनमा दलहरूका यस्ता रणनीति राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ र चितवनमा सहजै जित हासिल गर्ने ....... आन्तरिक विश्लेषण छ । जसपाको सत्तागठबन्धनका बलमा चुनाव जित्ने अपेक्षा छ । ........ युवा मत आकर्षित गर्न सक्ने आधारमा युवा महामन्त्रीद्वय विश्वप्रकाश शर्मालाई चितवन २ र गगन थापालाई तनहुँ १ को कमान्डर तोकेको छ । ........ वाग्लेले कांग्रेसको मत काटेको अवस्थामा एमालेलाई फाइदा पुग्न सक्ने कांग्रेसको आन्तरिक आकलन छ । त्यहाँ वैकल्पिक धारको विवेकशील साझा पार्टीको पनि वाग्लेलाई समर्थन छ । त्यस्तै, कांग्रेसका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोलाले पनि वाग्लेलाई मत मागेका छन् । ........ वाग्लेले कांग्रेस त्याग्नुअघि निरन्तर महामन्त्री थापाको निकट भएर काम गरेका थिए । यस आधारमा महामन्त्री थापालाई नै तनहुँमा जित निकाल्ने जिम्मेवारी दिइएको छ । चितवनमा स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा मत मागेका छन् । ....... कांग्रेसले समानान्तर रूपमा बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई मत दिन पार्टीपंक्तिलाई सक्रिय बनाएको छ । माओवादी र एकीकृत समाजवादीले उपनिर्वाचनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् । चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवार र बारा २ मा जसपाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । ....... उपनिर्वाचनमा तीनै क्षेत्रमा जित निकाल्ने दाबीसहित राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिनस्विप’ रणनीति तयार पारेको छ । सोही कारण रास्वपा सभापति रवि लामिछानेले सार्वजनिक रूपमै भनिरहेका छन्, ‘हामी क्लिनस्विप गर्छौँ । एकको बदला तीन सांसद भएर संसद् छिर्छौँ ।’ ....... चितवन २ मा सभापति लामिछाने, तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्ले ....... मंसिरको मनोविज्ञानका आधारमा मत बटुल्ने र पुराना दलमाथि आक्रामक रवैया अपनाएर उपनिर्वाचनमा जित निकाल्ने रास्वपाको रणनीति छ । ........ ‘चितवन २ मा हाम्रो मत घटेको छैन, झन् बढेको छ । त्यसैले सहजै जित्छौँ,’ उनले भने । ....... कांग्रेसको पकड क्षेत्र मानिएको तनहुँ १ मा वाग्ले पूर्वकांग्रेसी भएका कारण धेरै मत आफूतिर ‘ट्रान्सफर’ हुने रास्वपाको आकलन छ । तनहुँ १ मा यसअघि रास्वपा १२ हजार सात सय ७३ समानुपातिक मत ल्याएर चौथो स्थानमा थियो । .
‘उपनिर्वाचनमा उपेन्द्रको जित सुनिश्चित छ’

Subscribe to:
Comments (Atom)