Wednesday, April 05, 2023

5: Ukraine

शरदसिंह भण्डारी १६औँ पटक मन्त्री बन्दा किन खुशी छैनन् जिल्लावासी? २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक विजयी भएका भण्डारी त्यसयता हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । २०३८ देखि २०७९ सालसम्म्म आइपुग्दा विभिन्न दलहरूलाई प्रयोग गरेर मधेसको इतिहासमा नै सबैभन्दा बढी पटक मन्त्री हुने नेताका रूपमा दर्ज भएका भण्डारीलाई लिएर उनको गृह क्षेत्र भने खुसी हुन सकेको छैन । ........ सक्रिय राजनीति गरेको पाँँच दशकमा सत्ता र शक्तिकै लागि आधा दर्जन पार्टी परिवर्तन गरेका उनको सत्तागमनले कुनै प्रभाव नपर्ने महोत्तरी–२ का स्थानीयको बुझाइ छ । उनको राजनीति इतिहासमा २०५१ सालमा पार्टीले टिकट नदिँदा दल त्याग गरेर स्वतन्त्र निर्वाचन लडेको घटना छ । जसले उनको केन्द्रभावमा जनता नभई सत्ता र शक्ति प्राप्तिमा रहेको बुझाउँछ । ....... आफ्ना जनप्रतिनिधि भण्डारी पटक पटक मन्त्री बने पनि गृह क्षेत्र भने खुसी मनाउन सकेको छैन । निर्वाचित भइसकेपछि आफ्नो गृह क्षेत्रमा कमै जाने र जनताको चाहना र आवश्यकताअनुसार काम नगर्ने भएकाले जनतामा उनको सत्तारोहणले खुसी दिन नसकेको हो । ....... शिक्षा, स्वास्थ्य लगायतका आधारभूत जनताको आवश्यकता पूरा गर्न पनि उनले नसकेको महोत्तरी साक्षारता हिसावले देशकै ७५औँ स्थानमा पर्नुले पुष्टि हुने बर्दिबासका निरज अधिकारी बताउँछन् । यहाँ गरिबीकै कारण बर्सेनि धेरैले आत्महत्या गरेका तथ्यांक छ भने रोजगारको अभावले ७० प्रतिशत युवाहरु वैदेशिक रोजगारमा गएका तथ्यांकले देखाएको छ ।

प्रहरीबाट किन कुटाई खाए जसपा अध्यक्ष यादवले
तनहुँ–१ मा त्रिपक्षीय भिडन्त : कांग्रेसको गढमा स्वर्णिमलाई छैन सहज तनहुँ–१ कांग्रेसको गढ मानिन्छ । २०४८ यताका सात निर्वाचनमा २०७४ बाहेक कांग्रेसका पौडेलले जित्दै आएका थिए । गत मंसिर ४ को निर्वाचनमा पौडेलले पाँच दलीय गठबन्धनको सहयोगमा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार बढी मतले पराजित गरेका थिए । पौडेलले २५ हजार ३ सय ६१ मत पाउँदा मगरले १९ हजार ९ सय मत पाएका थिए । ....... यता कांग्रेस त्यागेर रास्वपाबाट पहिलोपटक चुनावमा उम्मेदवार बनेका वाग्लेलाई पनि चुनाव जित्न सहज देखिँदैन । मंसिरको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । प्रत्यक्षमा चौंथो भएको रास्वपा समानुपातिकतर्फ भने तेस्रो ठूलो दल बनेको थियो । रास्वपाले समानुपातिकमा २२ हजार बढी मत ल्याएको थियो । तर, २० दिनमात्र परको चुनावमा वाग्लेलाई आफ्नो पक्षमा माहोल बनाएर चार गुणा बढी मत ल्याउन पक्कै पनि सहज हुने छैन । ....... त्यसमाथि केही मतदाताले वाग्लेलाई ‘टुरिस्ट’ उम्मेदवारको आरोप लगाएका छन् । तर, यति हुँदाहुँदै पनि उनले दिन प्रतिदिन तनहुँमा राम्रो माहोल बनाइरहेको देखिन्छ । विशेषगरी युवा वर्गले उनको बौद्धिकतालाई अनुमोदन गरेर उनलाई संसद् पठाउने चर्चा यतिबेला चलिरहेको छ । अर्थको क्षेत्रमा उनले बनाएको साखले काम गर्यो भने वाग्लेले चुनाव जित्न सक्छन् ।

No comments: