Showing posts with label spirituality. Show all posts
Showing posts with label spirituality. Show all posts

Saturday, February 11, 2023

A Social Transformation Formula Without Parallel In Human History



महन्थ ठाकुरलाई संसदबाट ओलीको लिफ्ट, राष्ट्रपतिको चुनाव लागेको हो ? ठाकुरलाई राष्ट्रपतिमा अघि सारे सबै दलले स्वीकार गर्ने स्थितीको सम्भावना देखेर ओलीले ठाकुर संग छलफल गर्न लागेको हुन सक्ने बताइएको छ ।

ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन
नागरिक उन्मुक्ती चट्टानी अडानबाट टसमस नहुँदा ढल्यो सुदुर पश्चिम सरकार
रास्वपा बिबादमा फँस्दा विवेकशील साझाका नेताहरु एक हुदै
ओली, प्रचण्ड, उपेन्द्र र राउतले फोन गरेर फलानोलाई मन्त्री बनाउ भन्छ, म के गर्नु ? : मुख्यमन्त्री

प्रचण्ड फकाउन देउवाको ‘दूत’ बने गगन राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किनेमा कांग्रेस आशावादी ........ कांग्रेस स्रोतका अनुसार सत्ता गठबन्धनको विकल्प खोज्दा आगामी पाँच वर्ष सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने, त्यसमा कांग्रेसले लिखित सहमति नै गर्नुपर्ने र यसमा कांग्रेसको सिंगो पंक्तिको साथ हुनुपर्ने प्रचण्डको अपेक्षा थियो । त्यसमा पनि कांग्रेसको संस्थापन इतर पक्षको मनोविज्ञान बुझ्न प्रधानमन्त्री प्रचण्डले आफै उनीहरूसँग संवाद गर्न चाहेका थिए । ........ ‘राष्ट्रपतिको निर्वाचनबाट राष्ट्रपति मात्र प्राप्त हुन्थ्यो र अरू केही प्राप्त हुने अवस्था थिएन भने कांग्रेसले यत्रो धेरै ‘पापड’ पेल्दैनथ्यो,’ कांग्रेस स्रोत भन्छ । राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किन्छ भन्नेमा कांग्रेसका अधिकांश नेता आशावादी छन् । ....... शुक्रबार (आज) बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक हार्दिकता पूर्ण हुन नसकेको सङ्केत देखिएको छ । एमालेका अध्यक्ष केपी ओलीले आज संसद् भवनबाट बाहिरिँदा गठबन्धनको भविष्यबारे प्रस्ट जवाफ दिएनन् । सञ्चारकर्मीले ‘सुदूरपश्चिम सरकार जोगाउन सक्नुभएन, काठमाडौँको सरकार के होला अध्यक्षज्यू’ भनेर प्रश्न गर्दा ‘हेर्दै जाऔँ’ भन्ने ओलीको टिप्पणी थियो ।

राष्ट्रपतिमा ओलीले खोजे महन्थको साथ
लामिछाने सहभागी भएको बैठकमा किन गएनन् जसपा, जनमत, उन्मुक्ति पार्टी ?
वामपन्थी पार्टीबीच एकताबारे छलफल
मस्यौदा समिति बैठकमा अमरेश जंगिएपछि...
संसद‍्मा राष्ट्रपतिको सम्बोधनपछि कसले के भने ?
एक साता नबित्दै रास्वपालाई फेरि सरकारमा सहभागी गराउन छलफल

सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगकाे सदस्य चुनावमा पराजित आफ्नै दाइलाई योजना आयोगमा सिफारिस गरेपछि पार्टीभित्र र बाहिर आलोचना सुरु भएको छ । यसअघि पनि अध्यक्ष सिके राउतले आफन्त बबिता राउतलाई समानुपातिक प्रणालीबाट मधेस प्रदेश सभामा ल्याएका थिए । उनी अहिले उपसभामुख छिन् । अध्यक्ष राउतको यो कदमको पनि चर्को आलोचना भएको थियो । ........ उनले भाइलाई संसदीय राजनीति गर्न सुझाव दिँदै आएका थिए । सिके राउत जेल पर्दा जयकान्तले नै कानुनी तथा प्रशासनिक कामहरू गरेर निकाल्न पहल गर्थे । स्वतन्त्र गठबन्धन छाडेर सिके राउत मूलधारमा आउनुमा जयकान्तको हात रहेको छ । जयकान्तले पछिल्लो समय सिके राउत थुनामा रहेका बेला उनलाई रिहा गर्न र ११ बुँदे सम्झौता गराउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेर वातावरण निर्माण गर्न सफल भएका थिए ।

राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय ! ‘हामीले उद्योग मन्त्रालयमा अझै दाबी छाडेका छैनौँ र प्रधानमन्त्री प्रचण्डले पनि दिने आश्वासन दिनुभएको छ ।’
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिमा माओवादीसँग कांग्रेस ढुक्क : पुरानो गठबन्धन ब्युँताउन प्रचण्डका तीन सर्त कांग्रेस स्रोतका अनुसार सत्ता गठबन्धनको विकल्प खोज्दा आगामी पाँच वर्ष सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने र त्यसमा कांग्रेसले लिखित सहमति नै गर्नुपर्ने प्रचण्डको अपेक्षा छ । ....... त्यसमा सिंगो कांग्रेस आफुलाई प्रधानमन्त्री मानेर जान तयार छ छैन भन्नेमा समेत प्रचण्डले कांग्रेस नेताहरुसँग जिज्ञासा राखेका छन् । ...... कांग्रेस स्रोतका अनुसार अबको ३/४ दिनमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले राष्ट्रपतिमा ‘तपाईको उम्मेदवारलाई सहयोग गर्न सक्दिनँ’ भनेर कित्ता क्लियर गर्ने तयारी गरेका छन् । त्यो अवस्थामा एमाले सरकारबाट बाहिरिन सक्नेपनि कतिपयको आँकलन छ । सोही अनुसार कांग्रेसले अहिले राष्ट्रपतिको निर्वाचनलाई प्रचण्ड नेतृत्वको सरकारमा पुग्ने भ-याङ बनाउन चाहेको छ । ........ राष्ट्रपति निर्वाचनपछि पुनः सत्तामा फर्किने प्रधानमन्त्री प्रचण्डसँगको सहमितिपछि रास्वपा आइतबार सरकारबाट बाहिरिसकेको छ । ....... रास्वपा सभापति रवि लामिछानेले आइतबारको पत्रकार सम्मेलनमा कुनै पनि बेला सरकारमा जान सकिने बताएका थिए । ....... ओलीले संसद विघटनको प्रसंग आनवश्यक रुपमा झिके । यसले प्रचण्डलाई अप्ठ्यारो पारेको कांग्रेस नेताहरुको तर्क छ । महामन्त्री थापासँगको भेटमा पनि प्रचण्डले ओलीको सम्बोधनको प्रसंग निकालेका थिए । ....... ओलीले गरेको संसद विघटनको बचाउले सत्ता गठबन्धनमा विवादको विजारोपण गरेको हुन्छ भनेर थापाले दिएको अभिव्यक्ति आफूले नोटिस गरेको प्रचण्डको भनाइ थियो । कांग्रेसले दिएको विश्वासको मतलाई स्वभाविक रुपमा लिएर सभामुखमा देवराज घिमिरेको ठाउँमा पृथ्वीसुब्बा गुरुङलाई अगाडि सारेको भए प्रचण्ड नझस्किने कतिपयको बुझाइ छ । ......... राष्ट्रपतिमा सुवास नेम्वाङको विकल्पमा विष्णु रिमाल र गुरु बरालको नाम अगाडि नसारेपछि प्रचण्ड थप झस्किएकोे कांग्रेस नेताहरुको विश्लेषण छ । ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर आफूमाथि दबाब बढाएको प्रचण्डको बुझाइ छ ।

लोसपाले महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने!

रास्वपा संगठन विस्तारमा केन्द्रित हुने
नागरिक उन्मुक्तिले ‘उधारो’ नमान्दा मुख्यमन्त्री रावलको पद धरापमा
रवि लामिछानेविरुद्ध अमेरिकामा छन् अझै यी मुद्दा
यती एयरको पखेटामा समस्या

फुड ब्लगिङ करिअरसँगै व्यवसाय





दुईदिने भ्रमणका लागि नेपाल आइपुगिन् समान्था



Saturday, November 06, 2021

News: November 6

‘धुँवा आयो भन्दा सुरुमा वास्ता गरिनँ, एकैछिनमा परिवार सखाप भयो’ ‘दियोसँगै पर्दा रहेछ, पर्दामा आगो सल्किएर माथि रहेको भान्छासम्म पुगेको हुनसक्छ ।’ ग्याँसको पाइप पनि डढेको हुनाले त्यही माध्यमबाट आगो सिलिण्डरसम्म पुगेको अनुमान गरिएको छ ।
देउवाको दाबीमा प्रचण्डको खण्डन : समय मागेका हौं, एमसीसी पास गर्छौं भनेका होइनौं
‘प्रधानन्यायाधीशले राजीनामा दिनु सबभन्दा उत्तम हुन्छ’ उनीहरुले सर्वोच्च अदालतमा बहस गरिरहेका छैनन् भने सर्वोच्च अदालतका न्यायाधीशहरुले वन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरिरहेका छैनन् । ...... म जन्मिँदा राणा शासन थियो । ००७ सालको परिर्वतन हुँदा मेरो उमेर ७÷८ वर्षको थियो, ०१७ सालको प्रतिगमनको प्रत्यक्षदर्शी छु । ०३६ सालमा आन्दोलन, ०३७ सालमा जनमत संग्रह हुँदै ०४६ को परिर्वतन, ०४६ देखि ०६२ सम्म थुप्रै घटना परिघटना भए । ..... म (राष्ट्रपति) पदमा थिए । मेरो काम संविधानको पालना गर्ने र गराउने थियो । म चाहन्थेँ कि मधेस पनि देशभित्र छ, त्यहाँको समस्या पनि समाधान गरेर जाऊँ । एकातिर गोली चलिरहेको थियो, अर्कोतिर जनताका ९० प्रतिशत प्रतिनिधिले संविधान बनाइसकेका थिए । यो अवस्थामा म पूर्ण खुसी थिइन्, तर आफ्नो कर्तव्य निर्वाह गर्दै संविधान जारी भएको घोषणा गरेँ । ....... चुनाव भएर तीन तहमा सरकार बनेको छ । त्यो सरकारले चार वर्ष पूरा गरेर पाँचौं वर्षमा छ । यो चार वर्षमा मूल्यांकन गरौं, हाम्रो देश कसरी गइरहेको छ । ....... पछिल्लो चार वर्षमा जुन सरकार चल्यो, त्यो सरकारका प्रधानमन्त्रीले प्रणालीलाई आफ्नो मातहतमा राख्ने प्रयास गरे । जबकी लोकतन्त्र ‘सेपरेसन अफ पावर’ अर्थात विकेन्द्रीकरणको सिद्धान्तमा चल्छ । नागरिक स्वतन्त्र हुन्छ, बोल्ने, लेख्ने तथा संगठन गर्ने अधिकार हुन्छ, मिडिया लोकतन्त्रको प्राण हो । त्यसमा पनि संकुचन गर्ने प्रयास भयो । ...... कार्यपालिकाले राष्ट्रपतिको सहयोग लिएर तीन महिनामा दुई पटक प्रतिनिधिसभा भंग गर्‍यो । ....... सर्वोच्चको सम्माननीय प्रधानन्यायाधीशले हिजो संवैधानिक परिषदमा बसेर जुन नियुक्तिहरु गर्नुभयो, त्यसमा प्रश्न उठेको छ । त्यसमा उहाँको भागवण्डा देखिन्छ । त्यति मात्रै होइन, मन्त्री बन्ने बेलामा उहाँको (भाग) न कहिँ न कहिँ छताछुल्ल भएको छ । अदालतको इतिहासमा यस्तो कहिल्यै भएको थिएन । ....... हाम्रो देशमा ०१६/०१७ सालको डेढ वर्ष र ०४७ पछिको साढे तीन वर्ष बाहेकका उतार चढावका कारण सही ढंगले लोकतन्त्रलाई अभ्यास गर्न पाएका छैनौं । ....... त्यही संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरुविरुद्ध रिट पनि गरेको छ । तर १० महिनासम्म सुनुवाइ भएको छैन । रिट इमर्जेन्सी हो, अग्राधिकार दिएर सुनुवाइ गर्नुपर्ने हो । १० महिनासम्म किन प्रधानन्यायाधीशले इजलासमा राख्नुभएन ? ....... अहिले प्लेयरहरुले फल बढी खेल्छन् । सिस्टम हामीले उन्नत ल्याएका छौं, व्यवहार त्यसअनुरुप भएन । आशा गरौं, अभ्यासको क्रममा सुधार हुँदै जान्छ । ........ संवैधानिक बाटोबाट जाने हो भनेर उहाँ (चोलेन्द्रशम्शेर जबरा) ले जुन अडान लिनुभएको छ, त्यसनुसार प्रतिनिधिसभाले महाअभियोगबाट निकास दिनुपर्ने देखिन्छ ।
माधव नेपालले भने– ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा’ पूर्वप्रधानमन्त्री नेपालले संघीय संसदको चुनाव समयमै हुने र पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्नेसमेत बताए । ‘पाँच दलको एकता बलियो हुनेछ, यो गठबन्धनलाई कसैले भत्काउन सक्दैन,’ नेपालले भने, ‘छिटै चुनाव हुन्छ कि भनेर भ्रम नपाले हुन्छ । छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव समयमै हुनेछ ।’
प्रचण्ड भन्छन् : मलाई डेढ लाखको खाटमा सुत्यो भनियो, ओलीले त करोडौंको सामान ल्याएका रहेछन् प्रचण्डले भने, ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भाछ रे ।’ प्रचण्डले थपे, ‘नुहाउनका लागि ल्याएको अरबौं, करोडौंको छ ।’