Showing posts with label madhesi janajati dalit kranti 2015. Show all posts
Showing posts with label madhesi janajati dalit kranti 2015. Show all posts

Tuesday, September 22, 2015

The Final Countdown


क्रांति उत्सर्ग मा पुग्न लागेको छ। बड़ो सतर्क हुनुपर्छ।
  • संघीय गठबंधन आफैमा पुर्ण छ। मधेसी क्रांति १ र २ गच्छेदार लाई सुम्पेर उपेन्द्र ले जुन गल्ती गर्यो त्यो गल्ती मधेसी क्रांति ३ को उत्सर्ग पलमा दोहोर्याउने होइन। चरित्र चिन्ने कुरा हो। लेनिन ले स्टालिन  नचिन्ने गल्ती गरे। सब गुम्यो। 
  • यो क्रांति संघीय गठबंधन को नेतृत्व मा हुँदैछ। यसलाई अझ सशक्त बनाउन अझ मोर्चाबंदी गर्न सके राम्रो हो, तर त्यहाँ सतर्क रहनुपर्छ। घुसपैठिया हरु छिर्ने यस्तै बेला हो। 
  • संगठन को अर्को लेवल भनेको मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति हो। संघीय गठबंधन ले आफ्नो नेतृत्व मा त्यसरी मोर्चाबंदी गर्नु वांछनीय छ। 
  • मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति: संगठनात्मक संरचना
  • पहाड़ का जनजाति जागनु पर्यो। काठमाण्डु का नेवार जागनु पर्यो। क्रांति को नंबर एक चैलेंज अहिले यो हुन आएको छ। 
  • आश्विन संग्राम: एक सुझाव
  • क्रांति सँगै संगठन विस्तार गर्नु बहुत जरुरी छ। होइन भने सफल भए पनि क्रांति मुतको न्यानो हो। 
  • सभास्थल, सड़क, र संसद 


Monday, September 21, 2015

मधेसी आंदोलन, बिहार को चुनाव, र मोदी

बिहार मा हुन लागेको चुनाव जित्नु मोदी का लागि एक वर्ष अगाडि को राष्ट्रिय चुनाव जित्नु जत्तिकै महत्वपुर्ण छ। मोदी को बिहार मा हार हुन्छ भने त्यसको सीधा असर दिल्लीमा पर्छ। विपक्ष को मनोबल बढेर २०१९ लाई नै असर पर्छ। राज्य सभा मा बहुमत मा पुग्ने सपना सपना नै रहन्छ। राज्य सभा मा बहुमत मा नपुगी ठुला ठुला कदम चाल्न संभव छैन। अहिले बिहार जिते दुई वर्ष पछि उत्तर प्रदेश जित्नु सजिलो भएर जान्छ। अहिले बिहार मा हार हुन्छ भने दुई वर्ष पछि उत्तर प्रदेश मा खै कुन्नि!

मोदी अहिले विश्व का सबैभन्दा पॉपुलर राजनेता। नंबर वन। सेकंड टू नन। मोदी ले बिहार को चुनाव का लागि नेपाल बाट सहयोग को अपेक्षा गरेका होइनन्। तर मधेस आंदोलन र त्यस प्रति रहेको आम बिहारी को सद्भावना मोदी को राजनीतिक यथार्थ हो। नेपालको इतिहास मा नेपाल का लागि सबै भन्दा बढ़ी गरेका प्रधान मंत्री भएर पनि, भविष्य मा अझ बढ़ी गर्न चाहने इच्छा भएका व्यक्ति भएर पनि नेपाल का तीन दल ले आफुलाई गार्हो पारिरहेको कुरा मोदी लाई अप्ठ्यारो लाग्नु स्वाभाविक हो।

झापा मधेस, चितवन मधेस, कंचनपुर मधेस
भारत नेपालको यथार्थ
Bipolarization
मधेस मा सुनामी आइसक्यो












झापा मधेस, चितवन मधेस, कंचनपुर मधेस

पहाड़ बाट झरेर आएका छौ। १०-२० लाख अझै आउ। स्वागत छ। नेपाली ऑस्ट्रेलिया पनि पुगेका छन, ऑस्ट्रेलिया तिनको भएको छैन। अमेरिका पुगेका छन। अमेरिका तिनको भएको छैन। झापा मधेस, चितवन मधेस, कंचनपुर मधेस।


भारत नेपालको यथार्थ

सात दल र माओवादी बीच जुन १२ बुँदे भयो दिल्लीमा, जसले तानाशाह राजा ढाल्यो, त्यो राजा ढालन का लागि भारत ले गरेको नेपाल भित्र को हस्तक्षेप हो? प्रचंड को के छ विचार? माओवादी पैदा गरेको भारत ले हो? माओवादी मलजल गरेको भारत ले हो? त्यति बेला भारत ले रोल नखेलेको भए माओवादी र सात दल आफै एक ठाउँ मा आउन सकने संभावना नै थिएन। त्यस किसिमको राजनीतिक क्षमता नै थिएन तिनको। गिरिजा खुट्टा घिसार्दै, इच्छा नलागी नलागी आएको। १२ बुँदे मा आएको अंतिम व्यक्ति/पात्र। १२ बुँदे उसको initiative मा भएको भए पो उ नेता। खुट्टा घिसार्दै आइपुगेको उ खच्चर। भारत ले संभव बनाएको त्यो १२ बुँदे जसले नेपाल मा शांति संभव बनायो।

बीपी कोइराला भारत गएर बसे। त्यो भारत ले महेंद्र वीरेंद्र विरुद्ध गरेको षडयंत्र थियो? नेपाल को आतंरिक मामिलामा भारत ले गरेको हस्तक्षेप थियो? 

त्रिभुवन लाई उडाएर भारत ले दिल्ली लग्यो। त्यो के थियो? त्यो गर्नु नहुने कुरा थियो? 

नेपाल त नेपाल, चीनको कुरा गरौं। दलाई लामा लाई भारत ले शरण दियो। त्यो के थियो? 

यी चार उदारहण ले भारत को विशालता देखाउँछ। विशाल भुगोल, विशाल ह्रदय। लोकतंत्र को ठुलो छाता। 

नेपाल मा एउटा प्रतिक्रांतिकारी, प्रतिगामी संविधान आएको छ। त्यसको विरोध नेपाली जनता ले गरेका छन। विरोध गर्न पाउनु जनताको अधिकार हो। सात दल र माओवादी बीच मध्यस्थकर्ता को रोल खेल्दा प्रचंड दंग, काँग्रेस एमाले सब दंग। अहिले तीन बाहुन दल र आंदोलित मधेसी मोर्चा बीच त्यस्तै मध्यस्थकर्ता को रोल खेल्न खोज्दा भारत नया रुपमा, हस्तक्षेपकारी रुपमा प्रस्तुत भयो भन्ने? आफ्नो राजनीतिक समस्या को आफैले राजनीतिक समाधान खोज्ने जमर्को गरेको भए भारत ले चासो नै लिन नपर्ने। अनि आफैले किन नगरेको? किन आउनु पर्यो भारत? आफ्नो आंग को भैंसी नदेख्ने? 

मधेस, बिहार, उत्तर प्रदेश एउटै संस्कृति हो। हिन्दी भाषा को सेतुले जोड़ेको संस्कृति। प्रय्तेक वर्ष अयोध्या बाट जनकपुर जनती आइपुग्छ। मधेस लाई दुख्दा बिहार, उत्तर प्रदेश का जनता लाई दुख्छ। ती जनता का प्रतिनिधि छन दिल्लीमा। ती प्रतिनिधि को सरकार छ। त्यो सरकार ले नेपाल प्रति लिएको approach अत्यन्तै soft छ। त्यहाँ पनि, त्यस अवस्थामा पनि चित्त दुखाइ? 

बिहार, उत्तर प्रदेश को छोरी जब बुहारी भएर मधेस आइपुग्छे दशौं लाख का संख्या मा तिनलाई आजीवन दोस्रो दर्जाको नागरिक बनाएर राख्ने तिमीले जुन संविधान पारित गरेका छौ, तिनका माता पिता, दाजुभाइ वोट खसाल्छन् उता। ताकत भएका मतदाता हुन, कर तिरछन। दशौं लाख का संख्या मा बुहारी आउँछन् छोरी जान्छन्। त्यो ब्रिटिश/राणा ले खड़ा गरेको अप्राकृतिक बोर्डर, दक्षिण एशिया को आर्थिक एकीकरण गरेर अझ खुला गर्नु पर्ने बोर्डर। 

मधेस बंद भएर बोर्डर पारी ट्रक हरु को २०-३० मील लामो लाइन लागेको छ नाका नाका मा। त्यसरी सड़क जाम गर्नु भन्दा कलकत्ता बंदरगाह मैं रोक लगाएर बॉर्डर मा सड़क जाम नगर्ने प्राविधिक सोंच के नाजायज हो? २०-३० मील ले पुगेन? पटना लखनऊ सम्मै सड़क जाम हुनुपर्यो? तिम्रो राजनीतिक समाधान खोज्न नसक्ने हुतिहारा प्रवृतिले गर्दा? 

चार वटा त माग छन मधेसीका। पुरा गर खुरखुरु। खरब बढ़ी को क्षति भइसक्यो। अझै पुगेन? अरु कति खरब क्षति भए माग पुरा गर्छौ? पंचायत ढालन पनि नाकाबंदी नै गर्नुपर्ने! एकात्मक व्यवस्था ढालन पनि नाकाबंदी नै गर्नुपर्ने! सोंच उही, पात्र मात्र फरक। 


भारतको ईशारामा चल्नु पर्ने प्रधानमन्त्री पद मलाई चाहिएको छैन " भनेर कुनै दिन स्वोर्गिय वीर नेता गणेश मान सिंहले स्वोर्ग...

Posted by Bijaya Poudel on Sunday, September 20, 2015

Bipolarization

पाकिस्तान बांग्लादेश दुई हुनु अगाडि पनि यसरी नै bipolarization भएको हो।



छिमेकीको ‘यसम्यान’ हुँदैनौं : दाहाल
संविधान ढिलौं गरौं भन्ने माग नआएको होइन : ओली
वार्ताबाट मधेसी र थारुको माग सम्बोधन गर्न सकिन्छः प्रधानमन्त्री
समावेशी र समानुपातिक प्रतिनिधित्वका विषय, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणका विषयमा आफूहरु प्रतिवद्ध रहेको बताए । 'प्रदेश सिमांकनको विषयपनि वार्ताबाट हल गर्न सकिन्छ'


'मधेस राज्य नभएसम्म आन्दोलन'
सोमबार सप्तरीको राजविराजमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै .... संविधानमा पूर्वदेखि पश्चिमसम्मको भूभागलाई मधेस राज्य नबनाएसम्म जलाइरहन्छौं ।' .... 'तीन दलका तीन-चार नेताले मात्रै बनाएको संविधानले मुलुकको आधा हिस्सामा रहेका न त मधेसी समुदाय खुशी छन, न त पहाडका मगर, लिम्बु आदिवासी जनजाती तथा दलित नै ..... 'अहिले हाम्रो आन्दोलनमा कतिपय ठाउँमा प्रहरीको बन्दुक खोस्न आएको भन्दै गोली चलाउनुपरेको आरोप लगईएको छ', उनले भने, 'बन्दुक खोस्नुपर्‍यो वा सेना-प्रहरीसँग लड्नुपर्ने भयो भने त्यो मधेस प्रदेशका लागि नभई देशकोलागि हुनेछ ।'


संविधानविरुद्ध जलेश्वरमा प्रदर्शन
लम्कीमा बम बिस्फोट, राजमार्गमा बिरोध प्रदर्शन
धनगढीमा कर्फ्युको समय थप



बन्दको अवज्ञा गर्दै पोखरामा मोटरसाइकल र्‍याली
जातीय पहिचानसहितको तमुवान माग गर्दै आह्वान गरिएको बन्दको अवज्ञा गर्दै व्यापारी उद्योगी र सर्वसाधारण मोटरसाईकल र सवारीसहित र्‍यालीमा निस्केका हुन् । .... ‘पोखरा खुला छ’, ‘गरिखान देउ’, ‘बन्द सँधैका लागि बन्द गरांै’ भन्ने तुल ब्यानर लिएर सवारी साधन चलाएर अवज्ञा गरिएको हो ।


संविधानको स्वागतमा विभिन्न जिल्लामा र्‍याली र सभा
विजय जुलुसमा सहभागी हुन दलका कार्यकर्ता तथा सर्वसाधारण स्वस्फुर्त गांउगांउबाट नारायणगढ आएका थिए । विजयी जुलुसमा जिल्लाबाट निर्वाचित सबै सभासदको सहभागिता रहेको थियो ।


तरार्इका जिल्लामा संविधान जलाइयो
मोर्चाले गरेको बन्दका कारण सोमवार ३७ औं दिन पनि जिल्लास्थित बजार, पसल, यातायात, उद्योग, कलकारखाना, विद्यालयलगायतका शैक्षिक संस्था पूर्ण रुपमा ठप्प रहेको छ । .... खोटाङ-संविधानप्रति असन्तुष्ट आन्दोलनरत दलहरुले खोटाङको दिक्तेलमा सोमबार संविधान जलाएका छन् । संघीय समाजवादी फोरम, वैद्य माओवादी र विप्लव माओवादीले आयोजना गरेको विरोध जुलुसपछि संविधान जलाएका हुन् । ...... उनीहरूले पहिचानको प्रत्याभूति नहुने जाली संविधान जारी गरेर जनतालाई झुक्याएकाले जलाइएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सनबहादुर राईले बताए । स्थानीय प्रशासन क्ष्ाेत्रमा रहेको संघीय समाजवादी फोरमको कार्यालयबाट निस्किएको जुलुस हाटडाँडा हुदै त्रिवेणीचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधान जलाउन प्रहरीले नदिएपछि वैद्य माओवादीको कार्यालय छेउ शान्तिचौकमा आएर जलाइएको थियो । ....... दिनभर खुला रहेको बजार पसल उनीहरूको जुलुसपछि बन्द भएका छन् । आइतबार मध्यरातमा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष्ा राजु लयालुको घरमा सुतली बम राखिएपछि सदरमुकाम आतङ्कित बनेको छ । यद्यपि यसको जिम्मा भने कसैले लिएको छैन । बम सेनाले डिस्पोज गराएको थियो । वाणिज्य संघका अध्यक्षको घरमा बम राखिएपछि व्यवसायीहरूले सोमबार दिउसो सदरमुकाममा विरोध जुलुस निकालेको थियो । ...... थरुहट प्रदेशको माग गर्दै ४३ दिनदेखि आन्दोलनरत थारु आन्दोलनकारीले कैलालीका विभिन्न ठाउमा नेपालको संविधान २०७२ जलाएका छन् । ..... संविधान आएको भोलीपल्ट असोज ४ गते कैलालीको सुखड, मसुरिया, पहलमानपुर र चौमाला बजारमा थरुहट पक्षधरले विरोध सभाको आयोजना गरी संविधान जलाएका हुन् । ... यो संविधानले थारुहरुको मुद्धा नसमेटेकोले यो संविधान स्वीकार्न नसक्ने आन्दोलनरत थारुहरुले बताएका छन् ।


बाजुरामा बिहानैदेखि र्‍याली



बारामा कांग्रेस सभासदको घर तोडफोड
सदरमुकाम कलैया ७ स्थित नेपाली कांग्रेसका सभासद राधेचन्द्र यादवको घरमा सोमबार तोडफोड गरेका छन् । ... संविधान जारीको विरोधमा मोर्चा र थारु कल्याणकारिणी सभाको आह्वानमा प्रदर्शन गर्न कालो झण्डासहित गाउँगाउँबाट आएका प्रदर्शनकारीको समूहले ढोका फोडेर यादवको घरमा प्रवेश गरी खाद्यन्नलगायतका सामाग्री यत्रतत्र छरिदिएका छन् ।


सभासदको घरमा आगो लगाएपछि मलंगवामा गोली चल्यो
एमाले सभासद कमलादेवी महतोको सदरमुकाम मलंगवा स्थित घर .... गोली लागेर पूर्व मन्त्री एवं फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायका छोरा बिक्रम राय गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । ..... तीन बिघे मैदानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संविधान जलाउने कार्यक्रम सकिएपछि आगजनी भएको थियो । .... 'गाउँ गाउँवाट धेरै मान्छे जम्मा भएका थिए,' उनले भने, 'हामी निर्धारित कार्यक्रम सकेर घर आइसकेपछि घट्ना भएको रहेछ ।'
संविधानमा असहमति जनाउदै तमुवान् बन्द, २५ पक्राऊ
झन्डै फुट्यो फोरम लोकतान्त्रिक
एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले असहमति जनाउँदै ‘मधेस र थरुहटका पाँच जिल्ला’ शब्द राख्न नहुने अडान लिएका थिए। त्यसपछि गच्छदारले फेरि अर्को उपाय सुझाएका थिए, ‘त्यो शब्द राख्न तपाईंहरूलाई अप्ठयारो परेको हो भने ‘मधेस/थरुहटलगायत देशका विभिन्न भागमा उठेका सीमांकन विवाद’ भन्ने शब्दावली राखौं।’ ..... त्यसमा पनि कांग्रेस र एमालेका चार नेताले फेरि आपत्ति जनाएपछि मधेस थरुहटको नामै सुन्न नचाहेको आरोप लगाउँदै शुक्रबारको बैठकबाट गच्छदार बाहिरिएका थिए। कुनै मधेसी पार्टी बिनाको संविधान जारी गर्दा कार्यान्वयनमा अप्ठेरो आइलाग्ने बुझेका तीन ठूला दलले अन्तिम समयमा भए पनि गच्छदारलाई मनाउन कोसिस गरेका थिए। ..... देशका विभिन्न क्षेत्रमा उत्पन्न सीमा समस्या राजनीतिक सहमतिको आधारमा समाधान गर्ने, पहाडका कम जनसंख्या भएका जिल्लाहरूलाई १–१ निर्वाचन क्षेत्र मान्ने, मधेसमा भने जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने, समावेशी र समानुपातिक मुद्दालाई सामाजिक न्यायको क्षेत्रअन्तर्गत समावेश गर्ने, त्यसका आधारमा संविधानको पहिलो संशोधन गर्ने ..... एमाले अध्यक्ष ओलीले पहाड/मधेस किन उल्लेख गर्नुपर्‍यो भनी सुरुमा अडान राखे। तर, गच्छदार ‘यही भन्नु थियो भने मलाई किन डाक्नुभएको हो?’ भन्दै रिसाएपछि दाहालले दुवै नेतालाई सम्झाएका थिए। त्यसपछि मधेस–पहाड भन्ने शब्दावली राखेर सहमतिपत्र मस्यौदा गरियो। त्यसको एकप्रति गच्छदारले राखे, अर्को प्रति कानुनमन्त्री नरहरि आचार्यले। हस्ताक्षर गर्नुअघि गच्छदारले एक पटक पार्टीमा सल्लाह गर्नुपर्छ भन्दै छेवैमा रहेको सिंहदरबारस्थित संसदीय दल कार्यालय जाने समय मागे। ‘२५ मिनेट कुर्नुस्, म आइहाल्छु’ भनेर उनी हिँडेको ...... तर, तीन दलसँग सहमति गर्छु भनेर हिँडेका गच्छदार १ घण्टामा पनि नफर्केपछि तारन्तार फोन गइरह्यो। उनले उठाएनन्। साढे ३ बजे उनले दाहाललाई फोन गरी भावुक शैलीमा भने, ‘लौ, मैले सकिनँ। तपाईंहरू संविधानसभा जानुस्। ..... ‘आज मैले सहमतिमा हस्ताक्षर गरें भने पार्टी नै फुट्न पनि सक्छ। .... गच्छदारले सहमतिका लागि तयार हुने कुरा राख्दा अरू नेताहरू षड्यन्त्रमा फसाउन लागिएको भन्दै सिधै पड्किएका थिए। शुक्रबारको वार्तामा आफूहरूलाई अपमानजनक ढंगले फर्काइएको भन्दै ती नेताहरूले अब सहमति गरे स्थानीय तहमा नकारात्मक सन्देश जाने भन्दै गच्छदारलाई रोके। ‘विजय दाइ, तपाईं कुरै बुझ्नुहुन्न।

तपाईं छलफलमा गएका बेला यहाँ सभासद किनबेचको समेत कोसिस भयो’

..... ती नेताले संविधानसभा जाने गरी गच्छदारले सहमति गरे सिंहदरबारबाटै पार्टी फुटाएर देखाइदिने धम्की दिएको समेत खुलाए। ..... गच्छदारले जसरी भए पनि सहमति गर्नुपर्ने अडान लिएपछि ती नेताहरूले उनलाई अध्यक्षबाटै हटाइदिने चेतावनी दिएको अर्का फोरम लोकतान्त्रिक नेताले पुष्टि गरे। ..... फोरम लोकतान्त्रिकका १४ मध्ये उनीहरूको पक्षमा छ सभासद र गच्छदारको पक्षमा सात सभासद भएपछि पार्टी फुट्ने पक्कापक्कीझैं भएको थियो। केही सभासदहरूले आफूहरूलाई पैसा दिएर किन्ने प्रयास भएको समेत खुलाएका छन्।

मधेस मा सुनामी आइसक्यो

कर्फ्यू भुत्ते खुकुरी भइसक्यो 
काम नलाग्ने 
मधेस मा सुनामी आइसक्यो 
जनप्रलय 
जसले जलाउँछ पनि बगाउँछ पनि 
तिम्रो सिंह दरबार 
र तिम्रो सिंह संविधान 


In The News (104)



लो तुम्हारा संबिधान तुम्हें मुवारक, हमे स्विकार्य नही है, जला दीया....कर्फ़्यू तोडदै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोले बिरगंजमा मधेशी, आदिवासी जनजाती, मुस्लिम, थारू, महिला लगायत बिरोधी संबिधान जलाउनु भयो।
Posted by Upendra Mahato on Sunday, September 20, 2015


संविधान जारी हुँदा राष्ट्रपतिको घरमै अँध्यारो
जनकपुर उपमहानगरपालिका ९ स्थित ब्रह्मपुरीस्थित यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन । कांग्रेसका नेता तथा मन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो । राष्ट्रपति छेउमै रहेका उमालेका नेता रघुवीर महासेठको घरमा पनि बत्ती बलेन । यसै क्रममा मोर्चाले ग्रामीण क्षेत्रमा संविधान जारी भएको खुसीयाली कसैले मनायने र आइतबार राति घरमा बत्ती बाल्यो भने ५ हजार १ सय रुपैयाँ जरिबाना तिर्नुपर्ने उर्दी जारी गरेको थियो ।

मैले जनजाती आदिवासी मधेसी थारु महिलाहरुको समर्थनमा लेखदा मात्र त केहि साथीहरुले मलाई गाली गर्छन् ,अश्लील अभद्र टिपण्णी ग...
Posted by Alisha Koirala on Sunday, September 20, 2015


संविधानको दिपावली पार्टीका कार्यकर्ता बाहेक कसैले मनाउँने छैनन्ः डा भीमार्जुन आचार्य


Nepal-India ties 101: Both Nepali Congress and Maoists actively sought Indian support during their struggles. The...
Posted by Prashant Jha on Sunday, September 20, 2015

जनविरोधी संबिधान बहिस्कार कार्यक्रम बृहत रुपमा सम्मपन्न !संबिधान च्यातियो |नेपालमा भएको १० बर्षे जनयुध्द, मधेश आन्दोलन...
Posted by Man Rana-Magar on Sunday, September 20, 2015




मधेसी जनताले अाफनो हक माग्दा प्रहरीले गोली हानेर मार्दै छ । यो भिडियो लाई सक्दो सेयर गर्नु
Posted by Condition of Janakpur Dham on Sunday, September 20, 2015

न्यू योर्कमा नेपालको नयाँ संबिधान च्यातियो...'Anti-People's Constitution Boycott Program' hosted in New York jointly by...
Posted by Pradeep Thapa on Sunday, September 20, 2015



यसरी च्यातियो नयाँ संविधान लण्डनको केन्द्र विन्दु टफाल्गर स्क्वारमा ।
Posted by Nepali Samachar on Sunday, September 20, 2015

३०,००० सहयोग र शुभकामनाले न्यु योर्कमा खुशियाली मनाए । असोज ३, २०७२ । नेपाल अधिराज्यको जनताद्वारा लेखिएको संबिधान २०७२...
Posted by Arjun Prasad Mainali on Sunday, September 20, 2015


बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा संविधानको विरोध गर्दै सो को प्रति जलाईदै, असोज ३ | #NotMyConstitutionतस्वीर साभार: रामज्ञान यादव जी
Posted by Madhesi Community on Sunday, September 20, 2015


संविधान ने ही बिभाजित किया नेपाल को, एक तरफ खुन की होली दुसरी तरफ दिवाली : कैलास दास



जनकपुरमा बिहानैदेखि प्रदर्शन
दिउँसो १ बजे विरोध सभा
संविधान घोषणा लगत्तै सप्तरीमा जलाईयो
कालो दिनको रुपमा हजारौको सहभागितामा जनसागर सडकमा ओर्लियो



केपी ओलीको अनुहारमा ज्ञानेन्द्रको झझल्को
इतिहास साक्षी छ, त्यही मैमत्त अहंकारले ज्ञानेन्द्रको सिंहासनलाई खाइदियो । र, लागे उनी झिटीगुन्टा बोकेर रुँदै नागार्जुन वनबासतिर । इहलोकका मूर्खहरु अहंकारीहरुको दुर्गति देखेर केही सिक्दैनन् । नसिक्नेहरुको रोलमा अहिले केपी शर्मा ओली खडा भएका छन् । प्रधानमन्त्री बन्ने उखर्माउलो रहर लागेका केपीलाई लाग्दो हो— एकबारको जुनीमा म राजै हुने भएँ । हुन्छु र साला देखाइदिन्छु । अहिले केपीका भुइँमा खुट्टा छैनन् । .......

केपी चर्का महेन्द्रीय राष्ट्रवादी हुन् । उनका नजरमा मधेशीहरु बिदेशी हुन्, मस्र्या हुन्, धोती हुन्, काले हुन् ।

त्यसैले ती अदेशभक्त हुन् । त्यसैले राष्ट्रवादको प्रश्नमा तिनको कुनै भर छैन । त्यसैले पहाड–तराई छुट्याएर संघीयतामा जानु हुँदैन । गए मधेशीहरुले देश टुक्राउँछन् । यो केपीको अटल विश्वास हो । केपीका दृष्टिमा जनजातिहरु जातिवादी हुन् । तिनलाई पहिचान दिँदा जातिवादले मुन्टो उठाउँछ । सामाजिक सद्भाव खलबलिन्छ । सामाजिक मानचित्रमा रगतको खोलो बग्छ । र, देश धरापमा पर्छ । त्यसैले पहिचान–सहिचान गोली मार्दो । यो केपीको चर्को अडान हो । उसो त केपी समावेशी राज्यको पक्षमा पनि छैनन् । उनलाई भूगोलको उही महेन्द्रीय रेखाङ्कन प्यारो छ । उनलाई उही महेन्द्रीय विधि–व्यवस्था राम्रो लाग्छ । उनलाई मधेशीमाथि पहाडीको रजगज, जनजातिमाथि तागाधारीको हैकम र दतिलमाथि बिष्टबराजुको मनपरी मनपर्छ । केपीको संघीयताको चित्र यही हो । केपीको संघीयताको चरित्र यही हो । ....... भैगो, संविधान बन्ला । तर त्यो संविधान लागु गर्ने त आखिर जनतामाझ नै होला । मधेशीलाई अदेशभक्त मान्ने संविधानलाई मधेशीले पूजा गर्लान् कि च्यात्लान् ? पहिचान माग्ने जनजातिका निधारमा जातिवादीको छाप ठोक्ने संविधानलाई जनजातिले म्वाइ खालान् कि जलाउलान् ? अनि महिलाले ? अनि मुस्लिमले ? अनि दलितले ? अनि सीमान्त जनहरुले ? अनि मुक्तिकामी सकल उत्पीडित समूहहरुले ? यी सब कुराको केपी ओलीलाई न हेक्का छ न पर्वाह छ । .......

सिंहासनबाट खसेर ज्ञानेन्द्र त वनबास गएका थिए, ज्ञानेन्द्र पथका पथिक केपीचाहिँ कहाँ जालान् ?

युद्धको तयारीमा केपी ओली
चालु राजनीतिमा मलाई मनपर्ने पात्र दुईजना छन् । कमल थापा र केपी ओली । मलाई यी दुई पात्र नकारात्मक कोणबाट धुमधाम मन पर्छन् । ....... सोचाइ, बोलाइ र गराइमा केपी र कमल दुबैजना खास्सा दक्षिणपन्थी हुन् । यस अर्थमा यी एकअर्काका परम् मित्र हुन् । यी दुई भाइ जगत्लाई ढाँट्दैनन् । आफ्नो दक्षिणपन्थी ब्रह्मले जे देख्यो, ट्याक्क यी त्यही बोल्छन् । जे बोल्छन्, यी खसोखास त्यही गर्छन् । यिनका राख्ने र फार्ने कुरा छैनन् । त्यसैले त दोहोरा कुरा नगर्ने यी दुई गोर्खे मलाई खूबै मन पर्छन् । ........ यिनी पहिले कम्युनिस्ट थिए, पछि राजावादी भए । सडकमा जब गणतन्त्रका नारा घन्किए तब केपीले निर्वस्त्र भई राजावादी औतार धारण गरे । गणतन्त्रवादी युवाहरुलाई गिज्याउँदै यिनले भने— गणतन्त्रको नारा लाउनु भनेको गोरुगाडा चढेर मङ्गल ग्रह जानुजस्तै मूर्खतापूर्ण कुरा हो । असम्भव † तर केपी महोदयको असम्भव सम्भव भयो । उनलाई मनपर्ने राजतन्त्र सिंहासनबाट लडेर फुस्स मर्‍यो । ....... जे परिवर्तमुखी छ, केपीलाई त्यो मन पर्दैन । जे प्रगतिशील छ, केपीलाई त्योसँग झोँक चल्छ । र जे सुन्दर छ, त्यो देख्दा रिसले केपीका टुप्पीबाट धुवाँ छुट्छ । यिनलाई संघीयता मन पर्दैन । र नै अस्तिताक यिनले चित्तको कुरा नलुकाइकन प्वाक्क भने— संघीयता हाम्रो माग थिएन । आमाको नाममा सन्तानलाई नागरिकता दिने कुरा यिनलाई मन पर्दैन । र नै यो मागलाई बदर गर्न यिनी लिट्टी कसेर लागिपरेका छन् । सबै धर्म बराबरी हुने धर्मनिरपेक्षता यिनलाई मन पर्दैन । त्यसैले धर्मनिरपेक्षतामाथि आक्रमण हुँदा यिनी ओठ जाम गर्छन् । बराबरी अधिकारको दावी गर्ने मधेशी यिनलाई मन पर्दैन । र नै यिनी मधेश नामक सभ्यताको अस्तित्वमाथि नै हाकाहाकी आशंका गर्छन् । यिनलाई जनजाति मद पर्दैन । र नै यिनी उत्पीडित जनजातिको पहिचान खोज्ने आकांक्षाको उछित्तो काड्छन् । आखिर ओली महोदयलाई मनपर्ने जिनिस के हुन् ? म फेरि भनूँ, यिनलाई मनपर्ने जिनिस राजतन्त्र हो । यिनलाई मनपर्ने जिनिस महेन्द्रीय अन्धराष्ट्रवाद हो । यिनलाई मनपर्ने जिनिस मधेशीहरुप्रतिको घृणा हो । यिनलाई मनपर्ने जिनिस जनजातिप्रतिको द्वेष हो । र, सारमा यिनलाई मनपर्ने जिनिस खाइपाइ आएकाहरुको भूस्वर्गको रक्षा गने यथास्थितिवाद हो । त्यसैले त केपी महोदय आफूलाई मनपर्ने जिनिसहरुका पक्षमा जोडतोडका साथ लडिरहेका छन् । ............. उनी राजाविहीन राजमा राजाको जस्तो अभिनय गर्दै युद्धको तयारीमा छन् । महिला र दलितसँग युद्ध । जनजाति र मधेशीसँग युद्ध । वहिष्कृत र सीमान्त नागरिकसँग युद्ध । जो जो शोषित र पीडित हुन्, ती सबैसँग युद्ध, युद्ध र केवल युद्ध ।
नयाँ संविधानको विरोधमा मधेशका एफएमहरुले शोक धुन बजाउने
सांसद भण्डारीको घरमा आगजनी
वीरगञ्जमा आन्दोलनले विद्रोहको रुप लिन सक्छ
आज नयाँ संविधान घोषणाको दिन । तर सम्पूर्ण तराई मधेश आन्दोलित छ । यसै क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएर वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । मृतकको आँखामा गोली लागेर पछाडिबाट निस्किएको थियो । ...... प्रहरीको गोली लागेर एक दर्जनभन्दा बढी घाइते छन् । उनीमध्ये तीन जनाको अवस्था अत्यन्तै गम्भीर छ । तीमध्ये अधिकांशको छातीमा गोली लागेको छ । दुई जनालाई काठमाडौं रेफर गरिएको छ । ......... वीरगञ्जबाट वरिष्ठ पत्रकार चन्द्रकिशोरले दिएको जानकारीअनुसार

वीरगञ्जमा कफ्र्यूका साथै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय प्रशासनको निर्णयअनुसार सेना परिचालनको अवस्था पनि यथावत छ । कफ्र्यू र निषेधित क्षेत्रको वास्तै नगरी हातमा कालो झण्डा लिएर २५ हजारभन्दा बढी मानिस आसपासका गाउँगाउँबाट बिहानैदेखि वीरगञ्ज प्रदेश गर्न थालेका हुन् ।

.......... स्थानीय प्रशासनले सुरक्षाकर्मीको उपस्थिति हिजोअस्तिभन्दा तीन गुणा बढाएको थियो । त्यसको कुनै पर्वाह नगरी वीरगञ्जका विभिन्न नाकाबाट गाउँगाउँबाट आएका मान्छेले वीरगञ्ज बजार कब्जा गर्न खोज्दा

प्रहरीसँग दर्जनौं ठाउँमा झडप भएको थियो ।

...... अवस्था अनियन्त्रित हुन थालेपछि संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा सभासद् मोहमद लालबाबु राउतले पत्रकार चन्द्रकिशोरलाई फोन गरेका थिए । त्यसलगत्तै चन्द्रकिशोरले काठमाडौंमा रहेका तुलानारायण साहलगायतका अधिकारकर्मीलाई फोन गरी स्थिति नियन्त्रणमा लिनका लागि विभिन्न निकायमा पहल गरि दिन आग्रह गरेका थिए । .....

गाउँगाउँबाट कालो झण्डा बोकेर आन्दोलनकारी आज बिहानैदेखि वीरगञ्ज पसेका थिए । उनीहरुको हातमा लाठी पनि थियो । कोही पैदलै त कोही साइकल र मोटरसाइकलमा आएका थिए ।

...... उनीहरुले सरकारी कार्यालय तथा नेताहरुको घरमा कालो झण्डा गाड्ने अभियानै चलाएका छन् । त्यसअन्तर्गत उनीहरुले वीरगञ्ज उपमहानगरपालिकास्थित एमाले सभासद् राजकुमार गुप्ताको घर र पोखरिया नगरपालिकास्थित कांग्रेस सभासद् सुरेन्द्र चौधरीको घरमा कालो झण्डा गाडेका छन् । ती सभासद्का घरमा प्रदर्शनकारीहरुले तोडफोड पनि गरेको बताइएको छ । ........ उनले गाउँगाउँबाट वीरगञ्ज आएका आजको भीडको मनस्थिति र उपस्थितिमा आफूले अर्को विद्रोहको झलक देखेको बताए । मधेशी जनतामा राज्यसत्ताविरुद्ध आक्रोश बढ्दै गएको र त्यो आक्रोश अनियन्त्रित भएर नरोकिने सम्भावित खतरा पनि आफूले महसुस गरेको ..... यस पटकको मधेश आन्दोलनको नयाँ विशेषता के छ भने

गाउँगाउँसम्मका जनता आन्दोलित छन् ।

यो संविधान हाम्रो लागि नभई पहाडे समुदायका केही खास जाति, वर्ग र व्यक्तिका लागि बनिरहेको बोध गरिरहेका छन् ।

Sunday, September 20, 2015

Lull Before The Storm



उपेन्द्र यादव लाई प्रश्न

English: German-born theoretical physicist Alb...
English: German-born theoretical physicist Albert Einstein. (Photo credit: Wikipedia)
Insanity: doing the same thing over and over again and expecting different results.
Albert Einstein

तपाइँ का दुई अस्त्र -- संसद र सड़क -- दुबै फेल भएका छन।

तपाइँ अर्को पटक चुनाव लड्दा फेरि धाँधली हुँदैन भन्ने के छ? सड़क त एक महिना नाघ्यो तात्तिएको। अब अर्को उपाय के?

अब स्वराज को बाटो लाग्ने कि? स्वराज को बाटो अंतरिम संविधान मा मधेसी क्रांति ले स्थापित गरेको "स्वायत्त मधेस प्रदेश" ले नै दिएको हो। संविधान मा वाक स्वतंत्रता को प्रत्याभूति हुँदा हुँदै "किन बोलिस" भन्ने कुरा आउँदैन। स्वराजी हरुले गर्दा यो संविधान आएको होइन, शासक हरुले गर्दा हो। Let's be clear about that.

जनता सड़क मा आएको अवस्था छ। भारतपरिवेष्टित देश मा भारत रुष्ट भएको अवस्था छ। क्रांतिलाई उत्सर्ग मा पुर्याउने अर्को राम्रो समय के हुन सक्छ?

त्यो उत्कर्ष भनेको स्वराज हो कि?

स्वराज र पराजय मा एउटा रोज्नु पर्ने बेला आएको हो?



सभास्थल, सड़क, र संसद
हिंसाको बाटो त सोंचनै हुँदैन
संघीयता को २०३६ साल
यता प्रतिगामी संविधान बन्नु, उता चीनले झापामा ३ खर्ब को फैक्ट्री बसाल्ने निर्णय गर्नु
आश्विन संग्राम: एक सुझाव
उपेन्द्र यादवको आलोचना
दिवाली र मलामी संविधान