Showing posts with label madheshi. Show all posts
Showing posts with label madheshi. Show all posts

Wednesday, August 26, 2020

सीके राउत को "त्याग" त तीर्थाटन हो

सीके राउत ले अमेरिकामा करोडौं को जागीर छोडेर नेपाल फर्के। कस्तो त्यागी नेता भन्नेहरु छन। एक झलक त्यो हो पनि। तर पैसाकै कुरा हो भने सीके राउत ले लेखिसकेको र भविष्यमा लेख्ने आफ्नो आत्मजीवनीको दोस्रो भाग अंग्रेजीमा अमेज़न डॉट कॉम मा आफैले प्रकाशित गरेर छोडिदिने मात्र हो भने सीके को नेतृत्वमा संगठन आन्दोलन, र आन्दोलन सत्तामा परिवर्तन हुँदा, र सत्ताले डेलीवरी गर्दा त्यो पुस्तकको कमाइ अमेरिकाको जागीर नछोडेर गरेको कमाई भन्दा कैयौं गुना बढ़ी हुनेछ। 

त्याग होला र हो पनि तर अत्यन्त राम्रो करियर मुभ पनि हो। तर सेवाको भावनाले थालेको काम मा पैसाको हिसाबकिताब हुँदैन। मलाई चीसो पस्ने एउटा कारण मात्र के हो भने यो भर्खर भर्खर टुसो पलाएको संगठन व्यक्ति पुजा मा गएर विसर्जन नभै जाओस। 

सीके को व्यक्ति पुजा हुनु हुँदैन। सीके सँग आदरपुर्वक संवाद र लोकतान्त्रिक वादविवाद हुनुपर्छ। सक्नेले सहयोग गर्नुपर्छ। नसक्नेले भोट र नोट दिनुपर्छ। 

सत्तामा आए पाँच वर्ष भित्र गर्ने के? प्रश्न गर्नुपर्छ। उत्तरको कसौटीमा कदम कदम मा जोख्नुपर्छ सत्तामा पुगिहाले। 

सीके दर्जनौं पटक जेल गएर त्याग गर्यो। त्यो म भन्दिन। जेल जानु सीके को एक्शन होइन। जेल ठुस्ने हरु बरु नाङ्गो भए। नेपालमा मानव अधिकार छैन। विश्व भरि सपष्ट भयो। संविधानमा जेसुकै लेखिए पनि नेपालमा वाक स्वतंत्रता छैन। त्यो देखियो। सर्वोच्च अदालतको आदेश प्रशासनले नमान्ने कानुनको शासन नभएको देश नेपाल। दुनियालाई स्पष्ट भयो। 

आफ्नो जन्मभुमि जानु त्याग होइन तीर्थाटन हो। सीके तीर्थाटनमा छन। 

Dr. CK Raut on Twitter: "33 #FreeMadhesh activists, including Dr. CK Raut,  acquitted of 4 sedition charges on Feb 15th. Thanks to all. #Nepal  #TruthAlwaysWins #Nonviolence @UNPOintl @amnesty @hrw…  https://t.co/PJzjf8cLOs"


मधेस क्रान्तिको नया संस्करण: सीके राउतको संगठन निर्माण 

नेपालको राजनीतिले खोजेको पुस्ता हस्तान्तरण

वीडियो प्लेलिस्ट 

दोस्तों, जब भी संघर्ष करते करते, विरोधियों के आक्रमण को झेलते झेलते और षड्यन्त्रकारियों से उलझते उलझते आपका पैर...

Posted by Dr. CK Raut - सचिवालय on Wednesday, August 26, 2020

Wednesday, January 20, 2016

दादागिरी शैलीमा गरिने तथाकथित संविधान संसोधनले आगोमा घ्यु थप्ने काम गर्छ

काँग्रेस ले दुई बुँदे माग सहित आंदोलन गरेको र उनको दुई माग अरु दुई पार्टीले माने जस्तो गरेर जुन कदम चालन लागिएको हो, त्यो त्यही शैली हो जसले यो कार्यान्वयन नहुने संविधान दियो। दादागिरी शैलीमा गरिने तथाकथित संविधान संसोधनले आगोमा घ्यु थप्ने काम गर्छ।

मधेस आन्दोलनको कदम कदम मा अपमान भएको छ। मधेसी समुदाय लाई चिढाउने काम हुँदैछ।

१००% नाकाबंदी, काठमाण्डु मा १० लाख मधेसी ओराल्ने र अंतरिम संविधान र अंतरिम राष्ट्रपति को बाटो बारे सोध्नु पर्छ अब। यो तथाकथित संविधान संसोधन ले संविधान लाई मृत्यु प्रदान गर्नेछ। न धर्म निरपेक्षता, न प्रेस स्वतंत्रता रहेको संविधान। This constitution is on its way to the deathbed.