Showing posts with label local elections 2022. Show all posts
Showing posts with label local elections 2022. Show all posts

Tuesday, May 17, 2022

Local Election Results: May 17



३५१ पालिकाको नतिजा सार्वजनिक हुँदा कस्को कति? जनता समाजवादी पार्टीले पनि चार वटा गाउँपालिको अध्यक्ष पदमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र जनमोर्चाले एउटा नगरपालिकाको मयर जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् ।



https://election.ekantipur.com/

"स्थानीय निर्वाचनमा चरम-धाँधली र सत्ताको दुरुपयोग .... लोकतन्त्रको भद्दा मजाक"



स्थानीय निर्वाचनमा चरम-धाँधली र सत्ताको दुरुपयोग। समग्रमा वर्तमान स्थानीय निर्वाचन लोकतन्त्रको भद्दा मजाक भएको तथा पैसा र शक्तिको आडमा सत्ता गठबन्धनका दलहरूले मञ्चन गरेको फगत नाटक भएको निष्कर्ष Election Commission, Nepal Nepal Police ANFREL - Asian Network for Free Elections

प्रेस-विज्ञप्ति

स्थानीय निर्वाचनमा चरम-धाँधली र सत्ताको दुरुपयोग लोकतन्त्रको उपहास

१. स्थानीय निर्वाचन २०७९मा शुरुदेखि नै सत्ता गठबन्धनइत्तरका पार्टीलाई चुनाव-चिन्ह प्रदान गर्ने वा मतपत्रमा पार्टीको चुनाव-चिन्हको क्रम निर्धारण गर्नेदेखि लिएर मनोनयन दर्तामा समेत सत्ताको चरम दुरुपयोग भइराखेको र सत्ता गठबन्धनइत्तरका दलहरूसँग गरिँदै आएको विभेदबारे यसअघि पनि हामीले प्रेस विज्ञप्ति जारी गरेर सबैलाई जानकारी गराएका थियौं।

२. चुनाव प्रचार-प्रसारको क्रममा जनमत पार्टीका उम्मेदबारहरूमाथि पटक-पटक भएको भौतिक आक्रमण तथा डरत्रास देखाउने र धम्की दिने कार्यको विषयमा पनि समाचारहरू सर्वत्र व्याप्त छन्। यस विषयमा स्थानीय प्रहरी र प्रशासनको पटक-पटक ध्यानाकर्षण गराउँदा पनि उल्टा उनीहरू सत्ता संरक्षित दोषीहरूलाई नै संरक्षण गर्ने कार्यमा उत्रिरहे। जनमत पार्टीको तर्फबाट सप्तरीको राजगढ़ गाउँपालिकाको अध्यक्ष पदको उम्मेदबारलाई विपक्षी पार्टीहरूले भौतिक आक्रमण गरेर मरनासन्न बनाए पनि स्थानीय प्रशासनले कुनै सुरक्षा प्रदान गरेन।



३. निर्वाचन प्रचार-प्रसारको क्रममा सत्ताधारी पार्टीले आचारसंहिता विपरीत डिजे, सैकडौं गाडी र अनगिन्ती भित्ते पर्चा र चुनाव-चिन्ह अंकित तोरण/झण्डा प्रयोग गरे तापनि सोही कुरामा जनमत पार्टीलाई निषेध गरियो। सत्ताधारी पार्टीका संघीय र प्रदेश मन्त्रीहरू समेत आचारसंहिता विपरीत चुनावी सभा सम्बोधन र घरदैलो गर्नुका साथै कति ठाउँमा आर्थिक प्रलोभन दिने कार्यमा समेत संलग्न भएको पाइयो। सो विषयमा भिडियो प्रमाण सहित स्थानीय प्रशासनमा ऊजुरी दिँदा समेत उल्टै उनीहरूलाई संरक्षण मात्रै प्रदान गरिएन, प्रहरी कै उपस्थितिमा आचार-संहिता विपरीत कार्यहरूमा संलग्न हुन दिइयो। अन्य पार्टीका नेता कार्यकर्ताहरूलाई खुल्लमखुल्ला मत खरीद गर्न पैसा बाँडिरहेको अवस्थामा रङ्गेहात समातेर प्रहरीलाई बुझाउँदा उल्टै प्रहरीले उनीहरूलाई संरक्षण दिएर भगाएको पटक पटक देखियो।

४. प्रचारप्रसार र मतदानको क्रममा खुल्लमखुल्ला मतखरीद विक्री गर्न स्थानीय प्रशासनले छूट मात्रै दिएन,

हाम्रो पार्टीका मतदाताहरू रहेको पूरै टोललाई मतदान गर्न जान रोक्दा समेत स्थानीय प्रशासनले कुनै सुनुवाई गरेन।



५. जनमत पार्टीका अध्यक्ष स्वयं समेतलाई मतदान गर्नका लागि स्थानीय प्रशासन र निर्वाचन आयोगले कुनै सवारीपास उपलब्ध गराएन। जुन निर्वाचनमा स्वयं राष्ट्रिय अध्यक्षलाई मतदान केन्द्रमा पुग्न नदिने र मतदान गर्न नदिने षडयन्त्र गरियो, त्यो निर्वाचनमा मतदान गर्न खोज्ने जनमत पार्टीका समर्थकको हालत के भएको होला अनुमान गर्न सकिन्छ। यस्तो निर्वाचनलाई कदापि निष्पक्ष भनेर कुनै पनि हालतमा स्वीकार्न सकिँदैन। जनमत पार्टीका अध्यक्षलाई सवारी पासदिन अस्वीकार गरेको निवेदन र तोकको प्रतिलिपी यसैसाथ संलग्न छ।

६.

देशभरि मतगणनाको क्रममा भइराखेको व्यापक धाँधली सर्वत्र छताछुल्ल भएको छ। सत्ता गठबन्धन र तिनको निर्देशनमा चल्ने कर्मचारी, प्रहरी र प्रशासनले जनमत पार्टीलाई लक्षित नै गर्दै पराजित गर्न अनेकौं धाँधली र षड्यन्त्र गर्दै आएको छ।

केही उदाहरणहरू: धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर २ मा जनमत पार्टीका वडाअध्यक्ष उम्मेदवार सुरेन्द्र महतो जित्नै लाग्दा २ वटा मतपत्र गायब गरी १ मतले महतोलाई पराजित घोषणा गरियो। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १ को वडाअध्यक्ष उम्मेदबार रामदेव शर्मा विजित घोषणा पश्चात् पुन: केही घंटापछि १४ मतले पराजित घोषणा गरियो। त्यसैगरि सप्तरीको हनुमाननगर कंकालिनी वडा नं. २ को वडाअध्यक्ष उम्मेदबारलाई ५ मतले पराजित घोषणा गरियो। सर्लाही हरिपूर्वा जनमत पार्टीको वडाअध्यक्ष उम्मेदबारलाई विजित घोषणा गरेर विजय जुलुस नगर परिक्रमा गरिसके पश्चात् पुन: २४ मतले पराजित घोषित गरी नेपाली काँग्रेसका उम्मेदबारलाई विजय घोषणा गरियो। सुन्सरी जिल्लाको दुहबी नगरपालिका वडा नं. १२ मा मतगणनाको क्रममा गणक र दुहबी निर्वाचन कार्यालयले जनमत पार्टीको मतसंख्या सीधै घटाइदिएको खबर प्राप्त भएको छ।

७. निर्वाचन आयोग निर्वाचनमा भाग लिने सबै पार्टीहरूको कम-से-कम कुरा सुन्नु पर्ने हो र सबै पार्टीहरूलाई आयोगसम्म पहुँच दिनु पर्ने हो, तर आयोग एकोहोरो भएर सत्ता गठबन्धनको निर्देशनमा सत्ता गठबन्धनलाई जिताउनै लागिपरेको र अन्य दलहरूबाट लिखित ज्ञापन-पत्र र ऊजुरी समेत लिन नमानेको अवस्था छ।

सत्ता गठबन्धनका पार्टीहरूको एक फोनको भरमा मतगणना स्थगित हुने र पुन: मतदान हुने निर्णय हुने तर अन्य दलहरूले सप्रमाण धाँधली भएको ऊजुरी दिँदा समेत कुनै सुनुवाई नै नहुने अवस्था रहेको छ। यस्तो अवस्थामा निर्वाचन आयोग निष्पक्ष नरहेको स्पष्ट भएको छ।



८. जुन जुन ठाउँमा जनमत पार्टीको मत धेरै आउने स्पष्ट छाँटकाँट देखियो, त्यही त्यही ठाउँमा सत्तागठबन्धन तथा नेकपा(एमाले)ले मिलेर प्रहरी र प्रशासनको संरक्षणमा मतदान स्थगित गर्न झडपको मञ्चन गरेको देखियो। खासगरी जनमत पार्टीको मत धेरै आउने देखेर सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता मावि मतदान केन्द्र, सप्तरीको रूपनी गाउँपालिकाको बसपिटी मतदान केन्द्र, सप्तरीको राजगढ़ गाउँपालिका वडा नं. ४ को मतदान केन्द्र, सिरहाको गोलबजार नगरपालिकाको आशापुर मतदान केन्द्र, सर्लाहीको बरहथवा नगरपालिकाको परोरिया आधारभूत विद्यालय मतदान केन्द्र, सर्लाहीको कोडैना नगरपालिका वडा नं. ६ स्थित मतदान केन्द्र, रौतहटको गरूडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवाविजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिका र बौधीमाई नगरपालिकाका मतदान केन्द्रहरू तथा बाराको पचरौता नगरपालिकाका विभिन्न मतदान केन्द्रहरूमाथि सत्ता गठबन्धन तथा नेकपा (एमाले)ले जबरजस्ती अनावश्यक झड़प र बूथ कब्जा/मतपेटिका लूटेको मञ्चन गरी त्यहाँ मतदान स्थगित गर्न लगाए। पछि ती ठाउँहरूमा मतखरीद गर्न व्यापक पैसा बाँटेर पुन: मतदानको मञ्चन गरिँदैछ।

९. सप्तरी जिल्लाको महदेवा गाउँपालिकाको वडा नं. १ र ६ स्थित बूथ कब्जा गरी अँध्यारोमा राती करीब १० बजेसम्म बोगस मत खसाउँदै गर्दा स्थानीय प्रहरी प्रशासन र निर्वाचन अधिकृत समेतलाई पटक पटक खबर गर्दा उनीहरूले सत्ता गठबन्धनको पक्ष लिँदै बोगस मत हाल्ने क्रम जारी रहन दिए।

१०. सिरहाको गोलबजार र लहान नगरपालिका तथा धनुषाको कमला नगरपालिकामा मतपेटिकाको सील तोडेर बोगस मत खसालेको पाइयो।

११. मतदान भइसकेपछि पनि कतै खसेको मतपत्र भन्दा धेरै मतपत्र मतपेटिकामा भेटिएको छ भने, कतै मतपत्र नै गायब पारिएको छ। मतपत्रहरू कतै कतै घटनास्थल बाहिर छरिएका अवस्थामा छन्, तैपनि मतगणना जारी राखिएको छ।

सत्ता गठबन्धन हार्न लागेका ठाउँहरूमा मतगणना स्थगित गरिएको छ र भित्रभित्रै मतपत्रमा गडबडी सिर्जना गरिँदैछ।



१२. ठाउँठाउँमा गणकहरूको खल्तीबाट स्वस्तिक छाप भेटिएको छ। सत्ता गठबन्धन बाहिरका पार्टीहरूको मत रहेको मतपत्रहरूलाई बदर गर्नका लागि गणकहरूले सो छाप प्रयोग गर्दै आएको खुलेको छ।

१३. मतगणक कर्मचारी र सत्ता गठबन्धनका पार्टीका प्रतिनिधिहरू मिलेर जनमत पार्टीको सदर मतलाई समेत बदर गर्ने तर सत्ता गठबन्धनको बदर मतलाई समेत सदर गर्ने गरेको देखिएको छ। सोको विरोध गर्दा सत्ता गठबन्धनका सम्पूर्ण पार्टीहरू जनमत पार्टीको विरोधमा उत्रिँदा अल्पमतमा पर्न गई जनमत पार्टीका प्रतिनिधिहरू चुपचाप धाँधली स्वीकार्नु परेको अवस्था रहेको छ।

१४. मतगणना गर्न कैयौं दिन लाग्ने बनाई झन्झन् धाँधली गरेको, मतपेटिका बदलेको र मतपत्र थपघट गरेको निगरानी गर्न कठिन बनाई मतदान अधिकृत, कर्मचारी र स्थानीय प्रशासनद्वारा धाँधली गर्न सहज हुने वातावरण बनाइएको छ।

१५. जनमत पार्टीले स्थानीय निर्वाचन २०७९ पूर्णत: धाँधलीपूर्ण रहेको तथा जनमत पार्टीलाई सत्ता गठबन्धन र स्थानीय प्रशासनले निषेध गरिएको निष्कर्ष निकालेको छ।

समग्रमा वर्तमान स्थानीय निर्वाचन लोकतन्त्रको भद्दा मजाक भएको

तथा पैसा र शक्तिको आडमा सत्ता गठबन्धनका दलहरूले मञ्चन गरेको फगत नाटक मात्रै भएको स्पष्ट देखिएको छ। आगामी दिनमा सोही अनुरूप जनमत पार्टीले थप निर्णयहरू गर्नेछ।

Monday, May 16, 2022

जनमत पार्टी लाई राज्य संयत्र र सत्ता गठबंधन ले टार्गेट गरे जस्तो देखियो

चुनावमा सत्ता गठबन्धनले धाँधली गर्‍यो : एमाले  नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेले मतदान र मतगणनाको क्रममा गठबन्धनले योजनावद्ध रुपमा धाँधली गरेको आरोप लगाउँदै खेद प्रकट गरेको हो । .......  महासचिव शंखर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा मतदान र मतगणनाको समयमा गठबन्धनले योजनाबद्ध रुपमा धाँधली गरेको आरोप लगाएका हुन् । एमालेले आफूविरुद्ध मोर्चाबन्दीले मात्रै नपुगेर चुनावमा भइरहेको योजनाबद्ध धाँधलीलाई तत्काल रोक्न माग गरेको छ । ....... मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ पोखरेलले विज्ञप्तिमार्फत भनेका छन् । उनले पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिई कार्यान्वयन गर्न माग गरेका छन् । .......  एमालेले निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्न दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथीभरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौँ स्थानमा बुथकब्जा गरेको आरोप लगाएको छ । ....... त्यस्तै, निर्वाचन सुरु हुनुभन्दा अगाडि सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनले प्रहरी र कर्मचारीहरु खटाएको, मतदातालाई हतोत्साह गर्न गिरफ्तारी गर्ने र मतदानपछि मात्र छाड्ने कार्य गरेको, मौन अवधिमा अनुचित प्रभाव पार्ने गरी विभिन्न गतिविधि गरेको आरोप लगाएको छ ।




Thursday, May 12, 2022

May 12

Sunday, February 27, 2022

Dr. CK Raut: February 27