Showing posts with label keshav sthapit. Show all posts
Showing posts with label keshav sthapit. Show all posts

Wednesday, May 04, 2022

बालेन शाह केशव स्थापित जस्तो मान्छे होइन, सही कुरा

बालेन शाह #MeToo अपराधी होइन। त्यस अर्थमा बालेन शाह केशव स्थापित जस्तो मान्छे होइन। बालेन शाह केशव स्थापित भन्दा राम्रो मान्छे हो। 

केशव स्थापित अर्कै शताब्दी को मान्छे हो। टाइम मशीन मा चढ़ बुढ़ा and go back to where you came from. 

काठमाण्डु युवा हरु को शहर, युवा मेयर खोजेको शहर। नया विचार नया सोंच को खाँचो छ। 

बालेन शाह को पुर्ख्यौली रातो नदी पारी को एकडारा गाउ महोत्तरी जिल्ला। हुन त कहिले चोभार नकाटेको केशव स्थापित जस्तो कुवां को भ्यागुतो लाई थाहा नहुन सक्छ त्यो नेपाल नै हो भनेर। रातो नदी वारि गोनरपुरा मेरो गाउँ। त्यस अर्थ मा बालेन शाह म जस्तो मान्छे। केशव स्थापित म जस्तो मान्छे होइन। 

काठमाण्डु एउटा cosmopolitan शहर हो। नया पीढ़ि नेपाली भुमि मा टेकेर विश्व नागरिक बन्न चाहने युवा युवती हरु को शहर हो। त्यस्तो ठाउँ लाई देश विदेश घुमेको बालेन शाह चाहिएको छ। कुंवा को छेपारो केशव स्थापित होइन। 

काठमाण्डु मा जन्मेको, काठमाण्डु मा हुर्केको, काठमाण्डु मा पढेको, काठमाण्डु मा काम गर्दै गरेको मान्छे लाई यो हामी जस्तो मान्छे होइन भन्ने? हेप्ने? 

केशव स्थापित को थुतुनो पनि ठीक छैन, मुतुनो पनि ठीक छैन। #MeToo 

बालेन शाह मधेसी हो त। यो लिच्छवी काठमाण्डु फर्केको हो। मल्ल को भन्दा पहिले काठमाण्डु लिच्छवी को थियो। मल्ल हरु को दरबार मा कामकाज को भाषा बालेन शाह को मातृभाषा मैथिलि थियो।  

केशव स्थापित ले "हामी" भनेर के भन्न खोजेको? देश गणतन्त्रमा गएको थाहा नभएको? राजा ले टीका लगाएर एक पटक मेयर बनाइदिएको मान्छे। चस्का लाग्यो? ये पब्लिक है सब जानती है। राजाले भन्थे, हामीले सबैको परोपकार गरिबक्सेका छौं। त्यो भाषा बोल्ने जुर्रत! 

ट्वीटर मा ९४ जना त जाबो फॉलोवर भएको मान्छे। विस्थापित।