Pages

Showing posts with label gen z protests. Show all posts
Showing posts with label gen z protests. Show all posts

Tuesday, September 09, 2025

डिजिटल मीडिया को प्रयोग गरेर जेन जी ले तानाशाही सरकार दुई दिनमा ढाल दियो

डिजिटल मीडिया को प्रयोग गरेर जेन जी ले तानाशाही सरकार दुई दिनमा ढाल दियो। निकास एउटा मात्र छ। यो सरकार गयो। यो संसद गयो। यो संविधान गयो। स्थानीय निकाय गए। भ्रष्टाचार ले लोकतंत्र, गणतंत्र, संघीयता सबै बदनाम गर्यो। 

यो अब नया शुरुवात को समय हो। प्रथम कदम बालेन को नेतृत्वमा अंतरिम सरकार। एउटा अंतरिम संबिधान चहियो। ११ जनाको कैबिनेट। १२ महिना भित्र संविधान सभाको चुनाव। 

डिजिटल मीडिया को प्रयोग गरेर जेन जी ले क्रांतिकारी रफ्तारमा संगठन निर्माण गर्नुपर्छ। दुनियाकै सबैभन्दा मेरिटोक्रेटिक पार्टी को निर्माण गर्न सकिन्छ। 

आन्दोलन को प्रथम दिनको तानाशाही सरकारको क्रुरता दोस्रो दिनको धनजनको क्षतिको जिम्मेवार छ। 

स्टेज खाली भयो। अब देश आफ्नो हातमा लिने हो। दुनियाका सामु नमुना पेश गर्ने समय आयो। 

यो देश निर्माण गर्ने क्रांति हो। 

पहिलो सुझाव: बालेन को नेतृत्वमा अंतरिम सरकार।

दोस्रो सुझाव: कल्किवादी रिसर्च सेन्टर सँग संवाद र सहकार्य। 






Using digital media, Gen Z toppled the dictatorial government in just two days. There is only one way out: this government is gone, this parliament is gone, this constitution is gone, and the local bodies are gone. Corruption has discredited democracy, the republic, and federalism alike.

Now is the time for a new beginning. The first step: an interim government under Balen’s leadership. An interim constitution is needed. A cabinet of 11 members. Elections for a Constituent Assembly within 12 months.

Using digital media, Gen Z must build organizations at revolutionary speed. It is possible to build the most meritocratic party in the world.

The cruelty of the dictatorial government on the first day of protests, and the loss of life and property on the second day, are its responsibility.

The stage is empty. Now the people must take the country into their own hands. The time has come to present an example to the world.

This is the revolution to build the nation.

First proposal: an interim government under Balen’s leadership.
Second proposal: dialogue and cooperation with the Kalkiist Research Center.



डिजिटल मीडिया का उपयोग करके जेन ज़ी ने तानाशाही सरकार को सिर्फ़ दो दिनों में गिरा दिया। अब केवल एक ही रास्ता है: यह सरकार गई, यह संसद गई, यह संविधान गया, और स्थानीय निकाय भी गए। भ्रष्टाचार ने लोकतंत्र, गणतंत्र और संघीयता—सबको बदनाम कर दिया।

अब नए शुरुआत का समय है। पहला कदम: बालेन के नेतृत्व में अंतरिम सरकार। एक अंतरिम संविधान चाहिए। 11 सदस्यों की एक कैबिनेट। और 12 महीनों के भीतर संविधान सभा का चुनाव।

डिजिटल मीडिया का उपयोग करके जेन ज़ी को क्रांतिकारी गति से संगठन निर्माण करना होगा। दुनिया की सबसे मेरिटोक्रेटिक (योग्यता-आधारित) पार्टी बनाई जा सकती है।

आंदोलन के पहले दिन तानाशाही सरकार की क्रूरता और दूसरे दिन धन-जन की क्षति की ज़िम्मेदार वही सरकार है।

मंच अब खाली हो गया है। अब देश को अपने हाथों में लेना होगा। दुनिया के सामने एक मिसाल पेश करने का समय आ गया है।

यह राष्ट्र-निर्माण की क्रांति है।

पहला सुझाव: बालेन के नेतृत्व में अंतरिम सरकार।
दूसरा सुझाव: कल्किवादी रिसर्च सेंटर से संवाद और सहयोग।







9: Gen Z Protests (Nepal): Day 2

प्रधान सेनापतिले जेनजी पुस्तालाई अपिल गर्दै
३१ तस्बिरमा हेर्नुहोस् ओली सरकार ढलाउने जेनजी आन्दोलन
वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान
जेनजी आन्दोलनले सत्ता ढलेसँगै संयमता अपनाउन अपिल
जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन
कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट
जेनजी आन्दोलन : सर्वोच्च अदालतभित्रै छिरेर तोडफोड र आगजनी
केपी ओलीको राजीनामा पत्र– असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएँ
राज्यका ३ वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा
सिंहदरबार भित्रका सबै मन्त्रालय जलेर ध्वस्त
प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु
बालुवाटार छाडेर कहाँ गए केपी ओली ? काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो । ....... त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ । ....... सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई त्यहाँ सेनाको ब्यारेकमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।

सर्वोच्च अदालतको भवनमा पनि आगजनी (तस्बिरहरु)
आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो
गण्डकी प्रदेशसभा भवनमा पनि आगजनी
अख्तियारका आयुक्त जयबहादुर चन्दको घरमा आगजनी
सुर्खेतमा जेनजी आन्दोलनको ताण्डव : राजधानीमा व्यापक तोडफोड र आगजनी
कर्णालीका मुख्यमन्त्री कँडेलको सरकारी र निजी निवासमा आगजनी र तोडफोड
कांग्रेसका उपसभापति खड्काको वीरेन्द्रनगरस्थित निवासमा आगजनी
अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्: बालेन
प्रधानमन्त्री ओलीले बालुवाटार छाडे
मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
एमाले पार्टी कार्यालय सुर्खेतमा तोडफोड पश्चात् आगजनी, कांग्रेस पार्टी कार्यालयमा पनि तोडफोड
जागेका जेनजीमाथि सरकारको बर्बर दमन यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले (यो पछिल्लो अपडेट) एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् । ....... फरक यति हो, गत साल प्राकृतिक विपत्ति वैरी भएको थियो, यसपालि आफ्नै सरकार यमराज । .......... बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ताका युवायुवतीले सोमबार देशव्यापी प्रदर्शनको आह्वान गरेका थिए । तर शान्तिबाट भएको सुरुवात बर्बर हिंसामा परिणत हुन पुग्यो । ........ सोमबार बिहान माइतीघर मण्डला पुग्दै गर्दा जेनजी पुस्ताले कल्पना पनि गरेका थिएनन् होला, आफ्ना १७ जना साथीले प्रहरीको गोलीले ज्यान गुमाउलान् भनेर । तर जे नसचेको त्यही भइदियो । ....... माइतीघरमा त्यस्तो ब्यानर देखाएका जेनजी प्रदर्शनकारीहरू बानेश्वर पुग्दा अवस्था अर्कै भइदियो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनको प्रवेश द्वारमा पुग्दा प्रहरीले अन्धाधुन्ध गोली बर्सायो । नजिकैको सिभिल अस्पतालमा घाइतेहरूलाई लगियो । प्रहरी अस्पताल परिसरमा समेत अश्रुग्याँस प्रहार गर्न पुग्यो । ....... नजिकै अर्को अस्पताल एभरेस्टदेखि राष्ट्रिय ट्रमा सेन्टरसम्मका बेड घाइतेहरूले भरिएका छन् । तीमध्ये कतिको अवस्था चिन्ताजनक छ l ....... प्रविधि उपयोगको हिसाबमा ‘जेनेरेसन’को वर्गीकरण गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । यस अर्थमा जेनजी भन्नाले सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्ता हो । जो अहिले १३ वर्षदेखि २८ वर्षबिचको उमेर समूहमा छ । ......... अन्य मुलुकका जेनजी झैँ नेपाली जेनजी पनि तुलनात्मक रूपमा इन्टरनेट र सामाजिक सञ्जालको बढी प्रयोग गर्दै हुर्कियो । यो पुस्ताले विश्व देखेको छ, एउटा डिभाइसमा हातको औँला चलाउँदै । विकासको चरम स्थितिमा पुगेका देशहरू नियालेको छ । ती देशको सिस्टम देखेको छ, रहनसहन देखेको छ । ........ अनि उसले आफ्नो देशलाई फर्किएर हेर्दा केही पाउँदैन । जताततै भ्रष्टाचार, बेथिति, अस्तव्यस्त प्रणाली मात्रै । यो सब देखेर बिरक्तिएको नेपाली जेनजी पछिल्लो समय सरकारले मुख्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि झनै आक्रोशित बन्यो । ......... ‘विना परिश्रम’ नेताका छोराछोरीको लक्जरी लाइफलाई लिएर केही समय पहिलेदेखि नै सामाजिक सञ्जालमा यो पुस्ताले ‘नेपो बेबी विनर, जनता लुजर’ अभियान चलाइरहेकै थियो । यसको अर्थ उनीहरू भ्रष्टाचार विरोधी अभियानमा जोडिँदैथे । तर सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदमले उनीहरूको आक्रोशको पारो अरू चढाइदियो । त्यसपछि उनीहरू सडकमा आएर बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिए । जुन दिन हो आज अर्थात् २०८२ भदौ २३ गते । ....... जेनजीले सोमबार गरेको प्रदर्शनको नेतृत्व घोषित रूपमा कसैले पनि गरेका थिएनन् । उनीहरू टिकटकजस्ता सामाजिक सञ्जालमा जोडिएर स्वतःस्फूर्त रूपमा आन्दोलनमा जोडिएका हुन् । उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन विपक्षी दलहरूदेखि काठमाडौँ महानगरका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसम्म मात्र होइन, दुर्गा प्रसाईंसम्मको होडबाजी चल्यो । प्रसाईंले त प्रदर्शनमा साथ दिन आफ्नो टिम आउनेसम्मको कुरा गरेका थिए । ........ तर सुझबुझ भएको अहिलेको जेनजी पुस्ताका अगुवाहरूले आफ्नो आन्दोलन ‘नेतातन्त्र’ विरुद्ध भएको र कोही पनि नेता नचाहिने भन्दै प्रसाईँलाई भेटेरै फर्काइदिए थिए । ......... यसरी उनीहरू आफैँ नेता बनेर होइन, सामूहिक नेतृत्वमा स्वतःस्फूर्त आन्दोलनमा उत्रिएकोमा शङ्का गरिरहनु पर्दैन । तर भीडमा सबैको सोच एकै हुँदैन । सबैलाई चिन्न पनि सकिँदैन । यस्तै बेला हो, व्यवस्थापन गर्ने टिम नहुँदा कुनै पनि आन्दोलन भड्किने सम्भावना हुने । ......... जेनजी मुभमेन्टले सोमबारको आन्दोलनमा यति धेरै सहभागिता हुने आङ्कलन गरेको पनि थिएन । तर सरकारका काम र कार्यशैलीविरुद्ध सबैभन्दा बढी रुष्ट जेनजी युवाहरू ठुलो सङ्ख्यामा प्रदर्शनमा सहभागी भए । यसको व्यवस्थापनको प्रणाली नबनाउँदा भीड नियन्त्रणमा सकस भयो । ........ सार्वजनिक फोटो र भिडियोहरूले सुरक्षाकर्मीले संयम गुमाएको स्पष्ट देख्न सकिन्छ । माइतीघरदेखि नयाँ बानेश्वरको निषेधित क्षेत्र नपुग्दासम्म प्रहरीले प्रदर्शनकारीलाई रोक्ने जाँगर देखाएको देखिएन l नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेपछि भने भीड नियन्त्रणमा सिधै गोली प्रहार गरेको देखिन्छ । चैत्र १५ को तीनकुने घटनाको नक्कल गरेर प्रदर्शनकारीको दोष देखाएर जेनजीनहरुमाथि निर्मम दमन गरेर आन्दोलन दबाउन सरकारद्वारा रचिएको नियोजित चालबाजी त थिएन यो कतै ? ........ एकै दिन नयाँ बानेश्वरमा मात्रै १७ होनहार युवाको ज्यान लिने सरकारलाई के भन्ने ? क्रूरताको मामिलामा तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि माथ गरेको छ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले-कांग्रेस गठबन्धन सरकारले l २०६२/६३ को १९ दिने जनआन्दोलनमा २५ जनाले ज्यान गुमाएका थिए । हुन त मृत्युलाई तुलना गर्नु न्यायपूर्ण हुँदैन, यो तुलना क्रूरताको गरिएको हो । व्यवस्था बदल्ने जनआन्दोलनमा भएको कुल मानवीय क्षति जति जेनजीको भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा एकै दिन हुनु भनेको क्रूरताको कुन हद हो ? ........ जेनजीले त्यस्तो के माग राखेका थिए र ? ‘भ्रष्टाचार बढ्यो, नियन्त्रण गर’, ‘हाम्रो पुस्ता बिदेसिन बाध्य छ, देशभित्रै केही गर्ने वातावरण बनाइदेऊ’, ‘जेनजी सामाजिक सञ्जालसँगै हुर्कियो, यसलाई नखोस’, ‘सामाजिक सञ्जालबाट आम्दानी गरिरहेकाहरूलाई भोको नबनाऊ’ । यस्तै माग त थिए उनीहरूका । त्यस्तो माग गर्नेको ज्यानै लिनुपर्छ सरकार ? कलिला युवामाथि गोली बर्साएर ज्यान लिनु कि बहादुरी हो सरकार ? ....... नत्रभने एकै दिन १९ जनाको ज्यान जाने गरी भएको बर्बर घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर माफी माग्नु पर्दैन ?

कांग्रेस पार्टी कार्यालयमा आगजनी

9: Gen Z Protests

Deuba
Gagan
Oli

9: Gen Z Protests (Nepal)