Wednesday, January 18, 2023

18: Madhesh

मधेश प्रदेशको उपसभामुखमा जनमतकी ईशर निर्वाचित
प्रधानमन्त्रीसँग भेटे खानेपानीमन्त्री खान, यथास्थितिमा कार्यभार नसम्हाल्ने अडान
प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्षबीच भेटवार्ता
‘एजेण्डा मिल्ने दलहरुको बीचमा सहकार्य आवश्यक’ सबैले कर्तव्यबोध गरेको स्थितिमा एक हिसावले राष्ट्रिय सहमतिकै सरकार भयो । यसले दिएको सन्देश के हो भने सरकारमा रहेका नेता वा पार्टीहरुलाई अब कुनै किसिमको खेलाँची गर्ने छुट छैन । नेपालको सन्दर्भमा यो एकखालको अभूतपूर्व प्रयोग हो । नेपालको लागि यो नौलो प्रयोग पनि छ र लोकतन्त्रका लागि पनि एउटा नयाँ प्रयोग हो । ....... प्रधानमन्त्री प्रचण्डको सरकारले संसदबाट करिब–करिब ९९ प्रतिशत नै बहुमत प्राप्त ग¥यो .....

२०४६ सालदेखि विभिन्न परिवर्तनहरु भए । यी सबै परिवर्तन हुँदा पनि गाउँको झोपडी अहिले पनि झोपडी नै छन् । आमजनताले तात्विक परिवर्तन केही पनि पाएका छैनन् । उसको जनजीविकामा कुनै परिवर्तन भएको छैन । व्यवस्था, नेता, नेताको जीवनशैली परिवर्तन भएको होला तर आमजनताको जीवनशैली परिवर्तन भएको छैन ।

....... संसदमा जुन नयाँ–नयाँ पार्टी र युवा नेताहरु आएका छन्, तिनीहरुमाथि अत्यन्त विश्वास गरेर पठाएका छन् । उनीहरु पनि असफल भए भने जनताले के गर्ने त ?




‘हामी जनता राज ल्याउँछौं’

प्रधामन्त्रीद्वारा मन्त्री परिषद विस्तार, यस्ता छन नयाँ मन्त्रीहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

माओवादीलाई समर्थन र सहजता, एमालेलाई चुनौती, के हो कांग्रेस निति ? प्रचण्डको पाइलाले कांग्रेस प्रचण्डले जे पनि गर्न सक्छ भन्ने निश्कर्षमा यसपालि पुगेको भने देखिन्छ ...... नेपाल सरकारमा मात्र होइन त्यसपछि कांग्रेसले माओवादीको नेतृत्वमा बनेको बागमती र कर्णाली प्रदेशको सरकारलाई पनि समर्थन गरेको छ । यति मात्र होइन मधेशमा प्रभावशाली मानिएको उपेन्द्र यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई समेत कांग्रेसले भावनात्मक परिधि भित्र कैद गरेको छ । मधेशमा एमालेको भागमा परेको सभामुख पदमा उम्मेदवारी दिएको कांग्रेस जसपाको मुख्यमन्त्री पदमा बिना सर्त समर्थन गरेको छ । ...... माओवादीलाई कांग्रेसले गरेको सर्मथनले सरकारको हरेक गतिविधीमा कांग्रेस संगको परामर्श, छलफल र सुझावको बाटो खुल्ला भएको छ भन्ने प्रचण्डसंगको उठवस स्वभाविक भएर पुनः यस अघिको सम्बन्धले गति लिने बिश्वास कांग्रेसको छ । यद्यपि सभामुख र राष्ट्रपतिको निर्वाचनमा फरक नतिजा आए वतर्मान सत्ता गठबन्धन धवस्त हुने आंकलन गरिन थालिएको छ ।

मधेशका मुख्यमन्त्री यादवको विपक्षमा परेन एक मत पनि, भए सर्वसम्मत उनलाई संसदको सबै दश दल र स्वतन्त्र सांसदले पनि बिश्वासको मत दिएका छन् । ...... एमाले दलका नेता सरोज कुमार यादव, कांग्रेस दलका नेता कृष्ण प्रसाद यादव, जसपाका तर्फबाट लालबाबु राउत, जनमतका दलका नेता महेश प्रसाद यादव



मधेस प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिता कुमारी निर्वाचित राउतलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका हुन् । ...... यसअघि मंगलबार दिउँसो बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित गरेको थियो ।

मधेसको बीचबाट ६ लेन सडक निर्माण गर्न भरत साहको सुझाव भरत साहले मधेस प्रदेशको बीचबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । ....... राजा महेन्द्रले निर्माण गरेको पूर्व–पश्चिम राजमार्ग उत्तरी क्षेत्रमा रहेकाले मधेसको ठुलो जनसंख्या लाभान्वित हुन नसकेको बताए । ....... ‘हामी वडा अध्यक्ष हो र ? दुईसय तीनसय मिटर ढलान बाटो बनाउने ?’ उनले भने, ‘६ लेन बाटो मधेसको बीचबाट बनाउन आँट गरौं ।’ ...... सप्तरीदेखि पर्सासम्म मधेसको बीच भागबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गरे प्रदेश समृद्ध हुने उनको भनाइ छ ।
सत्तारुढ दलले मधेसकेन्द्रीत दललाई किन दिएनन् महत्त्व ? जनमत पार्टीका अब्दुल खानले लिन मानेनन् खानेपानी मन्त्रीको शपथ आफ्नो पार्टीबाट सरकारले समर्थन तथा विश्वासको मत लिएको तर जिम्मेवारी बाँडफाँटमा आफ्नो दलसँग बेइमानी गरेको बताए । यो सरकार गठन गर्न जसपाले सुरुदेखि भूमिका खेल्यो तर सरकारको नेतृत्वमा रहेको मुख्य दलले सरकारबाट बाहिर राख्न षड्यन्त्र गरेको उनको आरोप छ । ....... लोसपा पनि सरकारमा सहभागी हुने तयारी अवस्थामा थियो तर सत्ता साझेदार प्रमुख दलले कुनै सोधखोजै गरेनन् । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारमा जाने विषयमा सत्ताधारी दल र आफूहरुको बीचमा कुनै संवाद नभएको कारण सरकारमा सहभागी नभएको बताए । ...... तर, उताबाट कुनै खोजखबरै नभएपछि सरकारमा जाने कुरै नहुने भण्डारीले बताए । ....... केही दिन पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर सरकारको विषयमा छलफल गरेका थिए । सरकारमा जान लोसपा अध्यक्ष ठाकुर सहमत भएका थिए तर कुन र कतिवटा मन्त्रालय दिने त्यस विषयमा कुनै छलफल भएको थिएन । ........ मधेसकेन्द्रीत दलहरुलाई सोधखोज पनि नगरिएको उनको भनाइ छ । यो घटनाले मधेसकेन्द्रीत सबै दललाई एक ठाउँमा आउने अवसर दिएको पनि उनले धारणा राखे । ........ सीके राउत नेतृत्वको जनमत पार्टीले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ । सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमासमेत गएनन् । ....... जबकि जनमत पार्टीले खान उद्योग मन्त्री रहेको भनी प्रचार पनि गरेको थियो । उद्योग मन्त्रीको रुपमा अब्दुल खानलाई सबैतिरबाट शुभकामना तथा बधाई पनि आए । तर विना विभागीय मन्त्रीको रुपमा शपथ खाएका अब्दुल खानले मन्त्रालय बाँडफाँट हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । ........ जनमत पार्टीका उपाध्यक्ष तथा प्रवक्ता समेत रहेका मन्त्री खानले वर्तमान सरकारले मधेसीलाई अपमान गरेको आरोप लगाए । उनले भने, ‘मधेसी शक्तिलाई सरकार बाहिर राख्ने षड्यन्त्र भएको छ ।’ सरकारको नेतृत्व गरेको दलले जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिनेमा सहमति जनाएको थियो । तर आज जिम्मेवारी दिने समयमा खानेपानी मन्त्रालयलाई दिएर आफूहरुसँग धोका भएको उनको भनाइ छ । सरकारको यो निर्णय त्रुटीपूर्ण भएको भन्दै उनले गल्ती नसच्याएसम्म पदभार नसम्हाल्ने उनले बताए ।

उपेन्द्रले मागे देउवासँग विश्वासको मत
अशोक राईका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकियो जसपा अध्यक्ष यादवले सत्ता साझेदार दलको बैठकमा सबै पदमा प्याकेजमै सहमति गरेर बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए । तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतमा सहमति भइसकेको भन्दै थप छलफल गर्न नसकिने बताएका थिए । ....... यस्तै मन्त्रालयका भागबण्डा पनि भइसकेकाले जसपालाई दुई वटा दिन सकिने बताएका थिए । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीले बसेर सबै टुग्यांइसकेपछि अन्य दललाई साक्षीको रुपमा मात्र सत्ता साझेदार दलको बैठकमा बोलाएको रहेको कुरा अध्यक्ष यादवले पार्टीको बैठकमा राखेका थिए । ...... यादवले बैठकमा आफ्नो कुराको कुनै सुनुवाइ नभएको पनि बताएका थिए ।

अन्य दलको सहयोगमा कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार १ बजे शपथ ग्रहण
मन्त्रालय बाँडफाँटमा जसपाको असहमति
यस्तो छ मन्त्रालयको भागबण्डा
जसपाले सरकारमा सहभागी हुन सर्त अघि सार्‍यो

No comments: