Thursday, January 12, 2023

12: Jack Ma

मन्त्रिपरिषद् विस्तार लम्बियो, सहज छैन मन्त्रालय बाँडफाँट
सडक भत्काउने निकायलाई १५ दिनभित्र मर्मत गर्न निर्देशन
कांग्रेसले बिर्सिएका ‘बिपी’लाई मास्टरले यसरी सम्झिए
मेयर बालेनको विदेश भ्रमण निर्देशिकाविपरीत
घुर्ने समस्या छ ? यसरी हुन्छ उपचार
ज्याक मा : चीनप्रतिको अभिव्यक्तिले आफैँ संकटमा मार्च २०२० मा ज्याकले भारतीय खर्बपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति बने । तर, सोही वर्ष अक्टोबरमा उनले दिएको एउटा अभिव्यक्ति आफ्नै लागि गलपासो बन्यो । ज्याकले चीनका बैंकलाई साहुकारको जस्तो मानसिकता भएको आरोप लगाएका थिए । त्यसपछि उनका दुई कम्पनी एन्ट र अलिबाबाका नराम्रा दिन सुरु भए । ........ चीन सरकारले एन्ट कम्पनीको ३७ अर्ब डलरको आइपिओ बन्द गरेको थियो । साथै, अलिबाबामाथि २.८ अर्ब डलरको जरिवानासमेत लगाएको थियो । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनको नेटवर्थ अब ३४.१ अर्ब डलर पुगेको छ । कुनै वेलाका एसियाकै धनाढ्य ज्याक यससँगै धनीका सूचीमा ३४औँ नम्बरमा झरेका छन् । यो लिस्टमा अम्बानी ८६.८ अर्ब डलरको नेटवर्थसँगै एसियाको दोस्रो र विश्व धनाढ्यको आठौँ नम्बरमा छन् ।



शीतयुद्धको परिधीय मोर्चा चीनसँग व्यापार घाटा उच्च रहेकाले बेइजिङका लागि लगानी गरिदिने नेपाली व्यापारी नै काफी छन् । पश्चिम एसिया एवं मलेसियाजस्ता देशहरूबाट कमाइएको विप्रेषण चिनियाँ सामान खरिदका लागि भुक्तानी गरिन्छ । मुडा र कुचो निर्यात गरेर हातेफोनको आयात खर्च धान्न सकिँदैन । चीनको राज्यनियन्त्रित वैदेशिक व्यापारको आयाधिक्यसँग भारतको कृपण कूटनीति भिड्न सक्ने सम्भावना छैन । डर के हो मात्र हो भने, भारतले चीनका लागि काठमाडौंको मैदान खाली (वाकओभर) गरेपछि महाशक्ति अमेरिकाले अझ आक्रामक तवरले आफ्नो भूमिका विस्तार गर्न सक्छ । ........ अमेरिकी कूटनीतिको सबल पक्ष के हो भने, ७५ वर्षदेखि तिनले नेपालका परम्परागत सम्भ्रान्तहरूको हित प्रवर्द्धनमा व्यापक लगानी गरेका छन् । व्यवस्था जुनसुकै भए पनि कमजोर देशका शासकीय सम्भ्रान्त उही रहन्छन् भन्ने मान्यताले सन् २००८ सम्म नेपालमा पनि काम गरेकै थियो । ..... अमेरिका, जापान, भारत र अस्ट्रेलिया सम्मिलित चतुर्भुज सुरक्षा संवाद (क्वाड) सँगको संलग्नताले गर्दा काठमाडौंमा नयाँ दिल्लीको स्वीकार्यतालाई झन् घटाएको छ । ....... इतिहासका अन्य महाशक्तिजस्तै अमेरिका मूलतः महासागरीय शक्ति हो । त्यसमा वायुशक्तिको क्षमता थपिएको छ । अमेरिकाको स्थल सेना पनि अद्वितीय छ । तर, अफगानिस्तानको लामो स्थलीय संघर्षले गर्दा सोभियत संघ समाप्त भयो । स्वतन्त्रता प्राप्तिदेखि नै निरन्तर प्रयत्नरत रहे पनि भारतले अझैसम्म कश्मीरलाई साम्य पार्न सकेको छैन । आफ्ना समर्थकलाई अलपत्र पारेर अमेरिकी सेना काबुलबाट भागेको दृश्य संसारले देखेको थियो । अमेरिकी कूटनीतिको सबभन्दा ठूलो सीमितता के हो भने, अप्ठ्यारो समयमा त्यो काम लाग्दैन । चीन पनि सहजकालको मित्र मात्र रहेछ भन्ने ठम्याउँदासम्म राजा ज्ञानेन्द्रका लागि धेरै ढिला भइसकेको थियो । ....... कमजोर देशको आन्तरिक मामिलामा बाहिरी हस्तक्षेप मान्य हुन्न भन्ने अभिव्यक्ति सार्वजनिक खपतका लागि जारी गर्ने गरिन्छ । भित्रभित्रै त्यस्ता दोहोरो मापदण्ड भएका राजनीतिकर्मीले आफूअनुकूल वैदेशिक हस्तक्षेप निम्त्याउन मरिहत्ते गरिरहेका हुन्छन् । सर्वेसर्वा शर्मा ओली अपवाद होइनन् ।

मधुरो हुँदै पहिचानको स्वर हिन्दीमा शपथ लिँदै आएका मधेशकेन्द्रित दलहरूका बहुसंख्यक नेताले यसपालि नेपाली नै रुचाए । ....... पुस १५ गते मधेश प्रदेशसभामा १०४ सदस्यमध्ये ५६ जनाले नेपालीमा शपथग्रहण गरे । जनमत पार्टीका अधिकांश प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूले भाषा आयोगले चिन्दै नचिनेको ‘मधेशी भाषा’ मा शपथ लिएर मुलुकमा नयाँ भाषा विवाद उत्पन्न गरे । ........ २०६८ सालको राष्ट्रिय जनगणना अनुसार, मुलुकमा १२३ मातृभाषा छन् । .......... हिन्दीमा लिएका कारण उपराष्ट्रपति परमानन्द झाको शपथ बदर गरिएको थियो । कारण सर्वविदितै छ, मैथिली मातृभाषी उनले ढाँटेर हिन्दीमा शपथ लिएका थिए । जनमत पार्टीका माननीयहरूले शपथ लिएको मधेशी भाषालाई भाषा आयोगले चिन्दैन, २०६८ सालको जनगणनाले पनि चिन्दैन । .......... धनुषा र सप्तरीका केही साहित्यिक–सांस्कृतिक संस्थाहरू यस विषयलाई अदालतमा चुनौती दिने गृहकार्यमा जुटेका छन् । माओवादी र मधेशवादी आन्दोलनको प्रस्थानविन्दु गणतन्त्र, समानता, समावेशिता मात्र नभई पहिचान पनि थियो । माओवादी र मधेश आन्दोलनकै रापतापमा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको हो । त्यसकै बलमा बल्लतल्ल सार्वजनिक पदधारकहरूले आआफ्ना मातृभाषामा शपथ लिने अधिकार पाएका हुन् । .......... पहिचानवादी दलहरू (माओवादी र मधेशवादी) को बाहुल्य रहेको पहिलो संविधानसभाले पहिचान र सामर्थ्यलाई राज्य पुनःसंरचनाको प्रमुख आधार स्वीकार गरेको थियो । तर पहिलो संविधानसभाबाट संविधान जारी हुन सकेन । दोस्रो संविधानसभामा पहिचानवादी दलहरू किनारामा पुगे । निर्णायक शक्तिका रूपमा स्थापित भएका नेपाली कांग्रेस र नेकपा एमालेको जोडबलले पहिचानलाई बेवास्ता गर्दै राज्य पुनःसंरचना गरियो । एउटै मधेशलाई पाँच भिन्न प्रदेशमा विभाजित गरियो । .......... चुरे पर्वत शृंखलादेखि दक्षिण तराई तथा पूर्वमा कोसीदेखि पश्चिममा गण्डकी नदीसम्म फैलिएको मकवानपुर नेपालमा गाभियो । ......... माओवादी जनयुद्ध तथा मधेश विद्रोहले पहिचानवादी आन्दोलन र स्वरलाई उत्कर्षमा पुर्‍याए । आदिवासी र थारू आन्दोलनले यस स्वरलाई घनीभूत तुल्याए । मधेशमा बोलिने मैथिली, भोजपुरी, अवधि, थारू र हिन्दी भाषाको प्रवेश संघीय र प्रदेश संसद्सम्म भयो । ........ पाँच वर्षयता पहिचानका स्वरहरू फेरि मधुरो हुन थालेका छन् । ‘एउटै भाषा एउटै भेष’ को नारा फेरि चर्को हुन थालेको छ । ........... हिन्दीलाई मुलुकको सम्पर्क भाषा बनाउने अभियानमा जुटेका महन्थ ठाकुरहरू नेपालीमा शपथ लिन थालेका छन् । ......... २०७४ सालको प्रदेशसभामा मधेश प्रदेशका १७ सदस्यमध्ये ४७ जनाले मैथिलीमा, २५ जनाले भोजपुरीमा, २४ जनाले नेपालीमा र ११ जनाले हिन्दीमा शपथ लिएका थिए । पाँच वर्षपछि २०७९ साल पुस १५ मा मधेश प्रदेशसभाका सम्पूर्ण सदस्यमध्ये नेपालीमा ५६ जनाले शपथ लिएका छन् भने, बज्जिकामा १३ जना, मधेशी भाषामा १३ जना, मैथिलीमा ११ जना, भोजपुरीमा ७ जना, थारूमा ३ जना, मगहीमा २ जना, हिन्दीमा २ जना र उर्दूमा १ जना सदस्यले शपथ लिएका छन् । ........ मधेश प्रदेशमा पाँच वर्षयता नेपालीमा शपथ लिनेको संख्या २४ बाट बढेर ५६ पुगेको छ । मैथिलीमा शपथ लिनेहरूको संख्या ४७ बाट झरेर ११ मा तथा भोजपुरीमा शपथ लिनेहरूको संख्या २५ बाट झरेर ७ मा खुम्चिएको छ । हुँदै नभएको मधेशी भाषामा १३ जनाले शपथ लिएका छन् ।


लोसपालाई महोत्तरी, जसपालाई बारा किन प्यारो ?
कांग्रेस अब सत्ता पक्ष कि प्रतिपक्ष ?
के रतन टाटाको नानोको सफलताको अधुरो सपना ‘नयाँ अवतार’ मा पूरा होला ?

The Modern Beethoven Of India
When Mithila Stands At The Bottom Of Decisions Making Paradigm Of Bihar....... Mithila, the oldest cultural and scholarly citadel of Bharatvarsha ....... The constitution of States Reorganisation Commission in 1955, whose very objective was to grant statehood to the areas which showcased the distinct language, culture and uniformity in the way of living, did a historic injustice to Mithila by denying the region a hallmark of being a distinct state. ........... appropriation of Vidyapati by the Brahmins, regrettably though, also proved dampener in case of mobilisation of Mithila around the great poet so enormously revered by Gurudev Tagore. ....... the matter of governance has come to be the prerogative of handful of people from in and around Patna. ........ few years ago, Kirti Azad, the then MP from Darbhanga, had raised the demand for the separate statehood of Mithila in parliament, yet pathetically failed in his endeavour to take it forward ....... Significantly, when Telengana was the living testimony to the distinctive characteristic of a particular class of people getting a state allotted, Mithila tragically had failed to get its due. ......... when Central government has announced the creation of 50 states

No comments: