Tuesday, October 18, 2022

Green Hydrogen

सप्तरी–२ : चर्चामा उपेन्द्र र सीके, बलिया ठाकुर ! सत्ता गठबन्धन र एमाले– जसपा गठबन्धनबीच दोब्बर मतको फरक मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ...... काठमाडौँमा बालेन शाह जिते जसरी सीके राउतले पनि जित्ने उनले दाबी गरे ।

‘ग्रीन हाइड्रोजनले नेपाललाई ‘ग्लोबल पावर प्लेयर’ बनाउन सक्छ’ नेपालमा विश्वकै सस्तो हाइड्रोजन उत्पादन सम्भाव्यता देखिएको छ : शेष घले हाल विश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, बेलायत, चीन र भारत लगायतका देशहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रीन हाइड्रोजनमा लगाएका छन् । कार्बन शून्य गर्ने लक्ष्य भेट्टाउन ग्रीन हाइड्रोजनले सहयोग पुर्‍याउने भएपछि विश्वको ध्यान नै यसतर्फ मोडिएको हो । ....... शेष घलेले समेत नेपालमा ग्रीन हाइड्रोजनमा १०० मिलियन अमेरिकी डलर बराबरको लगानी गरेर वार्षिक ५० मेगावाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने घोषणा गरेका छन् । ........ ‘नेपाल ग्रीन हाइड्रोजन समिट, एन्टिडोट फर मेल्टिङ हिमालय’ ...... वार्षिक २ लाख मेट्रिक टन युरिया उत्पादन गर्ने कारखाना स्थापना गर्नका लागि ६ सय मिलियन डलरको लगानी आवश्यक पर्छ । यो भनेका बिलियन डलर लगानी हो । ........ सन् २०४५ को नेट कार्बन लक्ष्य भेट्टाउनलाई १०० बिलियनभन्दा धेरै डलरको लगानी आवश्यक छ । यस क्षेत्रमा गरिने लगानीले नेपाल विश्वको ऊर्जा क्षेत्रमा मुख्य प्लेयर बन्न सक्छ । ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गर्न चाहिने लगानी जुटाउन हामी तयार छौँ । तर, कति लगानी लाग्छ र कति उत्पादन हुन्छ भन्ने विषयमा भने अध्ययन गर्न बाँकी छ । ........ हाल भारतमा कोइलाबाट उत्पादित बिजुलीलाई प्रयोग गरेर हाइड्रोजन उत्पादन गरिरहेका छन् । यसलाई ग्रे र ब्लू हाइड्रोजन भनिन्छ । तर, हामी जलविद्युतबाट हाइड्रोजन उत्पादन गर्न तयारी अवस्थामा छौँ र यसलाई ग्रीन हाइड्रोजन भनिन्छ । हामी ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजन उत्पादनमा जान खोज्दैछौँ । नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्न भारतीय धनाढ्यहरू इच्छुक हुनुहुन्छ भने हामी स्वागत गर्न तयार हुनुपर्छ । ......... नेपालमा प्रयोग भएर बाँकी रहेको वा खेर जान लागेको जलविद्युतको प्रयोग गरेर ग्रीन हाइड्रोजनको उत्पादन हुनेछ । हाल २ हजार मेगावाट बिजुली उत्पादन हुँदा नै हामीले प्रयोग गर्न नसकेर खेर गइरहेको छ । अबको ३/४ वर्षमा थप ३/४ हजार मेगावाट बिजुली उत्पादन सुरु हुन्छ । यसअनुसार नेपालमा जति बिजुली उपलब्ध हुन्छ सो अनुसार अधिकतम ग्रीन हाइड्रोजनको उत्पादन गर्न सकिन्छ । ......... यसलाई पेट्रोलियम पदार्थ जस्तै धेरै चरणमा उत्पादन गर्न सकिन्छ । यसको पहिलो चरण ग्रीन हाइड्रोजन हुन्छ । यसको प्रयोग गर्न सकिएन भने एमोनिया हुन्छ र अन्तिम चरणमा युरिया बन्छ । यसो हुँदा ग्रीन हाइड्रोजन बहुउपयोगी समेत बन्न सक्छ । यसका सबै चरणहरूलाई बिक्री गर्न सकिन्छ । ......... एउटा अध्ययनले नेपाल र साउदी अरेबियामा ग्रीन हाइड्रोजनको उत्पादन गर्न सबैभन्दा सस्तो हुन आउँछ । साउदी अरबमा हावा र सोलारबाट तथा नेपालमा पानीबाट निकालिएको बिजुलीको प्रयोगबाट उत्पादन गर्दा सस्तो पर्ने उक्त अध्ययनले देखाएको थियो । यी दुई मुलुकमा समेत नेपाल झनै सस्तो मूल्यमा ग्रीन हाइड्रोजन उत्पादन गर्न सक्ने क्षमता देखिन्छ । ........ नेपालको कर्मचारीतन्त्रले यसमा अड्को थाप्छ जस्तो लाग्छ । सरकारले अबको केही महिनामा ग्रीन हाइड्रोजनसम्बन्धी भिजन सार्वजनिक गर्नुपर्छ र आगामी एक दशकमा कुन स्थानमा पुग्ने भनेर लक्ष्य तय गर्नुपर्छ । कानुन बनाएपछि आवश्यक नीति नियम समेत निर्माण हुँदै जान्छ । तर, हामी कानुन कुरेर बस्दैनौँ । अब ग्रीन हाइड्रोजनको उत्पादन गर्न लगानी सुरु गर्छौँ । ........ ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोग सुरु भएपछि पेट्रोलियम पदार्थ, कोइला र खाना पकाउने ग्यासलाई पूर्णरूपमा विस्थापन गर्न सकिन्छ । जसले वर्षमा सयौँ टन कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्छ र सन् २०४५ सम्म भेट्टाउने लक्ष्य लिइएको जेरो कार्बनको उद्देश्य पुरा गर्न सहयोग पुग्छ । ....... ग्रीन हाइड्रोजन पेट्रोलियम पदार्थको तुलनामा ३/४ गुणा बढी शक्तिशाली हुन्छ । ......... हामी आगामी ४/५ वर्षमा नेपालमा ग्रीन हाइड्रोजन उत्पादन गर्न सक्छौँ । तर, नेपालको काम गर्ने शैलीका आधारमा सन् २०३० भित्रमा ग्रीन हाइड्रोजनको उत्पादन सुरु गर्ने लक्ष्य हाम्रो छ ।

चीनले ताइवानलाई गाभ्ने प्रयासलाई तीव्र पारेको छ : अमेरिका

No comments: