Thursday, October 13, 2022

13: UPI



युट्युबर गाउँ, जहाँका अधिकांस मानिसको युट्युब च्यानल छ भारतको छत्तिसगढमा त्यो युट्युबर गाउँ छ । रायपुर जिल्लामा पर्ने उक्त गाउँको नाम तुलसी गाउँ हो । यो गाउँ आफ्नो विशेषताका कारण सोसल मिडियामा छाएको छ । यो गाउँलाई युट्युब भिलेज तथा युट्युब हबको नामले पनि चिनिन्छ । ...... गाउँमा १५ वर्षदेखि ८५ वर्षसम्मका मानिसहरुले युट्युब भिडियो बनाइरहेका हुन्छन् । ..... गाउँका पहिलो युट्युबर जय बर्माका अनुसार पहिले शिक्षकको जागिर खाँदा उनले महिनामा १२ हजार भारुसम्म कमाउन गर्दथे भने अहिले ३५ हजार भारु सम्म आम्दानी गर्ने गरेका छन् ।

जुली महतो र अनिल झा : धनुषा ३ मा कसको पल्ला भारी ? फेरि पराजित हुने डरले निधि समानुपातिकमा गए भने महतोले पनि विगतमा जस्तो मतदाताको विश्वास नदेखेर हुनसक्छ गृह जिल्ला सर्लाही २ मा उम्मेदवारी दिएका छन् । विगतको चुनावमा एमालेले आन्तरिक रुपमा राजेन्द्रलाई सहयोग गरेको थियो । जसमा एमाले नेता रघुवीर महासेठ र जुलीको भूमिका थियो । अहिले जुली यो क्षेत्रमा एमालेबाट उम्मेदवार भएपछि उनको गुन तिर्न महतो बाहिरिएको पनि कतिपयको बुझाइ छ । ...... धनुषा क्षेत्र नं. ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधाम बाहेक नगराइन नगरपालिकाको सबै ९ वटा वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस क्षेत्रमा पर्छ । ........ गएको स्थानीय चुनावमा ३८ वटा वडाको वडाध्यक्ष पदमा पार्टीहरुले पाएको मत जोड्ने हो भने पहिलो स्थानमा कांग्रेस देखिन्छ । उसको २२ हजार ४२९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले ८ हजार २२४ र लोसपाले १ हजार १६३ मत प्राप्त गरेको छ ।

रविले किन रोजे चितवन २? पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा खेपेका रवि केही समय चितवन प्रहरीको हिरासतमा थुनिएका थिए । रवि प्रहरी हिरासतमा रहँदा उनको समर्थनमा चितवनमा हरेक दिन जस्तो प्रदर्शन भएको थियो भने उनी धरौटीमा छुट्दा नारायणी नदी किनारमा केही हजार समर्थक भेला भएका थिए । ....... स्थानीय निर्वाचनमा यस क्षेत्रमा सत्ता गठबन्धनबाट वडाध्यक्षका उम्मेदवारहरुले ३५ हजार ३९४ मत ल्याएका थिए । एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ५४३ मत ल्याएका थिए । जबकी ७ असारमा मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा संगठन बनाइसकेको छैन ।

No comments: