Saturday, October 29, 2022

29: Amitabh Bachchan

फेरि भोट हाल्नुअघि ठूला पार्टीभित्रका युवाहरूले नालायक प्रमाणित भइसकेको बयोवृद्ध पुस्तालाई विस्थापित गर्दै जाने र तीभन्दा बाहिरका युवाहरूले विकल्प विकास गर्दै जाने हो भने मात्रै हामीले समाजको बरबादीतिरको यात्रा रोक्न सक्छौँ। ....... अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा ओलीले यसरी कार्यकर्ता भर्ती गरे, आजका दिनसम्म भ्रष्टाचार नियन्त्रणमा तिनले गरेका ससाना कामसम्म भेट्न गाह्रो छ । सबै मुख्य पार्टीहरूको भागबन्डाबाट आयुक्तहरू नियुक्त गरेर सबै पार्टीका ठूला नेताहरूका अर्बौं भ्रष्टाचारका मुद्दा सामसुम पार्ने थिति अख्तियारमा बसेको त दशकौं बितिसक्यो । अक्सर संविधानले शक्तिशाली बनाएका तर नेताहरूले भ्रष्ट नियुक्तिहरूमार्फत पंगु बनाएका यस्ता निकायहरू आफैं मोलमोलाइ, भ्रष्टाचार र दुराचारका अड्डा बन्न पुग्छन् । यसअगाडि लोकमान सिंह कार्कीले आफैं अख्तियारको दुरुपयोग गरेर थिलथिलो बनाएको अख्तियार उनको बहिर्गमनको केही वर्षपछि केही तंग्रिन थालेको थियो । पूर्वमन्त्री विजय गच्छदार र अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातसमेत अख्तियारको छानबिनपछि जेल पुगेका थिए । तर, ओलीले अख्तियारमा कार्यकर्ता भर्तीको सुरुआत गरेपछि देशभर रहेका अख्तियारका शाखाहरूमा भ्रष्टहरूसित मोलमोलाइ र लेनदेनबाहेक के हुन्छ भन्ने कसैलाई थाहा छैन । ......... संविधान मिच्ने ओलीको कदमको विरोधमा सडकमा उत्रेका हामी सबै नागरिकले नयाँ सरकारलाई ओलीकै जस्तो गलत बाटामा नजान बारम्बार चेतावनी दिइरह्यौं । तर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तै भयो । .......... आम मानिसलाई सरकार फेरिनुले केही फरक पारेको छैन । देशमा रोजगारी खुम्चिँदो छ, मानिसको आय घट्दो छ तर मूल्यवृद्धि आकाशिँदो छ  ........ नागरिकको खबरदारी नरहने हो भने राज्यका अंगहरू थप भ्रष्ट र मनोमानीपूर्ण हुनेछन् भने, सार्वजनिक संस्थाहरूले बचेखुचेको साख पनि गुमाउनेछन् । खास गरी स्वास्थ्य क्षेत्रको व्यापारीकरण अझ भयावह रूपमा विस्तार हुनेछ, स्तरीय शिक्षाका लागि थप खर्बौं रुपैयाँ देशबाट बाहिरिनेछ । ........ जसरी कुनै बेला विवेकशील नेपाली पार्टीले धैर्य र संयमको राजनीति गरेर नेपालमा शान्तिपूर्ण प्रदर्शनको संस्कृति बसाल्यो, अहिले राजनीतिमा छिरिरहेका युवाहरूले त्यस्ता धेरै उपलब्धि हासिल गर्न सक्छन् । आकारमा सानै हुँदा पनि विवेकशील नेपालीले लोकमानसिंह कार्कीविरुद्धको आन्दोलनका बेला ठूलो भूमिका खेलेको थियो, जबकि भ्रष्टाचार उदाङ्गिने डर भएका ठूला भनिएका पार्टीहरूका नेतादेखि कार्यकर्तासम्म त्यो बेला दुलो पसेका थिए । ......... शीर्ष नेतृत्वको निगाहबाट केही ‘झर्ला र खाउँला’ भन्ने हाल व्याप्त दासतुल्य प्रवृत्ति त्यागेर उनीहरूले पनि नेतृत्वको गलत कामविरुद्ध औंला उठाउन सक्नुपर्छ । ...... मतदाताका रूपमा हामीले ती युवाहरूलाई प्रोत्साहन गर्न सकेनौं र अरू लामो समयसम्म यही अक्षम प्रमाणित नेताहरूको मनपरीतन्त्र चलिरह्यो भने इतिहासले हामीलाई पनि माफ गर्नेछैन । .

प्रधानमन्त्री पत्नी देउवा मधेश प्रदेशको छठ पर्वमा सहभागी हुने
काठमाडौँको चुनावी चर्चा: कसकाे सम्भावना कति ? दश निर्वाचन क्षेत्र रहेको काठमाडौंमा, स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई विजय बनाएका काठमाडौँ वासीले फेरी पनि स्वतन्त्र उम्मेदवारलाई नै मत देलान् अथवा दललाई ? भन्ने विषय यती बेला टोल टोल देखि चिया पसल सम्म छलफल र चर्चाको विषय बनेको छ ।

निर्वाचनपछि पनि राजनीतिक स्थिरता हुनेमा शङ्का! स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार पनि कुनै एक दलको बहुमत आउने सम्भावना देखिँदैन ।

No comments: