Wednesday, April 27, 2022

News: April 27



बालेनको घोषणपत्र : आइडिया बैंकदेखि पौराणिक शिक्षासम्मका योजना बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । ....... उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् । ....... सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।





काम्दै सिधा उभिन नसकेको भिडियोपछि पुटिनको स्वास्थ्य अवस्थाबारे चर्चा
मध्यरातको बैठकमा शेरबहादुर र शेखरबीच चर्काचर्की
जेठ १ देखि शनिबार र आइतबार बिदा, कार्यालय समय ९ः३० देखि ५ः३० सम्म
वेलायती प्रधानमन्त्री बोरिस जोन्सन गुजरातमा
स्थानीय तह निर्वाचन : एमालेका ३३ हजार उम्मेदवार, कांग्रेसका ३१ हजार ७३६ स्थानीय तहमा एमालेको उम्मेदवारी, कांग्रेसको ७४६ मा नेपाली कांग्रेसका ३१ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्र उम्मेदवार १२–१२ हजार र नेकपा एकीकृत समाजवादीका ११ हजार जनाले उम्मेदवारी दिएका ........ नेकपा एमालेले ७५३ स्थनीय तहमध्ये ७३६ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छ भने १७ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छैन । नेपली कांग्रेसले ७५३ मध्ये ६४६ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छ । उसले १०७ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छैन । ...... त्यसपछि क्रमशः राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी दल, एकीकृत समाजवादी र अनि मंगोल नेशनल अर्गनाइजेसनले धेरै उम्मेदवारी दिएका छन् । .

ओलीको टिप्पणी : कांग्रेस हाप्सिलाे बोकेर हिँडेको छ, योभन्दा अलच्छिन के हुन्छ ? ‘झापामा मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माकुने, प्रचण्ड सब मिलेर सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमाले विरुद्ध आइसके । यो पाँचदलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो’ अध्यक्ष ओलीले भने । ...... ‘एउटा चुनौतीको शक्ति हुन्थ्यो नेपाली कांग्रेस, तर राम्रो गर्‍यो । नेपाली कांग्रेस अब नीति, विचार, संगठन, व्यवहार, ग्रहदशा, नक्षत्र, वास्तुको हिसाबले सकिँदैछ’ ओलीले भने । कांग्रेस सकिनुको कारण हाप्सिला बोकेर हिँड्नु रहेको उनको तर्क छ । ‘अलच्छिन जति बोकेर हिँडेको छ,’ कांग्रेसको सहयात्री दलहरुबारे ओलीको टिप्पणी छ, ‘सहयात्रीहरु हाप्सिला जस्ता छन् ।’ ..... ‘हाप्सिलो कतै जान लागेका बेला अगाडिपट्टि हाफ् हाफ् गरेर कराउँछ त्यसरी करायो भने अलच्छिन भन्छन् । हाप्सिलै हाप्सिला काँधमा बोकेर, खोकिलामा बोकेर कांग्रेस हिँडको छ । यो भन्दा अलच्छिन के हुन्छ ?’ .

ओलीलाई गगन थापाको जवाफ : बालकोट गएर ट्युसन पढाउँछु थापाले अघि भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।’ .

तहसनहस सत्ता गठबन्धन एमालेसँग तालमेल गर्न सत्ता गठबन्धनका दलहरूको हानथाप ..... केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए । ....... तर, त्यही महानगरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । ...... गठबन्धनको यो संकट महानगरमा मात्रै होइन, देशभरका अधिकांश पालिकामा समेत देख्न सकिन्छ । ...... सहकार्य विपरीत प्राय सबै दलले कुनै न कुनै ठाउँमा एमालेसँग तालमेल गरेरै छाडे । .



वीरगञ्जमा बदलिएको गणित, पुरानै प्रतिस्पर्धी अहिले सरावगी र सिंह जुन पार्टीबाट मेयरको चुनाव लडेका छन्, त्यो भने दुबैको पहिलो रोजाइको दल होइन । स्थानीय चुनाव नजिकिएदेखि नै दुबै जना दल बदल्न चाहन्थे । अन्तिममा सरावगी जसपाबाट एमाले गए भने सिंह लोसपाबाट जसपा पुगेर मेयरको उम्मेदवार बने । ....... सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र नेकपा एमाले नेतृत्वको गठबन्धनबाट एमालेका सरावगीबीच मुख्य प्रतिस्पर्धा हुनेछ । ....... ०७४ सालको स्थानीय चुनावमा पनि दुवै जना मेयरका प्रतिस्पर्धी थिए । सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा थिए भने सरावगी संघीय समाजवादी फोरममा । जसमा सरावगी निर्वाचित भए भने सिंह नेपाली कांग्रेसको उम्मेदवारपछि तेस्रो स्थानमा रहे । ........ जसपाबाट टिकट पाउने सम्भावना कमजोर भएपछि सरावगीले फेरि मेयरको टिकट पाउने गरी कांग्रेस प्रवेश गर्न चाहेका थिए । ........ उनले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगनकुमार थापासम्मलाई भेटेर लबिइङ गरे । २०७४ को निर्वाचनमा मेयरमा कांग्रेस उम्मेदवार दुई सय भन्दा कम मतान्तरले पराजित भएका थिए । अहिले अरु दलमा टुटफुट आएका कारण कांग्रेस आफैं मेयर जित्नेमा ढुक्क भएकाले सरावगीलाई प्रवेश गराएन । ....... सरावगी जस्तै मेयर बन्न चाहेका राजेशमान पनि बलियो पार्टीको खोजीमा थिए । किनकी जसपाबाट छुट्टिएर बनेको लोसपाबाट उम्मेदवार बन्दा जित्ज सहज छैन भन्ने उनको विश्लेषण थियो । २०७४ मा वीरगञ्जमा पाँचौं भएपनि पछिल्लो समय मधेश प्रदेशमा आक्रामक रुपमा पार्टी प्रवेश अभियान चलाएकाले उनले एमाले प्रवेश गर्न चाहे । ....... कांग्रेसमा प्रवेश नपाएपछि सरावगी नेकपा एमाले प्रवेश गरे । तर वहालवाला मेयर नै प्रवेश गर्ने भएपछि एमालेले राजेशमानलाई वास्ता गरेन । अन्त्यमा राजेशमान जनता समाजवादी पार्टीतिर लागे । ....... जसपाका उम्मेदवार सिंहलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ भने एमालेका सरावगीलाई लोसपाका साथ छ । ....... ‘जो उम्मेदवार पुनः नगर प्रमुखमा दोहोरिन चाहन्छन्, उनलाई तपाईलाई किन मत दिने भनेर प्रश्न गर्न सक्नुपर्छ । अनि नयाँलाई तपाईँलाई नै किन रोज्ने भनेर प्रश्न गर्न सक्नुपर्छ’, उनले भने, ‘वीरगञ्जमा कस्तो मेयर ? कस्तो विकास ? विकास के हो ? बहस नै भएन । मिडिया र नागरिक समाज बोलेनन् ।’ ..... हिजो सरावगीलाई मेयर जिताउन लागेको जसपाले आज सिंहलाई उम्मेदवार बनाएको छ । सरावगीविरुद्ध सिंहलाई उम्मेदवार बनाएको लोसपा अहिले सरावगीलाई काँध दिइरहेको छ । .

गठबन्धनका साझा उम्मेदवार : श्रीमती, छोरी र छोरा ! उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई उम्मेदवार बनाउनकै लागि विराटनगर आफैंले पाउनुपर्ने अडान गठबन्धनमा छोडेका थिएनन् । भागवण्डामा विराटनगरको उपमेयर गठबन्धनका तर्फबाट जसपाको भागमा परेपछि अमरेन्द्रले नै पाउने निश्चितजस्तै भएको थियो । यही बुझेर यसअघि ०७४ को चुनावमा जसपाका तर्फबाट मेयरमा प्रतिस्पर्धा गरेका र तेस्रो लोकप्रिय मत ल्याएका उमेश यादवले तीन दिनअघिमात्रै पार्टी छोडेका थिए । यादवले ०७४ को स्थानीय चुनावमा १४ हजार ९५८ मत ल्याएका थिए । उनले आइतबार नै स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् ।

मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै सप्तरीमा जसपाकै नेता वीरेन्द्र माझीले हनुमाननगर कंकालिनी नगरपालिकामा टिकट पाउने अवस्था नदेखेपछि जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही पार्टीबाट उनले मेयर पदमा उम्मेदवारी मनोनयन दर्तासमेत गराइसकेका छन् । ..... उम्मेदवारी दर्ताको पहिलो दिन मधेशका अधिकांस जिल्लामा प्रमुख दलले उम्मेदवारी दर्ता गराएनन् । ........ राजनीतिक विश्लेषक चन्द्रकिशोर झा राजनीतिक दलले स्थानीय प्राकृतिक स्रोतको आम्दानीम आँखा लगाएकाले जसरी पनि जित्ने उम्मेदवार खोज्ने गरेको बताउँछन् । ‘दलहरुले पनि जित्ने उम्मेदबार चाहिने अपेक्षा राखेको र जित्नेको पनि मनोभावना कुनै दलबाट गए जितिहाल्ने मनोविज्ञान हावी भएको छ’ उनी भन्छन् । ...... विश्लेषक झा स्थानीय तहको पहिलो चुनाव भएको ५ बर्षको अनुभवमा स्थानीय सरकारको प्रमुख बन्नेले स्थानीय स्रोत साधनको आम्दानीमा आँखा गाडेको पाइएको बताउँछन् । ‘त्यही भएर यो दलबाट त्यो दलबाट टिकट लिनुपर्ने, विभिन्न पेशा छोडेर आउनुपर्ने तथा टिकट खरिद बिक्रीको काम भइरहेको छ’ उनले भने । ....... स्थानीय सरकारमा व्यवस्थापकीय क्षमता हुने व्यक्तिलाई प्रोत्साहन दिनुपर्नेमा ठेकेदार, पहिला जितेका, पैसा भएका, जातीय भोट बढी भएकालाई उम्मेदबार बनाउने गरिएको झा बताउँछन् ।

No comments: