Wednesday, April 27, 2022

Janamat Party: April 27

मुलकमा विकासका विरोधी र समर्थकबीच द्वन्द्व छ पूर्व–पश्चिम राजमार्ग नै गेमचेञ्जर परियोजना हो। यसलाई चार लेनको बनाउने, प्रति घण्टा एक सय किलोमिटरको गतिमा सवारी गुड्न सक्ने बनाउने हो। ....... अहिले सुरु गरेका धेरै सडकका लागि छुट्याइएको बजेट हेर्ने हो भने कति वर्षमा निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित छैन। केही निर्माण व्यवसायीका हातमा धेरै परियोजना छन्। गुणस्तरमा समस्या छ। सडकको माग छ तर स्रोत र काम गर्न सक्ने निर्माण व्यवसायीको कमी छ। हामी कहाँ यस्तै प्रकारका कमजोरीले निर्धारित समयमा आयोजनाहरू पूरा हुन सकिरहेका छैनन्। ..... हरेक वैदेशिक अनुदानमा विरोध गरेर विज्ञ भइन्छ भन्ने मनोविज्ञान छ। एमसिसीमा पनि हामीले त्यो देख्यौं। एउटाले ठेक्का नपाए पछि अर्कोले मुद्दा मामिला गर्ने परम्परा छ। विरोधै विरोधको कारण पनि समस्या सिर्जना भएको छ। विरोधका बीच एफडिआई आकर्षित गर्न कठिन छ। सस्तो ऋणमा बनाइरहेको नागढुंगा सडकमा विरोध आयो। विदेशी ठेकेदारले काम गरिरहेका ठाउँमा समेत अनेक कम्प्लेन छन्। ...... नेपालका लागि विदेशी सहयोगका परियोजना आवश्यक छन् तर कति प्रतिशत सस्तो ऋण भन्ने हो। अहिले हामीले सस्तो ऋण प्रयोग गरिरहेका छौं। ०.०१ प्रतिशत, ०.७५ प्रतिशतमा ऋण तथा अनुदान ल्याएका छौं। अरू ठाउँबाट पाउने दरमै प्रतिस्पर्धी दररेटमा ऋण पाइयो भने चीनबाट ल्याउन गाह्रो पर्दैन। बिआरआई वा अरू कुनैको नाममा महंगो ऋण लिने कुरा आउँदैन। ....... भारत र अमेरिकाले जुन सर्तमा ऋण सहयोग गरिरहेका छन् चीनले पनि त्यही अनुसार सहयोग गरोस् भन्ने हाम्रो अपेक्षा छ। ...... म ग्रामीण विद्युतिकरण र ग्रामीण सडक निर्माण जस्ता परियोजनामा ऋण लिएर पनि गति अघि बढाउनुपर्छ भन्ने पक्षमा छु। ....... हामीले ८० प्रतिशत ऋण विश्व वैंक र एसियाली बैंकबाट ल्याएका छौं। ती संस्थाको ऋण निकै सहुलियत दरमा छ। हाम्रो सात खर्ब रूपैयाँ ऋण औषत एक प्रतिशत व्याज दरको छ। ऋणको सावाँ, व्याज भुक्तानीका लागि वार्षिक ४० अर्ब रूपैयाँ छुट्टयाएका छौं। २०,३० वर्ष पछिसम्म तिर्ने ऋण छ। ऋण आजको भोलि तिर्ने होइन। अहिले हामीसँग साढे नौ अर्ब डलर विदेशी मुद्रा छ। आजको भोलि नै ऋण तिर्छु भने पनि हामीसँग सञ्चिति छ। ....... श्रीलंका आर्थिक रूपमा हामीभन्दा राम्रो थियो। वैदेशिक ऋणमा अराजकता भयो। उनीहरूको वैदेशिक ऋणले प्रतिफल दिन सकेन। ...... वृद्धभत्ता ७० वर्षमा हेर्दा अहिले धेरै बाँँच्ने मान्छे सम्पन्न जिल्लामा छन्। ५० वर्षभन्दा बढी जिल्लामा औषत आयु ७० वर्ष भन्दा कम छ। काठमाडौंका मान्छेलाई वृद्धभत्ता किन दिएको ? ...... काठमाडौंमा वृद्धभत्ताले जीवन परिवर्तन भएका मान्छे थोरै मात्र होलान्। सुदूरपश्चिम वा सदूर पूर्वका जिल्लामा ७० वर्ष बाँच्छन् कि बाँच्दैनन्। .



गठबन्धन हाेस् त जर्मनीकाे जस्ताे . .

Russia is hinting at peace. Here's why Ukraine shouldn't take it. There's a moral reason for Ukraine to keep fighting ........ .

No comments: