Saturday, April 09, 2022

Janamat Party: April 9



गठबन्धन अस्वीकार गर्ने शेखर समूहको निर्णय, चुनावमा एक्लै लड्ने महोत्तरी – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ । .... मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो । ..... बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष निकालेको छ । ..... बैठकमा ८ वटै जिल्लाका कोइराला पक्षधर नेताले संस्थापन पक्षले अन्याय गरेको बताएका छन् । चुनावी छलफलमा समेत संस्थापन इतरलाई सहभागी नगराई गोप्य छलफल गरेको नेताहरूको आरोप छ । ..... ‘हामीलाई पाखा लगाएर नेपाली कांग्रेस अगाडी बढे आसन्न निर्वाचनमा ठूलो घाटा बेहोर्नुपर्छ,’ प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता रामसरोज यादवले भने । ..... संस्थापन इतर कांग्रेस प्यानलकै केन्द्रीय सदस्य चन्द्रमनी यादवले पनि संस्थापन पक्षले आफूहरूलाई पाखा लगाएर अगाडी बढेको गुनासो गरे । ... मधेश प्रदेश संस्थापन इतर कोइराला पक्षले निर्णयलाई अटेर गरे चुनावमा एक्लै लड्ने संकेत गरेको छ ।



…अनि त्यसपछि प्रचण्डलाई नचिढ्याउने निष्कर्षमा पुगे कांग्रेस नेताहरू गत फागुनको तेस्रो साताको अन्तिमतिर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुवैलाई हात्तीको कानमा चमेरो बस्न आएको भन्दै कसिलो व्यंग्य प्रहार गरे । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं उपस्थित भएको कार्यक्रममा सत्ता गठबन्धनका दलहरूलाई नै यसरी प्रहार गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै आफूले अपमानित महसुस गरेको अभिव्यक्ति दिए । .....

कोइरालाले गठबन्धन गर्दै गए कांग्रेस भारतीय कांग्रेस जस्तै पत्तासाफ हुने चिन्ता व्यक्त गरेका थिए ।

.... प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमाले र हाम्रा केही साथीहरु मध्यरातसम्म वार्ता गरिरहनु भएको छ, अर्को समीकरण नबन्ला भन्न सकिन्न


शशांक कोइरालाले भने: पछिल्लो निर्वाचनमा ६ करोड खर्च गरेको थिएँ

No comments: