Saturday, April 16, 2022

News: April 16

भारतमा कोरोनाको चौथो लहरको जोखिम : उच्च सतर्कता अपनाउन निर्देशन कोरोनाको नयाँ संक्रमणलाई ‘स्टेल्थ ओमिक्रोन’ भनिएको छ । यसका लागि ओमिक्रोनको सब भेरियन्ट बीए.२ र एक्स ई भेरिएन्टलाई जिम्मेवार मानिएको छ । साउथ कोरिया, जर्मनी, चीनमा यो भेरियन्टले धेरैलाई संक्रमित बनाएको छ ।

भुइँमान्छेको सरकार ‘गाउँगाउँमा सिहंदरबार’ भन्ने कथ्यले त्यसका सबै विसंगतिलाई सोझै भुइँतहमा पुर्‍याइदियो । ........ पछिल्लो अभ्यास हेर्दा, लोकतन्त्रले आम मान्छेलाई जिज्ञासु बनाएको छ । आफ्नो छेउछाउको विकास–निर्माण वा सेवासुविधाबारे के, किन, कसरी, कति भनेर उनीहरू जान्न चाहन्छन् । स्थानीय जनप्रतिनिधिबाट लुकाइएका तथ्यहरूबारे प्रश्न गर्छन् । कतै कमसल काम भयो वा जे हुनुपर्थ्यो त्यो भएन कि, जे भनिएको थियो त्यो गरिएन कि भन्ने पक्षको लेखाजोखा राख्ने प्रवृत्ति बढेको छ । सबैभन्दा नोटिस हुने कुरा— आम मान्छेमा त्यस्ता दुष्प्रवृत्ति उजागर गर्ने साहस पलाउँदै गएको छ । अरू केही नभए सामाजिक संजालमा राख्छन्, त्यस्तै परे अख्तियारमा उजुरी हाल्छन् । आम नागरिकलाई लाग्छ बढिया प्रबन्धनका लागि स्थानीय शासनलाइ अधिक दबाब दिन सकिन्छ । स्थानीय सरकारले राजनीतिक शिक्षणलाई भुइँतहमा पुर्‍याएको छ । आम नागरिक राजनीतिक रूपमा सजग बन्दै आएका छन् । करहरूको औचित्य, निर्वाचनको तरिका र शासनको कार्यशैलीबारे बुझ्न थालेका छन् । ...... स्थानीय सरकारले लोकतन्त्रको प्राथमिक पाठशालाको काम गर्छ । ...... सबै दल केन्द्रबाटै उम्मेदवार छनोट वा गठबन्धन थोपर्न उद्यत छन् । स्थानीय सरकारको परिकल्पना साँच्चिकै साकार पार्ने साझा सोच भएको भए यसको आकार सानो र शक्ति बढी तुल्याउन संविधान संशोधनको सवालमा एकमत हुनुपर्थ्यो । यथार्थमा ‘भुइँमान्छेको सरकार’ मन्त्र जपे पनि बर्कोभित्र, च्यादरभित्र सबैले छुरी बोकेका छन् र स्थानीय तह घाइते भएर छटपटाउँदै छ ।

मधेसका मसिहाहरु लाज पचाएर सरकारमा बसेका छन् : ओली ओलीले मधेसका जनताका लागि नागरिकता विधेयक पास नहुँदा पनि सत्ताको लोभमा मधेसवादी दल सरकारमा बसेको आरोप लगाए । ..... उनले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको समेत आरोप लगाए ।

स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छ : महत 'तर हामी एकअर्कामा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौं । अरु दलसँग गठबन्धन गर्ने छैनौं । त्यही नै सहमति शीर्ष तहमा भएको छ ।’



साताका ७ तस्बिर

स्थानीय निर्वाचनमा तालमेलको राजनीति एमालेले मधेश प्रदेशमा नयाँ शक्तिका रूपमा संगठन विस्तार गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग पनि तालमेलका लागि अनौपचारिक प्रयास गरिरहेको छ । तर, जनमत पार्टीले कुनै पनि दलसँग तालमेल नगरी आफ्नै सामथ्र्यमा चुनाव लड्ने निर्णय गरेकाले एमालेसँग तालमेल होला या नहोला भन्न सकिने अवस्था छैन । ...... तर तालमेललाई उच्च प्राथमिकता दिएको एमालेले सिके राउतको जनमत र महन्थ ठाकुरको लोसपासँग तालमेल गर्नका लागि हरसम्भव प्रयास गर्नेछ । जनमत पार्टीले मधेश प्रदेश, काठमाडौं उपत्यकाका तीन जिल्लासहित ३४ जिल्लामा संगठन विस्तार भएको निर्वाचन आयोगलाई दल दर्ता गराउँदा जानकारी दिएको छ । ..... तीन वर्ष अघि मात्रै संसदीय राजनीतिमा प्रवेश गरेको

सीके राउत नेतृत्वको जनमत पार्टी पनि यो निर्वाचनबाट मधेसको बलियो शक्ति बन्ने ध्याउन्नमा लागेको छ ।



सरकार–जनमत वार्ता : सहमति कार्यान्वयन गर्न आग्रह वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गरेका थिए । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी रहेका थिए । ...... विभिन्न आरोपमा थुनामा पार्टीका नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने माग पार्टीले राखेको थियो । त्यस्तै जनमत पार्टीले आफूहरूले गरेको कृषि आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहा र कृषिसम्बन्धी आफूहरूका माग प्रस्तुत गर्दै पूरा गर्न आग्रह गरेको थियो । ...... उनले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमति बमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । ..... अदालतमा रहेका बन्दी रिहा गर्न पनि पहल गर्ने गृहमन्त्री खाणले बताएका छन् । त्यस्तै संविधान संशोधन गर्न गठबन्धन सरकार सकारात्मक रहेको उनले बताएका छन् ।

जनकपुरधामको मेयरमा दर्जनभन्दा बढी आकांक्षी जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलियो छ ।





No comments: