Saturday, March 26, 2022

Janamat Party: March 26

नेपाल-चीन सम्झौता : चाइना–नेपाल रेल्वेदेखि अरनिको राजमार्ग मर्मतसम्म
उकालो लाग्दै थारू साहित्यको ग्राफ गैरसाहित्यकारको नजरमा थारू साहित्य सेसनमा डा मुकुन्द शर्माले थारूहरु जाँड रक्सी खाएर पछि परेको अभिव्यक्ति दिएपछि पत्रकार चन्द्रकिशोरले कडा प्रतिवाद गरे, ‘जुन समाजको आमन्त्रणमा तपाईं अतिथि भएर बोल्ने अवसर पाउनु भएको छ, त्यसको वदनाम गर्ने हक छैन तपाईंलाई । जाँड रक्सी खाएर बाहुन, क्षेत्री पनि बिग्रिएका छन्, त्यसमा खै कुरा उठेको ?’ ..... उनले समयअनुसार थारूभाषीले बोलाईमा नेपालीकरण गर्दै गएकाले लेखाइमा नेपाली ब्याकरणअनुसार थारू लेखनशैली बनाउनुपर्ने धारणा राखेका थिए । तर डा कृष्णप्रसाद पौड्याल, रामबहादुर चौधरीले थारू भाषा मात्रै होइन, जुनसुकै भाषा पनि बोलाई अनुसार लेख्नुपर्ने अभिब्यक्ति दिएका थिए । ती दुबैले डंगौरा थारू भाषामा त, थ, द, ध को उच्चारण नभएकाले आगन्तुक शब्द तथा नाउँ, गाउँबाहेक अरुमा प्रयोग नगरे पनि हुने धारणा राखेका थिए । ...... टीकापुर घटनामा कतिपय निर्दोष थारू फँसेका तर तिनको बारे कुनै आख्यान नआएको प्रसंग उठ्दा महेशले त्यसबारे आख्यान लेख्ने बताएका थिए । त्यस्तै नयनले भनेका थिए, ‘थारू समुदायको लेखनको विषयबस्तु तपाईंहरू भित्रै छ, कस्तुरी तपाईंहरू भित्रै छ । यसको सुगन्ध थाहा पाउनोस् ।’....... पहिलो वर्ष ठाँह्रा कथासंग्रहका लागि कथाकार शेखर दहितलाई ११ हजार १ सय ११ रूपैयाँले पुरस्कृत गरियो । यस वर्ष दाङदेउखुरीका गीतकार, गायक दोषहरण चौधरीलाई १५ हजार ५ सय ५५ रूपैयाँले पुरस्कृत गरियो । हाल ४७ जना संघको संस्थापक सदस्य भई जनही रु ५ हजार तथा आजीवन सदस्यबाट पनि रु ५ हजार तथा कार्यक्रमबाट जोगाएर ५ लाखको अक्षयकोष जम्मा गरिएको छ । यसलाई बढाउँदै लैजाने योजना छ, थारु साहित्यको मदन पुरस्कारझैं बनाउने महत्वाकांक्षा छ । ....... स्टेशनरी पसलमा कहिल्यै नझुन्डिने थारू पुस्तक, पत्रिका सम्मेलनको स्टलमा झुन्डिन्छ । थारू साहित्यको कुम्भ मेलामा गैरथारू साहित्यकारहरुको पनि सार्थक उपस्थिति हुन थालेको छ । यसरी थारू साहित्यको ग्राफ उकालो लाग्दै गर्दा आफूले अभियानमा खर्च गरिरहेको समयको असुल उपर भैरहेको महसुस भएको छ ।

ओलीलाई नेपालको व्यङ्ग्य : ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले’ 'नेपालको कम्युनिस्ट आन्दोलनमा ओली नामका गोर्भाचेभ जन्मिए'
देउवाको प्रश्न– एमाले र माओवादी भोलि मिलिदियो भने के गर्ने?












No comments: